मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

आगजनी तथा तोडफोड घटनाको मुख्यमन्त्री पाण्डेले गर्नु भयो स्थलगत निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरामा भएका आगजनी र तोडफोड घटनाबाट भएको क्षतिको स्थलगत निरीक्षण २०८२ भदौ ३१ गते गर्नु भएको छ ।

दुबई भ्रमणपछि नेपाल फर्कनासाथ उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा भवन (नदिपुर), जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री निवासलगायत प्रभावित स्थानको अवलोकन गर्नुभएको प्रेस सल्लाहकार नरहरी सापकोटाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले पुनःनिर्माणमा जुट्न आम नागरिकलाई आह्वान गर्दै सेवाप्रवाहलाई सहज बनाउन प्राथमिकताका आधारमा काम सुरु गरिएको बताउनुभयो ।

आन्दोलन भड्काएर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै उहाँले युवाका जायज मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय सरकारको नीति तथा बजेटअनुसार प्रदेशस्तरका भौतिक संरचना पुनःनिर्माणका योजना अघि बढाइने पनि उहाँको भनाइ छ ।

Author

Related News