मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

क्षेत्री समाजद्वारा चितवनमा ३३ धुर जग्गा खरिद

मधु पन्थी, पोखरा

“राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षेत्री एकता आजको आवश्यकता हो” भन्ने मूल नारासहित स्थापित क्षेत्री समाज नेपालले आफ्नो सामाजिक अभियानलाई अझ सुदृढ बनाउँदै चितवनमा बहुउद्देश्यीय भवन निर्माणका लागि जग्गा खरिद गरेको छ।

गैरनाफामूलक सामाजिक संस्था क्षेत्री समाज नेपालको स्थापना विक्रम संवत् २०५३ मा भएको हो। हालसम्म देशभरका ६० भन्दा बढी जिल्ला र विदेशका विभिन्न स्थानहरूमा समिति गठन गरी संस्था सामाजिक, सांस्कृतिक तथा रचनात्मक कार्यमा क्रियाशील रहेको महासचिव कृष्णबहादुर थापाले जानकारी दिनुभयो।

समाजको नाममा आर्थिक संकलन गरेर जग्गा खरिद गरिएको खरिद तथा निर्माण समितिका संयोजक हेमन्त केसीले जनचासोलाई जानकारी दिनु भयो ।

२०८२ असार ६ गते चितवन जिल्ला समितिको पहलमा भरतपुर महानगरपालिका–१२ मा बहुउद्देश्यीय भवन निर्माणका लागि ३३ धुर जग्गा खरिद गरी पास गरिएको छ।

यसअघि क्षेत्री समाज नेपालको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका–९ मा सुविधा सम्पन्न भवन निर्माण भइसकेको छ ।

गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, भीरकोट र नवलपुर जिल्लामा समेत संस्थाको आफ्नै भवन र जग्गा छन्।

Author

Related News