जनकपुरधाम । छठपर्व २०८२ कात्तिक ११ गते बिहान समापन गरिएको छ । २०८२ कात्तिक ९ गतेदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेको जनकपुरधामबाट विनोदकुमार रविदासले जानकारी दिनु भएको छ ।
व्रतालुहरूले २०८२ कात्तिक १० गते छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए भने उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठ समापन भएको हो ।

काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ ।
धनुषाको गणेशनाथ चारनाथ नगरपालिकाको बरमझियास्थित कमला नदीमा पुगेर विनोदकुमार रविदासले खिच्नु भएको तस्वीर मानव आवाजका लागि पठाउनु भएको छ ।