तन्नेरी पुस्ता Archives - मानव आवाज https://www.manavaawaj.com/category/the-younger-generation/ तथ्य, तर्क र परिवर्तनको आवाज Tue, 08 Apr 2025 04:59:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png तन्नेरी पुस्ता Archives - मानव आवाज https://www.manavaawaj.com/category/the-younger-generation/ 32 32 चलचित्रको गीत-‘लास्ट च्वाँक छे यार’ https://www.manavaawaj.com/movie-song-last-chwak-chha-yaar/ https://www.manavaawaj.com/movie-song-last-chwak-chha-yaar/#respond Tue, 08 Apr 2025 04:59:23 +0000 https://janchaso.com/?p=2830 ललितपुर । यही चैत २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, सङ्गीत तथा मिक्सिङ र मास्टरिङ छ । ‘द पिक स्टुडियो’मा रेकर्ड गरिएको गीतमा निर्देशक कृषा चौलागाईंको शब्द छ भने गीतको रेकर्डिस्ट दिनेश राजबाहक हुनुहुन्छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको ... Read more

The post चलचित्रको गीत-‘लास्ट च्वाँक छे यार’ appeared first on मानव आवाज.

]]>
ललितपुर । यही चैत २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, सङ्गीत तथा मिक्सिङ र मास्टरिङ छ ।

‘द पिक स्टुडियो’मा रेकर्ड गरिएको गीतमा निर्देशक कृषा चौलागाईंको शब्द छ भने गीतको रेकर्डिस्ट दिनेश राजबाहक हुनुहुन्छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ । तराईमा खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

 

The post चलचित्रको गीत-‘लास्ट च्वाँक छे यार’ appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/movie-song-last-chwak-chha-yaar/feed/ 0
काठमाडौँलाई पोखराले जित्यो https://www.manavaawaj.com/pokhara-defeated-kathmandu/ https://www.manavaawaj.com/pokhara-defeated-kathmandu/#respond Sat, 05 Apr 2025 13:15:58 +0000 https://janchaso.com/?p=2645 ललितपुर । एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ । यसअघि पोखरा चितवन र ललितपुरसँग पराजित भएको थियो । पहिलो जितसँगै प्लेअफको सम्भावना कायम रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताउनु भएको छ । यसअघिका खेलमा आफ्नो टोलीले प्रशिक्षण गर्न नपाएको र आजको खेलमा आफ्नो योजना सफल भएको ... Read more

The post काठमाडौँलाई पोखराले जित्यो appeared first on मानव आवाज.

]]>

ललितपुर । एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ । यसअघि पोखरा चितवन र ललितपुरसँग पराजित भएको थियो ।

पहिलो जितसँगै प्लेअफको सम्भावना कायम रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताउनु भएको छ । यसअघिका खेलमा आफ्नो टोलीले प्रशिक्षण गर्न नपाएको र आजको खेलमा आफ्नो योजना सफल भएको उहाँको प्रतिक्रिया छ ।

The post काठमाडौँलाई पोखराले जित्यो appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/pokhara-defeated-kathmandu/feed/ 0
तन्नेरीका प्रेमकथामा फिल्म बनाउन सिकाएका थिए आलोकले https://www.manavaawaj.com/alok-taught-how-to-make-films-based-on-love-stories-of-teenagers/ https://www.manavaawaj.com/alok-taught-how-to-make-films-based-on-love-stories-of-teenagers/#respond Tue, 18 Mar 2025 07:21:49 +0000 https://janchaso.com/?p=57 ललितपुर । बिहीबार सँझ आफ्नै निवासमा मृत अबस्थामा भेटिएका निर्देशक आलोक नेम्बाङ नेपाली चलचित्रका औसत निर्देशक हैनन् । निकै थोरै फिल्मको निर्देशन गरेपनि उनले नेपाली सिने उद्योगमा नयाँ आयामको सुरुवात गरे, जसले नेपाली सिनेमाको ‘स्टोरी टेलिङ’ शैलीलाई बदल्न मद्दत गर्‍यो । फर्मुला फिल्मको बिगबिगी भएको बेला सामान्य प्रेमकथामा फिल्म बनाउने अगुवा थिए आलोक नेम्वाङ ।प्रायः ... Read more

The post तन्नेरीका प्रेमकथामा फिल्म बनाउन सिकाएका थिए आलोकले appeared first on मानव आवाज.

]]>
ललितपुर । बिहीबार सँझ आफ्नै निवासमा मृत अबस्थामा भेटिएका निर्देशक आलोक नेम्बाङ नेपाली चलचित्रका औसत निर्देशक हैनन् ।

निकै थोरै फिल्मको निर्देशन गरेपनि उनले नेपाली सिने उद्योगमा नयाँ आयामको सुरुवात गरे, जसले नेपाली सिनेमाको ‘स्टोरी टेलिङ’ शैलीलाई बदल्न मद्दत गर्‍यो ।

फर्मुला फिल्मको बिगबिगी भएको बेला सामान्य प्रेमकथामा फिल्म बनाउने अगुवा थिए आलोक नेम्वाङ ।
प्रायः पाँच गीत, पाँच फाइट र बाँकी गन्थनमै एउटा फिल्म सकिने समयमा उनले सामान्य कथामा तन्नेरीका भावना समेटेर ‘सानो संसार’ बनाएका थिए ।

हिरोइनको रोनाधोनालाई निकै महत्व दिएर फिल्म बनाइरहेको बेला आलोकले हिरोइनको चरित्रलाई बलियो रुपमा प्रस्तुत गरेका थिए ।

मोडलिङमा रमाइरहेकी नम्रता श्रेष्ठ सानो संसारवाट रजतपटमा प्रवेश गरेकी थिइन् । अर्का नायक कर्मालाई पनि आलोकले नै डेब्यु गराएका थिए सानो संसारमार्फत् ।

म्युजिक भिडियो निर्देशनमा सक्रिय आलोकले बिशुद्ध प्रेमकथामा विल्कुल नयाँ अनुहारलाई लिएर फिल्म बनाएपछि अन्य निर्देशकले समेत नयाँ कलाकार र नयाँ विषयमा फिल्म बनाउने हिम्मत गरेका हुन । कहिल्यै कुनै बिबादमा नपरेका एक मात्रै निर्देशक हुन् उनी । उनले दोस्रो चलचित्र ‘कोही मेरो’ बनाएका थिए भने तेस्रो चलचित्र प्रर्दशन हुने तयारीमा थियो ।

The post तन्नेरीका प्रेमकथामा फिल्म बनाउन सिकाएका थिए आलोकले appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/alok-taught-how-to-make-films-based-on-love-stories-of-teenagers/feed/ 0