खेल Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/sports/ तथ्य, तर्क र परिबर्तनको आवाज Sun, 12 Apr 2026 14:51:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://www.manavaawaj.com/wp-content/uploads/2025/07/cropped-Manavaawajko-Logopng-32x32.png खेल Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/sports/ 32 32 रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न, ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह https://www.manavaawaj.com/night-road-race-successfully-completed-spreading-the-message-that-pokhara-is-safe/ Sun, 12 Apr 2026 14:51:22 +0000 https://www.manavaawaj.com/?p=11344 पोखरा । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित पोखरामा पहिलोपटक आयोजित रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न भएको छ । पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा २०८२ चैत २८ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । पोखरा महानगरपालिका-६ स्थित फेवातालको वाराहीघाटदेखि वडा नं. ९ को मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्म ५ किलोमिटर दूरीमा भएको दौडमा सहभागी ... Read more

The post रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न, ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह appeared first on मानव आवाज.

]]>
पोखरा । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित पोखरामा पहिलोपटक आयोजित रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न भएको छ ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा २०८२ चैत २८ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका-६ स्थित फेवातालको वाराहीघाटदेखि वडा नं. ९ को मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्म ५ किलोमिटर दूरीमा भएको दौडमा सहभागी धावकहरू उत्साहित देखिएका थिए ।

कार्यक्रम संयोजक तथा पत्रकार दीननाथ बरालले पहिलो प्रयासमै सबैको साथ र सहयोगले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले खेल प्रवर्धनसँगै पर्यटकीय राजधानी पोखरा सुरक्षित रहेको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

रातिको समयमा प्रकाश व्यवस्थासहित सम्पन्न उक्त दौडले पोखराको सुरक्षाबारे सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पर्यटन व्यवसायीहरू समेत उत्साहित बनेका छन् ।

दौडमा खुला, महिला, विदेशी तथा यू-१६ गरी चार विधामा प्रतिस्पर्धा गराइएको थियो । साँझ ७:३० बजे वाराहीघाटबाट सुरु भएको दौडमा विदेशी पर्यटकसहित करिब एक सयभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो ।

दौड लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक र न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) पुगेर सम्पन्न भएको हो ।

प्रतियोगिताको खुलातर्फ मुकेश थापा प्रथम हुनुभयो । उहाँले ५ किलोमिटर दूरी १७ मिनेट ३१.६७ सेकेन्डमा पूरा गर्नुभयो ।

सुवास गुरुङ १७ मिनेट ५४.२५ सेकेन्डसहित दोस्रो र अकलबहादुर पाल १८ मिनेट ०२.०३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहनुभयो ।

विजेताले १५ हजार रुपियाँ, उपविजेताले १० हजार रुपियाँ र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

महिलातर्फ पुष्पा शर्मा लिम्बु २३ मिनेट ०३.५४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभयो । यू–१६ तर्फ राम ढुङ्गाना विजेता बने भने विदेशी धावकतर्फ फ्रान्सका सामुएल प्रथम हुनुभयो ।

राम ढुङ्गानाले २४ मिनेट ३९.६० सेकेन्ड र सामुएलले २२ मिनेट ०८.०७ सेकेन्डमा दौड पूरा गर्नुभएको थियो ।

अन्य विधाका विजेतालाई जनही ७ हजार रुपियाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

The post रात्रिकालीन सडक दौड सफलतापूर्वक सम्पन्न, ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह appeared first on मानव आवाज.

]]>
यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरू, गण्डकीको उत्कृष्ट सुरुवात https://www.manavaawaj.com/u-20-national-athletics-championship-begins/ Sat, 11 Apr 2026 14:16:51 +0000 https://www.manavaawaj.com/?p=11315 पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको व्यवस्थापनमा यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप र दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६ सुरू भएको छ । प्रतियोगितामा यू-२० तर्फ २४ विधा र पोखरा ओपनतर्फ ३० विधामा प्रतिस्पर्धा भइरहेको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतियोगिताको उद्घाटन गर्दै यसले देशभरका ... Read more

The post यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरू, गण्डकीको उत्कृष्ट सुरुवात appeared first on मानव आवाज.

]]>
पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको व्यवस्थापनमा यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप र दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६ सुरू भएको छ । प्रतियोगितामा यू-२० तर्फ २४ विधा र पोखरा ओपनतर्फ ३० विधामा प्रतिस्पर्धा भइरहेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतियोगिताको उद्घाटन गर्दै यसले देशभरका युवा खेलाडीहरूको क्षमता, अनुशासन र मेहनत उजागर गर्दै एथलेटिक्स क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलमार्फत स्वस्थ, सक्षम र अनुशासित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेशले दुई स्वर्ण पदक जित्दै उत्कृष्ट सुरुवात गरेको छ । पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत १५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण जित्नुभएको हो ।

महिला १ हजार ५ सय मिटर दौडमा नारायणी भण्डारीले ५ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो ।

बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डमा रजत तथा लुम्बिनी प्रदेशकी गुञ्जा यादवले ५ मिनेट २७.९१ सेकेण्डमा कास्य पदक जित्नुभयो ।

पुरुषतर्फ १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले ४ मिनेट ०९.३५ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण हात पार्नुभयो ।

बागमतीका हस्त सुनारले ४ मिनेट ०९.८२ सेकेण्डसहित रजत तथा लुम्बिनीका नरेन्द्र दानीले ४ मिनेट १४.०३ सेकेण्डमा कास्य पदक जित्नुभयो ।

यसैबिच, प्रतियोगितासँगै सञ्चालन भइरहेको दोस्रो पोखरा ओपन एथलेटिक्स मिटअन्तर्गत पनि विभिन्न विधाका खेलहरू जारी छन् ।

पोखरा ओपनतर्फ विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने यू-२० च्याम्पियनसिपका विजेताले ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितालाई रेडबुल, सफल दूध (सुजल डेरी), सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैङ्क, सोल्टी पानी, योर्स ट्रेनिङ सेन्टर, गेट्स ट्रेनिङ सेन्टर र कफी दी हिमालयजले सहयोग गरेका छन् ।

कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रतियोगिता संयोजक तथा सचिव सिद्धान्त अधिकारीले गर्नुभएको थियो ।

The post यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरू, गण्डकीको उत्कृष्ट सुरुवात appeared first on मानव आवाज.

]]>
पोखरामा ओपन एथलेटिक्स मिट आयोजना हुँदै https://www.manavaawaj.com/open-athletics-meet-being-organized-in-pokhara/ Fri, 10 Apr 2026 02:43:32 +0000 https://www.manavaawaj.com/?p=11285 पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको समन्वयमा पोखरामा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६’ तथा ‘चौथो राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप-२०२६’ आयोजना हुने भएको छ । २०८२ चैत २६ गते आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङले प्रतियोगिता २०८२ चैत २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जानकारी ... Read more

The post पोखरामा ओपन एथलेटिक्स मिट आयोजना हुँदै appeared first on मानव आवाज.

]]>
पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको समन्वयमा पोखरामा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६’ तथा ‘चौथो राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप-२०२६’ आयोजना हुने भएको छ ।

२०८२ चैत २६ गते आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङले प्रतियोगिता २०८२ चैत २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । पोखरा ओपन एथलेटिक्स मिटतर्फ देशभरबाट करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरूसँगै नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभागीय टोलीका खेलाडीहरू सहभागी हुनेछन्, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय यू-२० एथलेटिक्स च्याम्पियनसिपमा सातै प्रदेशबाट १० पुरुष र १० महिला गरी १ सय ४० खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता संयोजक तथा सचिव सिद्धान्त अधिकारीका अनुसार ओपन एथलेटिक्स मिटतर्फ पुरुष र महिला गरी जम्मा ३० विधामा प्रतिस्पर्धा हुनेछ भने यू-२० च्याम्पियनसिपतर्फ पुरुष र महिला गरी २४ विधामा खेल सञ्चालन गरिनेछ ।

The post पोखरामा ओपन एथलेटिक्स मिट आयोजना हुँदै appeared first on मानव आवाज.

]]>
रात्रिकालीन सडक दौड प्रतियोगिता सफल बनाउन सरोकारवालासँग छलफल https://www.manavaawaj.com/discussions-with-stakeholders-to-make-the-night-road-race-competition-a-success/ Fri, 10 Apr 2026 02:36:27 +0000 https://www.manavaawaj.com/?p=11282 पोखरा । पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्थापन र समन्वयलाई उच्च प्राथमिकता दिएको जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले २०८२ चैत २६ गते पोखरामा आयोजित छलफल कार्यक्रममा प्रतियोगिता व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ... Read more

The post रात्रिकालीन सडक दौड प्रतियोगिता सफल बनाउन सरोकारवालासँग छलफल appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्थापन र समन्वयलाई उच्च प्राथमिकता दिएको जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले २०८२ चैत २६ गते पोखरामा आयोजित छलफल कार्यक्रममा प्रतियोगिता व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभयो ।

बरालले यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका संयोजक तथा पत्रकार दिननाथ बरालले पोखरामा खेलकुद तथा रात्रिकालीन गतिविधिको सम्भावना उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिता २०८२ चैत २८ गते बेलुका ७:३० बजे बराईघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जरेवर, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन हुनेछ ।

प्रतियोगिता अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सर्वसाधारण, यातायात व्यवसायी तथा विभिन्न सङ्घसंस्थालाई अनुरोध गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले दौडका क्रममा सवारी साधन आवश्यक स्थानमा रोक्ने तथा डाइभर्सनको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

साथै, रुटका केही स्थानमा रहेका खाल्डाखुल्डी तथा अपर्याप्त प्रकाश व्यवस्थामा सुधार गर्न सुझाव दिनुभयो ।

पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक बासुदेव कुँवरले प्रतियोगिता सुरक्षित रूपमा सम्पन्न गर्न समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले तालबराही स्कुल तथा नारेश्वर क्षेत्रका भित्री सडकलाई डाइभर्सनका रूपमा प्रयोग गर्न सुझाव दिनुभयो ।

रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतमले नयाँ ‘ह्यापनिङ’ इभेन्टका रूपमा रहेको यस प्रतियोगितामा आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले सभागृहचोक र बीपीचोकमा धावकहरूको चेकिङ गरिने जानकारी दिनुभयो ।

पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्रतियोगितामा सुरक्षा प्रमुख चुनौती रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सुरक्षा निकायसँग छलफल गरिएको बताउनुभयो ।

केन्द्रका सचिव सागर सुनारका अनुसार प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० जना धावक दर्ता भइसकेका छन् ।

प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू-१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपियाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

सहभागी धावकलाई बिमा सुविधा तथा रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोगको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा महानगरपालिका-९ वडा कार्यालयको समन्वय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिनेछ ।

The post रात्रिकालीन सडक दौड प्रतियोगिता सफल बनाउन सरोकारवालासँग छलफल appeared first on मानव आवाज.

]]>
दशौँ पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने https://www.manavaawaj.com/10th-pokhara-sports-awards-to-be-held-on-baisakh-18/ Mon, 06 Apr 2026 11:30:33 +0000 https://www.manavaawaj.com/?p=11215 पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने भएको छ । २०८२ चैत २३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अवार्डअन्तर्गतको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्ती प्रालिले सहकार्य गर्ने जानकारी दिइयो । मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले उक्त विधाका लागि खल्तीले अनलाइन ... Read more

The post दशौँ पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने appeared first on मानव आवाज.

]]>
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने भएको छ ।

२०८२ चैत २३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अवार्डअन्तर्गतको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्ती प्रालिले सहकार्य गर्ने जानकारी दिइयो ।

मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले उक्त विधाका लागि खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्ने बताउनुभयो ।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डको दशौँ संस्करण आठ विधामा सञ्चालन हुनेछ। विगतका केही संस्करणमा स्थगित रहेको ‘पिपुल्स च्वाइस अवार्ड’ यसपटक पुनः सञ्चालनमा ल्याइएको हो ।

उक्त विधाअन्तर्गत पाँच उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा हुने र अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ। विजेताले पुरस्कारस्वरूप टीभीएस एनटर्क स्कुटर प्राप्त गर्नेछन् । उक्त पुरस्कार पोखरास्थित गुरुङ गहना घर प्रालिले प्रायोजन गरेको हो ।

कार्यक्रममा आईएमई खल्ती प्राली गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेत र मञ्चका कार्यवाहक अध्यक्ष पौडेलबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रदेश इन्चार्ज बस्नेतले खल्तीले विगत पाँच वर्षदेखि पोखरामा सेवा विस्तार गर्दै आएको र यस अवधिमा पोखरा तथा आसपास क्षेत्रमा दुई दर्जनभन्दा बढी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभव रहेको जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत कास्कीका पाँचै पालिका तथा विभिन्न सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा गुरुङ गहना घर प्रालिका प्रतिनिधि सीमा गुरुङ तथा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य विनय थापाले पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशकै खेल क्षेत्रलाई उर्जावान बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

कार्यक्रम सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव परशुराम शर्माले गर्नुभएको थियो ।

The post दशौँ पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने appeared first on मानव आवाज.

]]>
पोखरा-५ मा प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता सुरु https://www.manavaawaj.com/first-ward-chairman-intelligence-competition-begins-in-pokhara-5/ Sun, 05 Apr 2026 15:20:06 +0000 https://www.manavaawaj.com/?p=11207 पोखरा । पोखरा महानगरपालिका-५ नं वडा कार्यालयको आयोजना तथा माइन फ्रेस चेस क्लब पोखराको समन्वयमा दुईदिने प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता २०८२ चैत २२ गतेदेखि श्री धर्मस्थली आधारभूत विद्यालय, पोखरा-५ प्रस्याङमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद गतिविधिले बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो ... Read more

The post पोखरा-५ मा प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता सुरु appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका-५ नं वडा कार्यालयको आयोजना तथा माइन फ्रेस चेस क्लब पोखराको समन्वयमा दुईदिने प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता २०८२ चैत २२ गतेदेखि श्री धर्मस्थली आधारभूत विद्यालय, पोखरा-५ प्रस्याङमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद गतिविधिले बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो ।

उहाँले यस्ता प्रतियोगिताले बालबालिकामा नेतृत्व क्षमता, अनुशासन र सकारात्मक आचरण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य गोविन्दप्रसाद पराजुली, माइन फ्रेस चेस क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज भण्डारी र धर्मस्थली आधारभूत विद्यालयकी प्रधानाध्यापक सुभद्रा गौतमले शुभकामना मन्तव्य राख्दै खेलकुदको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा पोखरा महानगरपालिका-५ सहित अन्य वडाका सामुदायिक तथा संस्थागत विद्यालयका २४ विद्यालयबाट ८८ जना छात्रछात्राको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ५ हजार रुपियाँ, ३ हजार रुपियाँ, २ हजार रुपियाँ र १ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । छात्रातर्फ उत्कृष्ट हुनेलाई ३ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा रामबहादुर क्षेत्री, युवराज भण्डारी, सञ्जय भण्डारी र वर्षा भुगाई लगायत रहनु भएको छ ।

The post पोखरा-५ मा प्रथम वडा अध्यक्ष बुद्धिचाल प्रतियोगिता सुरु appeared first on मानव आवाज.

]]>
पोखरामा रात्रिकालीन सडक दौड प्रतियोगिता हुँदै https://www.manavaawaj.com/night-road-race-competition-underway-in-pokhara/ Sat, 04 Apr 2026 16:53:53 +0000 https://www.manavaawaj.com/?p=11185 पोखरा ।  पोखरामा नेपाली नयाँ वर्षको अवसर पारेर रात्रिकालीन सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । पछिल्लो समय अङ्ग्रजी नयाँ वर्ष लक्षित कार्यक्रमहरूको प्रभाव बढ्दै जाँदा नेपाली नयाँ वर्षका गतिविधि केही कम हुँदै गएको सन्दर्भमा यस प्रतियोगिताले पर्यटन प्रवर्धनमा थप ऊर्जा दिने विश्वास गरिएको छ । “पर्यटन, स्वास्थ्य र समुदाय” लाई जोड्ने उद्देश्यसहित “अँध्यारो ... Read more

The post पोखरामा रात्रिकालीन सडक दौड प्रतियोगिता हुँदै appeared first on मानव आवाज.

]]>
पोखरा ।  पोखरामा नेपाली नयाँ वर्षको अवसर पारेर रात्रिकालीन सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

पछिल्लो समय अङ्ग्रजी नयाँ वर्ष लक्षित कार्यक्रमहरूको प्रभाव बढ्दै जाँदा नेपाली नयाँ वर्षका गतिविधि केही कम हुँदै गएको सन्दर्भमा यस प्रतियोगिताले पर्यटन प्रवर्धनमा थप ऊर्जा दिने विश्वास गरिएको छ ।

“पर्यटन, स्वास्थ्य र समुदाय” लाई जोड्ने उद्देश्यसहित “अँध्यारो रात, उज्यालो लक्ष्य पोखरा नाइट रन” अभियान अन्तर्गत पोखरा नाइट स्ट्रिट रन २०८३ आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रम पोखरा प्रवर्धन केन्द्र कास्की र पोखरा क्लिक को संयुक्त आयोजनामा २०८२ चैत २८ गते सञ्चालन हुनेछ ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकी को सहकार्य तथा पोखरा महानगरपालिका ९ को समन्वयमा हुने भएको छ ।

कार्यक्रमका लागि मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

२०८२ चैत २१ गते आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् सञ्चारकर्मी दिननाथ बरालले साँझ ७ बजे बाराहीघाटबाट सुरु हुने ५ किलोमिटर दौड मेन्डर प्वाइन्ट, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा समापन हुने जानकारी दिनुभयो ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्नु रहेको संयोजक बरालले बताउनुभयो । साथै पोखरा भ्रमण वर्ष २०२५/०२६ लाई प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ ।

प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू १६ (१२ १६ वर्ष) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । सहभागी धावकहरूको बीमा गरिनेछ भने रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ । हेडल्याम्प प्रयोग गर्न पनि अनुमति दिइने आयोजकले जनाएको छ ।

इच्छुक सहभागीले चैत २५ गते बिहान ११:२९ बजेसम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्नेछन् ।

पुरस्कारतर्फ खुला विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला, विदेशी तथा यू–१६ विधाका विजेतालाई जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार दिइनेछ ।

त्यसैगरी उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्कको एक हजार रुपैयाँ बराबरको प्रवेश टिकट प्राप्त गर्नेछन् भने अन्य सहभागीलाई पार्क तथा वाटर गेममा ३० प्रतिशत छुट दिइनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । लक्ष्मण सुवेदी ले यस्तो प्रतियोगिताले पोखराको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शहरी गतिशीलता, शान्ति सुरक्षा र स्वस्थ जीवनशैलीप्रति जनचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम दिननाथ बराल को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन असफल गौतमले गर्नुभएको थियो ।

The post पोखरामा रात्रिकालीन सडक दौड प्रतियोगिता हुँदै appeared first on मानव आवाज.

]]>
प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारत र चीनलाई https://www.manavaawaj.com/india-and-china-win-paragliding-championship-2026/ Sun, 22 Mar 2026 01:33:24 +0000 https://www.manavaawaj.com/?p=10933 पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा हात पार्नु भएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटबाट उडान भरी खपौदीस्थित निर्धारित लक्ष्य बिन्दु नजिक पुग्दै दुवैले समान अङ्क हासिल गरी पहिलो स्थान प्राप्त गर्नु भएको हो । ... Read more

The post प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारत र चीनलाई appeared first on मानव आवाज.

]]>
पोखरा नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा हात पार्नु भएको छ ।

पोखरा महानगरपालिका-१८ सराङकोटबाट उडान भरी खपौदीस्थित निर्धारित लक्ष्य बिन्दु नजिक पुग्दै दुवैले समान अङ्क हासिल गरी पहिलो स्थान प्राप्त गर्नु भएको हो ।

नेपालका पवन परियार र अर्जुन जलारीले समान अङ्क प्राप्त गरे पनि प्रदर्शनका आधारमा परियार छैठौँ र जलारी सातौँ स्थानमा सीमित हुनु भयो ।

महिला एकलतर्फको एक्यूरेसी विधामा चीनकी कोङ सियाङ पहिलो हुनु भयो । पाँच राउण्डसम्मको प्रतिस्पर्धामा नेपालकी दुर्गामाया गुरुङ दोस्रो हुँदा भारतकी श्रेयशी तामाङ तेस्रो हुनु भयो । महिला तर्फ १० जना खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।

नेपालीतर्फ पुरुष विधामा पवन परियार र अर्जुन जलारी समान अङ्कसहित संयुक्त रूपमा पहिलो हुनु भयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यका अनुसार उक्त प्रतियोगितामार्फत दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटसमेत गरिएको छ ।

प्रतियोगिताको तेस्रो दिन प्रतिकूल मौसमका कारण खेल स्थगित गरिएको थियो । खेल संयोजक सुनिलबहादुर भट्टराईका अनुसार २०८२ चैत ६ गतेदेखि परेको वर्षा चैत ७ गतेसम्म जारी रहेपछि सो दिनका खेलहरू सञ्चालन हुन सकेनन् । यसअघि सम्पन्न दुई दिनको प्रदर्शनका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

संस्थाका अध्यक्ष अनिल केसीका अनुसार पाँच राउण्डसम्म प्रतियोगिता सम्पन्न भए पनि त्यसपछि मौसम र हावाको अवस्थाले खेल प्रभावित भएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीन गरी पाँच देशका ६२ खेलाडी सहभागी थिए, जसमा ५२ पुरुष र १० महिला खेलाडी रहेका थिए ।

विजेता खेलाडीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई लगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार रुपियाँ, उपविजेताले १ लाख रुपियाँ र तेस्रो भएकाले ५० हजार रुपियाँ प्राप्त गरे ।

समूहतर्फ विजेताले ७५ हजार रुपियाँ, उपविजेताले ५० हजार रुपियाँ र तेस्रो भएको टोलीले २५ हजार रुपियाँ पाए ।

महिलातर्फ विजेताले ७५ हजार रुपियाँ, उपविजेताले ५० हजार रुपियाँ र तेस्रो भएकाले २५ हजार रुपियाँहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

The post प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६ को उपाधि भारत र चीनलाई appeared first on मानव आवाज.

]]>
वडास्तरीय बाल म्याराथन प्रतियोगिता सम्पन्न https://www.manavaawaj.com/ward-level-childrens-marathon-competition-concluded/ Fri, 20 Mar 2026 01:01:20 +0000 https://www.manavaawaj.com/?p=10882 रुद्रबहादुर खड्का, सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ को आयोजनामा वडा स्तरीय बालबालिकाहरुका लागि म्याराथन प्रतियोगिता २०८२ चैत ५ गते सम्पन्न भएको छ । वडा क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, वडा स्तरीय बाल क्लब, न्यायिक समिति, नेपाल रेडक्रस सोसाइटी भिमान, युवा क्लब, वडा परिवार तथा स्थानीय भद्र भलादमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा करिब ३ ... Read more

The post वडास्तरीय बाल म्याराथन प्रतियोगिता सम्पन्न appeared first on मानव आवाज.

]]>
रुद्रबहादुर खड्का, सिन्धुली

कमलामाई नगरपालिका वडा नं. ९ को आयोजनामा वडा स्तरीय बालबालिकाहरुका लागि म्याराथन प्रतियोगिता २०८२ चैत ५ गते सम्पन्न भएको छ ।

वडा क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, वडा स्तरीय बाल क्लब, न्यायिक समिति, नेपाल रेडक्रस सोसाइटी भिमान, युवा क्लब, वडा परिवार तथा स्थानीय भद्र भलादमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा करिब ३ सय ५० जना बालबालिकाले भाग लिएका थिए ।

प्रतियोगिता चार ओटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि यस्ता खेलकुद कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले विद्यार्थीहरूको पढाइसँगै अतिरिक्त क्रियाकलापले उनीहरूको क्षमता विकास र चेतना अभिवृद्धिमा टेवा पुर्‍याउने धारणा व्यक्त गर्नु भयो ।

यसैगरी नगर उपप्रमुख मञ्जु देवकोटाले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष विनोद प्रधानले सहभागी, सहयोगी निकाय तथा उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नु भयो ।

कार्यक्रमको सञ्चालन वडा नं. ९ का वडा सचिव सुमित्राकुमारी चौहानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

The post वडास्तरीय बाल म्याराथन प्रतियोगिता सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु https://www.manavaawaj.com/21st-nepal-open-paragliding-championship-begins-in-pokhara/ Thu, 19 Mar 2026 13:26:53 +0000 https://www.manavaawaj.com/?p=10872 पोखरा । नेपाल हवाई खेलकुद संस्था को आयोजनामा “२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता)–२०२६” पोखरामा २०८२ चैत ५ गतेदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राष्ट्रिय झण्डा तथा सहभागी देशका खेलाडीहरूलाई ग्लाइडर हस्तान्तरण गर्दै गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पर्यटनको प्रमुख केन्द्रका रूपमा रहेको पोखरामा प्याराग्लाइडिङलाई ... Read more

The post पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु appeared first on मानव आवाज.

]]>
पोखरा । नेपाल हवाई खेलकुद संस्था को आयोजनामा “२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता)–२०२६” पोखरामा २०८२ चैत ५ गतेदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राष्ट्रिय झण्डा तथा सहभागी देशका खेलाडीहरूलाई ग्लाइडर हस्तान्तरण गर्दै गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पर्यटनको प्रमुख केन्द्रका रूपमा रहेको पोखरामा प्याराग्लाइडिङलाई मेरुदण्डकै रूपमा विकास गरिएको उल्लेख गर्नु भयो ।

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि प्रभावित बनेको उडानलाई पुनः नियमित गर्न विभिन्न तहमा समाधानमूखी छलफल भइरहेको जानकारी दिनु भयो ।

साथै, पर्यटकको प्रमुख रोजाइमा पर्ने यस साहसिक खेललाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवा सहित सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा लुना लुइँटेल तथा मणिराज लामिछाने ले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा नेपालसहित भारत, चीन, इटली र फ्रान्सका गरी १० महिला सहित ६२ जना पाइलटको सहभागिता रहेको छ । प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताअन्तर्गत सराङकोट बाट उडान (टेकअफ) गरी खपौंदीमा अवतरण (ल्याण्डिङ) गरिएको छ ।

प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गर्नेछन् ।

महिलातर्फ क्रमशः रु. ७५ हजार, ५० हजार र २५ हजार तथा समूहगततर्फ पनि सोही दरका पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव बलराम आचार्य ले जानकारी दिनु भयो ।

कोभिड–१९ का कारण विगतमा निरन्तरता पाउन नसकेको प्रतियोगिता यस वर्ष पुनः सुरु गरिएको हो ।

वरिष्ठ उपाध्यक्ष खेमराज आचार्य का अनुसार साहसिक पर्यटनको केन्द्रका रूपमा परिचित पोखरामा यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश कार्यालय), पोखरा महानगरपालिका तथा प्रदेश खेलकुद परिषद्लगायतको सहयोग रहेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष अनिल केसी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव बलराम आचार्यले गर्नुभएको थियो ।

प्रारम्भमा सात देशका करिब ९० जना पाइलट दर्ता भए पनि अन्ततः पाँच देशका ६२ जना खेलाडीले मात्र सहभागिता जनाएका छन्, खेल संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिनु भयो ।

प्याराग्लाइडिङ उडानका लागि सामान्यतया करिब रु. ८ हजार ५ सय शुल्क लाग्ने गर्दछ, जसमा फोटो, भिडियो तथा यातायात सुविधा समावेश हुने पर्यटन व्यवसायी प्रेमबहादुर कुवँरले जानकारी दिनु भयो ।

The post पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु appeared first on मानव आवाज.

]]>