विज्ञान प्रविधि Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/science-technology/ तथ्य, तर्क र परिबर्तनको आवाज Wed, 01 Apr 2026 03:42:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://www.manavaawaj.com/wp-content/uploads/2025/07/cropped-Manavaawajko-Logopng-32x32.png विज्ञान प्रविधि Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/science-technology/ 32 32 आज र भोलि हावाहुरी र असिनासहित वर्षाको सम्भावना https://www.manavaawaj.com/chance-of-rain-with-wind-and-hail-today-and-tomorrow/ Tue, 31 Mar 2026 00:39:47 +0000 https://www.manavaawaj.com/?p=11108 काठमाडौँ । आज र भोलि केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ । दिउँसोपख कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिनासहित मध्यम वर्षा र ... Read more

The post आज र भोलि हावाहुरी र असिनासहित वर्षाको सम्भावना appeared first on मानव आवाज.

]]>
काठमाडौँ । आज र भोलि केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही ठाउँमा रातिदेखि नै हल्का पानी परिरहेको छ । दिउँसोपख कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही ठाउँहरु तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

The post आज र भोलि हावाहुरी र असिनासहित वर्षाको सम्भावना appeared first on मानव आवाज.

]]>
‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ https://www.manavaawaj.com/deepfake-abuse-is-abuse/ Fri, 06 Feb 2026 05:56:01 +0000 https://www.manavaawaj.com/?p=10208 ललितपुर । संयुक्त राष्ट्रसङ्घीय बाल सङ्गठन (युनिसेफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व तथा वितरणलाई कानुनी रूपमा अपराध घोषणा गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेको छ । युनिसेफले २०८२ माघ २१ गते सार्वजनिक गरिएको ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथि यौन हिंसा ... Read more

The post ‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ appeared first on मानव आवाज.

]]>
ललितपुर । संयुक्त राष्ट्रसङ्घीय बाल सङ्गठन (युनिसेफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व तथा वितरणलाई कानुनी रूपमा अपराध घोषणा गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेको छ ।

युनिसेफले २०८२ माघ २१ गते सार्वजनिक गरिएको ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथि यौन हिंसा र दुरुपयोगका घटना बढ्दै गएको जनाएको छ ।

प्रविधिको दुरुपयोगले बाल संरक्षण अधिकारमा नयाँ खालका जोखिम सिर्जना गरेको संस्थाको चेतावनी छ ।

एआईमार्फत तयार पारिएका यौनजन्य सामग्री तीव्र रूपमा फैलिँदै गएको र विद्यमान कानुनहरूले त्यसलाई नियन्त्रण गर्न नसकिरहेको उल्लेख गर्दै युनिसेफले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

युनिसेफ, इन्टरपोल तथा बाल अधिकार संस्था ‘इसीप्याट’द्वारा गरिएको अध्ययनअनुसार ११ देशका कम्तीमा १२ लाख बालबालिका यौनजन्य ‘डिपफेक’ सामग्रीबाट पीडित भइसकेका छन् ।

यस्ता तस्बिर र भिडियोहरू वास्तविक नभए पनि त्यसले निम्त्याउने असर अत्यन्तै वास्तविक र गम्भीर हुने युनिसेफले स्पष्ट पारेको छ ।

पीडित बालबालिकाले गहिरो मानसिक आघात, सामाजिक अपहेलना र दीर्घकालीन तनाव भोग्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ ।

हाल नियमनकारी निकाय तथा कानुन कार्यान्वयन गर्ने संस्थाहरूले एआईबाट निर्मित बाल यौन दुरुपयोग सामग्री तीव्र रूपमा बढिरहेको जनाउँदै आएका छन् ।

ब्लुमबर्गले इन्टरनेट सुरक्षा संस्थाहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको विश्लेषणअनुसार सन् २०२५ को पहिलो छ महिनामै यस्ता ‘सिन्थेटिक’ सामग्री समेटिएका वेबपेजहरूको सङ्ख्या झण्डै ४ सय प्रतिशतले वृद्धि भएको छ ।

The post ‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ appeared first on मानव आवाज.

]]>
हाजिरीजबाफमा अनिज पोखरेलको ह्याट्रिक https://www.manavaawaj.com/anij-pokharels-hat-trick-in-the-quiz/ Mon, 22 Dec 2025 23:27:21 +0000 https://www.manavaawaj.com/?p=9209 पोखरा । पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित न्यू मोडल स्कुलका विद्यार्थी अनिज पोखरेलले प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्दै ह्याट्रिक गर्नु भएको छ । विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीले आयोजना गरेको सातौँ गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा न्यू मोडल स्कुल कक्षा १० मा अध्ययनरत पोखरेलको टोली यस वर्ष पनि विजेता बनेको ... Read more

The post हाजिरीजबाफमा अनिज पोखरेलको ह्याट्रिक appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित न्यू मोडल स्कुलका विद्यार्थी अनिज पोखरेलले प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्दै ह्याट्रिक गर्नु भएको छ ।

विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीले आयोजना गरेको सातौँ गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा न्यू मोडल स्कुल कक्षा १० मा अध्ययनरत पोखरेलको टोली यस वर्ष पनि विजेता बनेको हो । यसपटक उहाँको टोलीमा कक्षा १० कै ओजस्वी पौडेल सहभागी हुनुहुन्थ्यो ।

यसअघि २०८० सालमा अनिज आफ्ना दाजु एरिज पोखरेल सँगको टोलीबाट पहिलो हुनुभएको थियो भने २०८१ सालमा अनिज र सुरज जैसवाल को टोलीले पनि प्रतियोगिताको उपाधि जितेको थियो ।

एरिज पोखरेल हाल एसओएस विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।

प्रतियोगितामा मदरल्याण्ड सेकेन्डरी स्कुल दोस्रो र ताराकुञ्ज स्कुल तेस्रो स्थानमा रहन सफल भए ।

पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपियाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


यसैगरी भास्कर मेमोरियल चौथो, मदरल्याण्ड माविको अर्को टोली पाँचौँ र सिर्जना बोर्डिङ स्कुल छैटौँ स्थानमा रह्यो ।

कार्यक्रममा कास्की जिल्लामा विज्ञान विषयतर्फ ३.९२ औसत ग्रेड पोइन्टसहित शतप्रतिशत नतिजा ल्याउन सफल मदरल्याण्ड सेकेन्डरी स्कुलका विज्ञान शिक्षकहरू महेशकुमार प्रधान, हरि कुँवर र रामप्रसाद ओझालाई सम्मान गरिएको छ ।

 त्यसैगरी सामुदायिक विद्यालयतर्फ विज्ञान विषयमा ३.६६ ग्रेड पोइन्ट प्राप्त गर्न सफल अमर सिंह माध्यमिक विद्यालयका शिक्षकहरू खेमराज आचार्य, सुदीप आचार्य र ज्योतिप्रसाद आचार्य लाई सम्मान गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रममा भौतिकशास्त्री पवित्रमणि पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा विज्ञान सङ्काय प्रमुख डा. विजयबहादुर थापा, गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, स्टानका केन्द्रीय प्रतिनिधि एवम् पूर्व अध्यक्ष राजकुमार ढकाल, अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्ष कृष्ण कोइराला, न्यू मोडल स्कुलका निर्देशक लक्ष्मण पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अनिज र एरिजका बाबु लक्ष्मण पोखरेल स्वयम् न्यू मोडल स्कुलमा विज्ञान शिक्षक हुनुहुन्छ । छोराहरूको निरन्तर सफलताले विद्यालय र परिवार दुवैमा खुसी छाएको उहाँले बताउनु भयो ।

विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीका अध्यक्ष शान्ताराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुनिल न्यौपानेले गर्नु भएको थियो ।

The post हाजिरीजबाफमा अनिज पोखरेलको ह्याट्रिक appeared first on मानव आवाज.

]]>
न्यू मोडल माविमा विज्ञान प्रदर्शनी https://www.manavaawaj.com/science-exhibition-at-new-model-mavi/ Fri, 28 Nov 2025 10:51:08 +0000 https://www.manavaawaj.com/?p=8749 पोखरा । पोखरा महानगरपालिका–८, नागढुङ्गामा रहेको न्यू मोडल माध्यमिक विद्यालयमा दुई तहमा भएको विज्ञान प्रदर्शनी २०८२ मङ्सिर ११ गते सम्पन्न भएको छ । नाष्टका पूर्व निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेले उद्घाटन गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य भेषराज शर्मा पोखरेल,निर्देशक भरतराज गौतम, जनप्रिय क्याम्पसका प्राध्यापक भूमिराज गौतमलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रदर्शनीमध्ये कक्षा १० का ... Read more

The post न्यू मोडल माविमा विज्ञान प्रदर्शनी appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–८, नागढुङ्गामा रहेको न्यू मोडल माध्यमिक विद्यालयमा दुई तहमा भएको विज्ञान प्रदर्शनी २०८२ मङ्सिर ११ गते सम्पन्न भएको छ ।

नाष्टका पूर्व निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेले उद्घाटन गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य भेषराज शर्मा पोखरेल,निर्देशक भरतराज गौतम, जनप्रिय क्याम्पसका प्राध्यापक भूमिराज गौतमलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रदर्शनीमध्ये कक्षा १० का प्रिमेभल समूह पहिलो, एफसीबी समूह दोस्रो, स्टार समूह तेस्रो भएको छ ।

प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीमध्येबाट कक्षा ४ बाट टिम टेक्नोलोजीका ओजस्वी, आलिया र आरोहीको समूह प्रथम भएको छ ।

उहाँहरुले उत्कृष्ट सामग्री निर्माण गरी पुरस्कृत हुनु भएको हो ।  कक्षा ४ की प्रतीक्षा यादवको समूह दोस्रो भयो ।

कक्षा ५ का कपिल, समीर, असिम र दिप्सन सम्मलित समूह तेस्रो भयो । कक्षा ३ का इर्फान आलमको समूहले सान्त्वना पुरस्कार पायो ।

यसैगरी, कक्षा ६ देखि १० तर्फ जीव, भौतिक, रासयानिक, प्रकृति तथा खगोल विज्ञानमा विभाजन गरी उत्कृष्ट समूहलाई पुरस्कृत गरिएको थियो ।

तीमध्ये जीव विज्ञानतर्फ कक्षा १० की किरण शाह प्रथम हुनु भयो । कक्षा ९ की भूमिका शाह दोस्रो, कक्षा ८ का युजन क्षेत्री तेस्रो हुनु भयो ।

कक्षा १० की सृष्टि, वीनिता, रास्ता र अविस्मा सापकोटालाई सान्त्वना पुरस्कार प्रदान गरियो । प्रकृति तथा खगोल विज्ञानतर्फ कक्षा ७ की प्रमिशा, अर्चना र समृद्धि सम्मिलित स्टार समूह पहिलो भयो ।

कक्षा ८ का युनियन गुरुङको समूह दोस्रो, कक्षा ८ का आभाष बराइली तेस्रो तथा कक्षा ७ का आर्जन, प्रिन्स, लब्सन, प्रसिद्धि र सम्झनाको समूह सान्त्वना भयो ।

भौतिक विज्ञानतर्फ कक्षा १० का प्रिमेभल बिजार्ड समूहका अनिज पोख्रेल, आयुष पोख्रेल र प्रियन्सु अधिकारीको टिम प्रथम, कक्षा १० का एफसीबी समूहका सोहन शर्मा, सुशील घोताने, दर्शन कार्की, एरोन गुरुङ र नायल पुरीको टिम दोस्रो, कक्षा १० का दिवस ढकाल र दिवस थापा सम्मलित टिम तेस्रो हुन सफल भयो ।

साथै, कक्षा ९ का समृद्धि र संस्कृति तथा कक्षा १० की ओजश्वी पौडेल सान्त्वना हुनु भयो । विजयीलाई नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीको समूहले विज्ञानसँग सम्बन्धित १ सय ६० प्रदर्शनी सामग्री निर्माण गरी प्रस्तुत गरेको एवम् पुरस्कारमा मात्रै करिब ५० हजार रुपियाँ खर्च भएको प्राचार्य भेषराज शर्मा पोखरेलले जानकारी दिनु भयो ।

प्रदर्शनीमा आगो निभाउने स्वचालित दमकल, हाइड्रोलिक डोजर, न्यूक्लियर पावररेक्टर, स्मार्ट सिटी, सोलार सिष्टम, वर्षाको पानी निर्मूलीकरण एवम् विज्ञानका विभिन्न सिद्धान्तमा आधारित रोचक सामग्रीले ध्यान खिचेको कार्यक्रम संयोजक सह-निर्देशक एवम् विज्ञान विभाग प्रमुख लक्ष्मण पोखरेलले बताउनु भयो ।

निर्णायक मण्डलहरूमा नाष्टका पूर्व निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेको नेतृत्वमा प्राचार्य भेषराज शर्मा पोखरेल, विद्यालय निर्देशक भरतराज गौतम, जनप्रिय क्याम्पसका प्राध्यापक भूमिराज गौतमलगायतले रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन सहायक प्राचार्य पदम बस्ताकोटीले गर्नु भएको थियो । प्रदर्शनीको अवलोकन ६ सय जना विद्यार्थी र ३ सय जना अभिभावकले अवलोकन गरेका थिए  ।

The post न्यू मोडल माविमा विज्ञान प्रदर्शनी appeared first on मानव आवाज.

]]>
गण्डकी अटो मेकानिकलको २६ औं वार्षिक साधारणसभा सम्पन्न https://www.manavaawaj.com/gandaki-auto-mechanicals-26th-annual-general-meeting-concluded/ Sat, 06 Sep 2025 10:31:06 +0000 https://www.manavaawaj.com/?p=7006 पोखरा । विभिन्न किसिमका सवारीसाधनहरूको मर्मत–सम्भारमा संलग्न मेकानिक्सहरूको साझा संस्था गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले आफ्नो २६ औं वार्षिक साधारणसभा २०८२ भदौ २१ गते पोखरामा सम्पन्न गरेको छ । “म बाट हामी बन्न चाहनेहरुका लागि दुःख-सुखको चौतारी” भन्ने नाराका साथ २०४९ सालमा स्थापित संस्थाले ३३ वर्षदेखि मेकानिक्स व्यवसायीहरूको हक-हितमा काम गर्दै आएको अध्यक्ष विष्णुप्रसाद ... Read more

The post गण्डकी अटो मेकानिकलको २६ औं वार्षिक साधारणसभा सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । विभिन्न किसिमका सवारीसाधनहरूको मर्मत–सम्भारमा संलग्न मेकानिक्सहरूको साझा संस्था गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले आफ्नो २६ औं वार्षिक साधारणसभा २०८२ भदौ २१ गते पोखरामा सम्पन्न गरेको छ ।

“म बाट हामी बन्न चाहनेहरुका लागि दुःख-सुखको चौतारी” भन्ने नाराका साथ २०४९ सालमा स्थापित संस्थाले ३३ वर्षदेखि मेकानिक्स व्यवसायीहरूको हक-हितमा काम गर्दै आएको अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रविधिमा अब्बल भई व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले प्रदेश सरकारले गत वर्ष मात्रै १ हजार ५ सय जनालाई १९ प्रकारका तीन महिनाका सीपमूलक तालिम उपलब्ध गराएको र यो वर्ष सङ्ख्यामा दोब्बर वृद्धि गर्ने योजना रहेको बताउनु भयो ।

साथै तालिम प्राप्त युवालाई रोजगारसँगै केही रकम र ५० प्रतिशत सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने पनि उहाँले जानकारी दिनु भयो ।

मन्त्री थापाले मेकानिकल वर्क्सलाई एउटै क्षेत्र (अटो ल्याण्ड) भित्र व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष गोपाल भट्टराईले देशभरका सङ्घसंस्थाहरु सक्रिय रहेको र गण्डकी एशोसिएसनमा मात्रै ३ सय २१ वटा फर्म आवद्ध रहेको बताउनु भयो ।

उहाँले सम्पूर्ण व्यवसायीलाई करको दायरामा ल्याउन ‘अटो पार्क’ (अटोल्याण्ड) अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष अधिकारीले संस्थाले २०८१/०८२ को आर्थिक वर्षमा मात्रै ७८ ओटा कार्यक्रम सम्पन्न गरेको उल्लेख गर्दै रक्तदान, सीप स्तरोन्नति तालिम, व्यवसाय प्रवर्धन, वर्कसप व्यवस्थापन, स्वास्थ्य सचेतना कार्यक्रमलगायत गतिविधि सञ्चालन भएको बताउनु भयो ।

उहाँले पोखरामा अटोल्याण्डका लागि १४-१५ वर्षदेखि जग्गा खोजी र बजेट विनियोजन भए पनि महानगरपालिकाले चासो नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरे ।

कार्यक्रममा महासचिव विजेन्द्र चौधरीले प्रगति विवरण र कोषाध्यक्ष नहाल अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको र दुवै प्रतिवेदन सर्वसम्मत पारित गरिएको आयोजकले जनाएको छ ।

मन्त्री थापाले यस अवसरमा अटो मेकानिक्सका १४ जना छोराछोरी (जसले यो वर्ष एसईई पास गरेका थिए) र तीन जना महिला मेकानिक्सलाई सम्मान गर्नु भयो ।

सभामा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्वाचार्य, गण्डकी अटो मेकानिकल वर्क्सका निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्र, महासङ्घका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली, विभिन्न जिल्लाका अध्यक्ष, प्रतिनिधि, सल्लाहकार, पूर्वअध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष नवराज सुनारले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन महासचिव विजेन्द्र चौधरीले गर्नु भएको थियो ।

The post गण्डकी अटो मेकानिकलको २६ औं वार्षिक साधारणसभा सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरामा आठौं संस्करणको इक्यान एजुकेसन फेयर हुने https://www.manavaawaj.com/the-8th-edition-of-the-ecan-education-fair-will-be-held-in-pokhara/ https://www.manavaawaj.com/the-8th-edition-of-the-ecan-education-fair-will-be-held-in-pokhara/#respond Mon, 25 Aug 2025 14:06:20 +0000 https://www.manavaawaj.com/?p=6614   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले  २०८२ भदौ २० र २१ गते पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले २०८२ भदौ ७ गते पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको ठूलो ... Read more

The post पोखरामा आठौं संस्करणको इक्यान एजुकेसन फेयर हुने appeared first on मानव आवाज.

]]>
 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले  २०८२ भदौ २० र २१ गते पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले २०८२ भदौ ७ गते पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न लागेको हो ।

 मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहने छन् ।

पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने जानकारी दिनु भयो । 

 ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’

इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताउनु भयो  ।  मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उहाँको भनाइ रहेको छ, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’

शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गर्नु भयो  । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।

The post पोखरामा आठौं संस्करणको इक्यान एजुकेसन फेयर हुने appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/the-8th-edition-of-the-ecan-education-fair-will-be-held-in-pokhara/feed/ 0
डिजिटल साक्षरता र साइबरसम्बन्धी अभिमुखिकरण https://www.manavaawaj.com/digital-literacy-and-cyber-orientation/ https://www.manavaawaj.com/digital-literacy-and-cyber-orientation/#respond Sat, 02 Aug 2025 01:06:18 +0000 https://www.manavaawaj.com/?p=6014 पोखरा । “जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” को नारासहित दलित महिला सङ्घ (फेडो)कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा डिजिटल साक्षरता र साइबर अपराधसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले साइबर अपराधमा विषेशत सोही स्थानमा काम गर्ने कामदार, बिद्रोही/प्रतिस्पर्धीहरू, विद्यार्थीहरु, ह्याकर ग्रुप, विभिन्न ... Read more

The post डिजिटल साक्षरता र साइबरसम्बन्धी अभिमुखिकरण appeared first on मानव आवाज.

]]>
पोखरा । “जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” को नारासहित दलित महिला सङ्घ (फेडो)कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा डिजिटल साक्षरता र साइबर अपराधसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले साइबर अपराधमा विषेशत सोही स्थानमा काम गर्ने कामदार, बिद्रोही/प्रतिस्पर्धीहरू, विद्यार्थीहरु, ह्याकर ग्रुप, विभिन्न ठुला कम्पनीहरु, सङ्गठित अपराधमा लागेकाहरूले अपराध बढी मात्रामा गरेको अनुसन्धान तथा तथ्याङ्कहरूले देखाएको बताउनु भयो ।

उहाँले विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ दफा ४७ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने उल्लेख गर्नु भयो । 

ओलीयाका अनुसार  कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

महिला, ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख प्रहरी निरिक्षक सरला ढकालले अपराधबाट बच्न अभिभावक तथा भाइबहिनीहरुले गर्नु पर्ने कार्यहरुमा आफ्ना सन्तानको फ्रेण्ड लिष्ट चेक गर्ने, आफू पनि सन्तानको फ्रेण्ड बन्ने, सन्तानले सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर र अन्य फोटोहरु पब्लिक राख्दा निगरानी गर्ने तथा सामाजिक सञ्जालमा प्राईभेसी तथा सेक्युरिटी सेटिङ मिलाउनु पर्ने बताउनु भयो  ।

उहाँले सामाजिक सञ्जालमा व्यक्तिगत जानकारीहरू राख्न नहुने बताउनु भयो । धेरै समय सामाजिक सञ्जालमा बसिरहनाले लत लाग्न सक्ने हुँदा इन्टरनेट प्रयोग गर्ने समय सिमा भित्र रहनु पर्नेमा उहाँले सुझाउनु भयो ।

सामाजिक सन्जाल प्रयोग गर्दा फेसबुकमा फोटोहरु धेरै नराख्ने, समय-समयमा फेसबुक, इमेलको पार्सपड परिवर्तन गर्नु पर्नेमा पनि जोड दिनु भयो ।

२०८२  साउन  १६ र १७ गते सञ्चालित अभिमुखिकरणमा प्रहरी निरिक्षक सरला ढकाल, प्रहरी नायब निरिक्षक रवि आर्चाय र प्रहरी जवान कमल भट्टराईले सहजिकरण गरिरहनु भएको छ ।

दलित महिला सङ्घकी कार्यक्रम संयोजक इश्वरी बिकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गर्नु भएको अभिमुखिकरण कार्यक्रममा फेडोका कार्य समिति सदस्य, महिला अगुवा कार्यकर्ता, जनप्रतिनिधिसहित ३२ जनाको सहभागिता रहेको छ ।

The post डिजिटल साक्षरता र साइबरसम्बन्धी अभिमुखिकरण appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/digital-literacy-and-cyber-orientation/feed/ 0
सञ्चारकर्मीका लागि  मल्टिमिडिया तालिम https://www.manavaawaj.com/multimedia-training-for-journalists/ https://www.manavaawaj.com/multimedia-training-for-journalists/#respond Thu, 12 Jun 2025 12:02:33 +0000 https://janchaso.com/?p=4744 मधु पन्थी, पोखरा ।  पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना २०८२ जेठ २९ गते देखि पोखरामा  मल्टिमिडिया पत्रकारिता तालिम सुरूभएको छ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजलाई सचेत, सुसूचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताउनु भयो । पत्रकारहरूलाई गतिशिल बनाउन यस्ता खाले तालिमले मद्दत गर्ने उहाँको भनाइ छ । ... Read more

The post सञ्चारकर्मीका लागि  मल्टिमिडिया तालिम appeared first on मानव आवाज.

]]>
मधु पन्थी, पोखरा । 

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना २०८२ जेठ २९ गते देखि पोखरामा  मल्टिमिडिया पत्रकारिता तालिम सुरूभएको छ ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजलाई सचेत, सुसूचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताउनु भयो । पत्रकारहरूलाई गतिशिल बनाउन यस्ता खाले तालिमले मद्दत गर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पुर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले हाल सञ्चार क्षेत्रमा आर्थिक मन्दिको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तवरले आगाडि बढाउन तालिम प्रभावकारी हुने बताउनु भयो ।

नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रमुख प्रशिक्षक सञ्जालका संस्थापक रजनीश भण्डारी रहनु भएको छ । 

तीन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्व ६० जना पत्रकार एवम् सञ्चारकर्मीहरूको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले बताउनु भयो ।

The post सञ्चारकर्मीका लागि  मल्टिमिडिया तालिम appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/multimedia-training-for-journalists/feed/ 0
ट्राफिक प्रहरी र सञ्चारकर्मीलाई चश्मा  https://www.manavaawaj.com/glasses-for-traffic-police-and-media-personnel/ https://www.manavaawaj.com/glasses-for-traffic-police-and-media-personnel/#respond Wed, 11 Jun 2025 10:45:58 +0000 https://janchaso.com/?p=4736 मधु पन्थी, पोखरा । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको सहयोग तथा नेपाल नेत्रज्योति संघ हिमालयन आँखा अस्पताल पोखराले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरूका लागि २०८२ जेठ २८ गते  ४ सय ५० थान चस्मा वितरण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताउनु भयो । कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ... Read more

The post ट्राफिक प्रहरी र सञ्चारकर्मीलाई चश्मा  appeared first on मानव आवाज.

]]>
मधु पन्थी, पोखरा । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको सहयोग तथा नेपाल नेत्रज्योति संघ हिमालयन आँखा अस्पताल पोखराले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरूका लागि २०८२ जेठ २८ गते  ४ सय ५० थान चस्मा वितरण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताउनु भयो ।

कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई एक समारोहका बिच चस्मा हस्तान्तरण गर्नु भयो ।

सोही  कार्यक्रममा  कास्की जिल्लामा कार्यरत १ सय  जना पत्रकारलाई चस्मा वितरण गरिएको थियो । नेपाल पत्रकार महासङ्घ कास्कीलाई ६३ र संसदीय पत्रकार मञ्च, गण्डकीलाई ३७ थान चस्मा वितरण गरिएको हो ।

महासचिव चन्दले ट्राफिक र पत्रकारहरुको नि:शुल्क आँखा उपचारका लागि सम्झौता भइसकेकाले शिविरलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बतानु भयो ।

उहाँका नेपालमा बर्सेनि ३५ लाख बढीको आँखा उपचार गरिन्छ भने, ३ लाख बढीको अपरेशन हुने गरेको छ । उनले सङ्घको भावी योजनाका बारेमा पनि कार्यक्रममा जानकारी गराएका थिए ।

सङ्घले निकट भविष्यमै मेडिकल टुरिजम र वैदेशिक रोजगारीमा गएकाहरुलाई आँखा शिविर गर्दै जाने बताउनु भयो ।

‘हामीले मेडिकल टुरिजम्को अवधारणा अघि सारेका छौं । अब हिमालय आँखा अस्पतालमा उपचार गर्ने अनि निको भएपछि हिमाल हेरेर जाने गरी योजना बनाइरहेका छौं ।’ -उहाँले भन्नु भयो-‘विदेशमा गएर काम गर्ने नेपाली कामदारहरुलाई सम्बन्धित देशमै पुगेर आँखा शिविर गर्ने पनि योजना छ । मलेसिया, थाइल्याण्ड, कम्बोडियालगायत देशको एम्बेसीसँग कुरा भइरहेको छ ।’

The post ट्राफिक प्रहरी र सञ्चारकर्मीलाई चश्मा  appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/glasses-for-traffic-police-and-media-personnel/feed/ 0
नेपालमा हरेक वर्ष २ हजार ५ सयभन्दा बढी नयाँ ब्रेन ट्युमरका बिरामी https://www.manavaawaj.com/more-than-2500-new-brain-tumor-patients/ https://www.manavaawaj.com/more-than-2500-new-brain-tumor-patients/#respond Sun, 08 Jun 2025 14:32:22 +0000 https://janchaso.com/?p=4661 ललितपुर । नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय जनादेखि २ हजार ६ सय जना नयाँ ब्रेन (मस्तिष्क) ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ । विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा २०८२ जेठ २५ गते वीर अस्पतालले सार्वजनिक गरेको राष्ट्रियस्तरको तथ्याङ्कले यस्तो देखाएको हो। वीर अस्पतालअन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभर रहेका २० भन्दा ... Read more

The post नेपालमा हरेक वर्ष २ हजार ५ सयभन्दा बढी नयाँ ब्रेन ट्युमरका बिरामी appeared first on मानव आवाज.

]]>
ललितपुर । नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय जनादेखि २ हजार ६ सय जना नयाँ ब्रेन (मस्तिष्क) ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ ।

विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा २०८२ जेठ २५ गते वीर अस्पतालले सार्वजनिक गरेको राष्ट्रियस्तरको तथ्याङ्कले यस्तो देखाएको हो।

वीर अस्पतालअन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभर रहेका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरी अध्ययन गरेको थियो।

न्युरो सर्जरी विभागका प्रमुख तथा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले उक्त अध्ययनका आधारमा नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय जनादेखि २ हजार ६ सय जना नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको जानकारी दिनुभयो।

अध्ययनअनुसार सबैभन्दा बढी ‘ग्लायोमा’ प्रकारका ट्युमर देखिएका छन्। अधिकांश बिरामीलाई शल्यक्रिया, विकिरण तथा किमोथेरापी लगायतको उपचार सेवा आवश्यक परेको प्रा.डा. झाको भनाइ छ।

उहाँले मस्तिष्क ट्युमरका बिरामीको उपचार परिणाम क्रमशः सुधारोन्मुख रहेको उल्लेख गर्नुभयो।

यो तथ्याङ्कले नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी थप अनुसन्धान, जनचेतना अभिवृद्धि तथा वैज्ञानिक नीतिनिर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

The post नेपालमा हरेक वर्ष २ हजार ५ सयभन्दा बढी नयाँ ब्रेन ट्युमरका बिरामी appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/more-than-2500-new-brain-tumor-patients/feed/ 0