ललितपुर Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/lalitpur-news/ तथ्य, तर्क र परिवर्तनको आवाज Sat, 06 Jun 2026 13:25:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png ललितपुर Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/lalitpur-news/ 32 32 मेरी आमा https://www.manavaawaj.com/my-mother/ Sat, 06 Jun 2026 06:08:00 +0000 https://www.manavaawaj.com/?p=12514 विना न्यासुर तामाङ आमा, तिमी शब्द होइनौ, मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ तिमी माया होइनौ मात्र, मायाको सिङ्गो परिभाषा हौ आमा, म रोएको बेला आँसु पुछ्ने हात तिमी, म लडेको बेला उठाउने साहस तिमी आफू भोकै बसेर पनि मेरो पेट भरिएको हेर्न चाहने मन तिमी आमा, मलाई हाँस्न सिकाउँदा आफ्ना पीडाहरू लुकायौ, मेरो भविष्य ... Read more

The post मेरी आमा appeared first on मानव आवाज.

]]>
विना न्यासुर तामाङ

आमा,

तिमी शब्द होइनौ,

मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ

तिमी माया होइनौ मात्र,

मायाको सिङ्गो परिभाषा हौ

आमा,

म रोएको बेला आँसु पुछ्ने हात तिमी,

म लडेको बेला उठाउने साहस तिमी

आफू भोकै बसेर पनि

मेरो पेट भरिएको हेर्न चाहने मन तिमी

आमा,

मलाई हाँस्न सिकाउँदा

आफ्ना पीडाहरू लुकायौ,

मेरो भविष्य उज्यालो बनाउन

आफ्ना सपना त्याग्यौ

आमा,

तिम्रा हातका डामहरूमा

सङ्घर्षको कथा लेखिएको छ,

तिम्रा आँखाका रेखाहरूमा

मप्रतिको चिन्ताको इतिहास बसेको छ

आमा,

म सफल हुँदा सबैले ताली बजाउँछन्,

तर मेरो सफलताको जग बसाल्ने

त्यो मौन त्याग तिम्रो हो

म अगाडि बढ्दा सबैले देख्छन्,

तर मलाई अघि बढाउन

कति रात तिमी निदाउन सकिनौ,

त्यो कसैले देख्दैन

आमा,

संसारका सबै धनसम्पत्ति जुटे पनि,

तिम्रो माया किन्ने मूल्य हुँदैन

स्वर्ग कस्तो हुन्छ मलाई थाहा छैन,

तर तिम्रो काखभन्दा सुन्दर ठाउँ

यो संसारमा अरू कतै छैन

आमा,

यदि अर्को जन्म भन्ने केही छ भने,

म फेरि तिम्रै सन्तान बन्न पाऊँ,

फेरि तिम्रै काखमा हुर्किन पाऊँ,

फेरि तिम्रै ममताको छहारीमा

जीवन बिताउन पाऊँ

आमा,

मेरो पहिलो गुरु तिमी,

मेरो पहिलो साथी तिमी,

मेरो पहिलो संसार तिमी

देवी जस्ती आमा बन्न

आयौ मेरो सौभाग्य बनी

(२०८३/२/६)

The post मेरी आमा appeared first on मानव आवाज.

]]>
तामाङ भाषा, लिपि र संस्कृति https://www.manavaawaj.com/poem/ Wed, 03 Jun 2026 23:38:00 +0000 https://www.manavaawaj.com/?p=12445 विना न्यासुर २०८३/२/२१

The post तामाङ भाषा, लिपि र संस्कृति appeared first on मानव आवाज.

]]>
विना न्यासुर

२०८३/२/२१

The post तामाङ भाषा, लिपि र संस्कृति appeared first on मानव आवाज.

]]>
ललितपुरमा सात पत्रकार सम्मानित, पत्रकारिता इतिहास पुस्तक पनि सार्वजनिक https://www.manavaawaj.com/seven-journalists-honored-in-lalitpur/ Sat, 30 May 2026 14:19:08 +0000 https://www.manavaawaj.com/?p=12355 ललितपुर । पत्रकारिता क्षेत्रमार्फत समाज, जनचेतना र स्थानीय विषयवस्तुको प्रवर्धनमा योगदान पुर्‍याएका सात पत्रकारलाई २०८३ जेठ १६ गते विभिन्न पुरस्कारबाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको २५औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई नगदसहितका विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य र रातोपाटीका ... Read more

The post ललितपुरमा सात पत्रकार सम्मानित, पत्रकारिता इतिहास पुस्तक पनि सार्वजनिक appeared first on मानव आवाज.

]]>
ललितपुर । पत्रकारिता क्षेत्रमार्फत समाज, जनचेतना र स्थानीय विषयवस्तुको प्रवर्धनमा योगदान पुर्‍याएका सात पत्रकारलाई २०८३ जेठ १६ गते विभिन्न पुरस्कारबाट सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको २५औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई नगदसहितका विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवाली सम्मानित हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका पूर्वअध्यक्ष एवम् नयाँ सडक दैनिकका ज्ञानप्रसाद पौडेलले धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो भने नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो ।

क्यान्सरसम्बन्धी जनचेतनामूलक सामग्री प्रकाशनमा योगदान पुर्‍याएको भन्दै दियोपोष्टकी रीता बुढाथोकीलाई सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, ललितपुरका विषयवस्तु उजागर गर्न योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चार डटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्मानित पत्रकारहरूलाई बधाई दिँदै लोकतान्त्रिक व्यवस्थामा पत्रकारिताको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारहरूले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सदुपयोग गर्दै नागरिक अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले प्रकाशन गरेको ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

शाखाका अध्यक्ष रामहरि कार्कीले लेखन/सम्पादन गर्नुभएको पुस्तक विभिन्न चार खण्डमा विभाजित छ ।

वार्षिक साधारणसभाले सचिव दिपक अर्यालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको अध्यक्ष मण्डलका अध्यक्ष प्रभुनारायण बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी साधारणसभाले नेपाल सरकारले सञ्चार जगतलाई खुम्च्याउन गरेका पछिल्ला निर्णय र पत्रकार तथा सञ्चार माध्यममाथि बढाएको दबाबप्रति भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्नेलगायतका समसामयिक प्रस्ताव पारित गरेको अध्यक्ष मण्डलका सदस्य रमेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

The post ललितपुरमा सात पत्रकार सम्मानित, पत्रकारिता इतिहास पुस्तक पनि सार्वजनिक appeared first on मानव आवाज.

]]>
सिद्धिमङ्गल माविमा उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न https://www.manavaawaj.com/motivational-orientation-program-completed-at-siddhimangal-secondary-school/ Thu, 28 May 2026 23:07:04 +0000 https://www.manavaawaj.com/?p=12324 ललितपुर । महालक्ष्मी नगरपालिका–६, सिद्धिपूरस्थित श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि एकदिने उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका प्रतिनिधि, विद्यालयका सल्लाहकार तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नारायणी नमूना माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडीले मुख्य सहजकर्ताका ... Read more

The post सिद्धिमङ्गल माविमा उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on मानव आवाज.

]]>
ललितपुर । महालक्ष्मी नगरपालिका–६, सिद्धिपूरस्थित श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि एकदिने उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका प्रतिनिधि, विद्यालयका सल्लाहकार तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नारायणी नमूना माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडीले मुख्य सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शैक्षिक सुधार र गुणस्तरीय पठनपाठनमा विद्यालय परिवारको भूमिकाबारे चर्चा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार महर्जनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफू तथा सम्पूर्ण व्यवस्थापन समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले विद्यालयको समग्र विकास र शैक्षिक उन्नयनका लागि विभिन्न रचनात्मक सुझाव तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।

२०८३ जेठ १४ गते आयोजित उक्त कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई थप ऊर्जावान् र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार यस वर्ष मात्रै करिब २ सय ५० नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यार्थी सङ्ख्या बढ्दै गए पनि पर्याप्त भौतिक कक्षाकोठा अभावका कारण भर्ना व्यवस्थापनमा कठिनाइ भइरहेको जनाएको छ ।

The post सिद्धिमङ्गल माविमा उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on मानव आवाज.

]]>
विकास कि विनाश ? बर्खाअघि सचेत बन्ने बेला https://www.manavaawaj.com/development-or-destruction-time-to-be-vigilant-before-the-monsoon/ Wed, 20 May 2026 00:30:07 +0000 https://www.manavaawaj.com/?p=12136 नेपालमा हरेक वर्ष बर्खा सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटनाले ठूलो जनधनको क्षति पुर्‍याउने गरेका छन् । जलवायु परिवर्तनका कारण वर्षा अनियमित र तीव्र बन्दै गएको छ । तर, प्राकृतिक कारण मात्र होइन, पछिल्ला वर्षहरूमा मानवीय गतिविधिले पनि विपद्को जोखिमलाई झन् बढाएको देखिन्छ । अव्यवस्थित विकास, वातावरणीय प्रभाव मूल्याङ्कनबिना गरिएका निर्माण कार्य, जथाभावी डोजर ... Read more

The post विकास कि विनाश ? बर्खाअघि सचेत बन्ने बेला appeared first on मानव आवाज.

]]>
नेपालमा हरेक वर्ष बर्खा सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटनाले ठूलो जनधनको क्षति पुर्‍याउने गरेका छन् । जलवायु परिवर्तनका कारण वर्षा अनियमित र तीव्र बन्दै गएको छ । तर, प्राकृतिक कारण मात्र होइन, पछिल्ला वर्षहरूमा मानवीय गतिविधिले पनि विपद्को जोखिमलाई झन् बढाएको देखिन्छ । अव्यवस्थित विकास, वातावरणीय प्रभाव मूल्याङ्कनबिना गरिएका निर्माण कार्य, जथाभावी डोजर प्रयोग, नदी तथा खोला दोहन र अनियन्त्रित खानीक्रसर सञ्चालनले धेरै ठाउँलाई जोखिमयुक्त बनाएको छ । दुई वर्षअघि काभ्रे, ललितपुरसहित देशका विभिन्न जिल्लामा देखिएको बाढीपहिरोको क्षतिले विकासको नाममा गरिएको असन्तुलित हस्तक्षेपले कति ठूलो विनाश निम्त्याउन सक्छ भन्ने स्पष्ट देखाएको छ । यसको असर अहिले पनि हामी प्रत्यक्ष रुपमा भोगिरहेका छौँ ।

पछिल्लो समय गाउँगाउँमा सडक पुगेका छन् । यातायात विस्तार हुनु सकारात्मक पक्ष हो । तर, इञ्जिनियरिङ अध्ययनबिना जथाभावी सडक खन्ने प्रवृत्तिले पहाड कमजोर बन्दै गएका छन् । डाँडापाखा काट्ने, पानी निकासको उचित व्यवस्थापन नगर्ने र सडक निर्माणका क्रममा माटो तथा ढुङ्गा जथाभावी फाल्ने कार्यले पहिरोको जोखिम बढाएको छ । कतिपय स्थानमा घरघर र गोठगोठसम्म डोजर पुर्‍याएर सडक बनाइएको छ । विकासको नाममा गरिएको यस्तो अव्यवस्थित कामले बर्खायाममा ठूलो क्षति निम्त्याइरहेको छ ।

त्यस्तै, नदी तथा खोलाको अत्यधिक दोहन अर्को गम्भीर समस्या बनेको छ । ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने क्रममा खोलाको प्राकृतिक स्वरूप बिग्रिँदा बाढीको बहाव असामान्य बन्ने गरेको छ । पहाड र खोला अन्धाधुन्ध खोतल्दा गेग्रानसहितको बाढी बस्तीमा पस्ने र क्षति बढ्ने अवस्था सिर्जना भएको छ । कतिपय स्थानमा स्थानीयवासीले पटकपटक विरोध गरे पनि पहुँच र शक्तिका आधारमा अवैध उत्खनन् रोकिएको छैन । यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकले भोगिरहेका छन् । आगामी दिनमा यस्तो भोग्नु नपरोस् ।

विपद्को असर केवल भौतिक संरचनामा सीमित हुँदैन । बाढीपहिरोले विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत्, सञ्चार र यातायात प्रणालीमा समेत गम्भीर असर पुर्‍याउँछ । कतिपय ठाउँमा विद्यालय बन्द हुन्छन्, स्वास्थ्य सेवा अवरुद्ध हुन्छ, खानेपानीको समस्या उत्पन्न हुन्छ र मानिसहरू विस्थापित हुन बाध्य हुन्छन् । कृषिमा आधारित परिवारले खेतीबाली, पशुचौपाया र आयआर्जन गुमाउँछन् । विपद्ले सामाजिक र आर्थिक दुवै सङ्कट गहिरो बनाउँछ । यस्तो सङ्कट आउन नदिने समयमा नै सचेत हुन आवश्यक छ ।

नेपालमा वातावरण संरक्षण र विपद् व्यवस्थापनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर देखिन्छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ । वातावरण संरक्षण ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लगायतका कानुन पनि छन् । तर, व्यवहारमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना निर्माण कार्य हुने, अवैध खानी तथा क्रसर सञ्चालन भइरहने र जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार हुने क्रम रोकिएको छैन । विपद् आउनुअघि पूर्वतयारी कमजोर हुने र घटना भएपछि मात्रै राज्य संयन्त्र सक्रिय हुने प्रवृत्ति अझै कायम छ । यस्तो प्रवृत्तिलाई दोहोरिन नदिन प्रशासन संयन्त्र चनाखो हुनु आवश्यक छ ।

अब बर्खा लाग्न आँटिसकेको छ । त्यसैले सरकार, स्थानीय तह, नागरिक समाज र आम नागरिक सबैले समयमै पूर्वतयारीमा ध्यान दिन आवश्यक छ । जोखिमयुक्त बस्तीको पहिचान गर्ने, पहिरो सम्भावित क्षेत्रमा सतर्कता अपनाउने, नदी तथा खोलाको अवैध दोहन रोक्ने, सडक निर्माणमा प्राविधिक मापदण्ड अनिवार्य लागू गर्ने र विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । स्थानीय तहले विपद् प्रतिकार्य योजना व्यवहारमा लागू गर्नुपर्छ भने नागरिकले पनि सचेत र जिम्मेवार बन्नुपर्छ ।

विकास आवश्यक छ । तर, विकासका नाममा प्रकृति र वातावरणमाथि गरिने अन्धाधुन्ध हस्तक्षेप अन्ततः विनाशको कारण बन्न सक्छ । सडक, भवन र अन्य पूर्वाधार निर्माण गर्दा वातावरणीय सन्तुलन, भूबनोट र दिगोपनलाई प्राथमिकता दिनैपर्छ । विकासलाई उत्पादन, रोजगारी र वातावरण संरक्षणसँग जोड्न सके मात्र त्यसको वास्तविक अर्थ रहन्छ । प्रकृतिमाथिको असन्तुलित हस्तक्षेप रोकिएन भने हरेक वर्ष बर्खासँगै उस्तै पीडा, क्षति र त्रास दोहोरिइरहनेछ । त्यसैले अबको विकास दिगो, व्यवस्थित र वातावरणमैत्री हुनुपर्छ । विकासलाई समृद्धिको आधार बनाऔँ, विनाशको कारक होइन ।

The post विकास कि विनाश ? बर्खाअघि सचेत बन्ने बेला appeared first on मानव आवाज.

]]>
ललितपुर बार एसोसिएसनमा नेकपा निकट वकिलहरूको ‘क्लिनस्वीप’ ! https://www.manavaawaj.com/clean-sweep-of-lawyers-close-to-ncp-in-lalitpur-bar-association/ Mon, 18 May 2026 00:16:03 +0000 https://www.manavaawaj.com/?p=12081 ललितपुर । ललितपुर बार एसोसिएसन को २९ औँ कार्यसमिति निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ । अधिवक्ता कृष्णप्रसाद सुवेदी नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गर्दै बारमा आफ्नो प्रभाव कायम गरेको हो । २०८३ जेठ २ गते सम्पन्न निर्वाचनमा सुवेदी संयुक्त विपक्षी प्यानलका उम्मेदवार दयाभक्त डङ्गोललाई ६ मतको ... Read more

The post ललितपुर बार एसोसिएसनमा नेकपा निकट वकिलहरूको ‘क्लिनस्वीप’ ! appeared first on मानव आवाज.

]]>
ललितपुर ललितपुर बार एसोसिएसन को २९ औँ कार्यसमिति निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ ।

अधिवक्ता कृष्णप्रसाद सुवेदी नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल गर्दै बारमा आफ्नो प्रभाव कायम गरेको हो ।

२०८३ जेठ २ गते सम्पन्न निर्वाचनमा सुवेदी संयुक्त विपक्षी प्यानलका उम्मेदवार दयाभक्त डङ्गोललाई ६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

डङ्गोललाई नेकपाकै असन्तुष्ट समूह, नेपाली कांग्रेस तथा एमाले निकट कानुन व्यवसायीहरूको समर्थन रहेको बताइएको थियो ।

निर्वाचन परिणामसँगै नेकपा निकट कानुन व्यवसायीहरूले बारमा “क्लिनस्वीप” गरेको दाबी गरेका छन् ।

कांग्रेस, एमाले र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी निकट वकिलहरूको प्रभाव यस पटक कमजोर बनेको टिप्पणी गरिएको छ ।

नयाँ कार्यसमिति यस्तो छ

उपाध्यक्षमा भने डङ्गोल प्यानलका विजयकुमार बस्नेत निर्वाचित हुनुभएको छ । अन्य पदमा सुवेदी प्यानलबाट निर्वाचित भएका जनाइएको छ ।

सचिवमा चन्द्रप्रसाद गुरागाई तथा कोषाध्यक्षमा इन्दु पाण्डेय विजयी हुनुभएको छ । यसअघि नै सहसचिव पदमा मीरा महर्जन निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सदस्य पदमा सन्ध्या कार्की, पवित्रा आलेमगर, आइमान तामाङ, गोपाल राज अर्याल, दावा तामाङ, सरिता तिमल्सेना, गोविन्द बहादुर पुन, किरण पोख्रेल, रन्जित कँडेल तथा उजला महर्जन निर्वाचित हुनुभएको छ ।

नतिजासँगै नेपाली कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूले ललितपुर बारमा आफ्नो सङ्गठनात्मक पकड अझ मजबुत भएको बताएका छन् ।

The post ललितपुर बार एसोसिएसनमा नेकपा निकट वकिलहरूको ‘क्लिनस्वीप’ ! appeared first on मानव आवाज.

]]>
बागमती गाउँपालिकाको नतिजा उत्साहजनक, ६ विद्यालयको शतप्रतिशत सफलता https://www.manavaawaj.com/bagmati-rural-municipality-results-are-encouraging/ Tue, 12 May 2026 15:53:53 +0000 https://www.manavaawaj.com/?p=12012 ललितपुर । बागमती गाउँपालिकामा सञ्चालित माध्यमिक विद्यालयहरूको एसईई २०८२ को नतिजा उत्साहजनक देखिएको छ । गाउँपालिकाभित्रका अधिकांश विद्यालयले राम्रो नतिजा ल्याएका छन् भने चार विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन् । प्राप्त विवरणअनुसार घुसेल माध्यमिक विद्यालय, कालिदेवी मावि माल्टा, महाकालिदेवी मावि भट्टेडाँडा तथा कालिदेवी मावि प्युटारले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । त्यसैगरी जनजागृति ... Read more

The post बागमती गाउँपालिकाको नतिजा उत्साहजनक, ६ विद्यालयको शतप्रतिशत सफलता appeared first on मानव आवाज.

]]>
ललितपुर । बागमती गाउँपालिकामा सञ्चालित माध्यमिक विद्यालयहरूको एसईई २०८२ को नतिजा उत्साहजनक देखिएको छ ।

गाउँपालिकाभित्रका अधिकांश विद्यालयले राम्रो नतिजा ल्याएका छन् भने चार विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन् ।

प्राप्त विवरणअनुसार घुसेल माध्यमिक विद्यालय, कालिदेवी मावि माल्टा, महाकालिदेवी मावि भट्टेडाँडा तथा कालिदेवी मावि प्युटारले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

त्यसैगरी जनजागृति मावि इकुडोल र विद्याश्वरी मावि आश्राङले पनि सबै विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा निकालेका छन् ।

गाउँपालिकाभित्रका ९ विद्यालयबाट कुल १ सय ५१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

तीमध्ये १ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने चार जना ननग्रेड (NG) भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ९७.४ रहेको छ ।

विद्यालयगत विवरणअनुसार नारायणी मावि गिम्दीबाट सहभागी २३ जनामध्ये २१ जना उत्तीर्ण भएका छन् भने दुई जना नन्ग्रेडेड भएका छन् ।

यस्तै शारदा शिक्षा सदन मावि इकुडोलबाट आठ जनामध्ये सात जना उत्तीर्ण हुँदा एक जना नन्ग्रेडेड भएका छन् । जनक मावि गिम्दीबाट सहभागी १४ जनामध्ये १३ जना उत्तीर्ण भएका छन् भने एक जना नन्ग्रेडेड भएका छन् ।

गाउँपालिकाको समग्र नतिजाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको सङ्केत गरेको स्थानीयवासीले बताएका छन् ।

शिक्षक, अभिभावक तथा विद्यार्थीको मेहनतका कारण यस वर्ष उत्साहजनक नतिजा आएको शिक्षा क्षेत्रका सरोकारवालाको भनाइ छ ।

The post बागमती गाउँपालिकाको नतिजा उत्साहजनक, ६ विद्यालयको शतप्रतिशत सफलता appeared first on मानव आवाज.

]]>
कोन्ज्योसोमका तीन विद्यालयको शतप्रतिशत, समग्रमा ८२ प्रतिशत https://www.manavaawaj.com/100-in-three-schools-in-konjyosom-82-overall/ Tue, 12 May 2026 05:11:40 +0000 https://www.manavaawaj.com/?p=11995 ललितपुर । कोन्ज्योसोम गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा उत्साहजनक देखिएको छ । गाउँपालिकाका अनुसार साधारण धारतर्फ सहभागी अधिकांश विद्यार्थीले न्यूनतम जिपिए हासिल गर्दै सफल भएका छन् । गाउँपालिकाभित्र रहेका ६ ओटा माध्यमिक विद्यालयबाट कुल १ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ सय २१ जना विद्यार्थीले न्यूनतम जिपिए ... Read more

The post कोन्ज्योसोमका तीन विद्यालयको शतप्रतिशत, समग्रमा ८२ प्रतिशत appeared first on मानव आवाज.

]]>
ललितपुर । कोन्ज्योसोम गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा उत्साहजनक देखिएको छ ।

गाउँपालिकाका अनुसार साधारण धारतर्फ सहभागी अधिकांश विद्यार्थीले न्यूनतम जिपिए हासिल गर्दै सफल भएका छन् ।

गाउँपालिकाभित्र रहेका ६ ओटा माध्यमिक विद्यालयबाट कुल १ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ सय २१ जना विद्यार्थीले न्यूनतम जिपिए  प्राप्त गरेका छन् । यो कुल सहभागीको करिब ८२ प्रतिशत हो ।

नतिजाअनुसार शङ्खुका मगरगाउँ माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय तथा चौघरेको बाघभैरव माध्यमिक विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन् । ती विद्यालयबाट सहभागी सबै विद्यार्थीले न्यूनतम जिपिए प्राप्त गर्न सफल भएका हुन् ।

गाउँपालिकाले यस उपलब्धिलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारतर्फको सकारात्मक सङ्केतका रूपमा लिएको जनाएको छ ।

उत्कृष्ट नतिजाका लागि गाउँपालिकाले विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, शिक्षक-कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालाप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

The post कोन्ज्योसोमका तीन विद्यालयको शतप्रतिशत, समग्रमा ८२ प्रतिशत appeared first on मानव आवाज.

]]>
महासङ्घको प्रतिनिधित्व हटाउँदा शिक्षक सङ्गठनको आपत्ति https://www.manavaawaj.com/nnta-objects-to-removal-of-federation-representation/ Sat, 09 May 2026 11:49:16 +0000 https://www.manavaawaj.com/?p=11907 ललितपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति ललितपुरले सरकारले अध्यादेशमार्फत शिक्षा ऐन संशोधन गरी विभिन्न निकायबाट नेपाल शिक्षक महासङ्घको प्रतिनिधित्व हटाएको विषयमा गम्भीर आपत्ति जनाएको छ । सङ्गठनले २०८३ वैशाख २४ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिअनुसार सरकारले २०८३ वैशाख २० गते जारी गरेको अध्यादेशमार्फत राष्ट्रिय ... Read more

The post महासङ्घको प्रतिनिधित्व हटाउँदा शिक्षक सङ्गठनको आपत्ति appeared first on मानव आवाज.

]]>
ललितपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति ललितपुरले सरकारले अध्यादेशमार्फत शिक्षा ऐन संशोधन गरी विभिन्न निकायबाट नेपाल शिक्षक महासङ्घको प्रतिनिधित्व हटाएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।

सङ्गठनले २०८३ वैशाख २४ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिअनुसार सरकारले २०८३ वैशाख २० गते जारी गरेको अध्यादेशमार्फत राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय शिक्षा परिषद् तथा जिल्ला शिक्षा समितिबाट नेपाल शिक्षक महासङ्घको प्रतिनिधित्व हटाएको छ ।

सङ्गठनका अनुसार “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश” को बुँदा नं. ५ ले शिक्षकहरूको संवैधानिक प्रतिनिधित्व, सामाजिक संवाद तथा पेशागत सहभागितामाथि हस्तक्षेप गरेको छ ।

विज्ञप्तिमा महासङ्घको प्रतिनिधित्वको दायरा साँघुरो बनाउनु उपयुक्त नहुने उल्लेख गर्दै महासङ्घमा सुधार आवश्यक भए पनि यसको विकल्प नरहेको धारणा व्यक्त गरिएको छ ।

शिक्षक समुदायको हकहितका लागि महासङ्घलाई थप सुदृढ र प्रभावकारी बनाउन शिक्षक स्वयम् सक्षम रहेको भन्दै कुनै पनि परिवर्तन संवाद र सहमतिका आधारमा गरिनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुरका जिल्ला अध्यक्ष देवीप्रसाद दुलाल र सचिव दामोदर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सरकारलाई शिक्षक समुदायको भावना सम्बोधन गर्न आग्रह गरिएको छ ।

The post महासङ्घको प्रतिनिधित्व हटाउँदा शिक्षक सङ्गठनको आपत्ति appeared first on मानव आवाज.

]]>
गोदावरीमा ‘प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने नगरप्रमुखको प्रतिबद्धता https://www.manavaawaj.com/mayors-commitment-to-form-pragya-pratishthan-in-godavari/ Sun, 03 May 2026 15:45:28 +0000 https://www.manavaawaj.com/?p=11782 ललितपुर । गोदावरी नगरपालिकामा ‘गोदावरी प्रज्ञा प्रतिष्ठान’ गठन हुने भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले आगामी नीति तथा कार्यक्रममार्फत प्रतिष्ठान स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएसँगै गोदावरी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको हो । उहाँले २०८३ वैशाख २० गते आयोजित कार्यक्रममा नगरभित्रका प्राज्ञ व्यक्तित्वलाई समेटेर चालु वर्षभित्रै प्रतिष्ठान गठन गरिने स्पष्ट पार्नुभयो । गोदावरी साहित्य परिषद्को ... Read more

The post गोदावरीमा ‘प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने नगरप्रमुखको प्रतिबद्धता appeared first on मानव आवाज.

]]>
ललितपुर गोदावरी नगरपालिकामा ‘गोदावरी प्रज्ञा प्रतिष्ठान’ गठन हुने भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले आगामी नीति तथा कार्यक्रममार्फत प्रतिष्ठान स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएसँगै गोदावरी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको हो ।

उहाँले २०८३ वैशाख २० गते आयोजित कार्यक्रममा नगरभित्रका प्राज्ञ व्यक्तित्वलाई समेटेर चालु वर्षभित्रै प्रतिष्ठान गठन गरिने स्पष्ट पार्नुभयो ।

गोदावरी साहित्य परिषद्को आठौँ वार्षिक साधारणसभा, जिल्लाव्यापी गजल प्रतियोगिता तथा रचनावाचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महर्जनले साहित्यले समाज र व्यक्तिको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का अध्यक्ष नवराज सञ्जेलले भाषा, संस्कृति र ललितकला संरक्षणमार्फत समृद्ध गोदावरी निर्माणमा संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो ।

गजल प्रतियोगितामा पहिलो चरणबाट छनोट भएका उत्कृष्ट १० जनाले गजल वाचन गरेका थिए ।

निर्णायक युवा गजलकार बाबु त्रिपाठीका अनुसार ललितपुर महानगरकी रमलाकुमारी पौडेल पहिलो, महाङ्काल गाउँपालिकाका हिमरत्न अनुराग दोस्रो, महालक्ष्मी नगरपालिकाका जुमन किरण तेस्रो र बागमती गाउँपालिकाका बुद्धराम थिङले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।

परिषद्का अनुसार २०८३ जेठ २८ गते आयोजना हुने बृहत् साहित्यिक कार्यक्रममा विजेताहरूलाई नगदसहित सम्मान गरिनेछ ।

परिषद्का संस्थापक अध्यक्ष वशिष्ठ अधिकारीले साहित्यिक अभियानले निरन्तरता पाउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।  

कार्यक्रममा १० जनाभन्दा बढी अप्रतियोगी सहभागीहरूले समेत गजल तथा कविता वाचन गरेका थिए ।

The post गोदावरीमा ‘प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने नगरप्रमुखको प्रतिबद्धता appeared first on मानव आवाज.

]]>