अधिकार Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/human-rights-news/ तथ्य, तर्क र परिवर्तनको आवाज Sun, 07 Jun 2026 16:06:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png अधिकार Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/human-rights-news/ 32 32 साताव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइयो https://www.manavaawaj.com/world-food-hygiene-day-celebrated-with-week-long-programs/ Sun, 07 Jun 2026 16:06:05 +0000 https://www.manavaawaj.com/?p=12550 पोखरा । स्वच्छ हावा, स्वच्छ पानी र सुरक्षित खानाको सुनिश्चितता तथा अस्वस्थकर खाद्य पदार्थको नियन्त्रण सरकार, उत्पादक, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी रहेको निष्कर्ष पोखरामा आयोजित कार्यक्रममा निकालिएको छ । “खाद्य पदार्थमा स्वच्छता: हामी सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले विश्व खाद्य स्वच्छता दिवस–२०८३ साताव्यापी रूपमा विभिन्न ... Read more

The post साताव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइयो appeared first on मानव आवाज.

]]>
पोखरा स्वच्छ हावा, स्वच्छ पानी र सुरक्षित खानाको सुनिश्चितता तथा अस्वस्थकर खाद्य पदार्थको नियन्त्रण सरकार, उत्पादक, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी रहेको निष्कर्ष पोखरामा आयोजित कार्यक्रममा निकालिएको छ ।

“खाद्य पदार्थमा स्वच्छता: हामी सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले विश्व खाद्य स्वच्छता दिवस–२०८३ साताव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

यस वर्ष “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित सरोकारवाला निकाय तथा सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम २०८३ जेठ २४ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कुनै पनि व्यवसाय सञ्चालन गर्दा मर्यादित, जिम्मेवार तथा नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उनले खाद्य वस्तुमा हुने मिसावट, अखाद्य रङको प्रयोग तथा अनुचित प्रविधिको प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले गलत तथा भ्रामक सूचना प्रवाह गर्ने व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने स्पष्ट पारे ।

बरालले अनुगमनका क्रममा केही चुनौती देखिए पनि प्रशासनले प्रभावकारी अनुगमनलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै खाद्य स्वच्छता मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसलाई साझा सरोकारको विषय बनाउन आग्रह गरे ।

कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले २०८३ जेठ १८ देखि २४ गतेसम्म विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिएका थिए ।

उनका अनुसार पोखराका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीलाई नसर्ने रोग, स्वस्थ खानपान र खाद्य सुरक्षासम्बन्धी अभिमुखीकरण, टोल तथा समुदायस्तरमा खाद्य तथा पोषणसम्बन्धी तालिम, बजार, होटल, रेष्टुरेन्ट तथा उद्योगहरूको अनुगमन, सुरक्षित खानेपानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा कार्यालय परिसर र प्रयोगशाला सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक वीरेन्द्रकुमार पासवानले खाद्य स्वच्छता कायम राख्न प्रभावकारी अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

खाद्य स्वच्छता तथा गुणस्तर नियमन शाखाका खाद्य अनुसन्धान अधिकृत तथा खाद्य निरीक्षक दीपक कुँवरले साताव्यापी कार्यक्रमका उपलब्धि तथा गतिविधिबारे जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला अध्यक्ष राजेन्द्र लिगल, रेवान पोखराका अध्यक्ष वीरेन्द्र शेरचन, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत कुमार भण्डारी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, ब्राह्मण समाज नेपाल कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटी, नेफोस्टा पोखराका सचिव महेश बराल, पोखरा दुग्ध प्रशोधन व्यवसायी सङ्घ कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेल तथा पोखरा विज्ञान तथा प्रविधि क्याम्पसका प्रमुख हरि खनाललगायतले खाद्य स्वच्छता प्रवर्धनका लागि सरकारी निकाय, स्थानीय तह, व्यवसायी र उपभोक्ताबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनीहरूले देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा खाद्य निरीक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै खाद्य स्वच्छता प्रवर्धनमा सबै पक्षको साझा प्रतिबद्धता, कानुनको प्रभावकारी कार्यान्वयन तथा सक्रिय सहभागिताबाट मात्र स्वस्थ समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी तथा खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन खाद्य निरीक्षक अशोक गौतमले गरेका थिए ।

यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा २०८३ जेठ २४ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय, राष्ट्रिय उपभोक्ता मञ्च तथा सञ्चारकर्मी सम्मिलित संयुक्त टोलीले कास्की जिल्लाका राजमार्ग, मुख्य तथा सहायक सडक क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजा घर, फलफूल तथा जुस सेन्टर र चमेना गृहहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पूर्ण लेबल विवरण नभएका, पत्रपत्रिकासँग प्रत्यक्ष सम्पर्कमा राखिएका, अनधिकृत रङ प्रयोग गरिएका तथा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले जानकारी दिए ।

The post साताव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइयो appeared first on मानव आवाज.

]]>
वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५२३ सेवाग्राही लाभान्वित https://www.manavaawaj.com/523-service-recipients-benefited-from-a-large-scale-free-health-camp/ Sun, 07 Jun 2026 02:27:06 +0000 https://www.manavaawaj.com/?p=12531 पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजनामा २०८३ जेठ २३ गते पोखरा महानगरपालिका-२३ स्थित सिद्धवराह माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय २३ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरको उद्घाटन पोखरा महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानिया र स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल ले ... Read more

The post वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५२३ सेवाग्राही लाभान्वित appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजनामा २०८३ जेठ २३ गते पोखरा महानगरपालिका-२३ स्थित सिद्धवराह माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय २३ जना सेवाग्राही लाभान्वित भएका छन् ।

शिविरको उद्घाटन पोखरा महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानिया र स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल ले संयुक्त रूपमा गर्नुभएको थियो ।

संयोजक बानियाले समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरले स्थानीय नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

उहाँले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले स्वास्थ्य सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्दै नागरिकलाई समयमै स्वास्थ्य परीक्षण र उपचार सेवासँग जोड्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

साथै, शिविर सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न सङ्घसंस्था, विद्यालय परिवार, महिला स्वास्थ्य स्वयम्सेविका, स्वयम्सेवक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्नुभयो ।

शिविरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले ५ सय २३ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

तीमध्ये ३ सय ३२ जनाको आँखा परीक्षण तथा २१० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो । साथै एचपिभी-डीएनए परीक्षणसमेत गरिएको जानकारी भदौरे स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत डिल्लीप्रसाद आचार्यले दिनुभयो ।

उहाँका अनुसार शिविरमार्फत स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक स्वास्थ्यसम्बन्धी जानकारी तथा आवश्यक सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा सहभागी सेवाग्राहीहरूले यस्ता कार्यक्रमले ग्रामीण तथा समुदायस्तरका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

The post वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५२३ सेवाग्राही लाभान्वित appeared first on मानव आवाज.

]]>
जातीय विभेद अन्त्यका लागि समतामूलक समाज निर्माणमा जोड https://www.manavaawaj.com/emphasis-on-building-an-egalitarian-society-to-end-caste-discrimination/ Sat, 06 Jun 2026 11:25:19 +0000 https://www.manavaawaj.com/?p=12502 पोखरा । “जातीय विभेद अन्त्य गरौं, समतामूलक सभ्य समाज निर्माण गरौं” भन्ने मूल नारासहित २१औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रम २०८३ जेठ २३ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सरोकारवाला निकाय, अधिकारकर्मी, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिहरूले समाजमा अझै पनि जातीय विभेद र छुवाछुतका घटना विद्यमान रहेको ... Read more

The post जातीय विभेद अन्त्यका लागि समतामूलक समाज निर्माणमा जोड appeared first on मानव आवाज.

]]>
पोखरा । “जातीय विभेद अन्त्य गरौं, समतामूलक सभ्य समाज निर्माण गरौं” भन्ने मूल नारासहित २१औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रम २०८३ जेठ २३ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी सरोकारवाला निकाय, अधिकारकर्मी, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिहरूले समाजमा अझै पनि जातीय विभेद र छुवाछुतका घटना विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) जिल्ला शाखा कास्की र मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, कास्कीको आयोजनामा तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा अन्तर्गत सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रुचालले नेपाली समाजबाट जातीय विभेद र छुवाछुतको अन्त्य गर्न चेतना अभिवृद्धिसँगै कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विभेदमुक्त समाज निर्माणका लागि सबै क्षेत्रको सामूहिक प्रयास र साझा प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गर्दै कानुनी दण्ड मात्रले छुवाछुत अन्त्य हुन नसक्ने धारणा राख्नुभयो ।

“जबसम्म मान्छेले मान्छेलाई बहिष्कृत गर्ने परम्पराको अन्त्य हुँदैन, तबसम्म छुवाछुत पूर्णरूपमा अन्त्य हुन सक्दैन ।” उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य दिलमाया पौवीले दलित समुदायका परम्परागत सीप तथा पेशाको उचित सम्मान हुन नसकेको बताउनुभयो ।

सुनचाँदीका गरगहना, छाला तथा जुत्ता निर्माण, कृषि औजार उत्पादनजस्ता सीपको संरक्षण र प्रवर्धनमा राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नीतु गर्तौलाले नेपालको संविधानको धारा २४ (छुवाछुत विरुद्धको हक) र धारा ४० (दलितको हक) ले समानुपातिक सहभागिता तथा सकारात्मक विभेदको प्रत्याभूति गरेको स्पष्ट पार्नुभयो ।

उहाँले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ (संशोधनसहित) अनुसार जातीय विभेद गर्ने व्यक्तिलाई दुई महिनादेखि तीन वर्षसम्म कैद तथा २० हजार रुपियाँदेखि ३ लाख रुपियाँसम्म जरिबानाको व्यवस्था रहेको जानकारी दिनुभयो ।

घटना भएको तीन महिनाभित्र उजुरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्थाका कारण कतिपय पीडित न्यायबाट वञ्चित हुने गरेको उहाँको भनाई छ ।

गैससका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुअघि नै गैरसरकारी संस्थाहरूले दलित अधिकारका लागि निरन्तर पैरवी गर्दै आएको स्मरण गराउनुभयो ।

उहाँले अहिले पनि ग्रामीण तथा सहरी क्षेत्रमा कोठा भाडामा दिने, अन्तरजातीय विवाह गर्ने तथा सार्वजनिक समारोहमा सहभागी हुने क्रममा विभेदका घटना देखिने गरेको बताउनुभयो ।

चिल्ड्रेन नेपालका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईं, नव युवा नविना परियार, इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारी तथा गैसस गण्डकी प्रदेश अध्यक्ष पदमराज पहारीलगायत वक्ताहरूले दलित अधिकारलाई आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, कास्कीकी अध्यक्ष इश्वरी विकले सहजीकरण गर्नुभएको थियो ।

गैसस कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले जातीय विभेद तथा छुवाछुतजस्ता सामाजिक कुरीतिहरूको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सदस्य कृष्णमाया गुरुङले स्वागत तथा उद्देश्यबारे प्रकाश पार्नियो भने सञ्चालन सचिव केशु भुजेलले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

The post जातीय विभेद अन्त्यका लागि समतामूलक समाज निर्माणमा जोड appeared first on मानव आवाज.

]]>
‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानमा ६ हजार बिरुवा थपिए https://www.manavaawaj.com/6000-saplings-added-to-green-pokhara-clean-pokhara-campaign/ Sat, 06 Jun 2026 09:49:31 +0000 https://www.manavaawaj.com/?p=12497 पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराका विभिन्न स्थानमा वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरू सम्पन्न भएका छन् । वातावरण संरक्षण, हरियाली प्रवर्धन र स्वच्छताको चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमहरूमा विभिन्न सामाजिक सङ्घसंस्था, टोल विकास संस्था तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो । डेभिजफल क्लबको आयोजना तथा गुप्तेश्वर सिर्जनशील मञ्च र डेभिजफल टोल विकास संस्थाको ... Read more

The post ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानमा ६ हजार बिरुवा थपिए appeared first on मानव आवाज.

]]>
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराका विभिन्न स्थानमा वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरू सम्पन्न भएका छन् ।

वातावरण संरक्षण, हरियाली प्रवर्धन र स्वच्छताको चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमहरूमा विभिन्न सामाजिक सङ्घसंस्था, टोल विकास संस्था तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।

डेभिजफल क्लबको आयोजना तथा गुप्तेश्वर सिर्जनशील मञ्च र डेभिजफल टोल विकास संस्थाको सहकार्यमा पोखरा महानगरपालिका-१७ स्थित डेभिजफल क्षेत्रमा जेठ २२ गते वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत क्लब तथा टोल विकास संस्थाले संरक्षण गर्दै आएको पार्कमा विभिन्न प्रजातिका ७९ बिरुवा रोपिएको छ ।

कार्यक्रममा बोल्दै डेभिजफल क्लबका अध्यक्ष दीपक सुवेदीले वृक्षारोपण अभियानले स्थानीय वातावरण संरक्षणसँगै पोखरा महानगरपालिकाको “ग्रिन पोखरा, क्लिन पोखरा” अभियानलाई टेवा पुग्ने बताउनुभयो। उहाँले रोपिएका बिरुवाको नियमित संरक्षण, गोडमेल तथा वातावरणीय स्वच्छता प्रवर्धनमा सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

गुप्तेश्वर सिर्जनशील मञ्चका अध्यक्ष शिवम शाहीले आफ्नो टोल तथा समुदायलाई सफा, स्वच्छ र हराभरा बनाउन सरकारी निकायको मात्र मुख ताक्नुभन्दा नागरिक स्वयम् अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

टोल विकास संस्थाका अध्यक्ष कृष्ण मल्लले सामाजिक कार्यहरूमा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिन सके मात्र संस्थागत सफलता हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गुप्तेश्वर महिला जागरण समूहका सदस्यहरूको पनि सहभागिता रहेको थियो । क्लबका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता पुष्प बराल, निवर्तमान अध्यक्ष बिनाम गुरुङलगायतले वातावरण संरक्षणमा सामुदायिक सहभागिताको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव गणेश जीसीले गर्नुभएको थियो ।

यसै अवसरमा मितेरी नारी समूहको विशेष सक्रियतामा हिमागृह नजिक फेवाताल किनार तथा बसुन्धरा पार्क क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम पनि सम्पन्न भएको छ ।

पोखराका अन्य विभिन्न स्थानमा समेत सामाजिक सङ्घसंस्था र स्थानीय समुदायको पहलमा वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा पोखरा महानगरपालिकाभित्र विभिन्न कार्यक्रममार्फत करिब ६ हजार बिरुवा रोपिएको जनाइएको छ ।

वातावरण संरक्षण र हरियाली प्रवर्धनका यस्ता अभियानले स्वच्छ, सुन्दर र दिगो पोखरा निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

The post ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानमा ६ हजार बिरुवा थपिए appeared first on मानव आवाज.

]]>
सिकाइ केन्द्रबाट समृद्धितर्फ उर्मिलाको यात्रा https://www.manavaawaj.com/urmilas-journey-from-learning-center-to-prosperity/ Sat, 06 Jun 2026 08:54:00 +0000 https://www.manavaawaj.com/?p=12508 सिन्धुली । कमलामाई नगरपालिका–५, आहालेकी उर्मिला नेपालीको बिहान अहिले गाईको गोठबाट सुरु हुन्छ । दूध दुहुनु, डेरीमा दूध बिक्री गर्न लैजानु, गोठ सफा गर्नु र घाँस व्यवस्थापन गर्नु उहाँका दैनिक काम हुन् । गोठमा उन्नत जातका जर्सी गाई छन् । कोरली, तारी, मुररी र गोठु नामले चिनिने ती गाईहरू अहिले परिवारको आयआर्जनको मुख्य आधार बनेका ... Read more

The post सिकाइ केन्द्रबाट समृद्धितर्फ उर्मिलाको यात्रा appeared first on मानव आवाज.

]]>
सिन्धुली । कमलामाई नगरपालिका–५, आहालेकी उर्मिला नेपालीको बिहान अहिले गाईको गोठबाट सुरु हुन्छ ।

दूध दुहुनु, डेरीमा दूध बिक्री गर्न लैजानु, गोठ सफा गर्नु र घाँस व्यवस्थापन गर्नु उहाँका दैनिक काम हुन् ।

गोठमा उन्नत जातका जर्सी गाई छन् । कोरली, तारी, मुररी र गोठु नामले चिनिने ती गाईहरू अहिले परिवारको आयआर्जनको मुख्य आधार बनेका छन् । हाल दुई ओटा गाईले दूध दिइरहेका छन् भने अन्य दुई ओटा ब्याउने तयारीमा छन् ।

दुई ओटा गाईबाट दैनिक ३५ लिटर दूध उत्पादन हुन्छ । दूध बिक्रीबाट मासिक करिब ३५ हजार रुपैयाँ बचत हुने गरेको उर्मिला बताउनुहुन्छ ।

उर्मिला पशुपालनमा मात्र सीमित हुनुहुन्न । सुधारिएको करेसाबारी र व्यावसायिक तरकारी खेतीले पनि उहाँको आम्दानीको महत्वपूर्ण आधार निर्माण गरेको छ ।

दुई कठ्ठा जमीनमा व्यावसायिक तरकारी खेती गरी उहाँले मासिक २० हजार रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

घरपरिवारको पोषणका लागि विभिन्न फलफूलका बिरुवासमेत रोपिएका छन् । यसले बजारमा निर्भरता घटाउनुका साथै परिवारको पोषण अवस्थामा सुधार ल्याएको छ ।

“पहिले खेती त गर्थ्यौं, तर त्यसले आफ्नै परिवारलाई खान पुग्न पनि मुस्किल हुन्थ्यो । अहिले व्यवसाय नै सञ्चालन गरिरहेका छौँ ।”-उहाँले सुनाउनुभयो ।

दूध र तरकारी बिक्रीबाट अहिले मासिक ५० हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

यसले परिवारको जीवनस्तर उकास्नुका साथै सन्तानको भविष्य निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

उर्मिला भन्नुहुन्छ-“यही आम्दानीले छोरीलाई पोखरामा राखेर डाक्टर पढाएका छौँ र छोरालाई जापान पठाएका छौँ ।”

कृषि र पशुपालनसँगै उहाँ विभिन्न सभा, समारोह, कार्यक्रम तथा सङ्घसंस्था र समूहका गतिविधिमा पनि सक्रिय हुनुहुन्छ ।

आहाले कृषि सिकाइ केन्द्रमा आयोजना हुने कुनै पनि बैठक वा कार्यक्रम उहाँले छुटाउनुहुन्न ।

तर केही वर्षअघिसम्म उर्मिलाको अवस्था निकै फरक थियो । घरमा एउटा मात्र भैँसी थियो र त्यसको पालनपोषणमै धेरै कठिनाइ हुन्थ्यो ।

घाँसका लागि घण्टौँ पैदल हिँडेर जङ्गल जानुपर्थ्यो । श्रम धेरै भए पनि आम्दानी न्यून थियो । जीविकोपार्जन चलाउन नै चुनौती थियो ।

“एउटा भैँसी पाल्न पनि धौ धौ हुन्थ्यो ।”-विगत सम्झँदै उहाँ भन्नुहुन्छ-“जङ्गलबाट घाँस ल्याउँदा दिनै बित्थ्यो ।”

तर अहिले त्यो अवस्था पूर्ण रूपमा बदलिएको छ । यस परिवर्तनको आधार बन्यो वर्ल्ड नेवर्ससँगको साझेदारीमा सिड्स नेपालले सञ्चालन गरेको ‘नेपाल एकीकृत ग्रामीण विकास परियोजना’ ।

परियोजनाअन्तर्गत गाउँमै स्थापना गरिएको आहाले कृषि सिकाई केन्द्र उर्मिलाको जीवन परिवर्तनको प्रमुख माध्यम बन्यो ।

त्यही केन्द्रबाट उहाँले जीवन बदल्ने ज्ञान र सीप हासिल गर्नुभयो । सिकाई केन्द्रले व्यक्तित्व विकासदेखि नेतृत्व विकाससम्मका विभिन्न तालिम प्रदान गर्‍यो । स्वरोजगार बन्ने प्रेरणा र मार्गदर्शन पनि उहाँले यही केन्द्रबाट प्राप्त गर्नुभयो ।

पहिले बाँझो देखिने जमीन अहिले हरियालीले ढाकिएको छ । व्यावसायिक जैविक खेतीले आगन्तुक र पर्यटकको समेत ध्यान आकर्षित गर्न थालेको छ ।

खेतीका लागि बजारबाट रासायनिक मल र विषादी खरिद गर्नुपर्ने अवस्था छैन । आफ्नै पशुचौपायाबाट प्राप्त मल तथा जैविक मलको प्रयोगले उत्पादन भइरहेको छ ।

परियोजनामार्फत उर्मिलाले पोषणयुक्त घाँसका बिरुवा प्राप्त गर्नुभयो । बाँझो जमिनमा रोपिएका विभिन्न जातका घाँसले अहिले वर्षभरि पशुका लागि पर्याप्त आहार उपलब्ध गराइरहेका छन् ।

पहिलेजस्तो जङ्गल धाउनुपर्ने बाध्यता हटेको छ । कृषि वन प्रणालीमार्फत घाँस उत्पादन हुन थालेपछि समय, श्रम र लागत तीनैको बचत भएको छ ।

“अहिले जङ्गल जानु पर्दैन ।”-मुस्कुराउँदै उहाँ भन्नुहुन्छ-“आफ्नै बारीको घाँसले बाह्रै महिना पुग्छ ।”

उहाँका अनुसार घाँस व्यवस्थापनमा सुधार आएपछि पशुपालन पनि व्यवस्थित बनेको छ । खर्च घटेको छ भने उत्पादन बढ्दै गएको छ ।

सन्तुलित पोषण, घर तथा वातावरणको सरसफाई, स्वच्छता र स्वास्थ्यसम्बन्धी ज्ञानले उहाँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।

उर्मिलाको अनुभवमा सिकाइ केन्द्रले उत्पादन वृद्धि गर्ने सीप मात्र दिएको छैन, नेतृत्व विकास, पोषण, फोहोर व्यवस्थापन तथा व्यावसायिक सोचसमेत विकास गर्न सहयोग गरेको छ ।

उहाँ भन्नुहुन्छ-“हामीले पहिलेदेखि गर्दै आएको कामलाई व्यवस्थित र व्यावसायिक ढङ्गले गर्न सिकायो । यसले हाम्रो नेतृत्व क्षमता, व्यवस्थापन कौशल र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।”

उर्मिलाको कथा सही ज्ञान, स्थानीय स्रोतको प्रभावकारी उपयोग, सामुदायिक सिकाइ र प्राविधिक सहयोगले ग्रामीण महिलाको जीवनमा कसरी रूपान्तरण सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण हो ।

एउटा भैँसी पाल्न सङ्घर्ष गर्नुपरेकी उर्मिला आज सफल व्यावसायिक कृषकका रूपमा स्थापित हुनुभएको छ ।

यो केवल उर्मिलाको व्यक्तिगत सफलता मात्र होइन, सिकाई केन्द्रमार्फत सम्भव भएको दिगो परिवर्तनको उदाहरण पनि हो ।

यस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा विस्तार गर्न सकिए ग्रामीण समुदायको जीवनस्तरमा व्यापक सुधार आउनुका साथै देशको समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।

The post सिकाइ केन्द्रबाट समृद्धितर्फ उर्मिलाको यात्रा appeared first on मानव आवाज.

]]>
विश्व खाद्य स्वच्छता दिवसमा खाद्य पोषण तालिम सम्पन्न https://www.manavaawaj.com/food-nutrition-training-completed-on-world-food-hygiene-day/ Sat, 06 Jun 2026 00:39:44 +0000 https://www.manavaawaj.com/?p=12491 पोखरा । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमहरूले खाद्य सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । “खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता” भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजना तथा पोखरा महानगरपालिका-१७ को समन्वयमा विश्व खाद्य स्वच्छता दिवस-२०८३ अन्तर्गत साताव्यापी ... Read more

The post विश्व खाद्य स्वच्छता दिवसमा खाद्य पोषण तालिम सम्पन्न appeared first on मानव आवाज.

]]>
पोखरा । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमहरूले खाद्य सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

“खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता” भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजना तथा पोखरा महानगरपालिका-१७ को समन्वयमा विश्व खाद्य स्वच्छता दिवस-२०८३ अन्तर्गत साताव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत खाद्य पोषण तालिम बिहीबार वडा नं. १७ को सभाकक्षमा सम्पन्न भएको हो ।

यस वर्ष “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नाराका साथ जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक तथा अनुगमनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिका-१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले खाद्य पदार्थको उचित भण्डारण, सरसफाईका मापदण्ड र पोषणयुक्त आहारको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञानको आवश्यकता औंल्याउनुभयो ।

खाद्य स्वच्छता र पोषण मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले उत्पादन, प्रशोधन, बिक्री तथा उपभोगका प्रत्येक चरणमा स्वच्छता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सुरक्षित र गुणस्तरीय खाद्य पदार्थको प्रयोगमार्फत स्वस्थ समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छता प्रवर्धन तथा उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी कार्यक्रमअन्तर्गत खाद्य पोषण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

तालिममा पोखरा महानगरपालिकाका वडा नं. ७, १७, २१ र २२ का स्वास्थ्य स्वयम्सेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

९० जना महिलाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा व्यवहारिक दुवै कक्षा सञ्चालन गरिएको थियो ।

तालिममा पोषण र यसको महत्व, सन्तुलित आहार, कुपोषण, पोषण अवस्थाका सूचक तथा मापन, खाद्य स्वच्छता, सुरक्षित खाद्य उत्पादन तथा उपभोग, खाद्यजन्य रोगबाट बच्ने उपाय र स्वस्थ खानपानको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय विक्रम गुरुङ र शिवराम भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै पोषण र स्वस्थ खानपानका विषयमा धारणा राख्नुभएको थियो ।

यसैबिच, विश्व खाद्य स्वच्छता दिवसकै अवसरमा पोखरा महानगरपालिका-१७ स्थित शिशु निकेतन माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई नसर्ने रोग न्यूनीकरणका लागि खाने बानीमा सुधारसम्बन्धी सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यार्थी र शिक्षक गरी १ सय २ जनाको सहभागिता रहेको थियो ।

The post विश्व खाद्य स्वच्छता दिवसमा खाद्य पोषण तालिम सम्पन्न appeared first on मानव आवाज.

]]>
शत्रुसँगको लुकामारी-३ https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy-3/ Sat, 06 Jun 2026 00:00:00 +0000 https://www.manavaawaj.com/?p=12482 हामीलाई माधवको चिन्ता लागेन । उहाँ फाखेलमा केही समय शिक्षक भएर काम गरेको पाटनको मान्छे हुनुहुन्थ्यो । उहाँ आफूलाई जसरी पनि लुकाउन, छिपाउन सक्नुहुन्थ्यो । हामी हर्क खड्‌काको बारेमा अलिक बढी चिन्तित थियौं । उनी ज्यानको ठुलो तर मनको कमलो किसान मान्छे थिए । सङ्कट आइहाल्दा बठ्याइँ गरेर उम्किनेभन्दा बल प्रयोग गरेर उम्किने कुरामा उनी ... Read more

The post शत्रुसँगको लुकामारी-३ appeared first on मानव आवाज.

]]>
हामीलाई माधवको चिन्ता लागेन । उहाँ फाखेलमा केही समय शिक्षक भएर काम गरेको पाटनको मान्छे हुनुहुन्थ्यो । उहाँ आफूलाई जसरी पनि लुकाउन, छिपाउन सक्नुहुन्थ्यो । हामी हर्क खड्‌काको बारेमा अलिक बढी चिन्तित थियौं । उनी ज्यानको ठुलो तर मनको कमलो किसान मान्छे थिए । सङ्कट आइहाल्दा बठ्याइँ गरेर उम्किनेभन्दा बल प्रयोग गरेर उम्किने कुरामा उनी बढी विश्वास गर्थे। तर त्यस बेलामा हामी जस्तो परिस्थितिमा थियौं त्यहाँ बल प्रयोगको कनै अर्थ हुँदैनथ्यो । हामी कोही एक जनाभन्दा शत्र, धेरै बलियो थियो । हाम्रा गोडा जति तेज भए पनि शत्रुको राइफलको बुलेटभन्दा ती दिले कुदेथे । त्यसमाथि हर्क खड्‌काको ठुलो ज्यान त लुकाउन पनि निकै गाह्रोको थियो ।

तर, चिन्ताले पिरोलिएर, मन दुखाएर बस्ने समय हामीसँग पटक्कै थिएन । हामीले त्यो आहाललाई छोडेर अझ बाक्लो र गहिरो जङ्गलमा हेलिनै पर्थ्यो । त्यो भुताहा आहाल रातिको लागि मात्र सुरक्षित हुन सक्थ्यो । दिउँसो त मान्छे भूतसँग डराउँदैनथे । त्यसैले आहालमा कोही पनि आउन सक्थ्यो ।  त्यस बाहेक चैतको दिनमा अलिकति पानी सहितको त्यो आहालमा वरिपरिका बस्तु र बस्तु चराउने गोठालाहरू आउने सम्भावना पनि थियो ।

पूर्वबाट उदाएको घामले हामीलाई न्यानो दियो । हामी जङ्गलभित्र लाग्यौँ । झण्डै पाँच मिनेट हिँडेपछि देब्रेतिर पातको सरसराहट सुनेर हाम्रो अगुवा साथी ठिङ्ग उभिनु भयो । त्यसै बेला सानो पोथ्राका हाँगाहरू पन्छाउँदै माधव फुत्त डिलमा निस्कनु भयो र आफ्नो अगाडि एक हुल मानिसहरू देखेर झसङ्ग झस्किनु भयो । उहाँको आँखामा चश्मा थिएन । अनुहार फुङ्ग उडेको र बैरागिलो थियो । तिनै खाली आँखा र निराश अनुहारले उहाँले हामीतिर हेर्नु भयो र एकछिन पछि खिसिक्क हाँस्नुभयो ।

हामी सबै मन हलुका पारेर हास्यौँ ।

“तपाईं एक्लै ? हर्क हुनुहुन्न ?” सीपीले सोध्नुभयो ।

“एक्लै । म त रातभर यताको पाखामा भौतारिइ रहेँ कसैसँग भेटै भएन ।”

“तपाईँ जानेको मान्छे किन सबैभन्दा पहिले भाग्नुभाको ?” वीरबहादुरले माधवलाई हकार्नुभयो । रातिको खोजी कार्यमा लाग्दा प्रत्येक साथीले हामीलाई माधव पहिले भाग्नु भएकाले हामीले पनि भाग्नै पर्‍यो भन्नु भएकाले वीरबहादुर र मलाई अलिक बढी रिस उठेको थियो । उहाँकै भरोसामा सबै साथीलाई छोडेर हामी खाना लिन गएका थियौँ । तर, उहाँ नै पहिले भागिदिनाले सबै साथीले दुःख पाउनु र भोकै बस्नु परेको थियो भन्ने हामीलाई लागिसकेको थियो । सबै साथीहरूको टिप्पणी सुन्दा ती लाइट बालेर आएका गाउँलेहरू खास कुनै खराब मान्छे थिएनन्, ती त बरू सतर्क गराउन आएका गाउँले पो थिए भन्ने हामीलाई लागेको थियो ।

“म भागेको थिइनँ” माधवले पछुतो मानेको स्वरमा भन्नुभयो, “ती मान्छेहरू नबोलुन्जेल त मलाई वास्तै भएन । गाउँले होलान्, केही कुरा गरौँला अथवा निस्केर कतै बसौँला र तपाईंहरू फर्केपछि एउटा सल्लाह गरौँला भन्ने लागेको थियो, तर मान्छे बोल्ने बित्तिकै ऊ काका हो भन्ने थाहा भएपछि …….।”

“को काका ? मेरो काका ?” वीरबहादुरले बिचैमा कुरा काटेर सोध्नुभयो ।

“अँ ! तपाईंको काका” भनेर माधवले भनेपछि म र वीरबहादुर दुवै एकछिनको लागि सिताङ्ग भयौँ किनभने हामी जेलमा बसुन्जेल काकाको हामीप्रति राम्रो धारणा थिएन ।

“अनि….।”

“काका भन्ने थाहा पाएपछि म त त्यहाँ बस्नै सकिनँ । त्यहाँबाट निस्केर म तल खोलामा झरेँ । काका एकछिन हकारपकार गरेर जाला अथवा कमरेडहरू निस्किनै पर्‍यो भने सँगै लिएर कतै लागौँला भन्ने सोचेको थिएँ । काकाले नचिनुन् भनेर मैले त्यसो गरेको थिएँ तर मैले खोलामा फाल हाल्दा नहाल्दै सबै कमरेडहरू गुरुरु ढोकाबाट निस्केर कुदिहाल्नु भयो । म पनि उहाँहरूको पछि पछि कुदौँ भनेको त्यही बेला खोल्सीमा चश्मा खस्यो । एकछिन चश्मा खोज्दा बेला गइगो । चश्मा पनि भेटिनँ। यता कमरेडहरूको पछि पछि कुदेँ । माथिसम्म आउँदा पनि कमरेडहरूलाई भेटिनँ । जङ्गलतिर पो पस्नुभो कि भनेर जङ्गलतिर पनि पसेँ । कसैलाई भेटिनँ । रातभर यता र उता भौँतारिएपछि उतै गोठतिर झर्नुभो कि भनेर फेरि गोठतिर गएँ । के भएर गोठ पनि भत्किएको रहेछ । त्यहाँ यो मफलर भेटेँ । यो मफलर त दिनेश कमरेडको पो हो जस्तै लाग्यो । त्यो टिपेर बाहिर निस्केर यताउता खोजेँ । कतै केही पत्तो लागेन । उता उज्यालो हुने सुरसार पनि आयो । अनि त त्यहाँ पर्खिरहनु ठिक नलागेर यता जङ्गलतिर लागेँ । भौतारिँदा भौतारिँदै तपाईंहरूसँग भेट भयो ।”

माधवको लामो कथा सुन्दासुन्दै मैले आफ्नो गला छोएँ । गलामा मफलर थिएन । त्यसै बेला मलाई आफ्नो टाउकामा टोपी पनि थियो भन्ने सम्झना भयो । अनायास टाउकामा हात गयो । टाउकामा टोपी पनि थिएन । रातको चिन्ता र धपेडीमा मेरो गलाको मफलर र टाउकोको टोपी हराएको मलाई थाहै भएनछ । मलाई लाग्यो-तलो भत्केर पछारिँदा मेरो टोपी र मफलर पनि मसँगै पछारिएका थिए। पछि म चाहिँ जुरूक्कै उठेँ तर मेरो टोपी र मफलरले उठ्‌ने मौकै पाएनन् ।

“रातभरको निरूद्देश्य यात्राले सार्‍है नराम्ररी थकाएको छ । हामी कतै झुरुप्प परेको ठाउँमा गएर यसो एकछिन् आराम गरौँ ।”

यो प्रस्तावलाई हामी सबैले सहर्ष स्वीकार गर्‍यौँ । वीरबहादुरले एकपल्ट सबैको मुखमा नियालेर हेरेपछि भन्नुभयो, “अब यसै गरी झुक्कलमा परेर हर्क खड्का पनि भेटिनु भए त !”

वीरबहादुरको आशाप्रति हामी कसैले टिप्पणी गर्न सकेनौँ । हाम्रो मन एकछिनको लागि अरू बढी उदास भयो । हिजो गोपाल र नारद हराउँदा हामीलाई यत्ति धेरै पीडाले सताए जस्तो लागेको थिएन । त्यतिबेला मुक्तिको उत्साही लहरले हामीलाई बढी छोपेको थियो कि ! अथवा गोपालले कुनै न कुनै हिसावले दुई जनाको व्यवस्था मिलाउनुहुन्छ भन्ने विश्वासले मलाई समातेको थियो । अहिले भने एउटा साथीको अनुपस्थितिले हामी सबैलाई नराम्ररी चिथोरी रहेको थियो ।

हाम्रो मनमा उठेका लहरलाई ख्याल गरेर हो कि, वीरबहादुरले हामीलाई समेट्न खोज्दै भन्नुभयो, “अझै भित्र जाउँ । चार पाँच मिनेट पर एउटा सुरक्षित ठाउँ छ ।”

हामी त्यो सुरक्षित ठाउँमा पुग्यौँ । साँच्चै त्यहाँ हतपत मान्छे आउने सम्भावना थिएन । साथीहरू सेउला भाँच्दै ओछ्यान बनाएर पल्टिने तरखरमा लाग्नुभयो । त्यति बेलासम्म मकैको पोको मेरो र वीरबहादुरको काँधमा पालैपालो नाचिरहेको थियो । साथीहरू निदाउनु अघि हामीले अलिअलि मकै ख्वाउने विचार गर्‍यौँ ।

रातभरिको ओसमा मकै पनि ठुस्स परेर ठुस्किएको थियो । कुरुम कुरुम गर्ने लेकाली मकै छ्यास्स, छ्यास्स गर्दै हातमा बिलाउँथे तर पनि भोकाएको सुरमा सबै साथीले साह्रै मिठो मानेर मकै चपाउनु भयो । १२ जनाको मुखमा दुई-तीन पोल्टो मकै झण्डै झण्डै हात्तीको मुखमा जीरा जस्तै नै भयो ।

गर्मी चढ्दै गएपछि हामी शितल सेउलामाथि डड्रङग पल्टियौँ ।

थाकेर लस्त पर्नुभएका साथीहरू एक-एक गर्दै निदाउन थाल्नुभयो । म, वीरबहादुर र माधव बाटोपट्टिको सबभन्दा छेउमा पल्टिएका थियौँ । त्यो क्षेत्रसँग परिचित भएको र अहिलेसम्म एउटै हुल भएकाले हामी तीनै जनाको काँध जिम्मेवारीको भारीले गर्‍हुङ्गो भएको थियो । त्यसैले हामी तिनै जनालाई निद्रा लाग्नै सकेको थिएन । हामी गुन गुन कुरा गर्न थाल्यौँ । हाम्रो गुन गुनले विथोलिएर होला हाम्रो छेउमा सुत्नुभएको सीपी व्युझिनुभएछ । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्‌नुभयो र भन्नुभयो, “हामी चार जनालाई निद्रा नलागे जस्तो छ । दुई दुई जना पालैपालो निदाउने प्रयास गरौँ । बन्धु (वीरबहादुर) र प्रभात (माधव पौडेल) निदाउने प्रयास गर्नुस् । म र दिनेश बस्छौँ । एक-दुई घण्टापछि हामी तपाईंहरूलाई उठाउँला । अनि हामी सुत्छौँ । “

उहाँले त्यसो भने पनि बन्धु र प्रभात निदाउन सक्नुभएन । हामी चारै जना, साथीहरूको निन्द्रा भरसक नविथोलियोस् भन्ने हिसावले स्वरलाई सकेसम्म सानो पारेर गुन गुन गफ गर्दै बसिरह्यौँ ।

झण्डै नौ बजेको थियो । आकाशबाट आएको एक तमासको आवाजले हामीलाई सतर्क बनायो । हामी सबै बसेको ठाउँबाट जुरूक्क उठ्‌यौँ र आकाश छ्याङ्ग देखिने एउटा रूखको आडमा उभिएर आकाशतिर नियाल्न थाल्यौँ ।

एकैछिनमा हिजोकै हेलिकोप्टर पूर्वबाट हान्निएर पश्चिमतिर लाग्यो । त्यसको उचाइ हिजोभन्दा झरेको थियो तर गति भने हिजोभन्दा बढेको थियो । हाम्रो आँखालाई दर्शन दिँदै त्यो एकछिनपछि रूखको पश्चिमी ओझेलमा हरायो । हेलिकोप्टर देखिन छोडेपछि हामीले एक-अर्काको अनुहार हेर्‍यौँ तर हामी कसैको मुखबाट कुनै शब्द निस्किएन । हामी गर्‍हुँगा पाइला लिएर साथीहरू सुतिरहनुभएको ठाउँमा गर्‍यौँ र आफ्नो पुरानो ठाउँमा थ्याच्च बस्यौँ ।

“शत्रुहरू अझै हेलिकोप्टरबाट हामीलाई खोजिरहेका छन् ।”

“गाउँबाट पनि पुलिसहरू हटेका छैनन् होला । अब के गर्ने ?”

“हामीले सीमाना नकाटुन्जेल दिनभर आराम गर्ने र रातभर यात्रा गर्ने कार्यक्रम चलाउनु पर्छ । त्यसो भएमा मात्र हामी बढी सुरक्षित रहन सक्छौँ ।”

हामी चारै जना सोचाइ र प्रश्नहरूको जङ्गलमा फस्यौँ । शत्रुको घेराबन्दी कति बाक्लो रहेछ भन्ने अनुभूतिले हामीभित्र नजानिँदो ढङ्गले त्रासको पर्खाल उभ्याइ दिएको थियो । हामी चारै जना मन खोलेर त्यो त्रासलाई अभिव्यक्त गर्न तयार थिएनौँ । तर, हाम्रो निर्णयहीन छलफलले त्यही अन्यौललाई नै दर्शाइरहेको थियो ।

फेरि हेलिकोप्टरको परिचित आवाज आकाशमा गुन्जियो । हामी पहिलेभन्दा बढी सतर्क भएर बसेको ठाउँबाट जुरूक्क उठ्यौँ र अघिकै रूखको आडमा गएर आकाशतिर नियाल्न थाल्यौँ । हेलिकोप्टर पूर्वतिर फर्किएको थियो तर त्यो पहिलेभन्दा अझ होचो थियो र त्यसको गति पनि एकदम सुस्त थियो । मलाई लाग्यो, त्यो झन् झन् ओरालो झर्दै हाम्रो टाउकामाथि आइरहेछ । मैले हेलिकोप्टरलाई नियालेर हेरेँ । मलाई लाग्यो, म त्यसभित्र शिकारीका जस्ता तिखा आँखा नियालेर बसेको बैरीलाई छर्लङ्गै देखिरहेको छु ।

हेलिकोप्टरलाई पूर्वतिरका रूखहरूले छेकेपछि हामी फेरि अघिकै ठाउँमा गएर बस्यौँ । हाम्रो गन्थन, सऱ्याक्सुरुक र हेलिकोप्टरको आवाजले होला, सुतेका साथीहरू छट्पटाउँदै आँखा उघार्न थाल्नुभयो । सबैभन्दा पहिले व्युँझनेमा शायद शेखर हुनुहुन्थ्यो । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्नुभयो र हामीलाई नियालेर हेरेपछि उहाँले भन्नुभयो, “तपाईंहरू एक झप्को पनि सुत्नुभएको छैन जस्तो छ,” बोल्दाबोल्दै उहाँले आफ्ना आँखालाई सुतेका साथीहरूमाथि डोलाउनु भयो, “अब म पालो बस्छु । तपाईंहरू एकछिन् सुत्नोस् । अहिले निदाउन सक्नुभएन भने तपाईंहरू भरे राति पटक्कै हिँड्न सक्नुहुन्न ।”

“आकाशमा हेलिकोप्टर उडिराखेको छ, विशेष ख्याल गर्नुहोला,” सिपीले बसेकै ठाउँमा डङ्ग्रङ्ग पल्टिँदै भन्नुभयो, “हामी एकछिन सुत्छौँ ।”

हामी चारै जना आ-आफ्नो ठाउँमा पल्टियौँ । त्यसै बेला शेखरले उहाँको छेउमा सुत्नुभएको धर्मलाई उठाउनुभयो । राम्ररी निदाएर व्युझिएका दुई जना साथीहरू सुरक्षामा बसेको हुनाले हाम्रो मनले पनि ढाडस पायो । हामी नजानिँदो पाराले थाहा पाउँदा पाउँदै फुस्स निदायौँ ।

म बिउझँदा घाम मध्ये आकाशबाट अलिकति पश्चिमतिर ढल्केको थियो । साथीहरू झुरुप्प समूह बनाएर गफगाफमा लाग्नुभएको थियो । मैले अल्छी लाग्दा आँखाहरूलाई वरिपरि डुलाएँ । माधव पल्टिरहनु भएको थियो । सीपी र वीरबहादुर भरखरै बिउँझनु भए जस्तो थियो । शेखर र धर्म हाम्रो छेउपट्टि निदाइरहनु भएको थियो ।

“आफैँ पालैपालो निदाउने र पालो बस्ने नियम बसेछ ।” मैले मनमनै भने ।

म उठेँ र जिउ मरक्क पारेर बटारेँ । मैले गफ गरिरहनु भएका साथीहरूतिर हेरेँ । सबैको अनुहार निन्याउरो थियो । मैले उराठिएको मन लिएर निदाइरहेका साथीहरूतिर हेरेँ । त्यहाँ एउटा आनन्द लाग्दो शान्ति थियो । मलाई लाग्यो ब्युँझिएकाहरू चारैतिरबाट ओइरिएका समस्याले पिरिएका छन् तर निदाएकाहरू यति बेला समस्यारहित भएका छन् ।

“आज दुईचोटि हेलिकोप्टर उड्यो” राजेनले भन्नुभयो । राजवंशी भए पनि नक्शालवादीबाट आउनुभएको राजेन अप्ठ्यारो नेपाली बोल्नुहुन्थ्यो तर उहाँको नेपाली बोली मलाई रमाइलो र मिठो लाग्थ्यो- “शेखरहरू गार्ड बसेको बेला पनि एक पटक उडेछ । वर्गशत्रु जमिनबाट नसकेर हामीलाई आकाशबाट पनि खेदिरहेको छ ।”

“अब सबै उठे भएछ” सिपीले उठेर आङ तान्दै भन्नुभयो, “अलिकति सरसल्लाह पनि गर्नुछ । सबैलाई उठाउनोस् ।”

हामी सबै जऱ्याक-जुरूक उठ्यौँ ।

“शत्रुले हामीलाई चारैतिरबाट घेरेको छ । तर, उनीहरू दिनमा मात्र सक्रिय भएका छन् । अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ….।”

त्यति बेला माओत्सेतुङको नाम हाम्रो लागि मान्छेको नभएर एउटा पवित्र संस्कार जस्तो लाग्थ्यो । सिद्धान्त, राजनीति र विचारधाराका कुरा उठ्दा अध्यक्ष माओत्सेतुङको नाम नआउन एउटा असम्भव कुरा हुन्थ्यो । त्यसैले माओत्सेतुङको नाम आएपछि सिपीले थाल्नुभएको कुरालाई अझ ध्यान दिएर सुन्न हामी उहाँको नजिक नजिक सर्‍यौँ । त्यसो गर्दा हामी सुतेका सेउलाको सरसराहटले वातावरणको शान्तिलाई नराम्ररी भङ्ग गर्‍यो । त्यो-सरसराहटभरि आफ्नो भनाइलाई रोकेपछि सिपीले भन्नुभयो, “अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ, शत्रु अघि बढ्दा हामी पछि हट्नुपर्छ…।”

उहाँले लामो सैद्धान्तिक बहसको फेरो मारेपछि अन्तमा भन्नुभयो, “त यसरी हामी अघि बढ्नुपर्छ र विभिन्न ठाउँबाट देशभित्र छिर्नुपर्छ । अब भन्नोस् तपाईंहरूले कहाँ कहाँबाट देशभित्र पस्ने र कसरी काम गर्ने विचार गर्नुभएको छ ।”

सबैले आ-आफ्नो मनको कुरा गर्नुभयो । मेरो पालो निकै पछिल्लो चरणमा आयो । शायद मभन्दा पछाडि माधव र वीरबहादुर मात्र हुनुहुन्थ्यो । मैले जबाफ दिनु अघि एकछिन मनमा कुरा खेलाएँ । मैले कस्तो जबाफ दिने ? कहाँ र कसरी काम गर्ने भनेर टिप्पणी गर्ने ? मैले राजनीतिलाई खास गरेर त्रिचन्द्र कलेजको आँगनमा सिकेँ । राजनीतिमा केही नबुझ्दै पाएको पुलिस चुटाई र यातनाले मलाई कम्युनिस्ट बनाएका थिए । बाध्य भएर कम्युनिस्ट बनेपछि पनि मैले मूल रूपमा काठमाडौँलाई नै आफ्नो कार्यथलो बनाएको थिएँ । म पहिले त्यही विद्यार्थी क्षेत्रमा सक्रिय रहेँ । पछिल्लो कालमा मैले त्यही मजदुरहरूको बिचमा काम थालेँ र वीरबहादुर जस्तो साथी बनाएँ । ‘जनसङ्गठन बनाउनु संशोधनवाद हो’ भन्ने सन्देश बोकेर एक वर्ष अगाडि आएको झापाली हुण्डरीले हामीलाई जनकार्य छोड्न मात्रै होइन करिब २ सय ५० मजदुर बिचको हाम्रो सङ्गठन र कामलाई पनि बिथोल्न लगाएको थियो । हामी त्यो ठुलो सङ्ख्याबाट साँगुरिएर १२-१५ जनामा आएका थियौँ । यस्तो स्थितिमा मैले कहाँ गएर कसरी काम गर्ने भन्ने ? मैले मनमा एक दर्जन का खेलाइसकेपछि भनेँ, “काम त मलाई आफ्नो जन्म थलोमा गर्न मन लागेको छ, तर यो झापाली बाटोलाई मैले ग्रामीण व्यवहारमा आत्मसात गर्न सकेको छैन । त्यसैले तीन-चार महिनाको लागि म पनि अरू साथीहरूले भने जस्तै झापा जान चाहन्छु । नरेश, शेखर, धर्म र जीवनसँगै मलाई पनि झापा पठाइयोस् । त्यहाँ व्यवाहारिक शिक्षा लिएर म भोजपुरतिरै गएर आफ्नो आधार बनाउँछु ।”

(क्रमशअर्को भाग २०८३ जेठ ३० गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-२

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post शत्रुसँगको लुकामारी-३ appeared first on मानव आवाज.

]]>
अन्तरलिङ्गी व्यक्तिको पहिचान र अधिकारबारे सरोकारवालाको जोड https://www.manavaawaj.com/stakeholders-emphasis-on-the-identity-and-rights-of-intersex-people/ Fri, 05 Jun 2026 10:20:38 +0000 https://www.manavaawaj.com/?p=12468 पोखरा । अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान, अधिकार र उनीहरूले भोगिरहेका सामाजिक चुनौतीबारे सचेतना अभिवृद्धि गर्दै समाजमा विद्यमान विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ । क्याम्पेन फर चेन्जको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) कास्की शाखाको समन्वयमा पोखरा महानगरपालिका अन्तर्गतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र वडा नं. १७ का जनप्रतिनिधिहरूबिच अन्तरलिङ्गी ... Read more

The post अन्तरलिङ्गी व्यक्तिको पहिचान र अधिकारबारे सरोकारवालाको जोड appeared first on मानव आवाज.

]]>
पोखरा । अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान, अधिकार र उनीहरूले भोगिरहेका सामाजिक चुनौतीबारे सचेतना अभिवृद्धि गर्दै समाजमा विद्यमान विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

क्याम्पेन फर चेन्जको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) कास्की शाखाको समन्वयमा पोखरा महानगरपालिका अन्तर्गतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र वडा नं. १७ का जनप्रतिनिधिहरूबिच अन्तरलिङ्गी व्यक्तिहरूबारे जानकारीमूलक कार्यक्रम २०८३ जेठ २२ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१७ की वडा अध्यक्ष राधिकाकुमारी शाहीले समाजमा अझै पनि विद्यमान गलत बुझाइ, विभेद र बहिष्करणका कारण अन्तरलिङ्गी व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितामा समस्या भोगिरहेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि तथा सरोकारवालाहरूले अन्तरलिङ्गी समुदायप्रति सकारात्मक सोच विकास गर्दै समावेशी नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।

वडा कार्यालय नागरिकको दैलोको सरकार भएकाले लक्षित समुदायका लागि आवश्यक कार्यक्रमहरूमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

क्याम्पेन फर चेन्ज नेपाल, गण्डकी प्रदेश पोखराका फिल्ड अफिसर कमल कार्कीले अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका लागि सन् २०१७ मा स्थापना भएको संस्थाले उनीहरूको मानव अधिकार प्रवर्द्धनका लागि काम गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तरलिङ्गी व्यक्तिहरूको अवस्था, पहिचान तथा उनीहरूले भोगिरहेका सामाजिक चुनौतीबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म उनीहरूको अधिकारका लागि पैरवी गर्दै आएको उल्लेख गर्नुभयो ।

अन्तरलिङ्गी व्यक्तिहरूलाई जन्मजात यौन विशेषतामा देखिने विविधता (जस्तै यौनाङ्ग, प्रजनन अङ्ग, क्रोमोजोम तथा हर्मोन) का आधारमा परिभाषित गरिन्छ, जुन परम्परागत पुरुष वा महिला वर्गीकरणमा पूर्ण रूपमा मेल नखाने अवस्था हो ।

उहाँका अनुसार अन्तरलिङ्गी व्यक्तिहरूको सङ्ख्या करिब २ प्रतिशत रहेको अनुमान छ । यी विविधता जन्मँदै, बाल्यकाल, किशोरावस्था वा कहिलेकाहीँ वयस्क अवस्थामा पनि पत्ता लाग्न सक्छन् भने केही अवस्थामा जीवनभर पनि थाहा नहुन सक्छ ।

अन्तरलिङ्गी, पारलिङ्गी र तेस्रो लिङ्गी फरक अवधारणा भएकाले यसबारे स्पष्ट बुझाइ आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गैससका निवर्तमान केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले मानव अधिकार, सम्मानजनक जीवनयापन र समान अवसर सुनिश्चित गर्न स्थानीय सरकार, सरकारी निकाय तथा नागरिक समाजबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले अन्तरलिङ्गी व्यक्तिहरूको मुद्दा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार र अपाङ्गता अधिकारसँग पनि सम्बन्धित भएकाले राज्यका तीनै तहबाट सकारात्मक पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्यद्वय विक्रम गुरुङ र विष्णुकुमारी थापा, गैसस कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, चिल्ड्रेन नेपालका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईं, गैसस कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, मर्दीखोला शैक्षिक विकास प्रतिष्ठानका प्रमुख डिल्लीराम गिरी, तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेल लगायतले अन्तरलिङ्गी व्यक्तिहरूबारे सकारात्मक जानकारी फैलाउन र उनीहरूको दृश्यता बढाउनुपर्नेमा जोड दिनुभयो ।

उनीहरूले सामाजिक विभेद, अन्धविश्वास, लाञ्छना र पूर्वाग्रह हटाउन सचेतना कार्यक्रम समुदाय स्तरसम्म लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

The post अन्तरलिङ्गी व्यक्तिको पहिचान र अधिकारबारे सरोकारवालाको जोड appeared first on मानव आवाज.

]]>
कमलामाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा https://www.manavaawaj.com/kamalamai-municipality-declares-full-vaccination-coverage-and-sustainability/ Fri, 05 Jun 2026 04:42:22 +0000 https://www.manavaawaj.com/?p=12465 सिन्धुली । कमलामाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तह घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि एक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो । बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै गरिएको घोषणासँगै आगामी दिनमा पनि कुनै बालबालिका ... Read more

The post कमलामाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा appeared first on मानव आवाज.

]]>
सिन्धुली । कमलामाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तह घोषणा गरिएको छ ।

नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि एक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो ।

बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै गरिएको घोषणासँगै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ खोप कार्यक्रमको दिगोपनामा विशेष जोड दिइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरवासीका लागि गौरवको विषय भएको बताउनुभयो ।

उहाँले बालबालिकाको स्वास्थ्य नै नगरको सुरक्षित भविष्य भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले घोषणा गर्नु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै यसको निरन्तरता र दिगोपनाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा प्रस्तुत प्रतिबद्धतापत्रमा नगरभित्रका कुनै पनि बालबालिका जुनसुकै अवस्था वा परिस्थितिमा पनि खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउँदै उपस्थित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सामूहिक हस्ताक्षर गरेका थिए ।

यस अवसरमा नगरपालिकाभित्र खोपको पहुँच विस्तार, छुटेका बालबालिकाको पहिचान तथा नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

कमलामाई नगरपालिकाले आगामी दिनमा पनि खोप सेवाको गुणस्तर सुधार गर्दै सबै बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

The post कमलामाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा appeared first on मानव आवाज.

]]>
‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान सुरु https://www.manavaawaj.com/one-child-one-plant-national-campaign-launched/ Fri, 05 Jun 2026 04:30:57 +0000 https://www.manavaawaj.com/?p=12461 काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान २०८३ जेठ २२ गतेबाट सुरु गरेको छ । अभियानमार्फत देशका विभिन्न क्षेत्रका १७ जिल्लामा करिब ८० हजार बालबालिकालाई वृक्षरोपणमा सहभागी गराइने वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी सञ्चार प्रवन्धक उमा थापाले जानकारी दिनुभयो । अभियानअन्तर्गत बालबालिकाले परिवार, विद्यालय, स्थानीय सरकार र ... Read more

The post ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान सुरु appeared first on मानव आवाज.

]]>
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान २०८३ जेठ २२ गतेबाट सुरु गरेको छ ।

अभियानमार्फत देशका विभिन्न क्षेत्रका १७ जिल्लामा करिब ८० हजार बालबालिकालाई वृक्षरोपणमा सहभागी गराइने वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी सञ्चार प्रवन्धक उमा थापाले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत बालबालिकाले परिवार, विद्यालय, स्थानीय सरकार र सामुदायिक वन समूहसँग समन्वय गरेर हिमाल, पहाड र तराई क्षेत्रमा बिरुवा रोप्नेछन् ।

स्थानीय वातावरणअनुकूल तथा पोषणमा समेत सहयोग पुग्ने फलफूलका बिरुवालाई प्राथमिकता दिइने बताइएको छ ।

वर्ल्ड भिजनका अनुसार अभियानले बालबालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी भावना विकास गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

अभियानअन्तर्गत रोपिएका बिरुवाको निगरानीका लागि ‘माइ ट्री कार्ड’ प्रयोग गरिने र नियमित अनुगमनसमेत गरिने व्यवस्था गरिएको छ ।

The post ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान सुरु appeared first on मानव आवाज.

]]>