आर्थिक Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/financial/ तथ्य, तर्क र परिवर्तनको आवाज Tue, 21 Jul 2026 15:05:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png आर्थिक Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/financial/ 32 32 म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म https://www.manavaawaj.com/majestic-lake-front-hotel-enters-its-fourth-year/ Tue, 21 Jul 2026 14:29:19 +0000 https://www.manavaawaj.com/?p=13508 पोखरा । पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव मनाउँदै चौथो वर्षमा प्रवेश गरेको छ । २०८३ साउन ५ गते आयोजित विशेष समारोहमा सामाजिक उत्तरदायित्व तथा विविध कार्यक्रमसहित होटलले आफ्नो वार्षिकोत्सव मनाएको हो । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य ... Read more

The post म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव मनाउँदै चौथो वर्षमा प्रवेश गरेको छ ।

२०८३ साउन ५ गते आयोजित विशेष समारोहमा सामाजिक उत्तरदायित्व तथा विविध कार्यक्रमसहित होटलले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्दै आन्तरिक तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको जनाएको छ ।

कार्यक्रमको उद्घाटन होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष भट्टराईले पोखरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न शहर भएकाले होटल व्यवसायले नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले होटलले स्थानीय उत्पादन, संस्कृति र समुदायसँग जोडिएका सेवा तथा सामग्रीलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

होटलका प्रबन्ध निर्देशक कृष्ण पौडेलले होटलको तीन वर्षे यात्रामा निरन्तर साथ, सहयोग र विश्वास गर्ने ग्राहक, शुभेच्छुक, नियमनकारी निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो ।

“यहाँहरूको साथ, सहयोग र विश्वासबिनाको हाम्रो यात्रा सम्भव थिएन । यस सफलताको सम्पूर्ण श्रेय हामी सबै शुभेच्छुक र ग्राहक महानुभावलाई समर्पित गर्दछौं ।”-उहाँले भन्नुभयो ।

उहाँका अनुसार करिब साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ६२ ओटा सुसज्जित कोठा, ३ सय र १ सय ५० जना क्षमताका दुई ओटा सेमिनार हल रहेका छन् ।

होटलमा डिलक्स बुटिक, सुपर डिलक्स, जुनियर सुइट तथा प्रेसिडेन्सियल सुइट उपलब्ध छन् । आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना पनि होटलले अघि सारेको छ ।

वार्षिकोत्सवको अवसरमा होटलले रक्तदान, फुटसल प्रतियोगिता तथा मानवसेवा आश्रम, छोरेपाटन केन्द्रका ९१ जना आश्रितलाई भोजन गराउने सामाजिक कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट रगत सङ्कलन भएको होटलका लेखापाल दीपक पौडेलले जानकारी दिनुभयो ।

समाजसेवी तथा होटलका शुभेच्छुक सजेन्द्र हमालले होटलले गुणस्तरीय सेवा र आतिथ्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि व्यवसायिक जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सबैको सुझाव, सल्लाह र सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

स्थानीय ढुङ्गा र काठकलाको प्रयोग गरी वातावरणमैत्री ढङ्गले निर्माण गरिएको होटलमा स्विमिङ पुल, आधुनिक स्पा, रेष्टुरेन्ट, बार तथा पर्याप्त पार्किङसहितका आधुनिक सुविधा उपलब्ध छन् ।

सांस्कृतिक कार्यक्रमसहित होटलमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको होटलले जनाएको छ ।

The post म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म appeared first on मानव आवाज.

]]>
सीप सिक्दै आत्मनिर्भर बन्दै सिन्धुलीका युवा https://www.manavaawaj.com/youth-of-sindhuli-are-becoming-self-reliant-by-learning-skills/ Sat, 18 Jul 2026 14:55:19 +0000 https://www.manavaawaj.com/?p=13473 सिन्धुली । सिन्धुलीका युवायुवतीहरू रोजगारीका लागि विदेश वा सहर धाउने परम्परागत सोचबाट बाहिर निस्कँदै व्यावसायिक सीप सिकेर आफ्नै गाउँमै स्वरोजगार बन्न अग्रसर हुन थालेका छन् । गोलञ्जोर गाउँपालिकाका युवायुवतीहरू कपाल काट्ने तथा ब्युटीपार्लरसम्बन्धी तालिममा सहभागी हुँदै आत्मनिर्भर बन्ने तयारीमा जुटेका छन् । वर्ल्ड भिजनको आर्थिक सहयोग तथा सिड्स नेपालको आयोजनामा सञ्चालित तीन महिने व्यावसायिक सीप ... Read more

The post सीप सिक्दै आत्मनिर्भर बन्दै सिन्धुलीका युवा appeared first on मानव आवाज.

]]>
सिन्धुली सिन्धुलीका युवायुवतीहरू रोजगारीका लागि विदेश वा सहर धाउने परम्परागत सोचबाट बाहिर निस्कँदै व्यावसायिक सीप सिकेर आफ्नै गाउँमै स्वरोजगार बन्न अग्रसर हुन थालेका छन् ।

गोलञ्जोर गाउँपालिकाका युवायुवतीहरू कपाल काट्ने तथा ब्युटीपार्लरसम्बन्धी तालिममा सहभागी हुँदै आत्मनिर्भर बन्ने तयारीमा जुटेका छन् ।

वर्ल्ड भिजनको आर्थिक सहयोग तथा सिड्स नेपालको आयोजनामा सञ्चालित तीन महिने व्यावसायिक सीप विकास तालिममार्फत उनीहरूले हेयर कटिङ, हेयर स्टाइलिङ तथा ब्युटीपार्लरसम्बन्धी व्यावसायिक सीप हासिल गरिरहेका छन् ।

तालिम पूरा गरेपछि आफ्नै गाउँमै व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने उनीहरूको लक्ष्य रहेको छ । गोलञ्जोर गाउँपालिका निवासी सुजन लामिछाने हाल कपाल काट्ने तालिममा व्यस्त हुनुहुन्छ ।

परम्परागत रूपमा निश्चित समुदायसँग मात्र जोडिएर हेरिने यो पेशालाई अहिले सबैले सम्मानपूर्वक अपनाउन सक्ने वातावरण बनेकाले आफूले यो तालिम रोजेको उहाँले बताउनुभयो ।

‘पहिले कपाल काट्ने काम खासगरी मधेसी समुदायसँग मात्र जोडेर हेरिन्थ्यो । अहिले समय बदलिएको छ । काम सानो वा ठूलो हुँदैन, सीप भए जहाँ पनि रोजगारी सिर्जना गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो । तालिम पूरा भएपछि स्थानीय स्तरमै आफ्नै व्यवसाय सञ्चालन गर्ने उहाँको योजना छ ।

गोलञ्जोरकै सुनिल थापा पनि कपाल काट्ने सीप सिकिरहनुभएको छ । ‘हातमा सीप भए भोकै बस्नु पर्दैन भन्ने कुरा बुढापाकाबाट सुन्दै आएको हुँ । अहिले त्यो भनाइ व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु ।’-उहाँले भन्नुभयो ।

विदेश जाने सोच त्यागेर गाउँमै स्वरोजगार बन्न सकिने विश्वासले आफूलाई यो तालिमतर्फ आकर्षित गरेको उहाँले बताउनुभयो ।

सीपमूलक तालिमप्रति महिलाको आकर्षण पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । गोलञ्जोर गाउँपालिकाकी मुना बयलकोटीले आधारभूत ब्युटीपार्लर तालिम पूरा गरी आफ्नै व्यवसाय सञ्चालन गरिरहनुभएको छ । अहिले उहाँ आफ्नो दक्षता थप अभिवृद्धि गर्न उन्नत (एड्भान्स) तहको तालिम लिइरहनुभएको छ ।

बयलकोटीका अनुसार तालिमले आर्थिक रूपमा आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ । ‘आधारभूत तालिम पूरा गरेपछि व्यवसाय सुरु गरेँ । अहिले थप सीप सिकेर सेवा विस्तार गर्ने योजना बनाएकी छु । सीप भएपछि सहज रूपमा जीवनयापन गर्न सकिन्छ ।’-उहाँले भन्नुभयो ।

स्थानीय युवालाई सीपयुक्त बनाई स्वरोजगार तथा उद्यमशीलतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको यस्ता तालिमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, वैदेशिक पलायन न्यूनीकरण तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

The post सीप सिक्दै आत्मनिर्भर बन्दै सिन्धुलीका युवा appeared first on मानव आवाज.

]]>
कृषिमा लगानी : आधुनिक प्रविधियुक्त खेतीतर्फ किसान, हरिहरपुरगढीको अभियान https://www.manavaawaj.com/investment-in-agriculture-farmers-hariharpurgadhis-campaign-towards-modern-technology-based-farming/ Wed, 15 Jul 2026 02:13:52 +0000 https://www.manavaawaj.com/?p=13412 सिन्धुली । “कृषिमा लगानी : आधुनिक प्रविधियुक्त खेती, किसान सिन्धुलीको” भन्ने नारालाई आत्मसात् गर्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निरन्तर लगानी बढाइरहेको छ । स्थानीय सरकारले सञ्चालन गरेका अनुदान तथा प्राविधिक सहयोग कार्यक्रमका कारण यहाँका किसानले प्रत्यक्ष रूपमा लाभ लिइरहेका छन् । कृषि तथा पशुपालनलाई स्थानीय आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित गाउँपालिकाले विभिन्न ... Read more

The post कृषिमा लगानी : आधुनिक प्रविधियुक्त खेतीतर्फ किसान, हरिहरपुरगढीको अभियान appeared first on मानव आवाज.

]]>
सिन्धुली । “कृषिमा लगानी : आधुनिक प्रविधियुक्त खेती, किसान सिन्धुलीको” भन्ने नारालाई आत्मसात् गर्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निरन्तर लगानी बढाइरहेको छ ।

स्थानीय सरकारले सञ्चालन गरेका अनुदान तथा प्राविधिक सहयोग कार्यक्रमका कारण यहाँका किसानले प्रत्यक्ष रूपमा लाभ लिइरहेका छन् ।

कृषि तथा पशुपालनलाई स्थानीय आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित गाउँपालिकाले विभिन्न वडामा कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अनुदान, आधुनिक प्रविधि र प्राविधिक सहयोगका कारण किसानहरू व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् भने आत्मनिर्भर बन्ने आधारसमेत बलियो हुँदै गएको छ ।

हरिहरपुरगढी गाउँपालिका–२ शिरपुरका सानुकान्छा वाइबा यसको एउटा उदाहरण हुनुहुन्छ । उहाँले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा १ सय ओटा स्थानीय जातका कुखुराका चल्ला लिएर व्यवसायिक कुखुरापालन सुरु गर्नुभएको छ ।

हाल उहाँको खोरमा करिब १ सय स्थानीय कुखुरा छन् । गाउँपालिकाले चल्लासँगै दाना पिस्ने मिलसमेत उपलब्ध गराएपछि कुखुरा पालन र व्यवस्थापन थप सहज भएको उहाँ बताउनुहुन्छ ।

यसअघि घरायसी प्रयोजनका लागि मात्र कुखुरा पाल्दै आउनुभएका वाइबा आर्थिक वर्ष २०८२/०८३ मा प्राप्त अनुदानपछि व्यवसायिक रूपमा कुखुरापालनतर्फ लाग्नुभएको हो ।

उहाँले भन्नुभयो-“व्यवसाय राम्रोसँग सञ्चालन गर्न सके वर्षमा एकदेखि डेढ लाख रुपियाँसम्म आम्दानी गर्न सकिन्छ । नियमित मेहनत गर्नुपर्छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा १ सय ओटा चल्ला र दाना पिस्ने मिल पाएपछि व्यवसाय सुरु गर्न धेरै सहज भयो ।”

वाइबाका अनुसार गाउँपालिकाको सहयोग नपाएको भए व्यवसाय सुरु गर्न सम्भव हुने थिएन । अनुदान कार्यक्रमले आर्थिक भार घटाउनुका साथै व्यवसाय सुरु गर्ने आत्मविश्वाससमेत बढाएको उहाँले बताउनुभयो ।

आगामी दिनमा गोठ सुधार कार्यक्रमका लागि पनि गाउँपालिकाले बजेट विनियोजन गरे व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्न सकिने उहाँको अपेक्षा छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले किसानको उत्पादन वृद्धि, आयआर्जन विस्तार तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि तथा पशुपालन क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार किसानलाई आवश्यक सामग्री, उन्नत बीउ, आधुनिक प्रविधि र प्राविधिक परामर्श उपलब्ध गराइँदै आएको छ ।

पशुपालनतर्फ पनि विशेष अनुदानसँगै प्राविधिक तथा परामर्श सेवा प्रदान गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाका अनुसार कृषि तथा पशुपालन क्षेत्रलाई वार्षिक नीति तथा बजेटको प्राथमिकतामा राखिएको छ ।

उत्पादन वृद्धि, आयआर्जन विस्तार र स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले किसानलाई आवश्यक सामग्री, उन्नत बीउ, आधुनिक प्रविधि तथा प्राविधिक परामर्श उपलब्ध गराउने कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उहाँले बताउनुभयो । पशुपालनतर्फ पनि विशेष अनुदान र प्राविधिक सेवा उपलब्ध गराइँदै आएको उहाँको भनाइ छ ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले व्यवसायिक कृषि तथा पशुपालनलाई आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकता दिइने बताउनुभयो ।

उहाँका अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला, दाना पिस्ने मिललगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

स्थानीय उत्पादनसँग नागरिकलाई जोड्ने, रोजगारी सिर्जना गर्ने र प्रत्येक परिवारलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको दीर्घकालीन लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमबाट धेरै किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढेसँगै ग्रामीण क्षेत्रमा उद्यमशीलताको विस्तार भइरहेको छ ।

समयानुकूल योजना, अनुदान कार्यक्रम र प्राविधिक सहयोगका कारण किसानले व्यवसाय विस्तार गर्ने वातावरण बनेको स्थानीयको अनुभव छ ।

हरिहरपुरगढी गाउँपालिकाको कृषिमैत्री नीति, अनुदान र प्राविधिक सहयोगले परम्परागत कृषिलाई व्यवसायिकतातर्फ रूपान्तरण गर्दै किसानमा नयाँ उत्साह र आत्मविश्वास थपेको देखिन्छ ।

The post कृषिमा लगानी : आधुनिक प्रविधियुक्त खेतीतर्फ किसान, हरिहरपुरगढीको अभियान appeared first on मानव आवाज.

]]>
गृहिणीबाट उद्यमीतर्फ : रातमाटाका ६ महिलाले फाइबर झोला उद्योगबाट लेखे आत्मनिर्भरताको कथा https://www.manavaawaj.com/from-housewife-to-entrepreneur/ Tue, 14 Jul 2026 00:06:33 +0000 https://www.manavaawaj.com/?p=13389 सिन्धुली । कमलामाई नगरपालिका–६, रातमाटामा अहिले लुगा सिउने मेसिनको आवाज गुञ्जिन थालेको छ । यो कुनै ठूलो औद्योगिक प्रतिष्ठानको होइन, स्थानीय ६ जना महिलाले सामूहिक रूपमा सञ्चालन गरेको फाइबर झोला उद्योगको आवाज हो । सीताकुमारी कार्की, सुमित्रा घलान, सकलीमाया पाख्रिन, अन्जु श्रेष्ठ, कविता थापा र अनिता घोलेले संयुक्त रूपमा स्थापना गरेको उक्त उद्योगले उनीहरूलाई गृहिणीबाट ... Read more

The post गृहिणीबाट उद्यमीतर्फ : रातमाटाका ६ महिलाले फाइबर झोला उद्योगबाट लेखे आत्मनिर्भरताको कथा appeared first on मानव आवाज.

]]>
सिन्धुली कमलामाई नगरपालिका–६, रातमाटामा अहिले लुगा सिउने मेसिनको आवाज गुञ्जिन थालेको छ ।

यो कुनै ठूलो औद्योगिक प्रतिष्ठानको होइन, स्थानीय ६ जना महिलाले सामूहिक रूपमा सञ्चालन गरेको फाइबर झोला उद्योगको आवाज हो ।

सीताकुमारी कार्की, सुमित्रा घलान, सकलीमाया पाख्रिन, अन्जु श्रेष्ठ, कविता थापा र अनिता घोलेले संयुक्त रूपमा स्थापना गरेको उक्त उद्योगले उनीहरूलाई गृहिणीबाट सफल उद्यमीको परिचय दिलाएको छ ।

एक समय चुलोचौको र घरायसी काममा सीमित रहेका यी महिलाहरू आज जिल्लामै प्रेरणादायी उद्यमको जग बसालिरहेका छन् ।

उद्यमीमध्येकी एक सीताकुमारी कार्की विगत सम्झँदै भन्नुहुन्छ, बिहान–बेलुकाको घरायसी काम सकेपछि हामीसँग खासै काम हुँदैनथ्यो । मोबाइलमा घण्टौँ समय बित्थ्यो । फेसबुक र टिकटक हेर्दाहेर्दै दिन बितेको पत्तै हुँदैनथ्यो, तर त्यसबाट कुनै आम्दानी हुँदैनथ्यो ।”

उनीहरूको जीवनमा परिवर्तनको मोड कमलामाई नगरपालिकाले आयोजना गरेको १० दिने फाइबर झोला निर्माण तालिमबाट आयो ।

तालिममा १४ जना महिलाले सहभागिता जनाएका थिए । तालिमपछि अधिकांश सहभागीले त्यसलाई सामान्य सीपका रूपमा लिए पनि सीतासहित ६ जनाले यसलाई व्यवसायमा रूपान्तरण गर्ने अठोट गरे ।

गत वैशाखमा तालिम सम्पन्न भएलगत्तै उनीहरूले उद्योग सञ्चालनको तयारी थाले । नयाँ मेसिन खरिद गर्ने बजेट नभएकाले पाँच ओटा सेकेन्ड ह्यान्ड मेसिन खरिद गरी आवश्यक कच्चा पदार्थ जुटाए ।

सामूहिक रूपमा सङ्कलन गरिएको १ लाख रुपियाँको लगानीमा वैशाख ३१ गतेदेखि उद्योग सञ्चालनमा आएको हो ।

उद्योग ठूलो लगानीबाट नभई सानो पुँजी र ठूलो आत्मविश्वासबाट सुरु भएको हो । घरको सम्पूर्ण जिम्मेवारी पूरा गरेपछि दिउँसोको फुर्सदिलो समय उद्योगमा खर्च गर्ने उनीहरूको अभ्यासले समयको सदुपयोग मात्र होइन, आर्थिक आत्मनिर्भरताको ढोका पनि खोलेको छ ।

उद्यमीहरू भन्छन्, उद्योग सुरु गरेपछि हामी स्वरोजगार भएका छौँ । समयको अत्यन्तै राम्रो उपयोग भएको छ । समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक बनेको छ, जसले हामीलाई अझ उत्साहका साथ काम गर्न प्रेरित गरेको छ ।”

नयाँ उद्योगका लागि बजार विस्तार चुनौतीपूर्ण हुने भए पनि उनीहरूले बिस्तारै आफ्नो उत्पादनको बजार बनाउँदै लगेका छन् ।

हालसम्म करिब ८ सय थान फाइबर झोला बिक्री गरिसकेका छन् । प्रति झोला २५ रुपियाँका दरले बिक्री हुने गरेको छ । अहिले पनि उनीहरूसँग सयभन्दा बढी झोला तयारी अवस्थामा रहेको छ ।

उत्पादित झोलाको गुणस्तर राम्रो भएकाले स्थानीय बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनीहरूको भनाइ छ ।

प्लास्टिकजन्य झोलाको वातावरणमैत्री विकल्पका रूपमा फाइबर झोलाको माग आगामी दिनमा अझ बढ्ने उनीहरूको विश्वास छ ।

यद्यपि, उद्योगलाई दीगो र व्यावसायिक रूपमा विस्तार गर्न केही चुनौती अझै बाँकी छन् । उत्पादन क्षमता वृद्धि गर्न आधुनिक मेसिन, गुणस्तरीय कैँची तथा पर्याप्त कच्चा पदार्थसहित आवश्यक उपकरणको अभाव रहेको उनीहरू बताउँछन् ।

सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त भए उद्योगलाई अझ विस्तार गर्दै स्थानीय महिलाका लागि रोजगारी सिर्जना गर्न सकिने उनीहरूको अपेक्षा छ ।

The post गृहिणीबाट उद्यमीतर्फ : रातमाटाका ६ महिलाले फाइबर झोला उद्योगबाट लेखे आत्मनिर्भरताको कथा appeared first on मानव आवाज.

]]>
डेभिजफल बचत तथा ऋण सहकारीद्वारा वार्षिकोत्सवमा रक्तदान https://www.manavaawaj.com/blood-donation-at-the-anniversary-celebration-by-davisfall-savings-and-credit-cooperative/ Mon, 13 Jul 2026 08:56:56 +0000 https://www.manavaawaj.com/?p=13382 पोखरा । पोखरा महानगरपालिका-१७, बरालफिडस्थित डेभिजफल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । २०८३ असार २९ गते सम्पन्न कार्यक्रममा ५१ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक ... Read more

The post डेभिजफल बचत तथा ऋण सहकारीद्वारा वार्षिकोत्सवमा रक्तदान appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका-१७, बरालफिडस्थित डेभिजफल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२०८३ असार २९ गते सम्पन्न कार्यक्रममा ५१ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा मन्त्री कार्कीले सहकारी संस्थाहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

केही सहकारीले आर्थिक तथा वित्तीय अनुशासन कायम नगर्दा समग्र सहकारी अभियान नै प्रभावित भइरहेको पनि उहाँले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र थापाले २०६८ सालमा स्थापना भएको सहकारीले वार्षिकोत्सवका अवसरमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमका रूपमा व्याख्या गर्दै सङ्कलित रगतले आकस्मिक तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-२२ की वडा सदस्य कृष्णकुमारी पौडेल, वरिष्ठ समाजसेवी चन्द्रकान्त बराल, संस्थाका सल्लाहकार देवीबहादुर थापा र युवक लामिछाने, लेखनाथ बराल ‘गोपी’ गुरुकुलका प्राचार्य विजयराज आचार्य, गुप्तेश्वर क्याम्पसका अध्यक्ष ग्याज शर्मा, लोक कल्याणकारी सहकारीका अध्यक्ष पूर्णदीप सिक्देल तथा संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गर्नुभएको थियो ।

The post डेभिजफल बचत तथा ऋण सहकारीद्वारा वार्षिकोत्सवमा रक्तदान appeared first on मानव आवाज.

]]>
बगरमा फस्टायो तरबुजा खेती : पहिलो वर्ष ९ लाखको कारोबार, दोस्रो वर्ष मौसमले पुर्‍यायो ठूलो क्षति https://www.manavaawaj.com/watermelon-cultivation-flourishes-in-bagram/ Thu, 09 Jul 2026 01:02:16 +0000 https://www.manavaawaj.com/?p=13287 सिन्धुली । केही वर्षअघिसम्म वर्षायाममा खोला बग्ने र हिउँदमा उजाड रहने बगर अहिले हरियालीले ढाकिएको छ । कुनै समय घाँससमेत उम्रन कठिन हुने त्यही बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरूले उत्पादनको स्रोत बनाउँदै कृषिमा नयाँ सम्भावनाको ढोका खोलेका छन् । हरिहरपुरगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरूले व्यावसायिक तरबुजा खेती सुरु ... Read more

The post बगरमा फस्टायो तरबुजा खेती : पहिलो वर्ष ९ लाखको कारोबार, दोस्रो वर्ष मौसमले पुर्‍यायो ठूलो क्षति appeared first on मानव आवाज.

]]>
सिन्धुली । केही वर्षअघिसम्म वर्षायाममा खोला बग्ने र हिउँदमा उजाड रहने बगर अहिले हरियालीले ढाकिएको छ ।

कुनै समय घाँससमेत उम्रन कठिन हुने त्यही बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरूले उत्पादनको स्रोत बनाउँदै कृषिमा नयाँ सम्भावनाको ढोका खोलेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरूले व्यावसायिक तरबुजा खेती सुरु गरेपछि उजाड बगर उत्पादनशील भूमिमा परिणत भएको हो ।

कार्यक्रममा गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदा बाँकी लगानी किसानहरूले आफैँ गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिका–२ जखौलीका आठ जना किसानले गठन गरेको जागरण कृषक समूहले आर्थिक वर्ष २०८२ मा चार बिघा क्षेत्रफलमा तरबुजा खेती गरेको थियो ।

गाउँपालिकाले समूहलाई पाइप, स्प्रे ट्याङ्की, बीउ, विषादीलगायत सामग्रीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने आवश्यक प्राविधिक सहयोगसमेत प्रदान गरेको किसान धिरेन्द्र राईले जानकारी दिनुभयो ।

अनुकूल मौसमका कारण पहिलो वर्ष नै चार बिघा क्षेत्रबाट करिब ३६ हजार किलो तरबुजा उत्पादन भएको थियो ।

प्रतिकिलो २५ देखि ३० रुपियाँका दरले बिक्री हुँदा करिब ९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको किसानहरूको भनाइ छ ।

“पहिलो प्रयासमै राम्रो उत्पादन र आम्दानी भएपछि बगरमा पनि व्यावसायिक तरबुजा खेती गर्न सकिने विश्वास बढ्यो । त्यसैले यस वर्ष गाउँपालिकाको अनुदानबिना नै आफ्नै लगानीमा खेतीलाई निरन्तरता दिएका हौँ ।”- किसान धिरेन्द्र राईले भन्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाका अनुसार खोला तथा नदी किनारको बलौटे माटो, पर्याप्त घाम र सहज सिँचाइको सम्भावनाका कारण बगरको जमिन तरबुजा खेतीका लागि निकै उपयुक्त मानिन्छ ।

यस वर्ष किसानहरूले गाउँपालिकाको अनुदानबिना नै करिब तीन बिघा क्षेत्रफलमा तरबुजा खेती गरेका थिए । बीउ, मल तथा अन्य कृषि सामग्रीमा करिब ७० हजार रुपियाँ लगानी गरिएको थियो । तर, असिना, वर्षा र हावाहुरीका कारण उत्पादनमा ठूलो क्षति पुगेको किसानहरू बताउँछन् ।

समूहका किसान शुकदेव राईका अनुसार प्रतिकूल मौसमका कारण उत्पादन अपत्यारिलो ढङ्गले घट्यो ।

“असिना, पानी र हावाहुरीले गर्दा उत्पादन निकै घट्यो । करिब तीन बिघाबाट जम्मा १ हजार ५ सय किलो मात्र तरबुजा उत्पादन भयो । त्यसबाट करिब १ लाख ५० हजार रुपियाँको मात्र कारोबार गर्न सक्यौँ ।”-उहाँले भन्नुभयो ।

उहाँका अनुसार पछिल्लो समय केही तरबुजा कुहिने समस्या पनि देखिन थालेकाले माटो परीक्षण गरिदिन गाउँपालिकासँग आग्रह गरिएको छ ।

यस क्षेत्रमा मेघा र सरस्वती जातका तरबुजा खेती गरिएको थियो । बीउ भने गत वर्ष र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको किसानहरूले बताएका छन् ।

उत्पादन घटे पनि बजारको अभाव भने नरहेको किसानहरूको अनुभव छ । हरिहरपुरगढीमा उत्पादन भएको तरबुजा सिन्धुलीमाढीका साथै हेटौँडा, काठमाडौंलगायत विभिन्न सहरमा बिक्री हुँदै आएको छ । किसानहरूले प्रतिकिलो २५ देखि ३० रुपियाँसम्म मूल्य पाउने गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

“गाउँपालिकाको सहयोगले तरबुजा खेतीप्रति किसानको विश्वास बढेको छ । यसले आम्दानीसँगै कृषि पेशाप्रति पनि उत्साह थपिएको छ । स्थानीय किसानलाई स्थानीय सरकार उनीहरूसँगै छ भन्ने अनुभूति गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरेका हौँ ।”-उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले बाँझो बगरलाई उत्पादनशील भूमिमा रूपान्तरण गर्नु गाउँपालिकाको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

“किसानको मेहनत, स्थानीय सरकारको ५० प्रतिशत अनुदान तथा योजनाबद्ध सहयोग र समन्वयले बगर पनि आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ । यो कार्यक्रमले किसानको विश्वास जित्नुका साथै कृषि विकासको प्रेरणादायी नमुना पनि प्रस्तुत गरेको छ ।”-अध्यक्ष वाइबाले भन्नुभयो ।

बाँझो बगरलाई हराभरा उत्पादनभूमिमा रूपान्तरण गर्दै हरिहरपुरगढी गाउँपालिकाले कृषिमा आशाको नयाँ अध्याय सुरु गरेको छ ।

प्रतिकूल मौसमका चुनौतीका बाबजुद किसान र स्थानीय सरकारको सहकार्यले बगर खेतीको सम्भावना अझै उजागर गरेको छ ।

The post बगरमा फस्टायो तरबुजा खेती : पहिलो वर्ष ९ लाखको कारोबार, दोस्रो वर्ष मौसमले पुर्‍यायो ठूलो क्षति appeared first on मानव आवाज.

]]>
गण्डकी प्रदेशका उत्कृष्ट कृषक नगदसहित सम्मानित https://www.manavaawaj.com/outstanding-farmers-of-gandaki-province-honored-with-cash/ Tue, 07 Jul 2026 05:23:14 +0000 https://www.manavaawaj.com/?p=13261 पोखरा । कृषि क्षेत्रको व्यावसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको ‘प्रदेश उत्कृष्ट कृषक सम्मान कार्यक्रम–२०८३‘ २०८३ असार २२ गते मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेशको कृषि ... Read more

The post गण्डकी प्रदेशका उत्कृष्ट कृषक नगदसहित सम्मानित appeared first on मानव आवाज.

]]>
पोखरा कृषि क्षेत्रको व्यावसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ ।

गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेश उत्कृष्ट कृषक सम्मान कार्यक्रम–२०८३ २०८३ असार २२ गते मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेशको कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एक सर्वोत्कृष्ट र पाँच उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सफल कृषकका अनुभव अन्य कृषकसम्म पुर्‍याउँदै युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँको भनाइ थियो ।

मन्त्री कार्कीले कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यवसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य भक्तबहादुर कुँबरले यस्ता सम्मान कार्यक्रमले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ स्थित सहारा कृषि फर्मका सञ्चालक गमबहादुर कुँबरलाई प्रदान गरिएको छ । उहाँले नगद रु. ५० हजार सहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

त्यसैगरी, प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ स्थित रोशन एण्ड रोहित कृषि फर्मका सञ्चालक रमेश खनाल, तनहुँको व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना, स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित खिलुङ कालिका अर्गानिक कृषि फर्मका सञ्चालक शालिग्राम अर्याल तथा मुस्ताङको निलगिरी पशुपन्छी तथा कृषि व्यवसायका सञ्चालक भुपेन्द्र शेरचन सम्मानित हुनुभयो ।

प्रदेश उत्कृष्ट कृषि पुरस्कारअन्तर्गत प्रत्येकलाई नगद रु. ३२ हजार र सम्मानपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी एवम् पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक तथा कृषि फर्मलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको बताउनुभयो ।

उहाँले उत्कृष्ट कृषकलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै अन्य कृषक पनि आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री खेतीतर्फ आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

The post गण्डकी प्रदेशका उत्कृष्ट कृषक नगदसहित सम्मानित appeared first on मानव आवाज.

]]>
विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कुशेश्वर माविमा लिच्ची खेती सुरु https://www.manavaawaj.com/kusheshwar-mavima-litchi-cultivation-begins/ Mon, 06 Jul 2026 15:01:37 +0000 https://www.manavaawaj.com/?p=13254 सिन्धुली । मरिण गाउँपालिका-३ स्थित कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब १२ बिघा जग्गामा लिच्चीका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गरी भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले लिच्ची खेती सुरु गरिएको बताउनुभयो । उहाँले यस अभियानले विद्यालयको शैक्षिक ... Read more

The post विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कुशेश्वर माविमा लिच्ची खेती सुरु appeared first on मानव आवाज.

]]>
सिन्धुली । मरिण गाउँपालिका-३ स्थित कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब १२ बिघा जग्गामा लिच्चीका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गरी भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले लिच्ची खेती सुरु गरिएको बताउनुभयो ।

उहाँले यस अभियानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै दीर्घकालीन आर्थिक स्रोत सिर्जना गर्ने विश्वास व्यक्त गर्दै परम्परागत शिक्षासँगै उत्पादनमुखी तथा आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्ता कार्यक्रमले विद्यालयलाई दिगो विकासतर्फ उन्मुख गराउने उल्लेख गर्दै कृषि र शिक्षालाई एकीकृत गरी विद्यालयको आफ्नै आम्दानीको स्रोत विकास गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले लिच्चीका बिरुवाको संरक्षण, स्याहारसम्भार तथा व्यवस्थापनमा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा राखेका थिए ।

बिरुवाले उत्पादन दिन थालेपछि लिच्ची बिक्रीबाट प्राप्त आम्दानी विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा उपयोग गरिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मरिण गाउँपालिका-३ का वडाध्यक्ष जितबहादुर श्रेष्ठ, शिक्षकशिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

The post विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कुशेश्वर माविमा लिच्ची खेती सुरु appeared first on मानव आवाज.

]]>
पोखरामा राष्ट्रिय कफी प्रदर्शनी सम्पन्न, २० हजारभन्दा बढीले गरे अवलोकन https://www.manavaawaj.com/national-coffee-exhibition-concludes-in-pokhara-viewed-by-over-20000-people/ Sat, 04 Jul 2026 14:25:19 +0000 https://www.manavaawaj.com/?p=13203 पोखरा । “चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्धन गरौँ” भन्ने नारासहित आयोजित नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप शनिबार पोखरा महानगरपालिका–५ मालेपाटनस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा सम्पन्न भएको छ । नेपाल सरकारअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सम्पन्न प्रदर्शनीमा पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशको कृषि, ... Read more

The post पोखरामा राष्ट्रिय कफी प्रदर्शनी सम्पन्न, २० हजारभन्दा बढीले गरे अवलोकन appeared first on मानव आवाज.

]]>
पोखरा “चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्धन गरौँ” भन्ने नारासहित आयोजित नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप शनिबार पोखरा महानगरपालिका–५ मालेपाटनस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा सम्पन्न भएको छ ।

नेपाल सरकारअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सम्पन्न प्रदर्शनीमा पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रवर्धन गरेका थिए ।

कार्यक्रममा ३० ओटा स्टल राखिएको थियो भने २० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवैका हिसाबले अग्रणी रहेको उल्लेख गर्दै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा समन्वय हुन सके नेपाली कफीलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्न सकिने बताउनुभयो ।

नेपाली कफीको विशिष्ट स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सके देशको अर्थतन्त्र सुदृढ हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले प्रदेश सरकार कृषकहरूको साथमा रहेको बताउँदै बाँझो जमिन तथा बाँदरको क्षति बढी हुने क्षेत्रमा समेत कफी खेती विस्तार गर्न आग्रह गर्नुभयो ।

नेपाली कफीको गुणस्तरका कारण स्वदेशी र विदेशी बजारमा माग बढ्दै गएको उल्लेख गर्दै उहाँले दिगो उत्पादन प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कफी खेतीको व्यावसायिक विकासका लागि कृषकलाई बीउ तथा बिरुवामा अनुदान, बजारीकरणमा सहयोग र आवश्यक समन्वय गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले व्यवसाय प्रवर्धन केन्द्रमार्फत बरिस्टालगायत सीप विकासका तालिम सञ्चालन गरी कफी उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको बताउनुभयो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कँडरियाका अनुसार पोखरामा वार्षिक करिब १५ टन कफी उत्पादन हुने गरेको छ ।

महानगरले कम्तीमा १ सय ओटा कफीका बिरुवा रोप्ने कृषकलाई प्रतिबोट ५० रुपियाँ प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमअन्तर्गत हालसम्म १० हजार बिरुवा रोपिएको र कफी प्याकेजिङमा समेत सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त प्रमुख चन्द्र पुरीले पोखरामा करिब १ हजार ५ सय कफी क्याफे तथा सप सञ्चालनमा रहेको बताउनुभयो ।

कफी खेती गर्न इच्छुक किसानका लागि प्रविधि हस्तान्तरण, अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम नियमित सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कफी कपिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कफी उद्यमी तथा कृषकलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रदर्शनीमा कफी उत्पादन क्षेत्रमा क्रियाशील उद्यमी, कृषक, कृषि सहकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । हाल पोखरा महानगरपालिकाभित्र करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको जनाइएको छ ।

The post पोखरामा राष्ट्रिय कफी प्रदर्शनी सम्पन्न, २० हजारभन्दा बढीले गरे अवलोकन appeared first on मानव आवाज.

]]>
एलजीका नयाँ तीन घरेलु उपकरण नेपाली बजारमा https://www.manavaawaj.com/lgs-three-new-home-appliances-hit-the-nepali-market/ Sat, 04 Jul 2026 04:27:33 +0000 https://www.manavaawaj.com/?p=13188 पोखरा । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत एलजी इलेक्ट्रोनिक्सले ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका तीन नयाँ घरेलु उपकरण पोखरामा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, पोखराका लागि एलजीका आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ तथा डेपुटी जनरल म्यानेजर सचिन गुप्तालगायतले संयुक्त रूपमा नयाँ उत्पादनहरूको अनावरण ... Read more

The post एलजीका नयाँ तीन घरेलु उपकरण नेपाली बजारमा appeared first on मानव आवाज.

]]>
पोखरा । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत एलजी इलेक्ट्रोनिक्सले ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका तीन नयाँ घरेलु उपकरण पोखरामा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरेको छ ।

कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, पोखराका लागि एलजीका आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ तथा डेपुटी जनरल म्यानेजर सचिन गुप्तालगायतले संयुक्त रूपमा नयाँ उत्पादनहरूको अनावरण गर्नुभएको थियो ।

जनरल म्यानेजर सन्देश भुर्तेलले ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका उत्पादनहरू सन् २०२६ जुनदेखि नेपालभर बिक्री–वितरण सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली बजारलाई लक्षित गर्दै डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर सार्वजनिक गरिएको हो ।

नयाँ डबल–डोर रेफ्रिजरेटरमा फ्रस्ट–फ्री प्रविधि समावेश गरिएको छ, जसले म्यानुअल डिफ्रोस्टको आवश्यकता हटाउने कम्पनीको दाबी छ ।

भुर्तेलले आधुनिक प्रविधि र गुणस्तरीय सुविधाका कारण उपभोक्ताले उत्कृष्ट अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर, आईपीएक्स–४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल तथा लो–प्रेसर फिल प्रविधि जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुन सकिने दाबी गरिएको छ ।

डेपुटी जनरल म्यानेजर सचिन गुप्ताले नेपाली परिवारको दैनिक आवश्यकता र स्थानीय वातावरणलाई ध्यानमा राखेर उत्पादनहरू डिजाइन गरिएको बताउनुभयो ।

उहाँका अनुसार वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट तथा न्यून ध्वनि सञ्चालन प्रणालीका कारण प्रयोगकर्ताले थप सहज अनुभव प्राप्त गर्नेछन् ।

नयाँ रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्नुका साथै परम्परागत नन–इनभर्टर एसीको तुलनामा कम विद्युत् खपत गर्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६ सय ९० रुपियाँबाट सुरु हुन्छ । उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन् ।

एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँग चार दशकभन्दा लामो सहकार्य गर्दै आएको कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिँदै नेपाली उपभोक्तामाझ गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ ।

The post एलजीका नयाँ तीन घरेलु उपकरण नेपाली बजारमा appeared first on मानव आवाज.

]]>