कला/संस्कृति Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/entertainment/ तथ्य, तर्क र परिवर्तनको आवाज Sat, 06 Jun 2026 13:25:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png कला/संस्कृति Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/entertainment/ 32 32 मेरी आमा https://www.manavaawaj.com/my-mother/ Sat, 06 Jun 2026 06:08:00 +0000 https://www.manavaawaj.com/?p=12514 विना न्यासुर तामाङ आमा, तिमी शब्द होइनौ, मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ तिमी माया होइनौ मात्र, मायाको सिङ्गो परिभाषा हौ आमा, म रोएको बेला आँसु पुछ्ने हात तिमी, म लडेको बेला उठाउने साहस तिमी आफू भोकै बसेर पनि मेरो पेट भरिएको हेर्न चाहने मन तिमी आमा, मलाई हाँस्न सिकाउँदा आफ्ना पीडाहरू लुकायौ, मेरो भविष्य ... Read more

The post मेरी आमा appeared first on मानव आवाज.

]]>
विना न्यासुर तामाङ

आमा,

तिमी शब्द होइनौ,

मेरो जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ

तिमी माया होइनौ मात्र,

मायाको सिङ्गो परिभाषा हौ

आमा,

म रोएको बेला आँसु पुछ्ने हात तिमी,

म लडेको बेला उठाउने साहस तिमी

आफू भोकै बसेर पनि

मेरो पेट भरिएको हेर्न चाहने मन तिमी

आमा,

मलाई हाँस्न सिकाउँदा

आफ्ना पीडाहरू लुकायौ,

मेरो भविष्य उज्यालो बनाउन

आफ्ना सपना त्याग्यौ

आमा,

तिम्रा हातका डामहरूमा

सङ्घर्षको कथा लेखिएको छ,

तिम्रा आँखाका रेखाहरूमा

मप्रतिको चिन्ताको इतिहास बसेको छ

आमा,

म सफल हुँदा सबैले ताली बजाउँछन्,

तर मेरो सफलताको जग बसाल्ने

त्यो मौन त्याग तिम्रो हो

म अगाडि बढ्दा सबैले देख्छन्,

तर मलाई अघि बढाउन

कति रात तिमी निदाउन सकिनौ,

त्यो कसैले देख्दैन

आमा,

संसारका सबै धनसम्पत्ति जुटे पनि,

तिम्रो माया किन्ने मूल्य हुँदैन

स्वर्ग कस्तो हुन्छ मलाई थाहा छैन,

तर तिम्रो काखभन्दा सुन्दर ठाउँ

यो संसारमा अरू कतै छैन

आमा,

यदि अर्को जन्म भन्ने केही छ भने,

म फेरि तिम्रै सन्तान बन्न पाऊँ,

फेरि तिम्रै काखमा हुर्किन पाऊँ,

फेरि तिम्रै ममताको छहारीमा

जीवन बिताउन पाऊँ

आमा,

मेरो पहिलो गुरु तिमी,

मेरो पहिलो साथी तिमी,

मेरो पहिलो संसार तिमी

देवी जस्ती आमा बन्न

आयौ मेरो सौभाग्य बनी

(२०८३/२/६)

The post मेरी आमा appeared first on मानव आवाज.

]]>
जुन ६ मा ‘स्वर र शृङ्खला’ कार्यक्रमको आयोजना https://www.manavaawaj.com/organizing-the-voice-and-series-program-on-june-6/ Thu, 04 Jun 2026 06:08:35 +0000 https://www.manavaawaj.com/?p=12442 काठमाडौँ । रोट्रयाक्ट क्लब अफ काठमाडौँ नर्थ इस्टले सामाजिक अभियानअन्तर्गत ‘स्वर र शृङ्खला’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम आगामी जुन ६, २०२६ मा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ । क्लबका अनुसार कार्यक्रमबाट सङ्कलित रकम प्रोजेक्ट नो स्टेन अभियानमार्फत नेपालका विभिन्न जिल्लामा महिला तथा किशोरीहरूका लागि महिनावारी स्वच्छतासम्बन्धी ... Read more

The post जुन ६ मा ‘स्वर र शृङ्खला’ कार्यक्रमको आयोजना appeared first on मानव आवाज.

]]>
काठमाडौँ । रोट्रयाक्ट क्लब अफ काठमाडौँ नर्थ इस्टले सामाजिक अभियानअन्तर्गत ‘स्वर र शृङ्खला’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम आगामी जुन ६, २०२६ मा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

क्लबका अनुसार कार्यक्रमबाट सङ्कलित रकम प्रोजेक्ट नो स्टेन अभियानमार्फत नेपालका विभिन्न जिल्लामा महिला तथा किशोरीहरूका लागि महिनावारी स्वच्छतासम्बन्धी सचेतना अभिवृद्धि, पुनः प्रयोग गर्न मिल्ने प्याड निर्माणसम्बन्धी तालिम तथा आवश्यक सामग्री वितरणमा खर्च गरिनेछ ।

साङ्गीतिक, साहित्यिक तथा मनोरञ्जनात्मक प्रस्तुतिमा केन्द्रित रहने कार्यक्रममा स्थानीय तथा चर्चित कलाकारहरूको सहभागिता रहनेछ ।

कविता, सङ्गीत तथा स्ट्यान्डअप कमेडीमार्फत दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने आयोजकको तयारी छ ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा मुक्ता गौतम भट्टराई, सुनिल खड्का तथा सन्देश देवकोटाको विशेष प्रस्तुति रहने बताइएको छ ।

आयोजकका अनुसार गत वर्षको संस्करणमा ३ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । यस वर्ष भने ३ सय जनादेखि ४ सय जनासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ ।

The post जुन ६ मा ‘स्वर र शृङ्खला’ कार्यक्रमको आयोजना appeared first on मानव आवाज.

]]>
तामाङ भाषा, लिपि र संस्कृति https://www.manavaawaj.com/poem/ Wed, 03 Jun 2026 23:38:00 +0000 https://www.manavaawaj.com/?p=12445 विना न्यासुर २०८३/२/२१

The post तामाङ भाषा, लिपि र संस्कृति appeared first on मानव आवाज.

]]>
विना न्यासुर

२०८३/२/२१

The post तामाङ भाषा, लिपि र संस्कृति appeared first on मानव आवाज.

]]>
शत्रुसँगको लुकामारी-२ ! https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy-2/ Fri, 29 May 2026 23:35:00 +0000 https://www.manavaawaj.com/?p=12327 “सबै फर्केछन् ?” “थाहा छैन रे । १२ जना पुलिस र दुईटा कुकुर भने पक्कै फर्के रे । अरू कता गए थाहा छैन रे ।” “कुकुरले पनि पत्ता लाउन सक्दो रहेनछ हगि” उहाँको कुराप्रति मैले कुनै टिप्पणी नगरेको देखेपछि वीरबहादुरले नै मसँग सोध्नुभयो । “होला नत्र त त्यो बाटैबाट गाउँतिर नलागेर हामी पसेको जङगलतिर लाग्नुपर्ने, ... Read more

The post शत्रुसँगको लुकामारी-२ ! appeared first on मानव आवाज.

]]>
“सबै फर्केछन् ?”

“थाहा छैन रे । १२ जना पुलिस र दुईटा कुकुर भने पक्कै फर्के रे । अरू कता गए थाहा छैन रे ।”

“कुकुरले पनि पत्ता लाउन सक्दो रहेनछ हगि” उहाँको कुराप्रति मैले कुनै टिप्पणी नगरेको देखेपछि वीरबहादुरले नै मसँग सोध्नुभयो ।

“होला नत्र त त्यो बाटैबाट गाउँतिर नलागेर हामी पसेको जङगलतिर लाग्नुपर्ने, “मैले अलमलिएको मनले भनेँ ।” पुलिसहरू पूर्ण सङ्ख्यामा काठमाडौँ नफर्केको समाचारले मेरो मन एक तमासको भएको थियो । त्यो गाउँमै लुकेर बसेको छ कि ! अथवा त्यो हामीले डाँडा काटिसक्यौँ भन्ने सोचेर हामीलाई “खेद्दै” अगाडि गइसकेको छ । गएको भए त केही थिएन । त्यो आज दिनभरिको यात्रा, रातको आरामदायी सुताइ र भोलि दिनभरिको हिँडाइले हामीभन्दा धेरै टाढा पुगिसक्ने थियो । तर, त्यो कुनै कारणले गाउँमै लुकेर बसेको भए ।

“हामी अब चाँडै जाउँ” मनमा धेरै कुरा खेलेपछि मैले अलिअलि अमिलिएको मनले भनेँ, “साथीहरू आत्तिन थाल्नुभयो होला । गाउँको बारेमा थोरथार जानकारी भए पनि मेरो मन रोकिन मानेन । पुलिसहरू यतै रगरग घुमिरहेको भए ! पुलिस टोली केही गरी त्यो गोठसम्म पुगिहाल्यो भने ! साथीहरू भाग्न पनि भ्याउनु हुन्न ।”

अरू दुई घान मकै सकिएपछि एउटा कपडाको थैलोमा मकै पोको पारेर हामी, बसेको ठाउँबाट जुरुक्क उठ्यौँ ।

“हामी आज रात बस्यौँ भने भोलि पनि मकै लिन आउँछौँ” वीरबहादुरले पाइला घुमाउने बित्तिकै हामी गोठतिर लाग्यौँ ।

रात बाक्लिइसकेको थियो र पूर्णिमातिर उकालो लाग्दै गरेको जुन मधुरो उज्यालो फ्याँकेर पृथ्वीलाई नियालिरहेको थियो । मलाई लाग्यो–त्यो आकाशको जून चैतको रातमा हामीलाई ढाडस दिनकै लागि आकाशतिर उकालो लागिरहेको छ ।

हामी जूनको उज्यालो छिचोल्दै खोल्सीमा झर्‍यौँ । खोल्सीको पारिपट्टि जङ्गलको ओझेलमा उभिएको गोठ कालो गोरूको आकृति जस्तो लाग्थ्यो । खोल्सीको पातलो पानीमा जुत्ताहरू जोगाउँदै हामी पारी तर्‍यौँ र एउटा सानो ढिस्को चढेर गोठको आँगनमा पुग्यौँ ।

गोठ निस्तब्धतामा डुबेको थियो। कपडाको थैलोबाट मकैको मिठो बासना उडिरहेको थियो । “साथीहरू चुपचाप बसेर खाजाको आश गरिरहनु भएको होला” मैले मनमनै भनेँ । वीरबहादुर मेरो अघिलतिर हुनुहुन्थ्यो । उहाँले गोठको साङ्ली खोल्नुभयो । हामी ढोका खोलेर भित्र पस्यौँ । गोठभित्र अझै कुनै चालचुल सुनिएन ।

“कमरेड, हामी आइपुग्यौँ”, गोठभित्र मात्र सुनिने मधुरो आवाजमा वीरबहादुर बोल्नुभयो तर उताबाट कुनै प्रत्युत्तर आएन । म छक्क परेँ ।

“कमरेडहरू” वीरबहादुरले फेरि बोलाउनु भयो । उताबाट कनै जबाफ आएन ।

मेरो शरीरका सबै रौँहरू ठाडाठाडा भए र आङ् जिरिङ्ग भयो । हामी काठे खुट्किलोबाट आँटिमा चढ्यौँ । तर, त्यहाँ पनि कोही थिएन ।

पुलिस गाउँमै थियो र त्यो हाम्रै खोजीमा थियो । हामी उज्यालो नमर्दै जङ्गलबाट निस्किएका थियौँ । दुई जना गाउँलेले हामीलाई गोठको छेउमै देखेका थिए । यति कुरा सम्झिँदा नसम्झिँदै मेरो ज्यान सीताङ्ग भयो । हातगोडा नराम्ररी लुलिए । त्यहाँभन्दा पर मैले केही सोच्नै सकिनँ ।

ठिक त्यही बेला म उभिएको चोटाको हिस्सा करर गरेर करायो र गर्लम्म आवाज निकालेर त्यो भुइँमा पछारियो । म पनि चोटाको काठ र माटोसँगै गर्ल्यामगुर्लम तल झरेँ र उत्तानो परेर पछारिएँ । जीउ रनन्न गरेर काम्यो । तर, खास केही भएनछ । म लडेको ठाउँबाट जुरूक्क उठेँ ।

“के भो कमरेड” भनेर आत्तिँदै वीरबहादुर चोटाबाट तल झर्नुभयो र अँध्यारोलाई छिचाल्दै म लडेको ठाउँमा आउनु भयो । “चोटपटक त लागेन ?” भनेर उहाँले मेरो जीउ सुम्सुम्याउनु भयो ।

“केही भएको छैन ।” मैले सानो स्वरमा वीरबहादुरको अनुहारतिर फर्केर भनेँ, “होइन, साथीहरू कता जानुभयो ?  पुलिस आएर सबैलाई सोहोरसार पारेर त पक्कै लगेन होला ।”

“अब के गर्ने ?”  वीरबहादुर पनि अलमल्ल पर्नुभयो ।

“हामी यहाँ नबसौँ” केहीबेर सोचेर मैले भनेँ, “यहाँ पुलिस आएकै भए पनि साथीहरू पक्राउ पर्नुभएको छैन । उहाँहरू भागेर नजिकैको जङ्गलतिर पस्नु भएको होला । हामी पनि उँभै लागौँ । बाटोमा कतै भेट्न सकिन्छ कि ।”

“जाउँ त ।”

हामी गोठ थुनेर बाहिर निस्कियौँ । अन्यौलका बादलहरू मडारिन थालेपछि मेरो मन अँध्यारो भयो । अघिसम्म चहकिलो लाग्ने जून पनि मधुरो जस्तो देखिन थाल्यो । “साथीहरू फर्केर अघि आएकै बाटोतिर त पक्कै लाग्नुभएन । जसरी भए पनि अगाडि बढ्ने र जति सकिन्छ त्यति चाँडो सीमाना काट्ने सल्लाह भएकै थियो । त्यसैले हामीले अगाडि नै बढ्नुपर्छ ।”

जङ्गल जाने बाटो समातेर हामी उकालो लाग्यौँ । बाटो फराकिलो र सजिलो थियो । अनि वीरबहादुर त्यो बाटोका पात–पातसँग अभ्यस्त हुनुहुन्थ्यो । त्यसैले बाधाले हाम्रो गतिलाई छेक्न सकेन । हामी दुई–चार पाइला हिँड्थ्यौ अनि पालैपालो भ्यागुताको जस्तो स्वर निकालेर ट्यार्र, टयार्र, ट्वाक, ट्वाक गर्न थाल्थ्यौँ । कतैबाट त्यस्तै प्रत्युत्तर आउँछ कि भनी हामी एकछिन प्रतीक्षा गथ्यौँ । त्यस्तो उत्तर नपाउँदा निरासिएको मनले फेरि मसिनो स्वरमा ट्वार ट्वार गर्न थाल्थ्यौँ । फेरि एकाध मिनेट हामी आवाजको प्रतीक्षामा उभिन्थ्यौँ र दोस्रो पटक पनि कुनै जबाफ नआउँदा हामी गर्‍हौँ पाइला चाल्दै अगाडि बढ्थ्यौँ ।

जङ्गलबाट खिस्रिक्क आवाज आउँदा पनि हामी ठिङ्ग उभिन्थ्यौँ । आवाज फेरि आउँछ कि भनी हामी कान थापेर सुन्थ्यौँ । धेरै पटक त दोस्रो आवाज आउँदै आउँदैनथ्यो । घरिघरि दोहोरिने आवाज चाहिँ कुनै भाग्दै गरेको जनावरको हो भनेर हामी छर्लङ्गै थाहा पाउँथ्यौँ ।

जङ्गलभित्र कतै एउटा सुकेको पात खस्दा पनि हामी सतर्क हुन्थ्यौँ र कान थापेर उभिन्थ्यौँ । तर, पातहरू दोहोरिएर खस्दैनथे । त्यसैले एकछिन दोस्रो आवाजको प्रतीक्षा गरेपछि हामी खिन्न मनले उकालो चढ्थ्यौF ।

जूनले पृथ्वीलाई उज्यालो पारेको थियो तर हाम्रो मनभित्रको जुन भने अँध्यारिFदै गएको थियो । झण्डै एक घण्टा समय बितिसक्दा पनि कुनै आपत्तिको सङ्केत नपाएकाले साथीहरू पुलिसको हात पर्नुभयो कि भन्ने आशङ्काको बादल मेरो मनबाट निस्कँदै गएको थियो । तर, त्यसको ठाउँमा अझ डरलाग्दो सन्त्रासले मलाई छोप्दै लागेको थियो । साथीहरू त्यसै आत्तिएर त जथाभावी दौडिनु भएन ? मेरो मनले बारम्बार सोध्न थालेको थियो र साथीहरू भेटिनु हुन्न कि भन्ने डरले मलाई एक्लोपनको निराशातिर धकेल्दै थियो । साथीहरू अन्धाधुन्ध बाटो लागिसक्नु भएको भए वीरबहादुर र म कहाँ जाने होला ? कसरी आफू अगाडिको समस्यालाई चिर्ने होला ? कसरी आफूलाई जोगाउँदै यो अनकण्टार छिचोलेर सीमाना टप्ने होला ? जस्ता प्रश्नहरूले मभित्रको त्रासलाई बढाउँदै थिए ।

सवा घण्टा बितिसकेको थियो । हामीले कसैलाई भेटेका थिएनौँ । तर, हामीले आफ्नो प्रयत्नलाई भने अलिकति पनि घटाएनौँ । हामी पहिले जस्तै ठाउँ ठाउँमा रोकिन्थ्यौँ, अवाजहरू सुन्ने कोसिस गर्थ्यौँ, भ्यागुताको ट्यार–ट्यार निकाल्थ्यौँ, जबाफको प्रतीक्षा गर्थ्यौं र विस्तारै उकालो लाग्थ्यौँ ।

हामी एउटा ढिस्कोमा आइपुग्यौँ । त्यो ढिस्कोबाट फाखेलको ठुलो पाटो देखिन्थ्यो । हामीले ढिस्कोमा उभिएर गाउँतिर हेर्‍यौँ । गाउँ सन्नाटाको सिरक ओढेर सुतिरहेको थियो । बेला बेलामा भुकेका कुकुरहरूको आवाजले त्यो सन्नाटालाई जुरुक्क उचाल्थ्यो तर फेरि संसार शून्यताभित्र डुबिहाल्थ्यो ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” वीरबहादुरले अलिक जोडले आवाज निकाल्नु भयो । अहँ कुनै जबाफ आएन ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” फेरि एकपल्ट आवाज निकालेपछि दिक्दारीको मन लिएर हामीले उकालोतिर पाइला चाल्यौँ ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक।” हामीले नचिताएको बेला एउटा प्रतिक्षित आवाज आयो । हामी ठिङ्ग उभियौँ, फेरि आवाज आउला कि भनेर हामीले एकछिन प्रतीक्षा गर्‍यौँ । तर, उताबाट दोस्रो आवाज आएन । मैले सकेसम्म चर्को स्वर निकालेँ– “ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” उताबाट त्यतिकै चर्को स्वरले जबाफ फर्कायो ।

“कमरेड ।” मैले मधुरो स्वरमा भनेँ, “म दिनेश र बन्धु यहाँ छौँ ।

ढिस्कोको देब्रेपट्टिको खोल्सीमा सरर सरर आवाज आयो । हामी दुवै हतार हतार त्यता फर्कियौँ । आवाज छिटो छिटो नजिकिँदै हामी भएतिर आयो । हामी दुवैले नियालेर हेर्‍यौँ, शेखर हुनुहुँदोरहेछ ।

“के भो ? तपाईंहरू किन भाग्नुभयो ? खै अरू साथीहरू कता हुनुहुन्छ …? ”, मैले अलिक आत्तिएर एकैचोटि थुप्रै प्रश्नहरू सोधेँ ।

शेखरले एकछिन ट्वाल्ल परेर मेरो मुखमा हेरेपछि भन्नुभयो, “हामीले त तपाईँहरू शत्रुको फन्दामा पर्नुभो भन्ने सोचिराख्या ।” उहाँको स्वरबाट उत्तेजनाको लहर ओइरिरहेको थियो । एकपल्ट फेरि हामी दुवैलाई नियालेर हेरेपछि उहाँले विस्तारै भन्नुभयो, “तपाईंहरू हिँडेपछि हामी गोठको एउटा कुनामा गुजुमुज्ज परेर बस्यौँ । त्यस्तै आधा घण्टा जति पछि बाहिर आँगनमा मानिसहरू बोलेको आवाज आयो । पहिले त हामीले तपाईँहरू फर्किनुभएछ भन्ने सोच्यौँ र बसेको ठाउँबाट उठ्यौँ । त्यसै बेला बाहिरबाट आएको मान्छेले ढोकाको साङ्लो खोल्यो र हातको लाइट झलमल्ल बालेर हाम्रो सातो खायो । लाइट बाल्ने अँध्यारोमा थियो । हामीले उसलाई देखेनौँ । हामी त पुलिसले घेर्‍यो भनेर आत्तिइसकेका थियौँ । तर, त्यसै बेला त्यो मान्छेले हामीलाई हकार्दै, “तिमेरू जेलबाट भागेका चोर–डाँका हौ क्यारे । तिमेरूलाई खोज्दै पुलिस गाउँसम्म आइपुगेको छ, त्यसैले तिमेरू यहाँ बस्न पाउँदैनौँ, छिटो भागी हाल भनेपछि त्यो मान्छे शत्रु एजेन्ट होइन, सामान्य गाउँले रहेछ भन्ने हामीलाई थाहा भयो । हामी उसँग कुरा गर्ने कोसिस गर्दै थियौँ । त्यस बेला आफू बसेको ठाउँबाट माधव जुरूक्क उठ्नुभयो र ढोकाबाट बाहिर निस्कनु भयो । त्यसपछि त सबथोक चौपट भइहाल्यो । हामी भागेर यहाँ आइपुग्यौँ ।“

“त्यहाँ कति जना मान्छे आएका थिए ?”  शेखरको भनाई सकिएपछि वीरबहादुरले सोध्नुभयो ।

“दुई जना थिए कि !”

“को रहेछन् ?” वीर बहादुरले आफैसँग सोध्नु भयो । त्यसै बेला मैले सोधेँ, “अरू साथीहरू खै त ?”

“खै कता जानु भो, जानु भो । तल चाँहि म र परमेश्वर छौँ । अरू अरू पनि यतै कतै जङ्गलमा हुनुपर्छ ।”

“यसरी राति हुँदो त्यहाँ को आएछ ?” फेरि वीरबहादुरले आफैँलाई सोध्नु भयो ।

“जो आए पनि पछि खोजौँला” मैले वीरबहादुरलाई रोक्दै भनेँ, “अहिले हामी साथीहरूको खोजीमा लागौँ । कुनै ठुलो दुर्घटना नघटेकाले हाम्रा साथीहरू पक्कै यतै हुनुपर्छ । जङ्गललाई घेरेर खोज्यौँ भने हामी साथीहरूलाई भेट्न सक्छौँ । परमेश्वरलाई यतै बोलाउँ हामी अलिक सजिलो तर गोप्य ठाउँमा एउटा जमघट थलो बनाउँ र साथीहरूलाई खोज्न थालौँ ।”

शेखर परमेश्वरलाई लिन तलतिर झर्नुभयो । त्यसै बेला वीरबहादुरले भन्नुभयो–“यहाँ माथि डाँडामा एउटा आहाल छ । जङ्गलको बिचमा छ तर नहराउने खालको छ । भूत लाग्छ भनेर त्यहाँ मान्छेहरू आवतजावत गर्दैनन् । त्यहाँ सुरक्षित ढङ्गले बस्न र साथीहरूको खोजीनीति गर्न सकिन्छ ।

भूमिगत जिन्दगीको थालनीमा भूतको चर्चा भएको त्यो पहिलो अवसर थियो । शायद एक खालको चिन्ताभित्र रूमल्लिन परेकाले होला वीरबहादुरले चर्चा गर्नुभएको भूतले मेरो मनलाई पटक्कै छोएन । दुई जना साथीको पत्तो लागिसकेकाले मेरो मन अलिकति भए पनि उज्यालो भएको थियो र म जूनलाई टिप्न सक्ने भइसकेको थिएँ । मैले वीरबहादुरको भूत भन्ने शब्दलाई वास्तै गरिनँ । त्यसैले परमेश्वर र शेखर फर्किनु भएपछि हामी चारै जना त्यो आहाललाई लक्ष्य बनाएर उकालो लाग्यौँ ।

हाम्रो यात्राको गति र तरिका भने पहिलेकै जस्तो थियो । हामी अलिकति बाटो हिँडेपछि अथवा ढिस्को वा एउटा कुइनेटो काटेपछि एकै ठाउँमा गुजुमुज्ज परेर उभिन्थ्यौँ र ट्यार्र–ट्यार्र गरेर सङ्केत दिन्थ्यौँ ।

“ट्यार्र–ट्याई, ट्वाक–ट्वाक ।” हाम्रो सङ्केतले अर्को एउटा प्रत्युत्तर पायो । हामी फुरुङ्ग पर्‍यौँ । मध्यतिर ढल्किसकेको त्यो रातमा हामी आफूलाई एकदमै सुरक्षित र निरापद महसुस गर्न थालिसकेका थियौँ । त्यसैले दोस्रो  सङ्केत नै नगरी मैले भनेँ–“को हुनुहुन्छ ?” हामी चार जना छौँ, शेखर, परम, बन्धु र दिनेश । “बाहिर आउनोस् ।”

एकै चोटि चार ओटा आकृतिहरू एउटा सानो खोल्सी परेको जमिनबाट निस्कनु भयो । नजिकै आउन्जेल हामी ती छायाँतिर आँखा गाडी बसिरह्यौँ । हाम्रो मनमा कुनै डर थिएन । उत्सुकताले मात्र हामीलाई उचालेको थियो । आठको सङ्ख्या बनाउन आउने ती चार जना मित्रहरू को को थिए ?

त्यहाँ सीपी, अशोक, जीवन र नरेश हुनुहुँदोरहेछ । नजिक आउने बित्तिकै शेखर र परमेश्वरलाई हेर्दै सीपीले भन्नुभयो, “घटना सबै थाहा पाउनु भयो होइन ? कसरी कुरा खुलेछ ? ती आउने को हुन् ?”

“अहिले हामी एउटा भुताहा आहालतिर जाँदैछौँ । पहिले सबै त्यहीँ जम्मा होउँ । त्यसपछि सबै साथीको खोजी गरौँ अनि अरू काममा लाग्नुपर्ला ।” सीपीले बोलिसकेपछि वीरबहादुरले भन्नुभयो ।

हामी गुन गुन गफ गर्दै उकालो लाग्यौँ । अब हामीले सङ्केतलाई अलिक घटाएका थियौँ । आठै जनाको लस्कर पनि ठुलो भइसकेको थियो र त्यो लस्करले हामी सबैको आत्मविश्वासलाई बढाइ दिएको थियो । हाम्रो बोलीको स्वर पनि अलिक ठुलो भइसकेको थियो । नजिकै कोही साथी लुकेको भए त्यही स्वर सुनेर पनि उहाँ हामीलई भेट्न आउन सक्नुहुन्थ्यो ।

आहाल जूनको उज्यालोमा धमिलो भएर टल्किरहेको थियो । त्यो सानो थियो र चैते खडेरीले त्यसलाई झण्डै झण्डै सुकाइसकेको थियो । आहालको एउटा किनारामा उभिएर हामीले एक दुई जना त्यहीँ बस्ने र अरूहरू साथीलाई खोज्न जाने निर्णय गर्‍यौँ ।

बिहान रिमरिमको खोजीसम्ममा हर्क खड्का र माधव पौडेल बाहेक सबै साथीहरू भेला भइयो । पूर्वको आकाश रातोबाट पनि फेरिएर उज्यालो भइसकेको थियो । हामीले जङ्गलको पाटोलाई पनि पात गरेर छानेका थियौं तर अहँ दुई जनाको पत्तै लागेन ।

(क्रमशअर्को भाग २०८३ जेठ २३ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post शत्रुसँगको लुकामारी-२ ! appeared first on मानव आवाज.

]]>
बकर इद मनाइँदै https://www.manavaawaj.com/bakr-eid-is-being-celebrated/ Thu, 28 May 2026 04:19:11 +0000 https://www.manavaawaj.com/?p=12309 काठमाडौँ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) २०८३ जेठ १४ गते देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान ... Read more

The post बकर इद मनाइँदै appeared first on मानव आवाज.

]]>
काठमाडौँ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) २०८३ जेठ १४ गते देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

हिजरी सम्वत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

The post बकर इद मनाइँदै appeared first on मानव आवाज.

]]>
पर्व हाम्रो विशेष पहिचान : प्रदेश प्रमुख भट्ट https://www.manavaawaj.com/festivals-are-our-special-identity-provincial-chief-bhatta/ Thu, 28 May 2026 04:08:51 +0000 https://www.manavaawaj.com/?p=12306 पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा ईद-उल-अज्हा पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । २०८३ जेठ १४ गते जारी शुभकामना सन्देशमा उहाँले ईद-उल-अज्हा पर्व आपसी रिस, राग र द्वेष बिर्सेर भातृत्व, सहिष्णुता र पारिवारिक मिलनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ... Read more

The post पर्व हाम्रो विशेष पहिचान : प्रदेश प्रमुख भट्ट appeared first on मानव आवाज.

]]>
पोखरा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा ईद-उल-अज्हा पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

२०८३ जेठ १४ गते जारी शुभकामना सन्देशमा उहाँले ईद-उल-अज्हा पर्व आपसी रिस, राग र द्वेष बिर्सेर भातृत्व, सहिष्णुता र पारिवारिक मिलनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै देशको विशेष पहिचान र आकर्षण भएको बताउनुभएको छ ।

विविधताबिचको एकताले राष्ट्रिय भावना बलियो बनाउने तथा आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा साउदी अरबको मक्कामा हज गर्न जाने धार्मिक परम्पराको समेत चर्चा गरिएको छ ।

शुभकामना सन्देशमा ईद-उल-अज्हा पर्वले सबै नेपालीबिच राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध र समुन्नत समाज निर्माणमा थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

The post पर्व हाम्रो विशेष पहिचान : प्रदेश प्रमुख भट्ट appeared first on मानव आवाज.

]]>
शत्रुसँगको लुकामारी https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy/ https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy/#comments Fri, 22 May 2026 21:57:00 +0000 https://www.manavaawaj.com/?p=12207 चन्द्रागिरिको पश्चिमपट्टिको बाक्लो जङ्गलमा भित्रिनु अघि हामीले एउटा ढिस्कोमा उभिएर अघाएका आँखाले फाखेल गाउँलाई हेर्‍यौँ । घामले फाखेलको थाप्लोलाई चुम्नै आँटेको थियो र तल फाखेल पातलो बस्ती लरखर लरखर गर्दै बारीमा रल्लिन थालेको थियो । हामी १३ जनामध्येका १० जना साथीको लागि फाखेल नितान्त अपरिचित थियो । हामी फाखेलका जानकार भने त्यहाँबाट अलिक हतार गरेर ... Read more

The post शत्रुसँगको लुकामारी appeared first on मानव आवाज.

]]>
चन्द्रागिरिको पश्चिमपट्टिको बाक्लो जङ्गलमा भित्रिनु अघि हामीले एउटा ढिस्कोमा उभिएर अघाएका आँखाले फाखेल गाउँलाई हेर्‍यौँ । घामले फाखेलको थाप्लोलाई चुम्नै आँटेको थियो र तल फाखेल पातलो बस्ती लरखर लरखर गर्दै बारीमा रल्लिन थालेको थियो । हामी १३ जनामध्येका १० जना साथीको लागि फाखेल नितान्त अपरिचित थियो । हामी फाखेलका जानकार भने त्यहाँबाट अलिक हतार गरेर जङ्गलभित्र भित्रिन चाहन्थ्यौँ । तर, अरू सबै साथीलाई गाउँको रमाइलो दृश्यले बाँधेको थियो । उहाँहरूमध्ये धेरै जसोको मानसिकतामा जीवित शरीर लिएर जेलबाट बाहिरिन पाउने आशा मरिसकेको थियो । यस्तो स्थितिमा खुला आकाशमुनि विचरण गर्दै वरिपरि नियालिरहन पाउँदा सन्निकट खतराले उहाँहरूलाई छुनै सकेको थिएन कि त्यसैले बुटामा छेलिन खोज्दाखोज्दै पनि उहाँहरूको शरीर बाहिर निस्किहाल्थ्यो ।

“पुलिस” सबभन्दा पहिले वीरबहादुरकै आँखा पुगेछ । उहाँ आत्तिएर रमिता हेरिरहेका साथीहरूतिर हान्निनु भयो “पुलिस जाँदैछ कमरेडहरू बस्नोस् तल बाटोमा पुलिस जाँदैछ ।”

रमिता हेर्ने आँखाहरू छापछुप्प ओइलाए । हामी सबै टुक्रुक्क बसेर जङ्गलतिर सर्न थाल्यौँ । वीरबहादुर एउटा बुटाको आडमा उभिएर तल बाटोतिर नियाल्न थाल्नुभयो ।

“पुलिस उतै लाग्दैछन, “उहाँ विस्तारै बोल्दै पनि हुनुहुन्थ्यो, “कति जना छन् गन्न सकिन्न । तर, धेरै छन् र उनीहरू फाखेलतिरै जाँदैछन्, हामी जङ्गलभित्र पस्नुपर्छ । धन्न आधा घण्टाले बाँचिएछ ।“

पुलिसलाई हेर्न छोडेर उहाँ हामीतिर आउनु भयो । हामी नजानिने पाराले टुक्रुक्क बसेर बाक्लो जङ्गलतिर लाग्यौं । जङ्गलले हामीलाई चारैतिरबाट ढाकेपछि हामी जुरुक्क उठ्यौँ र बाक्लो र घना जङ्गलको आश्रय खोज्दै उत्तरतिर लाग्यौँ ।

एउटा खोल्सी जस्तो ठाउँमा १५-२० जनासम्म आराम गरेर बस्न सकिने ठाउँ रहेछ । हामीले त्यो दिन त्यहीँ बिताउने ठहर गर्‍यौँ । हाम्रो अगाडि शत्रु थियो र हाम्रो पछाडि पनि शत्रु थियो । शत्रुको यो बाक्लो घेराबन्दीमा दिउँसोको उज्यालो हाम्रो लागि गम्भीर समस्याको थुप्रो बनेको थियो । त्यसैले एक आपसमा छलफल गरेर हामीले पालैपालो आराम गर्ने विचार गर्‍यौँ । रूखका पातहरू झरेर भुइँमा पतिङ्गरको नरम विछ्यौना ओछिएको थियो । त्यसैले आउने रातको लागि शक्ति सञ्चय गर्न दिनभरि आराम गर्ने प्रस्तावलाई कसैले अस्वीकार गरेन । वीरबहादुरले भने गाउँको अवस्था बुझ्न कतै ढिस्कोमा वा रूखमा चढेर निगरानी गर्ने र सुरक्षा दिने कामको जिम्मा लिनुभयो ।

पुलिस गाउँतिर पसेको थाहा पाएपछि हामी सबैको दिमागी तनाव निक्कै बढेको थियो । त्यसैले पहिले निदाउने पालो परेका साथीहरूले पनि आँखा चिम्लिन सक्नुभएन । संसारभरिका विषयलाई वार्ताको मेहरोभित्र समेटेर हामी गुनगुन गुनगुन गफ गर्न थाल्यौं । तीन घण्टाभन्दा लामो समय पत्तै नपाइ बित्यो । नौ, दस बजेतिर आकाशबाट झरेको न्यानो र रातभरिको थकाइले हाम्रो शरीरलाई लस्त बनाउन थाल्यो । पालो परे पनि नपरे पनि हामी भकाभक निदाउन थाल्यौँ ।

कानमा परेको एक खालको अनौठो आवाजले मेरो निद्रा बिथोल्यो र म झसङ्ग भएर ब्युझिएँ । एक प्रकार तम्ताम्याइलो हुइँय आवाज मेरो टाउकै माथिबाट उडेर गयो । म सुतेको ठाउँबाट जुरुक्क उठेर आकाशतिर हेर्न थालेँ । रूखका बाक्ला हाँगाहरूले आकाशलाई ढपक्क ढाकेका थिए । म ठाउँठाउँमा देखिने मसिना प्वालहरूबाट आकाशलाई नियाल्न थालेँ । घामको उज्यालोमा पल्याकपुलुक देखा पर्दै पश्चिमतिर उडिरहेको वस्तुलाई मैले देख्ने बित्तिकै चिनेँ ।

“सेनाको हेलिकोप्टर” मेरो मन तर्सियो। मैले छेउमा सुत्नु भएको शेखरलाई उठाएँ । उहाँ पनि फुर्तिलो पाराले ब्युँझिनु भयो ।

“सेनाको हेलिकोप्टर उडिरहेको छ” मैले सानो स्वरमा भनेँ । उहाँले पनि आफू छेउको साथीलाई उठाउनु भयो ।

एकैछिनमा हामी सबै ब्युझियौँ र आँखा तन्काउँदै आकाशतिर हेर्न थाल्यौँ ।

हेलिकोप्टर हामीमाथिको आकाशमा तीन पटक मडारियो र पूर्वतिर वेग मारेर शून्यमा हरायो ।

“हाम्रो खोजी अभूतपूर्व ढङ्गले भइरहेको रहेछ, “सबै जनाका टाठा आँखातिर हेर्दै सीपीले भन्नुभयो, “तल पुलिसहरू छन्, माथि हेलिकोप्टर उडिरहेछ, हामी आजै अगाडि बढ्नुपर्छ ।“

खोजीको गम्भीरता महसुस गरेर होला-उदासीको बादलले हामी सबैको मनलाई झ्वाम्म छोप्यो । हामीमध्ये कसैले हात तन्काएर, कसैले टाउको झट्कारेर, कसैले अङ्ग मडारेर आफूलाई व्यवस्थित तुल्याउने प्रयत्न गर्‍यौँ ।

एक झप्को निद्रा पाएर आँखा र जीउको अल्छी पनि मरे जस्तो भएको थियो । हाम्रो विरूद्धमा भइरहेको युद्धस्तरको खोजी कार्यले पनि हाम्रो मनलाई बढी सतर्क बनाएको थियो । त्यसैले हाम्रो शरीर ढल्किएन । हाम्रा आँखाहरू निदाउन मानेनन् ।

हामी एकै ठाउँमा स्थिर भएर बसेका थियौँ तर संसारको गतिशीलता रोकिएको थिएन । विस्तार विस्तार पश्चिमतिर चिप्लिएको घामले सिमभञ्ज्याङको पारीपट्टि गएर विश्राम गर्ने सुरसार देखाएपछि हामी पनि बाक्लो जङ्गलबाट विस्तारै बाहिरको पातलो वनतिर निस्कन थाल्यौँ ।

यात्रामा मौन रहने हाम्रो बानी नै परिसकेको थियो । हामी दायाँबायाँ हेथ्यौँ र आफ्नो सर्तकतालाई बढाउन खोज्थ्यौं । त्यसपछि हामी आफ्नो अघिल्तिर हिँडिरहेको साथीको शरीरलाई एकनासले नियाल्दै पाइला चाल्थ्यौँ ।

त्यो बाक्लो जङ्गलबाट बाहिर निस्कँदा पृथ्वीले घामलाई विदा दिइसकेको थियो । हामी फेरि एउटा चउर जस्तो ठाउँमा बस्यौँ । हामीले साँझ पर्खनै पर्ने थियो ।

“हामी सधैँभरि यसरी ढुक्कले हिँडिरहन सक्ने छैनौँ” बसिसकेपछि राजेनले भन्नुभयो-“हाम्रो वरिपरि शत्रुहरू शिकारी भएर लागिपरेका छन् । त्यसैले हामीले सावधानीका सम्पूर्ण उपायहरू अवलम्बन गर्नुपर्छ……”

हामीले एकछिन शत्रुसँग मुठभेड भइहालेमा के गर्ने, कसरी उम्किने भनेर छलफल गर्‍यौँ । एकदिन एकरात सफलतापूर्वक पार गरेको हुनाले अब उम्किन सकिन्छ भन्ने हाम्रो विश्वास क्रमशः बलियो हुँदै गएको थियो । अब दुई-तीन दिनमा हामी सीमाना काटेर भारत पुग्न र त्यहाँबाट फेरि व्यवस्थित ढङ्गले नेपाल छिर्न सक्छौँ भन्ने विश्वास हासिल हामीभित्र दरिलो बन्दै थियो ।

“हामीले लुकीछिपी काम गर्न आफ्नो नाम बदल्नु पर्छ” सीपीले फेरि भन्नुभयो, “अब हामी आफ्नो नाम प्रयोग गर्न सक्दैनौँ त्यसैले हामी आफूलाई मन पर्ने एउटा एउटा नाम रोजौँ ।”

नाम छान्दाछान्दै साँझले पृथ्वीलाई सुम्सुम्याउन थालेको थियो । धेरै बेरको माथापच्चीपछि मैले आफ्नो नाम दिनेश रोजेँ ।

सबै रक्सौल पुग्ने भने पनि रक्सौल कसरी पुग्न सकिन्छ भन्ने हामीलाई थाहा थिएन । त्यसैले हाम्रो यात्रामा समय मात्रै होइन मार्ग पनि अँध्यारोमा रूमल्लिएको थियो । त्यही अँध्यारोमा चिप्लिँदै हामी एउटा जङ्गली गोरेटो समातेर फाखेलतिर ओरालो लाग्यौँ ।

फाखेल खोलामा झर्दा झमक्क साँझ परेको थियो । हाम्रो मन पनि अब ढुक्क भएको थियो । हामीलाई विश्वास थियो-पुलिसहरू भरसक फर्किसकेको हुनुपर्छ, नफर्केकै भए पनि उनीहरू कुनै घरमा रक्सी र कुखुराले लठ्ठिएर सुत्ने तरखर गरिरहेको हुनुपर्छ ।

खोलामा हाम्रो दुई जना मानिससँग जम्काभेट भयो । उनीहरू हाम्रो हुल देखेर झस्किए भने हामी गाउँको मुखैमा मान्छे देखेर झस्कियौँ । उनीहरूलाई देख्ने बित्तिकै वीरबहादुर हर्क खड्काको आडमा लुक्नुभयो । ती दुवै जना मानिसहरू डराउँदै डराउँदै खोल्सो काटेर पारी पुगे र डिलमा उभिएर हामीतिर हेर्न थाले । अँध्यारोमा मान्छे चिनिने स्थिति थिएन । हामी एक अर्काका धुमिल आकृतिलाई भने देखिरहेको थियौँ ।

“उनीहरूले मलाई देखेनन्, बेसै भो।” सबभन्दा पहिले वीरबहादुरले हाम्रो मनलाई सान्त्वना दिने प्रयत्न गर्दै भन्नुभयो “ती यहाँका गाउँले हुन् । सामान्य जनता हुन् । खराब मान्छे होइनन् । अब हामी जाउँ ।”

अलिकति उक्लेर हामी एउटा गोठको अगाडि पुग्यौँ । भोकले हामीलाई नराम्ररी चिथोर्न थालेको थियो । वीरबहादुरले गोठको साङ्लो खोलेर सबैलाई भित्र हुलेपछि भन्नु भयो, “कमरेडहरू एकछिन् यहीँ आराम गर्नोस् । एक घण्टा जति केही समस्या पर्दैन । ती अघिका मान्छेले सबै कुरा बुझे पनि पुलिसलाई पोल लाउँदैनन् । यो गोठ मेरो काकाको हो । यहाँ कोही आउँदैनन् । म र दिनेश कमरेड अलिकति खाजाको व्यवस्था गरेर आउँछौँ ।“

“तपाईँहरू कति टाढा जानुहुन्छ ?”-अँध्यारोमा प्रश्न आयो ।

“यही माथि डाँडामा मेरो दिदीको घर छ । हामी सबैलाई खान पुग्ने गरी मकै भट्मास लिएर आउँछौँ। यहीँ बसेर खानपीन गरेपछि हामी बाटो लागौँला ।

सबै साथीहरूलाई आँटिमा चढाएर म र वीरबहादुर गोठबाट बाहिर निस्कियौँ । ढोकामा पहिले जसरी नै साङ्लो लगाएर हामी बाटो लाग्यौँ ।

अघिका मानिसहरू गएकै बाटो समातेर खोल्सी तरेपछि हामीलाई हल्लाउन थालेको भए पनि सबै साथीहरू भोकै छन् भन्ने भावनाले हाम्रा पाइलालाई अघि अघि तन्काइरहेको थियो । झण्डै दस मिनेट उकालो काटेपछि हामी देब्रेतिर तेर्सियौँ । तेर्सो बाटो दुई मिनेट पनि नहिँडी हामी बारीको किनारै किनार फेरि उकालो लाग्यौँ । अरू एक मिनेट हिँडेपछि वीरबहादुरले मलाई एउटा सानो झुप्रोको आँगनमा पुर्‍याउनु भयो ।

एकछिन ढोकाको आडमा उभिएर भित्रका चाल सुनेपछि वीरबहादुरले ढोकामा टक्टक् हिर्काएर आफू त्यहाँ आएको सङ्केत दिनुभयो । भित्रबाट केही चालचुल आएन । वीरबहादुरले ढोकामा फेरि टक्टक् गर्नुभयो । त्यसपछि उहाँभित्र पस्नुभयो । म पनि उहाँको पछि पछि भित्र पसेँ ।

कुपीको मधुरो उज्यालोमा एक जना प्रौढ महिला केही गर्दै हुनुहुन्थ्यो । गरिबी उहाँको लुगामा मात्र होइन, अनुहारमा समेत टाँसिएको थियो ।

वीरबहादुरलाई देख्दा उहाँलाई भूत देखे जस्तै भयो । उहाँ जुरूक्क उठ्नुभयो र हामी पछाडिको दैलोलाई ढप्काए आग्लो लगाउनु भयो ।

“त्यसो भए तिमीहरू भागेकै हो त ? पुलिसले भनुन्जेल त हामीले पत्याउँदै नपत्याएको ।”

बीरबहादुरले तामाङ भाषामा केही भन्नुभयो । मैले प्रस्ट बुझिन तर महिलाले भने त्यसको जबाफ मतिर हेर्दै नेपालीमा दिनुभयो-“हुन्छ हुन्छ । मकै छ, म छिटोछिटो भुटिदिन्छु । पुलिस आज सहर फर्क्यो अरे । तर, तिमीहरू यता नबस्नु, डाँडा काटेर गइहाल्नु । म खाजा बनाइ दिउँला ।”

उहाँले अगेनामा झरिलो आगो बाल्नुभयो र त्यसमाथि हाँडी बसाएर जाँड छान्न थाल्नुभयो । दुई डबका जाँड छानिसक्दा हाँडी रनक्क तातेको थियो । भोकले हरिटट्टु भएका हामीहरू विस्तारै जाँड पिउन थाल्यौँ । दिदी मकै भुट्न थाल्नु भयो । मकै भुट्दा पनि उहाँका आँखाले हामीलाई सुम्सुम्याउन छाडेका थिएनन् । उहाँका मायालु आखाँहरू पालैपालो हाम्रो शरीरमा नाचिरहेका थिए ।

मकैको पहिलो घान पड्किन थाल्दा नथाल्दै वीरबहादुर र दिदी, तामाङ भाषाको कुराकानीमा चुर्लुम्म डुबिसक्नु भएको थियो । आफूले जानेका तामाङ भाषाका दुईचार शब्दको आधारमा मैले अड्कल काटेँ, उहाँहरू हामीले सुरुङ खनेको र हिजो रात काटेको बाटोको बारेमा कुरा गरिरहनु भएको छ ।

भोकले लखतरान परेको बेला खानकै मात्र पिरले भए पनि त्यो घरमा पस्ने वित्तिकैदेखि घरको महिलाको साहसिलो व्यवहारले मलाई लठ्ठ पार्दै लगेको थियो । त्यो मेरो गैरकानुनी जीवनको घरभित्रको पहिलो रात थियो । जनताले त्यति सहज ढङ्गले हामीलाई आश्रय दिने रहेछन् भन्ने त्यो मेरो पहिलो अनुभव थियो । दिनभरि पुलिसले ज्यानमारा र डाँका भनेर गरेको प्रचार र ती डाँकालाई कसैले बस्न दिएमा त्यसलाई समेत भ्यालखानामा हालिनेछ भनेर पुलिस हाकिमले दिएको धम्कीलाई टेरपुच्छरै नलगाई आफ्नो ज्यानको बाजी लगाएर हामीलाई सुरक्षा दिने जनताको पङ्क्तिको मान्छेलाई मैले पहिलो पल्ट भेटेको थिएँ र त्यसले मलाई लठ्ठ पारेको थियो ।

हामीले दक्षिणकालीमाथि भेटेको दाउरेनीलाई पुलिसले उकालोको फेदैमा भेटेको रहेछ । “यता मास्तिर डाँकाको बथान गएको देख्यौ ?” भनेर सोधेछ पनि । तर, कसैले देखेँ भनेर बताएनछन् । खै थाहा छैन भने रे । हाम्रो गाउँको एक जना बैनी दाउरेहरूसँग सहर जानु भा’ रछ । उहाँले खबर ल्याउनु भो रे, हामी भाग्यौँ भन्ने कुरा गाउँमा सबैलाई थाहा भइसकेछ ।

“अनि दिउँसो पुलिसले के के गरेछ ?” दिदी मकै भुट्ने काममा व्यस्त भएको बेला वीरबहादुर र म कुरा गर्न थाल्यौँ, “कसैलाई पक्रेछ ?”

“अहिलेसम्म कसैलाई पक्रेको छैन रे । दुई ओटा कुकुर लिएर १० जना आएका रहेछन् । पछि १० जना थपिए रे । सबै पुलिसहरू सरासर हाम्रो घरमा गएछन् । सब डाङ्डुङ् गरेछन् । बाबुआमालाई तेरो छोरो खोइ भनेर हकारेछन् । त्यसपछि काकाको घरमा गएछन् । त्यसपछि छेउछाउका सबै घर चाहारेर अघि ४ बजेतिर फर्केछन् । हकारपकार त सबैलाई गरेछन् तर पक्रन भने कसैलाई पक्रेन छन् ।“

(क्रमश… अर्को भाग २०८३ जेठ १६ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post शत्रुसँगको लुकामारी appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy/feed/ 1
मुक्त आकाशमुनि ! https://www.manavaawaj.com/under-the-open-sky/ https://www.manavaawaj.com/under-the-open-sky/#comments Sat, 16 May 2026 01:25:45 +0000 https://www.manavaawaj.com/?p=12048 हामी बारीको खुला फाँटमा थियौँ । पहिलो गरो खेतलाई कुहिनाले टेकेर पार गरेपछि म तल्लो गरोमा झरें। तर अझै ढुक्क हुन सकिने स्थिति थिएन । त्यसैले म फेरि कुहिनाले टेकेर घसिँदै अगाडि बढें । मैले अर्को गरो पनि काटें । “अब भने उभिन सकिन्छ” मेरो मनले आँटी भएर भन्यो । म बिस्तारै चाल सुन्दै उठे। ... Read more

The post मुक्त आकाशमुनि ! appeared first on मानव आवाज.

]]>
हामी बारीको खुला फाँटमा थियौँ । पहिलो गरो खेतलाई कुहिनाले टेकेर पार गरेपछि म तल्लो गरोमा झरें। तर अझै ढुक्क हुन सकिने स्थिति थिएन । त्यसैले म फेरि कुहिनाले टेकेर घसिँदै अगाडि बढें । मैले अर्को गरो पनि काटें ।

“अब भने उभिन सकिन्छ” मेरो मनले आँटी भएर भन्यो । म बिस्तारै चाल सुन्दै उठे। संसार निस्पट्ट अन्धकारमा डुबेको थियो । माथि आकाशका ताराहरू झिमझिम आँखा झिस्क्याउँदै हामीलाई हेरिरहेको थिए । तर ताराहरूसँग हामीले डराउनु पर्ने कुनै कारण थिएन । ती त अब अनन्त यात्राका स्थायी मार्गदर्शक पो बन्दै थिए ।

मैले अँध्यारोलाई छिचोलेर वरपर चियाउने प्रयत्न गरें । मभन्दा दुई-हात अगाडि एक जना साथी टुक्रुक्क बसेर आफ्नो साहसलाई बलियो पार्ने प्रयत्न गरिरहनु भएको थियो । मैले उभिएको पहिलो पाइलो चालेँ र सासको स्वरमा भनेँ-“उठौं ।”

सुरुङबाट बाहिर निस्केपछि मेरो मुखबाट निस्केको पहिलो शब्द त्यही थियो । साथी जुरूक्क उठ्नु भयो । मैले नियालेर हेरेँ भिष्म धिमाल हुनुहुँदोरहेछ । उहाँको ठूलो ज्यानले मेरो सानो शरीरलाई ढपक्कै ढाक्यो । मैले बिस्तारै भनेँ-“हिँड्नोस् अघि बढौँ, नक्खु र बागमतीको दोभान हामी सबैको भेट्ने ठाउँ हो ।”

अगाडि पाइला चाल्नुभन्दा पहिले मलाई पछिल्तिर फर्केर हेर्न मन लाग्यो । सारा नक्खु क्षेत्र अन्धकारको भुँवरीमा डुबेको थियो । अँध्यारो स्वाँ-स्वाँ गरेर कराइरहेको थियो । बत्तीको पिलपिले उज्यालो कतै थिएन । हामीलाई जिन्दगीभर थुनेर राख्ने मनसाय बोकेर अग्लिएको भ्यालखानाको पर्खाल त्यो अन्धकारभित्र कालो राक्षस जसरी लमतन्न परेर सुतेको थियो ।

“खबरदार…!” दक्षिण-पश्चिम चोसोको बुर्जामा बसेको पुलिस बेस्सरी करायो । म नजानिँदो पाराले मुस्कुराएँ ।

“तिम्रो खबरदार, शब्दको भुँवरीमा रूमल्ली रहोस् । हामीलाई जेलमै सडाएर मार्ने तिम्रो पर्खाल यसरी नै भूत जसरी सुतिरहोस् । नमस्ते भाइ, हामी मुक्त मन लिएर विचरण गर्न गइरहेका छौँ ।”

भिष्म दुई चार पाइला अघि बढिसक्नु भएको थियो । भावुक भएर पर्खाल र पुलिसको बारेमा सोचिरहने फुर्सद मसँग थिएन । म हतार हतार उहाँको पछि लागेँ ।

अँध्यारोले हाम्रा पाइलालाई अप्ठेरोमा पारे पनि तिनले हाम्रो बाटोलाई थुन्न सकेका थिएनन् । डिल र आलुका बुटाहरूबाट जोगिँदै हामी बिस्तारै पश्चिमतिर लाग्यौँ । पहिलो पल्ट गराबाट तल ओर्लदा म र भिष्म दुवै जना डङ्ग्रङ्ग लड्यौँ । रातको एक्लो सन्नाटामा हाम्रो पछराइ ढप्प गरेर थर्कियो । आफू पछारिएको आवाजले आफैँलाई एक पल्ट नराम्ररी तर्सायो । म बिस्तारै उठेँ र होशियार भएर अगाडि बढेँ। मेरा आँखाहरू अलि अलि गर्दै अँध्यारोमा अभ्यस्त हुँदै थिए । अर्को डिलले मलाई लडाउन सकेन । म बिस्तारै डिल नाघेर तल ओर्लिएँ । तर, खै के भएछ कुन्नि मेरो अघि अघि हिँड्नुभएको भिष्म कतै हराउनु भयो ।

एक्लोपनको त्रासले मलाई कचक्क समात्यो । अहिलेसम्म छेउछाउमा नआएको डरले मेरो मन र मस्तिष्कलाई फनक्क बेर्‍यो । हिँड्दै गरेका मेरा पाइलाहरू एक्कासी रोकिए । मैले आफू अगाडिको अँध्यारोलाई निक्कै परसम्म छिचोल्ने प्रयास गरेँ । अहँ, अगाडि कुनै मान्छेको छायाँ थिएन । मैले दाहिने र देब्रेतिर अनुहार घुमाएँ : अहँ त्यता पनि कुनै आकृतिको नामोनिशान थिएन ।

“एक्लै भए पनि दोभानमा त पुग्नैपर्छ ।” मैले मनमनै भनेँ । बिस्तारै मेरा पाइलाहरू अगाडि बढे । मैले अरू दई तीन ‌ओटा गराहरू नाघेँ । झ्वाम्म अगाडि आएको आकृतिले मेरो बाटो छेक्यो । मेरा हात गोडाहरू एकैचोटी चिसा भए । आफ्नोभन्दा झण्डै दुई गुणा ठूलो शरीर मेरो बाटो छेकेर उभिएको थियो । मेरा नौनारी गले । त्यो आकृतिले मलाई च्याप्प समात्यो ।

“म त दोभान पुग्नै सकिनँ, कता पर्छ ?” बोली सुनेपछि मात्र मेरो चेतना फर्कियो । हर्क खडकाको ठूलो शरीरले मेरो बाटो छेकेको थियो । आफूलाई समातिरहेको उहाँका हातहरू हटाउँदै भनेँ, “हामी देब्रेतिर लम्किनुपर्छ, अलिकति हिँडेपछि दोभान भेटिन्छ ।”

मोडिनै आँटेको बेला पश्चिमतिरबाट अर्को आकृति फेरि हामीतिरै आयो । “बाटो नचिनेर साथीहरू भौंतारिँदै छन् ।” मेरा मनले भन्यो । मेरो मनबाट शत्रुको भय हराइसकेको थियो । त्यसैले त त्यो आकृतिलाई पर्खेर बसिरहेँ । आउने अशोक न्यौपाने हुनुहुँदोरहेछ । उहाँ पनि एकपल्ट झसङ्ग हुनुभयो । नियालेर हाम्रो अनुहारमा हेरेपछि उहाँले भन्नुभयो “मैले त बाटो हराएँ, साथीहरू पनि छुट्नुभो, अब कता जाने ?”

सुरुङबाट निक्किएका हामी सबै बरालिएका थियौँ । साथीहरू भेटिन्थे अनि फेरि छुट्टिन्थे। । फेरि भेटिन्थे अनि फेरि हराउँथे । अन्यौल र आश‌ङ्काले मनलाई स्थीर हुन दिइरहेको थिएन र गोडालाई पनि सही दिशातिर तन्किन दिइरहेको थिएन ।

“नआत्तिनोस् हामी दोभानको नजिकै छौँ” मैले बिस्तारै भनेँ । “यहाँबाट दाहिने हुँदै अलिकति पश्चिम गएपछि दोभान भेटिन्छ । बरू हामी नछुटौँ । एकले अर्कालाई समातेर हिँडौँ । त्यसो हुँदा राम्रो हुन्छ ।”

हामी तीनै जना बाटो लाग्यौँ । दुई-तीन मिनेट नबित्दै हामी नक्खु र बागमतीको बलौटे बगरमा पुग्यौँ ।

गर्मीको याम भए पनि काठमाडौँको रात चिसै थियो । तर, उत्तेजनाले हाम्रो शरीरलाई गर्माइरहेको थियो । खोलाको किनारमा काला आकृतिहरू ढुङ्गा जसरी ठस्स बसेका थिए । हामी टक्क अडियौँ । त्यसै बेला खोलाको डिलबाट टक्-टक् गरेर तीनचोटि जिब्रो पड्काएको आवाज आयो । त्यो सम्पर्कको सङ्केत थियो । हामीले पनि त्यसै गरी जिब्रो पड्कायौँ । फेरि उताबाट जिब्रो पड्काएको आवाज आयो । हामी बिस्तारै अघि बढ्यौँ ।

त्यहाँ बीरबहादुर, सीपी, राजेन, शेखर र नरेश हुनुहुन्थ्यो ।

नक्खु खोलाको सानो पानीको कुल कुल आवाज हाम्रो कानैबाट बगिरहेको थियो । बागमती भने ख्यार-ख्यार आवाज निकालेर सुतिरहेको दमको बिरामी जस्तै लाग्यो । आफ्नो आवाजलाई सकेसम्म सानो पार्न सकियोस् र एक अर्काका कुराहरू प्रस्टै सुनियोस् भनेर हामी नजिक नजिक टाँसिएर बस्यौF ।

“अरू साथीहरू खै ?” यो प्रश्न कसले सोध्यो थाहा भएन तर यसको उत्तर कसैसँग थिएन । “हामी एकछिन पर्खौँ, आउनु होला ।” हामी नबोली पर्खिन थाल्यौँ । अरू बेला प्रतीक्षाको समयमा घडीको सुई पनि अल्छि लाग्दो पाराले ढिलो ढिलो घुमे जस्तो लाग्थ्यो । त्यति बेला त त्यो सधैँभन्दा झन् झन् छिटो कुदे जस्तो लाग्न थाल्यो । पाँच मिनेट बित्यो । अहँ सात जना साथीको अत्तोपत्तो नै पाइएन ।

“सिरोज र बीरबहादुर खोज्न जानोस् । तपाईंहरूलाई यहाँको भूगोलको जानकारी छ । हामी पर्खेर बस्छौँ । भेटिएका साथीलाई यही पठाइदिनु होला” सीपीले भन्नुभयो ।

माधवलाई भेट्न सकिन्छ भन्ने हामीलाई लागेकै थिएन । किनभने उहाँ एक्लै, एक डेढ घण्टा अगाडि नै निस्कनु भएको थियो र यतिञ्जेल उहाँ त्यतै पर्खेर बस्ने कुनै सम्भावना थिएन । ‘गोपाल त नहराउनु पर्ने ! काठमाडौँको बारेमा उहाँ हामीभन्दा बढी जानकारी राख्नुहुन्थ्यो र नक्खुको दोभान, सुरुङको मुखबाट कता पर्छ भन्ने उहाँलाई राम्रै थाहा थियो ।’ साथीहरूलाई खोज्न जानु अघि मैले मनमनै हिसाब लगाएँ। तर, यो हिसाबलाई जोड घटाउ गरेर त्यहाँ बस्ने बेला थिएन । जति सक्दो चाँडो हामीले साथीहरूलाई खोजेर त्यहाँ भेला पार्नुपर्ने थियो । त्यसैले म र बीरबहादुर जुरुक्क उठेर खेततिर लाग्यौँ ।

हामी अलिकति हिँड्थ्यौँ र गराको आडमा उभिएर आँखा च्याती-च्याती वरिपरि हेर्थ्यौँ । फेरि हामी अलिकति हिँड्थ्यौँ र आलीमा टुसुक्क बसेर वरिपरि नियाल्थ्यौँ । हामी फेरि दुई-चार पाइला चाल्थ्यौँ र सानो स्वरमा जिब्रो टक्-टक् पारेर सङ्केत गर्थ्यौँ, अनि प्रतिसङ्केत सुन्न एकछिन अड्किन्थ्यौँ ।

हामीलाई आफैँ पनि छुटौँला कि भन्ने त्रासले अलिकति समातेकै थियो । त्यसैले हामी सकेसम्म सँगसँगै हिँड्ने कोसिस गरिरहेका थियौँ । त्यस्तै, भ्यालखानामा अकस्मात बत्ती आउला, हाम्रो खोजी होला र पुलिसहरू बटारिँदै यतै हान्निएलान् भन्ने त्रासले पनि हामीलाई समातेकै थियो । त्यसैले हामी घरिघरि भ्यालखानातिर पनि नियाल्दै थियौँ ।

झण्डै १० मिनेटपछि हामीले आफ्नो टकटकको जबाफ पायौँ । त्यो आवाजको दिशा पहिल्याउँदै र सतर्कताका पाइला चाल्दै हामी अँध्यारोलाई नियाल्दै अघि बढ्यौँ । परमेश्वर र भिष्म एउटा आलीको आडमा उभिएर हामीतिरै हेरिरहनुभएको रहेछ ।

“हामी त हरायौँ” भिष्मले मेरो अनुहारमा नियालेर हेरपछि भन्नुभयो-“तपाईँले मलाई कता छोडनु भो ? म त हिँड्दाहिँड्दै पर खोलामा पुगेँ । त्यहाँबाट कता जाने थाहै भएन । फेरि फर्किंदा कमरेडसँग भेट भो ।”

भिष्मको कुराले मलाई हँसायो तर मैले तर्क नगरी भनेँ, “अब यहाँ छलफल नगरौँ । जाउँ, ढिला भइसक्यो ।”

दुई जनालाई लिएर हामी दोभानमा पुग्यौँ । अरू कोही साथी थपिनु भएको थिएन । हामी सुरुङबाट निस्केको आधी घण्टा भइसकेको थियो ।

“भरखरै माथि जावलाखेलतिरबाट एउटा गाडी आयो” त्यहाँ बसेको कसैले भन्नुभयो । “अब यहाँ धेरै बेर अलमलिनु हुँदैन। बत्ती बल्ने बित्तिकै हामो खोजी सुरु भइहाल्छ ।”

म र बीरबहादुर नबोली फर्कियौँ । फेरि पहिलकै जस्तै खोजी सुरु भयो । पाँच मिनेट पनि नबित्दै हामीले धर्म घिमिरे र जीवन मगरलाई भेट्यौँ । धर्म एउटा गराको डिलमा उभिएर अल्मलिएको ढङ्गले यताउता हेर्दै हुनुहन्थ्यो। जीवन चाहिँ त्यहाँभन्दा एक गरा तलतिर आलीको आडमा उभिएर साथीभाइ खोजिरहेका थिए ।

दुवैलाई लिएर हामी फेरि दोभानमा आयौँ । अहँ गोपाल, नारद र माधवको कुनै अत्तो-पत्तो नै थिएन । “गोपाल त नहराउनु पर्ने, के भएछ ?” कसैले सानो स्वरमा भन्यो । तर, सबैको मनमा त्यही प्रश्न भएको कसैले त्यसको जबाफ दिन सकेन । हामी फेरि खोजीमा निस्कियौँ ।

पन्ध्र मिनेट भौँतारिदा पनि हामीले दुवै जनालाई भेट्न सकेनौँ । तै दोभानतिरै पुग्नुभयो कि ! एकातिर त्रास र अर्कोतिर दिक्दारीले थलिएको हाम्रो मनले भन्यो, बरू जाउँ उतै । हामी फर्केर बगरमा पुग्यौँ । गोपाल र नारदको कुनै अत्तो पत्तो थिएन तर माधव भने कतैबाट भरखर आइपुग्नु भएको रहेछ ।

“कस्तो आपत पार्नुभो तपाईंले ? कता पुग्नु भाथ्यो ?,” उहाँलाई देख्ने बित्तिकै खुशी मनले मैले सोधेँ । “म त पहिले नै निस्किहालें तर यो खोलो पनि काट्न नपाउँदै बत्ती झलमल्ल बल्यो” उहाँ सके हामी आइपग्नु अघि यहीँ कुरा सुनाइरहनु भएको थियो । त्यसैले अड्कली अड्कली उहाँले भन्नुभयो- “बत्ती बलेपछि मेरो त सातो पुत्लो नै गयो । बुर्जाको बत्ती सिधै सुरुङको मुखमा पर्थ्यो र पुलिसको आँखा अलिकति मात्रै गाडियो भने पनि उसले त्यो भ्वाङ परेको ओडार देखिहाल्थ्यो । सातो गएको मनले म, फेरि बत्ती जाला कि भनी एकछिन पर्खेर बसेँ तर अहँ बत्ती निभ्दै निभेन । त्यसपछि यहाँ बसेर कुनै उपाय हुँदैन भनेर म खोला पारीबाट सडकमा निस्किएँ । सडकमा त्यस्तो बत्ती निभाउने ठाउँ कुनै छ कि भनी म नक्खु बजारसम्म गएँ । त्यस्तो कतै देखिनँ । त्यसपछि फर्केर म गाउँतिरै लागेँ । एक ठाउँमा बिजुलीको तार धेरै होचोमा रहेछ । त्यो दुई वटा लाइनको कनेक्सान मिलाइदिन सके तार पड्किने थियो भन्ने मलाई थाहा थियो । त्यसैले म, कतै फलामको छड् पाइन्छ कि भन्दै खोजीमा लागेँ । त्यसै बेला यहाँ फ्याट्ट बत्ती निभ्यो । एकछिन त हो कि होइन भनेर म पर्खेर बसिरहेँ । तर, बत्ती निभेकै थियो । धेरै बेरसम्म बत्ती नआएपछि कमरेडहरू निस्क्नु भयो भन्ने खुशी बोकेर म यतै फर्किएँ । यहाँ कसैलाई नदेखेपछि म घस्रिँदै सुरुङको मुखसम्म पुगेँ । तरऽ त्यहाँभित्र पनि मान्छेको चालचुल थिएन । सुरुङको मुखका आलुका बोटहरू नराम्ररी माडिएका थिए । त्यसैले मलाई साथीहरू पक्कै निस्कनु भयो भन्ने विश्वास भयो र म तपाईंहरूलाई खोज्दै यहाँसम्म आइपुगेँ ।”

“अब उहाँहरूलाई नपर्खौँ” माधवको कुरा सकिसकेपछि सीपीले भन्नुभयो, “गोपाललाई यताको सबै थाहा छ । हामी गएतिरै आउन सक्नुहुन्छ ।”

सीपीको यो प्रस्तावलाई कसैले काटेन । १३ जनाको हाम्रो टोली बसेको ठाउँबाट जर्याक-जुरूक उठ्यो । हामीले जुत्ता-मोजा खोल्यौँ र पेन्टलाई अलिक माथिसम्म सार्‍यौँ । नक्खु खोलाको पातलो पानीले हाम्रो गोडालाई मात्र पनि राम्ररी भिजाउन सकेन । हामीले खोलाको पारिपट्टि पुगेर जुत्ता मोजा लगायौँ । हाम्रो टोलीको अगुवा बीरबहादुर हुनुहुन्थ्यो । त्यो रातभर हामीले उहाँकै निर्देशनमा हिँड्नु पर्ने थियो । त्यो सम्पूर्ण क्षेत्रको बारेमा सबैभन्दा राम्रो जानकारी राख्ने उहाँ नै हुनुहन्थ्यो ।

खोला तरेर हामी दक्षिण-पश्चिम दिशातिर उकालो लाग्यौँ । मध्य रातको फेरोमा सारा संसार मस्त निदाइरहेको छ जस्तो लाग्थ्यो । माथि पाखामा बलिरहेको पिलपिले बत्तीले सन्नाटालाई चिर्न बल गरिरहेको थियो ।

हामी गाउँको किनारमा आएपछि दाहिनेतिर मोडियौँ । अगाडि हिडिरहनु भएका बीरबहादुरलाई त्यताको बाटोघाटोको राम्रो जानकारी थियो । उहाँका पाइलाहरू नअलमलिइ तन्किरहेका थिए र हामी सबै अँध्यारोलाई छिचोल्दै ती पाइलाको अनुसरण गरिरहेका थियौँ ।

झण्डै पन्ध्र मिनेट पश्चिम हिँडेपछि हामी एउटा चौतारीको डिलमा आएर उभियौँ ।

“अब हामी ओरालो लाग्छौँ” बीरबहादुरले फुसफुसाएर भन्नुभयो । “अलिकति ओरालो झरेपछि हामी पुलमा पुग्नेछौँ । पुल अप्ठेरो र अग्लो छ । यो पुल चोभार गल्छीको पुल हो । अलिक होशियार भएर हिँड्नु होला ।”

नजानिँदो डरले हामी सबैलाई समात्यो । बाटो सजिलै भए पनि हामी झण्डै झण्डै हातपाउ टेकेर ओरालो झर्न थाल्यौँ । अँध्यारोको मध्यमा पुल कालो खाडीमाथि तेर्सिएर बसेको कोक्रो जस्तो लाग्दथ्यो ।

दुवै हातले पुलको बारलाई बेस्सरी समातेर हामीले बागमती पार गर्‍यौँ । अगाडि अप्ठ्यारो र ढुङ्ग्यानो बाटो थियो । फेरि हातले भित्ताको आड लिएर हामी देब्रेतिर करैचे ओरालो बाटो हिँड्न थाल्यौँ । झण्डै पाँच मिनेट हिँडेपछि हाम्रा गोडाहरू घाँसे मैदानमा रमाउन थाले । घाँसे मैदानलाई हामीले एकैछिनमा पार गर्‍यौँ ।

हाम्रो अगाडि लमतन्न बटारिएका सर्प जस्तो अलकत्रे बाटो थियो । मैले थाहा पाएँ-हामी चोभारको गहिरो भागमा थियौँ र हाम्रो अगाडि तेर्सिएको बाटो दक्षिणकालीतिर हान्निएको थियो ।

“अब वैरीका बाघे पन्जाबाट हामी मुक्त भयौँ” अलकत्रे सडकमा पाइलो हालेपछि मेरो मनले भन्यो । त्यतिबेला मलाई लागेको थियो हामीले सुरुका, तर सबभन्दा अप्ठेरा बाधाहरूलाई पन्छाइरहेका छौँ र अब आउने अवरोधहरूलाई त भाँचभुँच पारेर पनि मिल्काउन सकिन्छ ।

एउटै लाइन बनाएर हामी दक्षिणकाली सडकको दाहिने किनारबाट पश्चिमतिर लाग्यौँ । त्यो खस्रो र मोटो सडकमा हाम्रा पाइलाहरू ढप ढप बज्दथे र घरिघरि हामी आफ्नै पाइलाका आवाजसँग डराउँथ्यौँ ।

तल कता बागमती खोलो सुसाएको हो कि, माथिको वन सुसाएको हो, केही ठम्याउन सकिन्नथ्यो । तर, एक खालको निरन्तर आवाजले हाम्रो यात्रालाई स्वागत गरिरहेको छ जस्तो लाग्दथ्यो । मुक्त मनले झण्डै दुई घण्टा खुला जमीनमा टेकिसकेकाले होला हामी सबैको आत्मविश्वास बढेको थियो र हाम्रो मन क्रमशः चङ्गा हुर्दै थियो। हामी अब पहिलेभन्दा अलिक ढुक्कले खास खास खुस खुस पनि गर्न थालेका थियौँ ।

आधा घण्टापछि हाम्रो यात्रा रोकियो । हामी एउटा खोल्सी जस्तो कोप्चोमा गुजमुज्ज भेला भयौँ र एक-अर्काले अनुहारमा हेराहेर गर्न थाल्यौँ । सीपीले अगाडि सरेर भन्नुभयो-“यसरी सडकै सडक हिँड्दा नोक्सान हुन्छ । अहिलेसम्म जेलमा बत्ती आइसक्यो होला । शायद हाम्रो खोजी पनि सुरु भयो होला । पुलिसहरू सडकको बाटो चारैतिर छरिन सक्छन् । त्यसैले हामीले सडक छोड्नुपर्छ र गोरेटो समात्नु पर्छ ।”

गोरेटो हिँडाउने जिम्मा पनि बीरबहादुरकै काँधमा थियो । अब त बाटो र त्यो क्षेत्रको जानकार उहाँ मात्रै हुनुहुन्थ्यो । हामी सबैको। हामी सबैको अनुहार उहाँतिरै फर्कियो । उहाँले चिउँडोमा औँलो ठड्याएर एकछिन् केही सोचेपछि भन्नुभयो-“ठिक छ, हामी देब्रेतिरको पाखामा लागौँ । पाखैपाखा हामी दक्षिणकाली काटेर सुरक्षित स्थानमा जान सक्नेछौँ ।”

सडकै सडक अलिकति अगाडि एउटा गोरेटो समातेर हामी उकालो लाग्यौँ । त्यति बेलासम्म हाम्रा आखाँहरू अँध्यारोसँग राम्ररी नै अभ्यस्त भइसकेका थिए । अब हामी ताराहरूको उज्यालोको भरमा आफू अगाडिको सोतो जस्तो गोरेटोलाई राम्ररी ठम्याउन सक्ने भएका थियौँ ।

हामी सबै चुपचाप थियौँ । त्यो शून्यतामा खोलाको आवाज पहिलोभन्दा प्रष्ट ढङ्गले हाम्रो कानमा परिरहेको छ जस्तो हामीलाई लाग्थ्यो । म र मेरो अघिपछि हिँड्नु भएका साथीलाई लागिरहेको थियो, हामी क्रमशः उकालो गइरहेका छौं र बाटालाई हामीले धेरै तल छोडिसकेका छौँ ।

हामी झण्डै अर्को दुई घण्टाहिँडिसकेका थियौँ र त्यस अवधिमा हामीले काँडे झाडी, अप्ठ्यारो खोल्सी खसेर लडिने पो हो कि जस्तो अप्ठ्यारो बाटो पार परेका थियौँ ।

हाम्रो देब्रेतिर निकै तल एउटा सेतो सेतो हामीलाई लगातार पच्छ्‌याउँदै आइरहेको थियो । मभन्दा अगाडिको साथीले टक्क उभिएर सोध्नुभयो “तल देखिएको सोतो सेतो बागमती खोला हो ?”

रातको अन्योलमा मैले यसै भन्न सकिनँ । त्यसैले मैले पनि रोकिएर आफूभन्दा पछाडिको साथीसँग त्यही कुरा सोधेँ । उहाँले पनि जबाफ दिन सक्नुभएन । उहाँले अझै पछाडिको साथीसँग त्यही कुरा सोध्नुभयो । यसरी सोध्ने क्रममा हामी सबैको हिँडाई एकछिनको लागि रोकियो । हामी अलिकति चउर जस्तो ठाउँमा फेरि गुजुमुज्ज भयौँ । त्यहाँ कसैले “यो तल देखिएको खोलो होइन ?”  भनेर सोध्यो हामी सबैले अनुमोदनमा टाउको हल्लाए ‘हो’ को सङ्केतमा जबाफ दियौँ । त्यसैले एकपल्ट सबैले अनुमोदनमा टाउको हल्लाए जस्तो लाग्यो । सायद साढे तीन घण्टाभन्दा लामो निरन्तर यात्राबाट थाकेर हो कि ! हामी सबैले धेरैबेर सोचेनौँ र एकै मनले त्यसलाई खोलो भनेर अघि बढ्‌यौँ ।

झण्डै १० मिनेट लगातार हिँडेपछि मेरो पछाडिको साथीले मलाई भन्नुभयो-“यो त खोलो होइन सडक जस्तो पो छ, एकपल्ट बीरबहादुरलाई सोध्नुहोस् न ।”

म पनि अलमल्ल परेँ । सडकै हो त ! यति लामो समयदेखि खोलो भनेर सुरक्षा महसुस गरिरहेको मेरो मन सडक भनेको सुन्ने बित्तिकै आत्तियो । म अगाडि हिँडिरहेका साथीहरूलाई पार गर्दै सबभन्दा अगाडि पुगेँ र बीरबहादुरका पाइलासँग पाइला मिलाउँदै मैले भनेँ-“होइन, कमरेड, त्यो त दक्षिणकाली सडक जस्तो पो छ त ।”

“कल्ले भन्यो ?”

“सबै साथीहरू त्यसै भन्दै हुनुहुन्छ ।”

फेरि हाम्रो यात्रा रोकियो । हामी सबै पाखामा ढेप्पिएर बस्यौँ । हाम्रो बसाइले पनि दर्शाउँथ्यो त्यति बेला हाम्रो मन फेरि आतिएको थियो । हामी सबैको भरोसा बीरबहादुर मात्र हुनुहुन्थ्यो । त्यसैले सबैका आँखा उहाँमाथि नै टाँसिएका थिए ।

“हो जस्तो छ” भनेर उहाँ बसेको ठाउँबाट जुरूक्क उठ्नुभयो र हातगोडाको भर लिएर घस्रिँदै घस्रिँदै तल झर्नुभयो । अँध्यारोमा पनि उहाँको कालो छायाँ हामी छर्लङ्गै देखिरहेका थियौँ । उहाँ पुछारमै पुग्नुभयो । त्यहाँ एकछिन बस्नु भयो र पहिलेकै जसरी घस्रिँदै माथि आउनु भयो । हामी सबै उहाँको बोली सुन्न आतुर थियौँ र उहाँले त्यो बाटो होइन, खोलो हो भनिदिए हुन्थ्यो भनेर हाम्रो मन जमजमाइरहेको थियो । तर हाम्रो मनलाई निराश पार्दै उहाँले भन्नुभयो, “त्यो त बाटो रहेछ ।”

“अब त बाटो छोड्‌नै पर्छ हामी सबैको एउटै अठोट थियो । हामीले अझै उकालो लाग्ने विचार गर्‍यौँ । पाँच मिनेट उकालो चढेर हामी एउटा ढिस्कोमा पुग्यौँ । ढिस्कोको उतापट्टिको झिलीमिली उज्यालोले हाम्रो आँखा खायो । झसङ्ग भएर हामी ठिङ्ग उभियौँ। अँध्यारोसँग अभ्यस्त हाम्रा आँखाहरूले झिमझिम गरेर आफूलाई सन्तुलित बनाए । तर, हाम्रा पाइलाहरू अघि सर्नै माननेन् ।

“त्यो फर्पिङ बजार हो” बीरबहादुरले गुजमुज्ज पारेर हामी सबैलाई सुनाउने गरी अलिकति स्वर उचालेर भन्नुभयो “त्यहाँ एउटा पुलिस चौकी छ, हामी बजारबाट जान सक्दैनौँ । बजारमाथिबाट पनि बाटो काट्न सकिन्न । बाटै छैन । हामीले तलबाट बजार काट्नुपर्छ ।”

बीरबहादुरको सल्लाह मानेर हामी फेरि तलतिर ओरालो लाग्यौँ । बाटोमा नपुग्दै बजारमा कोही मान्छेका ख्वाक्क आवाज आयो । हाम्रा पाइलाहरू ठिङ्ग रोकिए । हामीमध्ये केहीले टाउको घुमाएर बजारलाई नियाल्यौं । तर, हाम्रो अगुवा हुनुभएको बीरबहादुरले खोकीको वास्तै गर्नुभएन । उहाँ होशियार भएर तलतिर ओर्लिरहनु भएको थियो । हामी पनि उहाँलाई पछ्याउँदै ओरालो लाग्यौँ ।

हामी बाटोमा झर्‍यौँ, तर बाटोमा हिँडेनौँ । पाँच-छ पाइला पिचमा हिँडेपछि हामी एउटा सानो गोरेटोबाट तलतिर झर्‍यौँ । बाटोको तलतिर खेत थियो । खेत सुक्खा थिएन । सायद नजिकै कतै कुलो थियो र कुलोको पानी बगेको आवाजले रातको सुनसानभित्र सङ्गीतको आवाज दिइरहेको थियो ।

खेतको आलीमा होशियार भएर हिँड्दा पनि हाम्रा जुत्ताहरू छप छप गर्दै पानीमा र हिलोमा डुब्ने गर्थे । जुत्ता डुब्दा आउने छाप आवाजले हामी सबैलाई झसङ्ग पार्थ्यो र त्यस्तो बेलामा हामी फर्पिङ बजारको उज्यालोतिर नियाल्न पुग्थ्यौँ । मनभित्र मान्छेले थाहा पाउलान् कि भन्ने त्रास र अनुहारको मोहोडा घरि घरि बजारतिर घुम्ने गर्नाले हामी धेरैजसो कुठाउँमा पाइलो टेक्न पुग्थ्यौँ र लडौँला लडौँला जसरी लर्बरिन्थ्यौँ । हुँदाहुँदै जीवन त एउटा आलीबाट तल्लो गरामा ब्ल्याङ्गै पछारिइहाले ।

‘धप्प’ गरेर हामी वरपरको वातावरणलाई नै झस्काउँदै आएको आवाजले हाम्रो सातो नै लग्यो । बीरबहादुर जीवनलाई सम्हाल्न तल्लो गरामा झर्नुभयो । धन्न तल्लो गरो सुख्खा रहेछ। जीवनलाई केही भएको थिएन । हाम्रो यात्रा नरोकिइ अगाडि बढ्यो ।

फर्पिङ बजार बिस्तारै पछाडि छुट्‌यो । हामी धेरै पर पुगिसकेका थियौँ । उज्यालोले हामीलाई तर्साउन पनि छोडिसकेको थियो। एउटा कुइनेटाले त्यो उज्यालोलाई पनि छोपिदियो ।

अब हामी फेरि उकालो लाग्यौँ ।

गाउँ ब्यूँझन थालिसकेको थियो । मान्छेहरूको खाक खाक खुक खुक बिस्तारै बढ्दै थियो । बीरबहादुर जबरजस्ती यात्रालाई तन्काउन खोजिरहनु भएको थियो । हामीले भुइँमा उज्यालो खस्नु अघि नै जङ्गल पुगिसक्नु पर्ने थियो ।

उज्यालो खस्न लागेको बेलामा पाँच-सात जना दाउरेनीहरूले हामीलाई भेटे हाम्रो लामो लस्कर देखेर उनीहरू छक्क परे र ठिङ्ग उभिएर हामीलाई टुलु टुलु हेर्न थाले ।

अब मूल बाटोबाट हिँड्न बिलकुलै सम्भव थिएन । छ्याङ उज्यालो हुनै लागेको बेलामा एउटा निर्जन स्थानमा हामी बाटो छाडेर चन्द्रागिरिको जङ्गलतिर लाग्यौं ।

‘नक्खु जेलमा यति बेला के भइरहेको होला ?’ मैले मनमनै भनेँ ।

(क्रमश… अर्को भाग २०८३ जेठ ९ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post मुक्त आकाशमुनि ! appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/under-the-open-sky/feed/ 2
पोखरामा सिर्जना उत्सव सम्पन्न : कला, साहित्य र सङ्गीतको सङ्गम https://www.manavaawaj.com/creation-festival-concludes-in-pokhara-a-confluence-of-art-literature-and-music/ Sun, 10 May 2026 09:40:28 +0000 https://www.manavaawaj.com/?p=11924 पोखरा । पोखरामा कृति परिचर्चा, गीत, सङ्गीत, नृत्य, अभिनय तथा रचना वाचनसहित सिर्जना उत्सव सम्पन्न भएको छ । नेपाली लेखक सङ्घ कास्कीको आयोजनामा शुक्रबार “फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवं सिर्जना उत्सव” कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका लेखक फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई कृतिमार्फत ... Read more

The post पोखरामा सिर्जना उत्सव सम्पन्न : कला, साहित्य र सङ्गीतको सङ्गम appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरामा कृति परिचर्चा, गीत, सङ्गीत, नृत्य, अभिनय तथा रचना वाचनसहित सिर्जना उत्सव सम्पन्न भएको छ ।

नेपाली लेखक सङ्घ कास्कीको आयोजनामा शुक्रबार “फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवं सिर्जना उत्सव” कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका लेखक फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई कृतिमार्फत जीवन्त बनाएको बताउनुभयो ।

उहाँले उक्त कृतिमा सात सालको कथा मात्रै नभई राणा शासन, वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शङ्खघोषसमेत समेटिएको चर्चा गर्नुभयो ।

हिन्दी भाषामा लेखिएको उक्त कृतिलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि यसको महत्व अझ बढेको उहाँको भनाइ थियो । कृति पढ्दा कतै खुसी र कतै भावुक बनाउने घटनाहरू समेटिएको पनि न्यौपानेले उल्लेख गर्नुभयो ।

नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सात सालको कथा साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेज भएको बताउनुभयो ।

उहाँले यसअघि नै उक्त कृतिमाथि परिचर्चा गर्ने इच्छा भए पनि अहिले आएर पूरा भएको उल्लेख गर्नुभयो ।

अहिले समाज अवसरवादी सोचमा अल्झिएको अवस्थामा सच्चा क्रान्तिको कथाले गलत प्रवृत्ति र पात्रहरूलाई परास्त गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

संस्थालाई भर्‍याङ बनाएर मानसम्मान र अवसर खोज्ने प्रवृत्तिले नेपाली साहित्यमा धमिलोपन ल्याइरहेका बेला गौरवपूर्ण इतिहास बोकेको कृतिमाथि परिचर्चा गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनय प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी शङ्कर ज्ञवाली, धर्मराज अल्पायु, गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा. चन्द्रबहादुर गुरुङ र चन्द्रावती वाग्ले लगायतले गीत, गजल, मुक्तक तथा कविता वाचन गर्नुभएको थियो ।

कमल पौडेल ‘अथक’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोशन तिमिल्सिनाले गर्नुभएको थियो ।

The post पोखरामा सिर्जना उत्सव सम्पन्न : कला, साहित्य र सङ्गीतको सङ्गम appeared first on मानव आवाज.

]]>
मुक्ति प्रयास https://www.manavaawaj.com/liberation-efforts/ https://www.manavaawaj.com/liberation-efforts/#comments Fri, 08 May 2026 22:36:00 +0000 https://www.manavaawaj.com/?p=11880 २०४७ वैशाखदेखि खुला रूपमा घुमफिर गर्दा तथा साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्दा मैले के पाएँ भने आफ्नो सोचाइले सामान्य ठानिरहेको एउटा काम राजनीतिक र गैरराजनीतिक दुवै हिसावले एउटा गाथा र रहस्यको विषय बनिसकेको रहेछ । २०२६ सालदेखि विभिन्न ढङ्गले राजनीतिक फाँटमा सक्रिय रहे यता मैले जिन्दगीका अनौठाअनौठा मोडहरूलाई पार गरिसकेको छु । नक्खु जेल विद्रोह र ... Read more

The post मुक्ति प्रयास appeared first on मानव आवाज.

]]>
२०४७ वैशाखदेखि खुला रूपमा घुमफिर गर्दा तथा साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्दा मैले के पाएँ भने आफ्नो सोचाइले सामान्य ठानिरहेको एउटा काम राजनीतिक र गैरराजनीतिक दुवै हिसावले एउटा गाथा र रहस्यको विषय बनिसकेको रहेछ । २०२६ सालदेखि विभिन्न ढङ्गले राजनीतिक फाँटमा सक्रिय रहे यता मैले जिन्दगीका अनौठाअनौठा मोडहरूलाई पार गरिसकेको छु । नक्खु जेल विद्रोह र त्यसपछिको सक्रिय भूमिगत राजनीतिक जीवन तिनै मोडहरूमध्येका एउटा हो र त्यो मान्छेको माला जस्तो शृङ्खलाबद्ध जीवनमा उनिने एउटा सामान्य फूलको थुँगा मात्र हो भन्ने मलाई लागेको थियो । तर, २०४७ सालले मलाई एउटा ज्ञान दियो-नक्खु जेल विद्रोह एउटा ठुलै ऐतिहासिक घटना रहेछ ।

८३ औं मई दिवस मनाउन मुस्लो परिवारको तर्फबाट आह्वान गरिएको एउटा पर्चा मस्यौदा गरेको, छापेको र वितरण गरेको गम्भीर अपराध मा तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले म, गोपाल शाक्य र माधव पौडेललाई १० वर्ष कैद र १० हजार रुपियाँ जरिबाना तोकेका थिए । हामीसँग वीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलगायत केही साथीहरू पनि पर्नुभएको थियो । सुरुमा हामीले कानुनी प्रतिकारको बाटो लियौं तर सरकारले हामी तीन जना ‘नाइके’ लाई नछोड्ने निर्णय गरेको रहेछ । एक वर्ष वित्दा पनि हाम्रो मुद्दाको कुनै सुनुवाइ नभएपछि अन्यायको प्रतिकार गर्न हामीले पुनः गैरकानुनी बाटो समात्ने अठोट गर्‍यौँ ।

त्यति बेला नक्खु जेलमा हामीसहित नेमुसिंह राजवंशी, चन्द्रप्रकाश मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, हर्क खड्‌का, नारद वाग्ले, भिष्म धिमाल, धर्म घिमिरे, मोहन उप्रेती जस्ता झापा सङ्घर्षका बन्दीहरू सूर्य कन्दङ्वा वा अशोक न्यौपाने जस्ता स्वतन्त्र कम्युनिस्ट बन्दीहरू हुनुहुन्थ्यो । खास गरेर झापाली साथीहरू जिउँदै जेलबाट निस्कन पाइन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्न थियो र बाहिरबाट सघाउने पार्टी पनि नाम मात्रको शक्ति च्यापेर बसेको हुनाले आन्दोलनले छुटाउँछ भन्ने विश्वास पनि उहाँहरूमा थिएन । तर, जेलमा बसेर आफ्नो चाहना अनुरूप जनताको सेवा गर्ने र निरङ्कुश सत्ताको निर्णायक सङ्घर्ष गर्ने काम गर्न पनि सकिँदैनथ्यो । त्यसैले जेलमा बसेका हामी, कम्युनिस्टहरूले, जेलबाट सुरुङ खनेर बाहिर निस्कने र राजनीतिक काममा संलग्न हुने निर्णय गर्‍यौँ । सूर्य कन्दङ्वा सुरक्षा कानुनको बन्दी हुनुहुन्थ्यो । त्यसैले उहाँ र मोहन उप्रेती (उप्रेतीप्रति प्रशासनको आँखा नरम थियो) सुरुङबाट ननिस्कने निर्णय गर्नु भयो । हामी निस्केपछि उहाँहरूप्रति प्रशासनको आँखा नरम हुन्छ र उहाँहरू छुट्न पाउनु हुनेछ भन्ने सानो सोचाइ उहाँहरूमा थियो ।

सुरुङ खन्नु सजिलो थिएन । पुलिसहरू जेलभित्रै, त्यो पनि हामी बसेको जेलको पश्चिमी हिस्सामा नै सुत्थे । जेलभित्र र बाहिर चारैतिर रमन घुम्थ्यो । चारैतिरका बुर्जामा बस्ने पुलिसहरू रातभर खबरदारको फेरि लगाउँथे । त्यस बाहेक जेलको आन्तरिक प्रशासन पनि हामीप्रति कुदृष्टि राख्थ्यो । चौकीदार अलिक भलाद्मी थिए र हामीमाथि विश्वास राख्थे । तर, उनी बाहेकका सम्पूर्ण व्यक्तिहरू हामीसित चर्को शत्रुता राख्थे र तत्कालीन कांग्रेसी बन्दी कृष्णप्रसाद भट्टराईलाई रिझाउने प्रयत्न गर्थे । यस्तो स्थितिमा हामी जस्ता निहत्था मानिसले सुरुङ खनेर जेलको घेरा नाघ्नु त्यति सजिलो थिएन ।

सुरुङ खन्ने पूर्वाधारका रूपमा सबभन्दा पहिले हामीले जेलका बन्दी र आन्तरिक प्रशासनका कर्मचारीहरूसँगको सम्बन्धलाई अझै गाढा बनायौँ । सामान्य बन्दीहरूसँगको घनिष्ठता र बारीमा लगाएको फलफूल स्याहार्न हामीले गरेको मेहनतलाई हेर्दा मान्छेहरू, हामी जेलबाट भाग्छौं कि भनेर कल्पनासम्म गर्दैनथे । तर, त्यतिबेला जेलमा परेका नेपाली कांग्रेसका छुस्के भाइहरू भने हामी भाग्छौँ भन्दै जेल प्रशासनलाई चुक्ली पनि लगाउँथे । त्यसलाई पनि मत्थर पार्न हामीले कांग्रेसी नेताहरूसँगको भेटघाट र छलफलको कार्यक्रमलाई नियमित बनायौं। हामी खेलकुदमा पनि बढी व्यस्त हुन थाल्यौँ र हामी नाचगान पनि गर्न थाल्यौँ ।

हामी १७ जनाले कार्य विभाजनको टिम निर्माण गर्‍यौँ । ६ टिममा विभाजित हामीहरू पालैपालो जेल र आन्तरिक प्रशासनसँग सम्बन्ध राख्ने, काङ्ग्रेससँग कुराकानी गर्ने, तरकारी वारीको गोडमेल गर्ने, खरायोको हेरविचार गर्ने (हामीले २ सय जति खरायो जेलको भुइँतलाको एउटा कोठामा पालेका थियौँ), जेलको सरसफाइ गर्ने जस्ता कामहरू गर्न थाल्यौँ। हाम्रो यो विभाजित दायित्व परिवर्तित भइरहन्थ्यो। यसले गर्दा सुरुङ खन्न हराउने मानिसप्रति मान्छेको ध्यान जानै पाउँदैनथ्यो। आज सुरुङ खन्ने भोलि तरकारी बारीमा भेटिन्थ्यो भने भोलि खन्ने पर्सि बन्दीहरूको बिचमा बसेर गफ चुटिरहेको हुन्थ्यो ।

पहिलो चरणको तयारी सकिएपछि २०३३ साल फागुन १० गते दिउँसोबाट हामीले सुरुङ खन्ने काम थाल्यौँ । हामी जेलको सबभन्दा पश्चिमको वार्डमा बस्थ्यौँ । पहिलो दिन हामी त्यही खरायोको खोर मर्मत गर्ने निहुँमा कोठामा पस्थ्यौँ र प्वाल पार्ने, इँटाको मुनि घोप्टे जस्तो वरपर सर्ने घर्रा लगाउने र घर्रामुनि एक जना मान्छे बसेर माटो खन्न सकिने खाडल बनायौँ ।

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

त्यो दिन हामी सबैको लागि अत्यधिक रोमान्चको दिन थियो। हामी सबैको मुटु ढुक्ढुक् गरिरहेको थियो र यो सुरुङ खन्ने कुरा खुल्यो भने हामीमध्ये कोही मारिन पर्ने करा निश्चित छ भनेर हामी खासखास-खुसखुस पनि गर्दै थियौँ । त्यो पहिलो दिन, म अन्य दुई जना साथीसहित तरकारी बारीको ड्युटीमा खटिएको थिएँ । हामी बारीको गोडमेल र मलजलबाट समय निक्लने बित्तिकै पल्याक्-पुलुक् गर्दै कोठातिर चियाउन पुग्थ्यौँ । खेलकुदमा मान्छे अलमल्याउने जिम्मा लिएका साथीहरू पनि बेला मौकामा झ्यालतिर आँखा डुलाउनु हुन्थ्यो । कोठाभित्रै कामको जिम्मा लिएका साथीहरू पनि आफ्नो उत्तेजनालाई ढाकछोप गर्दै बाहिर निस्किएर सुसेली हाल्ने काम गर्नुहुन्थ्यो ।

हामीले अनुमान गरेभन्दा सहज ढङ्गले हाम्रो प्रारम्भिक कार्य सम्पन्न भयो । उत्साहको लहरमा बग्नुभएका साथीहरूले पहिलो दिनमै ३ फिटभन्दा गहिरो खाडल खन्नु भयो । खाडल तयार भएपछि माथिबाट घोप्टे लगाएर, घोप्टेलाई माटो र इँटाले पुरेर साथीहरू बाहिर निस्केपछि हामी सबैले एकै मनले भन्यौँ, ‘हामीले आधा विजय प्राप्त गरिसकेका छौँ र अब चाँडै नै हामी जनताको काखमा जानेछौँ ।’

तर, पहिलो दिनको उत्साहलाई दुई-तीन दिनको कामले ठण्डा बनाइ हाल्यो । हाम्रो बाहिरको गतिविधिमा कुनै अप्ठ्यारो थिएन । तर, सुरुङ खन्दा निस्केको माटो लुकाउने समस्या र खन्ने औजारहरू प्राप्त गर्ने कठिनाइले हामीमाथि विपत्तिको पहाडै खन्यायो । खन्ने औजारको नाममा हामीसित एउटा फलामको पन्यू, एउटा भाँचिएको छाताको डण्डी र एउटा डाडु मात्र थियो । यति चिजले डेढ मिटरको व्यास भएको सुरुङको एक बित्ता माटो खन्न पनि पसिना निस्कन्थ्यो । त्यसपछि खनिएर थुप्रिएको त्यो माटोलाई तह लगाउन हामीलाई अर्को पर्लय पर्थ्यो ।

चौथो दिन हामीले कामै रोकेर छलफल गर्‍यौँ । खन्ने औजारको अवस्था सुधार्ने त हामीसँग कुनै उपाय थिएन तर माटो लुकाउन भने हामीले धेरै उपायहरू निकाल्यौँ । खनेको माटोलाई हामी पेन्ट र ज्याकेटको गोजीमा हालेर बाहिर निस्कन्थ्यौँ । त्यो माटोलाई पातलो गरेर तरकारी बारीमा छथ्यौँ र फेरि माटो लिनभित्र जान्थ्यौँ । यो काम धेरै अप्ठ्यारो र खतराले भरिएको थियो तर त्यो अप्ठ्यारो र खतरालाई हामीले केही जस्तो ठानेका थिएनौँ ।

सुरुङ १५ दिनसम्म खास कठिनाइ बिना तन्कियो । पन्ध्रौँ दिनको रात पर्खालभित्र घुम्ने कैदी कर्मचारीले हामी सुत्ने कोठैमुनि आएर भने “हैन यी मोरा कम्युनिस्टहरू कतै सुरुङ खनेर त भाग्दैनन् ?”

हाम्रो निधार चिसो भयो र हाम्रो शरीरका रौँहरू ठाडा ठाडा भए । ‘यिनीहरूले हाम्रो कार्य त थाहा पाएनन् ?’ हामी सबैको मनमा एउटै प्रश्न खेल्यो । त्यो रात सुरुङमा दुई जना साथीहरू पस्नु भएको थियो र बिहान चार नबजी उहाँहरूको बाहिर निस्कने सम्भावना थिएन । भर्खरै सुरुङको चर्चा गर्ने कामदारहरू श‌ङ्काकै भरमा हामी सुत्ने कोठामा मान्छे हेर्न आए भने ? यो शङ्काको भँवरीमा परेर हामी सबैको आँखाले निन्द्रालाई बिदाइको सलामी दियो । त्यो रात हामीले छटपटीमै बितायौँ ।

तर, यो सङ्कट पनि टार्नुपथ्यर्थ्यो र टर्यो। कैदी कामदारले आफ्नै लहडमा त्यस्तो टिप्पणी गरेका रहेछन् भन्ने कुरा भोलि पल्टका उनीहरूका गतिविधिले प्रस्ट पारे । उनीहरूले हामीमाथि कुनै श‌ङ्का गरेका थिएनन् ।

त्यसको दुई तीन दिनपछि हाम्रो सामु अर्को सङ्कट तेर्सियो । हामी पर्खालको जगमा पुगेका थियौँ र यामानका ढुङ्गाहरूले हाम्रो बाटो छेकेका थिए । हामी ती ढुङ्गाहरू बोकेर बाहिर ल्याउन सक्दैनथ्यौँ र ती ढुङ्गाहरू फुटाउने कुनै औजार पनि हामीसित थिएनन् । त्यसैले हामीले ढुङ्गाले ढुङ्गै फुटाउने आदिम प्रविधि अपनायौँ । जगमा भेटिएका राणाकालीन इँटाहरूको जोडन सिमेन्टभन्दा कडा थियो । त्यो त फुट्दै फुटेन र त्यसलाई लुकाउन हामीलाई झनै हम्मे पर्‍यो । आठ फिट चौडाइको त्यो ढुङ्गे जग पार गर्न हामीलाई सबभन्दा अप्ठ्यारो पर्‍यो । टुक्र्याएर साना पारिएका ढुङ्गाहरूलाई भने हामीले बाटोमा लगाउने र तरकारी बारीको ड्याङ बनाउने काममा प्रयोग गर्‍थ्यौँ ।

जग नाघेर माटोमा पुगेपछि हामीले ढुक्कले सास तान्यौँ । त्यो साँझ हामीले गीतार बजाएर ठुल्ठुलो स्वरमा गीत गायौँ । चौरमा वरिपरि घेरा लाएर नाच्यौँ र थपडी पनि बजायौँ । हाम्रो विश्वासले बलियो आधार भेट्टाएको थियो । अब हामीलाई कुनै पनि शक्तिले जेलको बन्धनमा बाँधेर राख्न नसक्ने भएको थियो ।

हामीले सुरुङलाई उकालोतिर लग्यौँ । अब हरेक पल हाम्रो लागि खतराको क्षण थियो । कुनै बेला पनि भ्वाक्क प्वाल पर्न सक्दथ्यो र हाम्रो एक महिनाको परिश्रम स्वाहा हुनसक्थ्यो । “कतै हामी जमीनको सतहमै त पुगेनौँ ?” हरेक पटकको माटो परीक्षणमा हामीले यो प्रश्नको उत्तर खोज्नुपर्थ्यो ।

हाम्रो आतुरताको समाप्ति आइपुगेको रहेछ । चैत १२ गतेको साँझ सुरुङ खन्ने ड्युटीमा रहनु भएका साथी माधव पौडेल र गोपाल शाक्यले आलुका जराहरू भेटिएको समाचार पठाउनु भयो । हामी सतहमा आइसकेका थियौँ । अब कुनै पनि बेला सुरुङको मुख ह्वाङ्ग हुन सक्थ्यो । आलु गोड्ने किसान, घाँस काट्‌ने दिदी वा रमन घुम्ने पुलिसले पनि बारीबाट प्वाल ठुलो पारिदिन सक्थे ।

हामीले त्यही रात निक्कने अठोट गर्‍यौँ । निस्कनु अगाडि हामीले थुप्रै काम गर्नुपर्थ्यो । सबभन्दा ठुलो काम त जेलको चार दिशामा चर्को उज्यालो फ्याँकिरहेका हजार वाटको बत्तीहरूलाई निभाउनु थियो ।

पहिलो पल्ट हामीले सजिलै तार जुधाएर बत्तीको फ्युज उडाइदियौँ । जेल अन्धकारको कोलाहलभित्र डुब्यो । ‘बत्ती के भो ?’ को आवाजले जेलभित्र हल्लीखल्ली मच्चायो । त्यसै बिचमा प्वालको मुख भत्काएर हाम्रो साथी माधव पौडेल बाहिरको खुला संसारमा निस्कनु भयो । हामी सबै लाइन लाग्यौँ ।

तर, त्यसै बेला बत्ती झलमल्ल बल्यो । मेन स्विचको फ्युज उडेको थिएन । त्यसैले तुरुन्त बत्ती बल्यो । हामीहरूको आङ जिरिङ्ग भयो । बाहिरको रमाइलो संसारमा निस्कने सपना सँगालेका हामी सबैलाई एउटा ठुलो पहिरोले थिचे जस्तो भयो । हामी एकचोटि आत्तियौँ ।

तर, आत्तिएर काम चल्नेवाला थिएन । हामीले फेरि बत्ती निभाउनै पर्थ्यो र बाहिर निस्कनै पर्थ्यो । जेलमा अब हामी कसैको जीवन सुरक्षित थिएन तर पहिलेको ठाउँमा बत्ती निभाएर हामीले उपलब्धि पाउने सम्भावना पनि थिएन । त्यो बत्ती तुरून्त बल्न सक्थ्यो । हामी ठुला तारहरूको खोजीमा लाग्यौँ ।

‘भड्याक्क’ एउटा ठुलो आवाज सहित फेरि बत्ती निभ्यो । गोपाल शाक्य र नारद वाग्लेले पाइखानाको मोटो तार जुधाउनासाथ एक पल्ट उज्यालो झिल्को निकालेर, ट्रान्सफरमै विस्फोट गराए जस्तै आवाज आयो र जेल अन्धकारको भुवँरीमा डुब्यो । हामी हतारहतार सुरुङको मुखमा भेला भयौँ ।

म १२ औं नम्बरमा थिएँ । सुरुङ पहिले जस्तो ओसिलो र गर्मिलो थिएन । खुला संसारको चिसो हावा खाँदै म सुरुङमा घस्रिन थालेँ । तीन मिनेटपछि म ताराहरू रिमरिमाइरहेको खुला आकाशमुनि निस्किएँ । (क्रमश… २०८३ जेठ २ गते मानव आवाज अनलाइनमा)

The post मुक्ति प्रयास appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/liberation-efforts/feed/ 3