परदेश Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/abroad/ तथ्य, तर्क र परिबर्तनको आवाज Sun, 22 Mar 2026 04:49:12 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://www.manavaawaj.com/wp-content/uploads/2025/07/cropped-Manavaawajko-Logopng-32x32.png परदेश Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/abroad/ 32 32 भियतनामको ५ सय सदस्यीय संसदमा गैरकम्युनिस्ट सदस्य १८ https://www.manavaawaj.com/vietnams-500-member-parliament-has-18-non-communist-members/ Sun, 22 Mar 2026 04:49:10 +0000 https://www.manavaawaj.com/?p=10935 काठमाडौँ । भियतनामको ५ सय सदस्यीय संसदमा गैरकम्युनिस्ट पार्टीका १८ जना प्रतिनिधि निर्वाचित भएको द स्टारले आफ्नो समाचारमा उल्लेख गरेको छ । नेशनल एसेम्ब्ली अफ भियतनाम देशको सर्वोच्च विधायिका निकाय भए पनि यसको भूमिका प्रायः सत्तारुढ कम्युनिष्ट पार्टी अफ भियतनामले गरेका निर्णयहरूलाई अनुमोदन गर्नेमा केन्द्रित रहने गरेको छ । मतदाताहरूले २०८२ चैत १ गते आइतबार ... Read more

The post भियतनामको ५ सय सदस्यीय संसदमा गैरकम्युनिस्ट सदस्य १८ appeared first on मानव आवाज.

]]>
काठमाडौँ । भियतनामको ५ सय सदस्यीय संसदमा गैरकम्युनिस्ट पार्टीका १८ जना प्रतिनिधि निर्वाचित भएको द स्टारले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

नेशनल एसेम्ब्ली अफ भियतनाम देशको सर्वोच्च विधायिका निकाय भए पनि यसको भूमिका प्रायः सत्तारुढ कम्युनिष्ट पार्टी अफ भियतनामले गरेका निर्णयहरूलाई अनुमोदन गर्नेमा केन्द्रित रहने गरेको छ ।

मतदाताहरूले २०८२ चैत १ गते आइतबार मतदान गरेका थिए । २०८२ चैत ७ गते शनिबार सार्वजनिक गरिएको आधिकारिक परिणामअनुसार केवल १८ जना गैरकम्युनिस्ट उम्मेदवार निर्वाचित भएका छन् ।

पाँच वर्षअघि भएको निर्वाचनमा यस्तो सङ्ख्या १४ मात्र थियो, जसले यसपटक केही वृद्धि भएको देखाएको छ ।

संसदीय उप–मामिला समितिकी उपाध्यक्ष ता थि येन ले यो वृद्धिलाई ‘मामूली’ भन्दै यसले संसदमा लोकतान्त्रिक प्रतिनिधित्व विस्तारको सङ्केत गर्ने बताउनु भएको समाचारहरूमा जनाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार करिब ७ करोड ६० लाख मतदातामध्ये ९९ प्रतिशतभन्दा बढीले मतदानमा सहभागिता जनाएका छन्, जुन अत्यन्त उच्च दर हो ।

करिब १० करोड जनसङ्ख्या भएको भियतनाम पछिल्ला वर्षहरूमा तीव्र आर्थिक वृद्धिका कारण ‘आर्थिक सफलताको कथा’का रूपमा चिनिँदै आएको छ । सरकारी विवरणअनुसार गत वर्ष देशको आर्थिक वृद्धि दर करिब ८ प्रतिशत पुगेको थियो ।

अर्को महिना बस्ने संसदको पहिलो बैठकले नयाँ प्रतिनिधिहरूको कार्यकाल औपचारिक रूपमा सुरु गर्नेछ ।

सो बैठकमा प्रमुख कार्यमध्ये एक रूपमा पार्टीले यसअघि नै चयन गरेका वरिष्ठ नेताहरूलाई अनुमोदन गरिने अपेक्षा गरिएको छ ।

यसअघि पार्टी बैठकले शीर्ष नेता टो लामलाई महासचिव पदमा पुनः अनुमोदन गरिसकेको छ र उहाँ राष्ट्रपति बन्ने सम्भावना पनि रहेको बताइएको छ । उक्त पदका लागि संसदको अनुमोदन आवश्यक पर्ने प्रावधान रहेको छ ।

The post भियतनामको ५ सय सदस्यीय संसदमा गैरकम्युनिस्ट सदस्य १८ appeared first on मानव आवाज.

]]>
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण https://www.manavaawaj.com/bangladesh-prime-minister-tariq-rahman-sworn-in/ Wed, 18 Feb 2026 00:37:33 +0000 https://www.manavaawaj.com/?p=10421 काठमाडौँ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकामा रहेको संसद् भवनमा २०८२ फागुन ५ गते एक कार्यक्रमकाबिच रहमानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यस्तै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । यसअघि बिहान बीएनपी संसदीय दलले उहाँलाई सर्वसम्मत रूपमा ... Read more

The post बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण appeared first on मानव आवाज.

]]>
काठमाडौँ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकामा रहेको संसद् भवनमा २०८२ फागुन ५ गते एक कार्यक्रमकाबिच रहमानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यस्तै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । यसअघि बिहान बीएनपी संसदीय दलले उहाँलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो ।

बङ्गलादेशमा इतिहासमा पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह खुला आकाशमुनि आयोजना भएको छ ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेपालसहित १३ ओटा देशलाई निमन्त्रणा पठाउनुभएको थियो । शपथ समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुनु भयो ।

बङ्गलादेशमा २०८२ माघ २९ गते भएको चुनावमा बीएनपीले दुईतिहाइ सिट जितेको थियो ।

६० वर्षीय तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुनुहुन्छ । उहाँ १७ वर्षपछि चुनावअघि मात्रै देश फर्किनुभएको हो ।

विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा चुनाव भएको हो ।

बङ्गलादेशका प्रधानमन्त्री रहमानले राजनीतिक स्थिरता पुनर्स्थापना गर्ने, लगानीकर्ताको विश्वास पुनर्निर्माण गर्ने र सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको लामो उथलपुथलपछि गार्मेन्ट क्षेत्रजस्ता प्रमुख उद्योगहरूलाई पुनर्जीवित गर्ने जस्ता तत्काल चुनौतीहरूको सामना गर्नु पर्ने समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ । फोटोः एएफपीबाट

The post बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण appeared first on मानव आवाज.

]]>
भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको निन्दा, तत्काल रोक्न माग https://www.manavaawaj.com/condemns-us-military-attack-on-venezuela-demands-immediate-halt/ Wed, 07 Jan 2026 09:49:57 +0000 https://www.manavaawaj.com/?p=9582 काठमाडौं । विश्व ट्रेड युनियन महासङ्घले भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको कडा निन्दा गर्दै तत्काल आक्रमण रोक्न माग गरेको छ । काठमाडौंमा रहेको महासङ्घको समन्वय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि भएको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ-‘अमेरिकी कदम संयुक्त ... Read more

The post भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको निन्दा, तत्काल रोक्न माग appeared first on मानव आवाज.

]]>
काठमाडौं । विश्व ट्रेड युनियन महासङ्घले भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको कडा निन्दा गर्दै तत्काल आक्रमण रोक्न माग गरेको छ ।

काठमाडौंमा रहेको महासङ्घको समन्वय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि भएको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘अमेरिकी कदम संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा १ र २ को स्पष्ट उल्लङ्घन हो ।’

यसले अन्तर्राष्ट्रिय कानुन, स्वतन्त्र राष्ट्रहरूको समानता र बल प्रयोग नगर्ने सिद्धान्तमाथि गम्भीर प्रहार गरेको महासङ्घको ठहर छ ।

यस्तो आक्रमणले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा मात्र होइन, विश्व शान्ति र स्थायित्वमै गम्भीर खतरा सिर्जना गरेको उल्लेख गरिएको छ ।

महासङ्घले अमेरिकी आक्रमणको मुख्य उद्देश्य भेनेजुएलाको प्राकृतिक स्रोत, विशेषगरी तेल तथा खनिजमाथि नियन्त्रण जमाउने र त्यहाँको वैध सरकारलाई अस्थिर बनाउने रहेको आरोप लगाएको छ ।

तर, भेनेजुएलाका जनता र सरकारले आफ्नो सार्वभौम अधिकारको रक्षा गर्न दृढ सङ्कल्पसहित प्रतिरोध गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

The post भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको निन्दा, तत्काल रोक्न माग appeared first on मानव आवाज.

]]>
भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण बन्द गर्न माग https://www.manavaawaj.com/demand-to-stop-us-military-attack-on-venezuela/ Sun, 04 Jan 2026 10:27:09 +0000 https://www.manavaawaj.com/?p=9523 ललितपुर । पेसागत महासङ्घ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालले भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य हस्तक्षेपको घोर भर्त्सना गर्दै तत्काल बन्द गर्न माग गर्नुभएको छ । २०८२ पुस २० गते जारी गरिएको विज्ञप्तिमा खनालले जनवरी ३ तारिखमा अमेरिकी सेनाले संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भेनेजुएलामाथि हवाई आक्रमण गरेको तथा राष्ट्रपति ... Read more

The post भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण बन्द गर्न माग appeared first on मानव आवाज.

]]>
ललितपुर । पेसागत महासङ्घ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालले भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य हस्तक्षेपको घोर भर्त्सना गर्दै तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

२०८२ पुस २० गते जारी गरिएको विज्ञप्तिमा खनालले जनवरी ३ तारिखमा अमेरिकी सेनाले संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भेनेजुएलामाथि हवाई आक्रमण गरेको तथा राष्ट्रपति निकोलस मादुरो र उहाँकी धर्मपत्नी सिसिलिया फ्लोरेससहित परिवारजनलाई अपहरण गरी अमेरिका लगिएको भनिएको घटनाको विरोध गर्दै घटनाको भर्त्सना गर्नुभएको हो ।

विज्ञप्तिमा साम्राज्यवादी अमेरिकाले भेनेजुएलाको तेललगायत प्राकृतिक स्रोतमा कब्जा जमाउने उद्देश्यले सैनिक हस्तक्षेप गरेको आरोप लगाउँदै यस प्रकारको कार्य संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

खनालले अमेरिकाको यस्तो सैन्य हस्तक्षेप र आक्रमणको घोर भर्त्सना गर्दै भेनेजुएलाका जनताले आफ्नो सार्वभौमसत्ता रक्षाका लागि गरिरहेको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

साथै विज्ञप्तिमा भेनेजुएलामाथिको अमेरिकी सैन्य हस्तक्षेप तत्काल बन्द गर्न, अपहरित भनिएका राष्ट्रपतिको सकुशल रिहाइ गर्न तथा भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न माग गरिएको छ ।

यस विषयको समाधानका लागि संयुक्त राष्ट्रसङ्घले यथाशीघ्र पहल गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

The post भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण बन्द गर्न माग appeared first on मानव आवाज.

]]>
बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री जियाको निधन https://www.manavaawaj.com/bangladeshs-first-female-prime-minister-zia-passes-away/ Tue, 30 Dec 2025 02:55:03 +0000 https://www.manavaawaj.com/?p=9416 काठमाडौँ । बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री एवम् पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको बिबिसीले जनाएको छ । अस्वस्थताका कारणा लामो समयदेखि भइरहेको उपचारका क्रममा २०८२ पुस १५ गते बिहान उहाँको निधन भएको हो । परिवार तथा पार्टी स्रोतका अनुसार उहाँलाई २० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको ... Read more

The post बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री जियाको निधन appeared first on मानव आवाज.

]]>
काठमाडौँ । बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री एवम् पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको बिबिसीले जनाएको छ ।

अस्वस्थताका कारणा लामो समयदेखि भइरहेको उपचारका क्रममा २०८२ पुस १५ गते बिहान उहाँको निधन भएको हो ।

परिवार तथा पार्टी स्रोतका अनुसार उहाँलाई २० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

छातीको सङ्क्रमण, कलेजो तथा मिर्गौलामा समस्या, मधुमेह, बाथ र आँखासम्बन्धी विभिन्न जटिल स्वास्थ्य समस्याबाट पीडित जियाको स्वास्थ्य अवस्था पछिल्ला दिनहरूमा थप गम्भीर बन्दै गएको थियो ।

खालिदा जियाले सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई कार्यकाल बङ्गलादेशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुनुहुन्छ ।

बङ्गलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी खालिदा जिया देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा समेत चिनिनुहुन्छ । उहाँको निधनसँगै बङ्गलादेशी राजनीतिले एक प्रभावशाली नेतृत्व गुमाएको छ ।

उहाँको निधनप्रति बङ्गलादेशभर शोक व्यक्त गरिएको छ भने राजनीतिक दलका नेता, समर्थक तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

The post बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री जियाको निधन appeared first on मानव आवाज.

]]>
थाइल्यान्ड र क्याम्बोडियाबिच शान्ति सम्झौता https://www.manavaawaj.com/peace-agreement-between-thailand-and-cambodia/ Sat, 27 Dec 2025 07:28:05 +0000 https://www.manavaawaj.com/?p=9340 ललितपुर । थाइल्यान्ड र क्याम्बोडियाले २०८२ पुस १२ गते शनिबार तत्काल युद्धविराममा सहमति जनाएका अल जजिराले जनाएको छ । दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र १ लाख जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । ... Read more

The post थाइल्यान्ड र क्याम्बोडियाबिच शान्ति सम्झौता appeared first on मानव आवाज.

]]>
ललितपुर । थाइल्यान्ड र क्याम्बोडियाले २०८२ पुस १२ गते शनिबार तत्काल युद्धविराममा सहमति जनाएका अल जजिराले जनाएको छ ।

दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र १ लाख जनाभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गरिनेछ ।

साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् । यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए ।

विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताए । थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने तय भएको छ ।

The post थाइल्यान्ड र क्याम्बोडियाबिच शान्ति सम्झौता appeared first on मानव आवाज.

]]>
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला https://www.manavaawaj.com/former-prime-minister-sheikh-hasina-sentenced-to-death/ Mon, 17 Nov 2025 10:41:09 +0000 https://www.manavaawaj.com/?p=8506 काठमाडौँ । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले २०८२ मङ्सिर १ गते हसिनासहित उहाँको मन्त्रिपरिषदका आन्तरिक मामिलामन्त्री असदुज्जमान खान र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।  भारतमा निर्वासनमा रहहनु भएकी ... Read more

The post पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला appeared first on मानव आवाज.

]]>
काठमाडौँ । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले २०८२ मङ्सिर १ गते हसिनासहित उहाँको मन्त्रिपरिषदका आन्तरिक मामिलामन्त्री असदुज्जमान खान र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।  भारतमा निर्वासनमा रहहनु भएकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो ।

गत जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा १ हजार ४ सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए ।

यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आउनु भएको छ ।

यही प्रदर्शनका कारण हसिनाले सत्ता छाड्नुपरेको थियो र त्यसबेलादेखि उहाँ भारतमा निर्वासनमा बस्दै आउनु भएको जनाइएको छ ।

बङ्गलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो ।

बेन्चका अन्य दुई सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहनुभएको थियो ।

फैसलाअघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । आईसीटीले पाँच ओटा अभियोगमा उहाँहरूलाई दोषी ठहर गरेको छ ।

जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आशुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको हत्या समावेश छन् ।

मुद्दाको औपचारिक कागजात ८ हजार ७ सय ४७ पृष्ठका रहेका छन् जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश गरिएको जनाइएको छ । (फोटोः बीबीसीबाट)

The post पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला appeared first on मानव आवाज.

]]>
गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि सात अर्ब डलर लाग्ने https://www.manavaawaj.com/rebuilding-gazas-health-system-will-cost-7-billion/ Fri, 24 Oct 2025 01:27:07 +0000 https://www.manavaawaj.com/?p=7988 ललितपुर । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने जनाएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका बताउनु भएको छ । अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये ... Read more

The post गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि सात अर्ब डलर लाग्ने appeared first on मानव आवाज.

]]>
ललितपुर । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने जनाएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका बताउनु भएको छ ।

अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ ओटाबाट सेवा दिइएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

‘गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ ।’-उहाँले भन्नु भयो ।

The post गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि सात अर्ब डलर लाग्ने appeared first on मानव आवाज.

]]>
एक महिना नपुग्दै नयाँ प्रधानमन्त्रीको राजीनामा https://www.manavaawaj.com/new-prime-minister-resigns-less-than-a-month-later/ Mon, 06 Oct 2025 10:15:41 +0000 https://www.manavaawaj.com/?p=7741 फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २०८२ असोज २० गते सोमबार राजीनामा दिनु भएको छ । २७ दिनअघि मात्रै नियुक्त हुनुभएका उहाँले मन्त्रिपरिषद् घोषणा गरेको १४ घण्टामै पद त्याग्नु भएको हो । राष्ट्रपति इमानुयल म्याक्रोनका निकट सहयोगी रहनु भए लेकोर्नुको राजीनामाले फ्रान्समा चलिरहेको राजनीतिक सङ्कट झन गहिरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । नयाँ मन्त्रीमण्डलमा नियुक्ति ... Read more

The post एक महिना नपुग्दै नयाँ प्रधानमन्त्रीको राजीनामा appeared first on मानव आवाज.

]]>
फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २०८२ असोज २० गते सोमबार राजीनामा दिनु भएको छ ।

२७ दिनअघि मात्रै नियुक्त हुनुभएका उहाँले मन्त्रिपरिषद् घोषणा गरेको १४ घण्टामै पद त्याग्नु भएको हो ।

राष्ट्रपति इमानुयल म्याक्रोनका निकट सहयोगी रहनु भए लेकोर्नुको राजीनामाले फ्रान्समा चलिरहेको राजनीतिक सङ्कट झन गहिरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नयाँ मन्त्रीमण्डलमा नियुक्ति भएपछि समर्थक र विरोधी दुवै पक्षबाट तीव्र आलोचना आएको थियो ।

कसैले सरकारलाई अत्यधिक दक्षिणपन्थी भने, कसैले पर्याप्त कडा नभएको टिप्पणी गरे । बढ्दो दबाबबिच लेकोर्नुले म्याक्रोनलाई राजीनामा बुझाउनु भएको हो ।

उहाँको राजीनामापछि उग्र-दक्षिणपन्थी नेशनल र्‍याली पार्टीले तत्काल संसदीय चुनाव माग गरेको छ भने बामपन्थी फ्रान्स अनबाउडले म्याक्रोन स्वयम्ले पनि पद छाड्नुपर्ने बताएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पछिल्लो राजनीतिक सङ्कटका बिच सत्ता सन्तुलन कायम गर्न सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।

गत महिना भएको संसदीय चुनावमा कुनै दलले स्पष्ट बहुमत नपाएपछि म्याक्रोनले विभिन्न दलहरूसँग हप्तौंसम्म परामर्श गरी मध्य-दक्षिणपन्थी गठबन्धन सरकार गठन गर्ने प्रयास गर्नु भएको थियो ।

लेकोर्नु म्याक्रोनकै पूर्वरक्षा मन्त्री तथा नजिकका सहयोगी भएकाले उहाँलाई “सम्झौतामूलक नेतृत्व” को रूपमा अघि सारिएको थियो ।

तर, मन्त्रिपरिषद् घोषणापछि नै नयाँ सरकारलाई न बामपन्थी न दक्षिणपन्थी दुवैबाट समर्थन नमिल्दा, सत्ता गठनको यो प्रयोग असफल भयो। (फोटोः रोयटर्सबाट)

The post एक महिना नपुग्दै नयाँ प्रधानमन्त्रीको राजीनामा appeared first on मानव आवाज.

]]>
सभापछिको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु https://www.manavaawaj.com/39-killed-in-stampede-at-rally/ Sun, 28 Sep 2025 05:45:35 +0000 https://www.manavaawaj.com/?p=7646 काठमाडौँ । भारतको तमिलनाडु राज्यस्थित नामक्कलमा आयोजित अभिनेता विजयको राजनीतिक र्‍यालीमा भगदड हुँदा बालबालिकासहित कम्तीमा ३९ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी घाइते भएका अल जजीराले जनाएको छ । टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता–राजनीतिज्ञ विजयलाई सुन्न र हेर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए । भीडलाई सम्बोधन गरिरहेका बेला केही ... Read more

The post सभापछिको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु appeared first on मानव आवाज.

]]>
काठमाडौँ । भारतको तमिलनाडु राज्यस्थित नामक्कलमा आयोजित अभिनेता विजयको राजनीतिक र्‍यालीमा भगदड हुँदा बालबालिकासहित कम्तीमा ३९ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी घाइते भएका अल जजीराले जनाएको छ ।

टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता–राजनीतिज्ञ विजयलाई सुन्न र हेर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए ।

भीडलाई सम्बोधन गरिरहेका बेला केही मानिस बेहोस भएपछि उहाँले भाषण रोक्दै बाहिरिनु भएको थियो । सोही क्रममा भीड नियन्त्रण बाहिर गएर भागदौड मच्चिएको जनाइएको छ ।

विजयले घटनाबाट आफू अत्यन्तै पीडित भएको उल्लेख गर्दै मृतकका परिवारप्रति गहिरो श्रद्धाञ्जली र समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनालाई दुर्भाग्यपूर्ण र दुःखद् भन्दै समवेदना व्यक्त गर्नु भएको छ ।

The post सभापछिको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु appeared first on मानव आवाज.

]]>