चासो Archives - मानव आवाज https://www.manavaawaj.com/category/interest/ तथ्य, तर्क र परिवर्तनको आवाज Sat, 06 Jun 2026 00:18:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png चासो Archives - मानव आवाज https://www.manavaawaj.com/category/interest/ 32 32 प्रकृतिमाथिको दबाब, नागरिकमाथिको असर ! https://www.manavaawaj.com/pressure-on-nature-impact-on-citizens/ Fri, 05 Jun 2026 00:29:03 +0000 https://www.manavaawaj.com/?p=12450 नेपालमा विकासको चर्चा हुँदा प्रायः सडकको लम्बाइ, भवनको उचाइ, लगानीको आकार र निर्माणको गतिलाई प्रगतिका सूचक मान्ने गरिन्छ । तर, एउटा मूल प्रश्न बारम्बार ओझेलमा पर्छ । यो विकास कसका लागि र कति दिगो छ ? पछिल्ला वर्षहरूमा नेपालले बारम्बार बाढी, पहिरो, डुबान, खडेरी, वन विनाश र जलवायुजन्य विपद्को सामना गरिरहेको छ । प्रत्येक वर्ष ... Read more

The post प्रकृतिमाथिको दबाब, नागरिकमाथिको असर ! appeared first on मानव आवाज.

]]>
नेपालमा विकासको चर्चा हुँदा प्रायः सडकको लम्बाइ, भवनको उचाइ, लगानीको आकार र निर्माणको गतिलाई प्रगतिका सूचक मान्ने गरिन्छ । तर, एउटा मूल प्रश्न बारम्बार ओझेलमा पर्छ । यो विकास कसका लागि र कति दिगो छ ?

पछिल्ला वर्षहरूमा नेपालले बारम्बार बाढी, पहिरो, डुबान, खडेरी, वन विनाश र जलवायुजन्य विपद्को सामना गरिरहेको छ । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै दर्जनौँ मानिसले ज्यान गुमाउँछन्, हजारौँ विस्थापित हुन्छन् र अरबौँको आर्थिक क्षति हुन्छ । प्राकृतिक विपद् भनेर चिनिने यी घटनाहरू वास्तवमै कति प्राकृतिक छन् भन्ने प्रश्न अब गम्भीर रूपमा उठ्न थालेको छ ।

वर्षा आफैँमा विपद् होइन । तर कमजोर योजना, अव्यवस्थित विकास, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरणीय उत्तरदायित्वको अभावले सामान्य वर्षालाई पनि मानवीय सङ्कटमा बदलिदिन्छ । नेपालमा विकासको अहिलेको अभ्यास हेर्दा वातावरणलाई विकासको बाधकका रूपमा चित्रित गर्ने प्रवृत्ति बलियो देखिन्छ। सडक विस्तारका नाममा पहाड काटिन्छन्, नदीलाई उत्खनन क्षेत्र बनाइन्छ, बस्ती विस्तारका लागि जलाधार क्षेत्र अतिक्रमण गरिन्छ र वातावरणीय प्रभाव मूल्याङ्कनलाई औपचारिक प्रक्रिया मात्र बनाइन्छ । निर्माण सम्पन्न भएपछि त्यसको सामाजिक र वातावरणीय लागतको हिसाब गर्ने संस्कृति कमजोर छ ।

यसरी विकासलाई केवल भौतिक संरचनाको विस्तारमा सीमित गर्दा वातावरणीय सन्तुलन कमजोर हुँदै जान्छ । अनि कुनै दिन त्यही असन्तुलन बाढी, पहिरो, डुबान वा अन्य विपद्का रूपमा समाजमाथि फर्किन्छ ।

वातावरणको प्रश्न प्रकृति जोगाउने अभियान मात्रै होइन । यो मानिसको जीवन र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय हो । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार नेपालको संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । संविधानले नागरिकलाई स्वस्थ वातावरणको अधिकार मात्र दिएको छैन, वातावरणीय ह्रासबाट क्षति पुगे क्षतिपूर्ति पाउने अधिकारसमेत सुनिश्चित गरेको छ ।

तर, व्यवहारमा नागरिकले सुरक्षित वातावरण पाउनेभन्दा वातावरणीय जोखिम बोकेर बाँच्नुपर्ने अवस्था देखिन्छ । विकासका निर्णय गर्नेहरू र त्यसको असर भोग्नेहरू प्रायः फरक समूह हुने गरेका छन् । निर्णय केन्द्रमा हुन्छ तर असर गाउँ, बस्ती र समुदायले भोग्छ । यही अवस्थाले वातावरणीय न्यायको प्रश्न उठाउँछ।

मानव अधिकारको आधुनिक अवधारणाले पनि वातावरणलाई जीवनको अधिकारभित्र समेटिसकेको छ । जीवन, स्वास्थ्य, आवास, खाद्य सुरक्षा, जीविकोपार्जन र सम्मानपूर्वक बाँच्ने अधिकार वातावरणसँग अविच्छिन्न रूपमा जोडिएका छन् । जब प्रदूषित पानीका कारण स्वास्थ्य बिग्रिन्छ, जब पहिरोले घर बगाउँछ वा जब जलवायु सङ्कटले खेती प्रणाली ध्वस्त बनाउँछ । त्यो केवल वातावरणीय समस्या रहँदैन, त्यो मानव अधिकारको उल्लङ्घन बन्छ ।

नेपालले वातावरण संरक्षण ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय सरकार सञ्चालन ऐन लगायत अनेक कानुनी व्यवस्था बनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामा पनि नेपाल पछाडि छैन । तर, कानुन र व्यवहारबीचको दूरी अझै ठूलो छ । वातावरणीय मूल्याङ्कन कमजोर हुनु, नियमन प्रभावहीन हुनु र उत्तरदायित्व सुनिश्चित नहुनुले समस्या झन् गहिरिएको छ ।

विपद् आइसकेपछि राहत बाँड्नु आवश्यक हो, तर त्यो पर्याप्त होइन । अब प्राथमिकता जोखिम न्यूनीकरण, वातावरणीय अनुशासन र दिगो विकासतर्फ सार्नुपर्छ । स्थानीय तहलाई बलियो बनाउने, भू-उपयोग योजना लागू गर्ने, प्राकृतिक स्रोतको वैज्ञानिक व्यवस्थापन गर्ने र वातावरणीय निर्णय प्रक्रियामा समुदायको सहभागिता बढाउने समय आएको छ ।

विकास र वातावरणलाई एकअर्काको विरोधी बनाउने सोच अब टिकाउ छैन । प्रकृतिलाई जितेर होइन, प्रकृतिसँग सहकार्य गरेर मात्रै समृद्धि सम्भव हुन्छ । अन्यथा हामी हरेक वर्ष विपद्को तथ्याङ्क सार्वजनिक गरिरहनेछौँ, श्रद्धाञ्जली दिइरहनेछौँ र फेरि अर्को वर्ष उही गल्ती दोहोर्‍याइरहनेछौँ । विकासको नाममा वातावरणमाथि गरिने प्रत्येक असन्तुलन अन्ततः मानव अधिकारमाथिको आक्रमण बन्नेछ र त्यसको मूल्य सबैले चुकाउनुपर्नेछ । (फोटोः एआइ जेनेरेटेड )

The post प्रकृतिमाथिको दबाब, नागरिकमाथिको असर ! appeared first on मानव आवाज.

]]>
के नेपाल साँच्चै छुवाछुत मुक्त भयो ? https://www.manavaawaj.com/has-nepal-really-become-free-from-untouchability/ Thu, 04 Jun 2026 04:05:52 +0000 https://www.manavaawaj.com/?p=12432 २०६३ साल जेठ २१ गते नेपालले एउटा ऐतिहासिक घोषणा गर्‍यो ।  त्यो दिन देशलाई “छुवाछुतमुक्त राष्ट्र” घोषणा गरियो । वर्षौँदेखि थिल्थिलिएर बसेका छुवाछुत पीडित नागरिकका लागि योभन्दा खुशीको दिन अर्को कहाँ हुन सक्थ्यो र ? जनआन्दोलनको परिवर्तनकारी ऊर्जा, लोकतान्त्रिक सङ्क्रमण र सामाजिक न्यायको अपेक्षाबिच आएको यो घोषणाले विशेष गरी पुस्तौँदेखि जातीय विभेद र अपमान भोग्दै ... Read more

The post के नेपाल साँच्चै छुवाछुत मुक्त भयो ? appeared first on मानव आवाज.

]]>
२०६३ साल जेठ २१ गते नेपालले एउटा ऐतिहासिक घोषणा गर्‍यो ।  त्यो दिन देशलाई “छुवाछुतमुक्त राष्ट्र” घोषणा गरियो । वर्षौँदेखि थिल्थिलिएर बसेका छुवाछुत पीडित नागरिकका लागि योभन्दा खुशीको दिन अर्को कहाँ हुन सक्थ्यो र ? जनआन्दोलनको परिवर्तनकारी ऊर्जा, लोकतान्त्रिक सङ्क्रमण र सामाजिक न्यायको अपेक्षाबिच आएको यो घोषणाले विशेष गरी पुस्तौँदेखि जातीय विभेद र अपमान भोग्दै आएका दलित समुदायमा नयाँ आशा जगाएको थियो । अपेक्षा थियो-अब कानुन बदलिनेछ, व्यवहार बदलिनेछ, राज्यको चरित्र बदलिनेछ । तर दुई दशकपछि प्रश्न उल्टिएको छ-के नेपाल साँच्चै छुवाछुतमुक्त भयो ?

नेपाल अन्तर्राष्ट्रिय रूपमा पनि जातीय विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाएको देश हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रदेखि सबै प्रकारका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिसम्म नेपाल पक्ष राष्ट्र बनेको छ । संविधान, ऐन र संस्थागत संरचनासमेत निर्माण गरियो । राष्ट्रिय मानव अधिकार आयोग बन्यो, राष्ट्रिय दलित आयोग गठन भयो, २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन लागू गरियो । संविधान २०७२ ले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गर्‍यो । यस हिसाबले हेर्दा कागजमा हेर्दा नेपाल कमजोर देखिँदैन । तर, व्यवहारमा अवस्था किन फरक छ ?

समस्या घोषणामा होइन, घोषणापछि राज्यको व्यवहारमा हो । कुनै पनि सार्वजनिक अभियान सफल हुन लक्ष्य, कार्ययोजना, बजेट, अनुगमन संयन्त्र र निरन्तर राजनीतिक प्रतिबद्धता चाहिन्छ । तर, छुवाछुतमुक्त राष्ट्र घोषणामा यिनै आधारभूत कुरा हराए । घोषणा भयो, तर राष्ट्रिय कार्ययोजना बनेन । अभियान सुरु भएन । स्थानीय तहसम्म कार्यान्वयन संरचना पुगेन । बजेटको स्पष्ट प्राथमिकता देखिएन । सत्ता सञ्चलकमा घोषणा गरेपछि भइहाल्छ नि भन्ने मानसिकता हावी भयो । जुन आज पर्यन्त छ । सत्तामा पात्र फेरिए तर प्रवृत्ति फेरिएन । त्यसैले गर्दा आज पनि  प्रश्न उही छ -के नेपाल साँच्चै छुवाछुतमुक्त भयो ?

अर्कोतर्फ, अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति पनि राज्यको व्यवहार उत्साहजनक देखिँदैन । जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुसार नियमित प्रतिवेदन बुझाउनुपर्ने दायित्वसमेत नेपालले समयमै पूरा नगरेको तथ्यले यो विषय राज्यको प्राथमिकतामा कति कमजोर छ भन्ने देखाउँछ ।

यही कारणले कानुनी निषेध हुँदाहुँदै पनि समाजमा विभेदका घटना भइरहेका छन् । कतिपय सार्वजनिक हुन्छन्, धेरैजसो मौनतामै हराउँछन् । न्याय खोज्ने पीडित सीमित छन्, न्याय पाउने अझै सीमित । यो विडम्बना हो-राज्यले आफूलाई छुवाछुतमुक्त घोषणा गरेको छ, तर नागरिकले अझै आफ्नो मानव मर्यादा प्रमाणित गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।

छुवाछुत सामाजिक विकृति मात्रै होइन, यो संविधानमाथिको चुनौती र लोकतन्त्रको नैतिक परीक्षासमेत हो । जबसम्म दलित समुदायले समान सम्मान, अवसर, न्याय र सुरक्षाको अनुभूति गर्दैनन्, तबसम्म ‘छुवाछुतमुक्त राष्ट्र’ एउटा औपचारिक वाक्य मात्र रहन्छ । २० वर्षपछि अब फेरि घोषणा होइन, कार्यान्वयनको समय हो । राज्यले स्पष्ट लक्ष्यसहित राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ, बजेट छुट्याउनुपर्छ, कानुन कार्यान्वयनलाई कठोर बनाउनुपर्छ र सामाजिक चेतनाको आन्दोलनलाई विद्यालयदेखि स्थानीय सरकारसम्म जोड्नुपर्छ । नत्र इतिहासले यही लेख्नेछ-नेपालले छुवाछुतमुक्त राष्ट्र घोषणा त गर्‍यो, तर छुवाछुतमुक्त समाज बनाउन सकेन । (तस्वीर: एआइ जेनेरेटेड)

The post के नेपाल साँच्चै छुवाछुत मुक्त भयो ? appeared first on मानव आवाज.

]]>
स्वर्णिम बजेटको अर्थराजनीति https://www.manavaawaj.com/the-economics-of-the-golden-budget/ Wed, 03 Jun 2026 15:40:47 +0000 https://www.manavaawaj.com/?p=12411 सनोज महत नयाँ राजनीतिक शक्ति, नयाँ नेतृत्व र परिवर्तनको तीव्र अपेक्षाबिच प्रस्तुत भएको बजेटले अर्थतन्त्रमा नयाँ मोड ल्याउने आशा गरिएको थियो । तर, बजेटको संरचना, स्रोत व्यवस्थापन र खर्च प्राथमिकता हेर्दा यसले विगतको वित्तीय ढाँचाबाट धेरै टाढा यात्रा गर्न सकेको देखिँदैन । प्रस्तुत लेखमा बजेटको राजनीतिक पृष्ठभूमि, आर्थिक संरचना, भ्रष्टाचारबारेको प्रचलित विमर्श र राज्यको भूमिकासम्बन्धी ... Read more

The post स्वर्णिम बजेटको अर्थराजनीति appeared first on मानव आवाज.

]]>
सनोज महत

नयाँ राजनीतिक शक्ति, नयाँ नेतृत्व र परिवर्तनको तीव्र अपेक्षाबिच प्रस्तुत भएको बजेटले अर्थतन्त्रमा नयाँ मोड ल्याउने आशा गरिएको थियो । तर, बजेटको संरचना, स्रोत व्यवस्थापन र खर्च प्राथमिकता हेर्दा यसले विगतको वित्तीय ढाँचाबाट धेरै टाढा यात्रा गर्न सकेको देखिँदैन । प्रस्तुत लेखमा बजेटको राजनीतिक पृष्ठभूमि, आर्थिक संरचना, भ्रष्टाचारबारेको प्रचलित विमर्श र राज्यको भूमिकासम्बन्धी लेखकको दृष्टिकोण प्रस्तुत गरिएको छ ।

परिवर्तनको अपेक्षा बजेटको यथार्थ

डा. स्वर्णिम वाग्ले त्यही व्यक्ति हुन्, जसले यसअघि पनि नेपाल सरकारका बजेट निर्माणमा विभिन्न तहमा भूमिका निर्वाह गरिसकेका थिए । यसपटक फरक यति मात्र रह्यो-बजेटको तयारीमा सहभागी हुने मात्र होइन, त्यसलाई संसदमा प्रस्तुत गर्ने जिम्मेवारी पनि उनकै हातमा आयो । नयाँ राजनीतिक ऊर्जा, परिवर्तनको भाष्य र असन्तुष्ट मतदाताको समर्थनमार्फत बनेको सरकारमाथि अर्थतन्त्रमा नयाँ छलाङ्ग मार्ने अपेक्षा स्वाभाविक थियो । विशेषगरी प्रधानमन्त्री बालेन शाहको लोकप्रियता र वैकल्पिक राजनीतिक छविले नागरिकमा परम्परागत शासन शैलीभन्दा फरक परिणामको अपेक्षा जन्माएको थियो । तर प्रस्तुत बजेटले प्रशासनिक वा आर्थिक संरचनामा उल्लेखनीय परिवर्तनको सङ्केत दिन सकेको देखिँदैन ।

राजनीतिक पृष्ठभूमि : असन्तोषदेखि नयाँ शक्तिसम्म

विश्वव्यापी रूपमा सामाजिक सञ्जालमा “नेपो बेबी” बहस चलिरहेको समयमा नेपालमा पनि परम्परागत राजनीतिक शक्तिप्रतिको असन्तोष बढ्दै गएको थियो । लामो समयदेखि दोहोरिँदै आएको शासन संरचना, आर्थिक अपेक्षा पूरा नहुनु र सामाजिक सञ्जालमार्फत फैलिएको भ्रष्टाचारविरोधी भाष्यले राजनीतिक वातावरण बदल्न भूमिका खेल्यो । भ्रष्टाचारलाई देशको अविकासको प्रमुख कारणका रूपमा व्याख्या गर्ने प्रवृत्तिले नयाँ राजनीतिक शक्तिलाई अवसर दियो । यही वातावरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता नयाँ राजनीतिक पात्रहरू लोकप्रिय भए । तर सत्ता परिवर्तनसँगै आर्थिक संरचना परिवर्तन हुन सक्यो कि सकेन भन्ने प्रश्न बजेटले नै उत्तर दिनुपर्ने विषय बन्यो ।

अङ्क, अक्षर तथ्याङ्कमा बजेट

सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

स्रोत व्यवस्थापनतर्फ:

  • १४ खर्ब अर्ब ३१ करोड (६६%) – राजस्व
  • खर्ब ५७ अर्ब २८ करोड (३१%)– आन्तरिक तथा बाह्य ऋण
  • ६१ अर्ब ६४ करोड (%) वैदेशिक अनुदान

खर्चतर्फ:

  • १२ खर्ब ७० अर्ब ५८ करोड (६०%)– चालु खर्च
  • खर्ब ३१ अर्ब १० करोड (२०%) – वित्तीय व्यवस्थापन
  • खर्ब २२ अर्ब ६४ करोड (२०%) – विकास तथा पुँजीगत खर्च

सहज रूपमा बुझ्दा-१०० रुपियाँ बराबरको बजेट बनाउन सरकारले ६६ रुपियाँ राजस्व, ३१ रुपियाँ ऋण र ३ रुपियाँ अनुदानमा भर पारेको छ । त्यसमध्ये ६० रुपियाँ राज्य सञ्चालनमा, २० रुपियाँ ऋणको साँवा-ब्याज तिर्न र बाँकी २० रुपियाँ विकास निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको छ । यस संरचनाले एउटा गम्भीर प्रश्न उठाउँछ-राजस्व लक्ष्य नपुगे, ऋण अपेक्षाअनुसार आएन वा सहायता घट्यो भने सबैभन्दा पहिले असर विकास खर्चमै पर्नेछ।

भ्रष्टाचार भुँडी फोडुवा अर्थराजनीति

नेपालको आर्थिक र राजनीतिक बहसमा भ्रष्टाचारलाई प्रायः सबै समस्याको मूल कारणका रूपमा प्रस्तुत गरिन्छ । तर, यस्तो देश, जहाँ विकास खर्च कुल बजेटको सीमित हिस्सा मात्र हुन्छ, जहाँ चालु खर्च उच्च छ र राजस्व अभाव हुँदा विकास बजेट कटौती हुन्छ-त्यहाँ विकास नहुनु केवल भ्रष्टाचारको परिणाम मात्र हो भन्न पर्याप्त नहुन सक्छ । चालु खर्चको ठूलो हिस्सा प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन तथा सामाजिक दायित्वमा जान्छ । ऋणको साँवा-ब्याज भुक्तानी अनिवार्य खर्च हो । यस्तो अवस्थामा सीमित विकास बजेटमै भ्रष्टाचारको सम्पूर्ण बहस केन्द्रित हुनु पर्याप्त विश्लेषण नहुन सक्छ ।

चालु खर्चको चाप राज्य संरचनाको प्रश्न

नेपालमा चालु खर्च निरन्तर बढ्दै गएको छ । सङ्घीय शासन व्यवस्था लागू भए पनि प्रशासनिक पुनर्संरचना अपेक्षित रूपमा हुन सकेको छैन । सुरक्षासम्बन्धी संरचना विस्तार, संस्थागत दोहोरोपन र प्रशासनिक बोझले सरकारी खर्च बढाएको छ । विकासका लागि २० प्रतिशत मात्र स्रोत छुट्याएर बाँकी संरचना सञ्चालनमा खर्च गर्ने प्रणालीले दीर्घकालीन आर्थिक रूपान्तरण गर्न कठिन हुन्छ ।

भ्रष्टाचार : कारण परिणाम

भ्रष्टाचारलाई कानुनी वा नैतिक प्रश्नका रूपमा नभई सामाजिक संरचना, भविष्यको असुरक्षा र सम्पत्ति सङ्कलनको मनोविज्ञानसँग जोड्न सकिन्छ । लोककल्याणकारी राज्य प्रणाली भएका समाजमा नागरिकको आधारभूत सुरक्षाको जिम्मेवारी राज्यले लिँदा व्यक्तिगत असुरक्षा कम हुने र सम्पत्ति सङ्कलनको दबाब घट्ने निश्चित छ । त्यसैगरी, सम्पत्ति पुस्तान्तरण, सामाजिक प्रतिष्ठा र शक्ति संरचनाले पनि भ्रष्टाचारलाई दीर्घकालीन रूपमा प्रभाव पार्न सक्छ । यस आधारमा भ्रष्टाचार नियन्त्रण केवल दण्डात्मक उपायबाट सम्भव हुँदैन, त्यसका लागि सामाजिक सुरक्षा, आर्थिक संरचना र सार्वजनिक नीतिको पुनरावलोकन आवश्यक हुन्छ भन्न सकिन्छ ।

आम्दानीखर्च मिलानमै रुमलिएको सरकार

भूगोल, जनसङ्ख्या वितरण र विकासबिचको सम्बन्धलाई नजर अन्दाज गर्न मिल्दैन । पहाडी क्षेत्रमा बसाइँसराइ, उत्पादन संरचनाको परिवर्तन, प्राकृतिक स्रोतको उपयोग र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत स्पष्टता आवश्यक छ । राज्यले नियन्त्रणकर्ता होइन, सक्षम नियामकको भूमिका निर्वाह गर्नुपर्ने, निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिनुपर्ने र दीर्घकालीन आर्थिक दृष्टिकोण निर्माण गर्नुपर्ने अपेक्षा छ । तर, प्रस्तुत बजेटले त्यस्तो संरचनात्मक परिवर्तनको सङ्केत दिन सकेको छैन ।

असन्तोष, आरोप–प्रत्यारोप र परिवर्तनको आकाङ्क्षाबाट नयाँ राजनीतिक शक्ति सत्तामा पुग्यो । तर, राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन, आर्थिक संरचना, बजेट प्राथमिकता र कार्यान्वयन क्षमता पनि परिवर्तन हुनुपर्छ । प्रस्तुत बजेटले नयाँ राजनीतिक नेतृत्वको प्रतिनिधित्व गरे पनि यसको संरचनाले अघिल्ला सरकारहरूको वित्तीय ढाँचासँग निरन्तरता देखाएको छ । अर्थतन्त्रको उडान लोकप्रियता, प्रतीक र राजनीतिक भाषणभन्दा धेरै गहिरो संरचनात्मक परिवर्तनमा निर्भर हुन्छ ।

(महत सार्वजनिक नीति, राजनीति र अर्थराजनीतिलगायत समसामयिक सवालमा लेखन तथा टिप्पणी गर्न रुची राख्नुहुन्छ ।)

The post स्वर्णिम बजेटको अर्थराजनीति appeared first on मानव आवाज.

]]>
फ्रस्ट्रेशनलाई क्रान्तिको नाम दिनु इतिहासप्रति अन्याय ! https://www.manavaawaj.com/calling-frustration-a-revolution-is-an-injustice-to-history/ Thu, 21 May 2026 04:38:48 +0000 https://www.manavaawaj.com/?p=12172 (डिस्क्लेमर : एउटै राजनीतिक घटना सिंहदरबारको बैठक कक्षबाट हेर्दा एउटा अर्थ दिन सक्छ र गाउँको चौतारी वा बागमती किनारको चिया पसलबाट हेर्दा अर्को अर्थ । कसैलाई परिवर्तनको सङ्केत देखिन सक्छ, कसैलाई असन्तुष्टि र कसैलाई अस्थिरताको सङ्केत । समाज एउटै सोच, एउटै अनुभव र एउटै दृष्टिकोणले बनेको हुँदैन । यहाँ वर्ग छन्, भोगाइहरू फरक छन्, अपेक्षाहरू ... Read more

The post फ्रस्ट्रेशनलाई क्रान्तिको नाम दिनु इतिहासप्रति अन्याय ! appeared first on मानव आवाज.

]]>
(डिस्क्लेमर : एउटै राजनीतिक घटना सिंहदरबारको बैठक कक्षबाट हेर्दा एउटा अर्थ दिन सक्छ र गाउँको चौतारी वा बागमती किनारको चिया पसलबाट हेर्दा अर्को अर्थ । कसैलाई परिवर्तनको सङ्केत देखिन सक्छ, कसैलाई असन्तुष्टि र कसैलाई अस्थिरताको सङ्केत । समाज एउटै सोच, एउटै अनुभव र एउटै दृष्टिकोणले बनेको हुँदैन । यहाँ वर्ग छन्, भोगाइहरू फरक छन्, अपेक्षाहरू फरक छन् र त्यसले दृष्टिकोण पनि फरक बनाउँछ । त्यसैले यो लेख कुनै अन्तिम सत्य घोषणा गर्ने प्रयास होइन, बरु घटनालाई एउटा विशिष्ट सामाजिक-राजनीतिक दृष्टिबाट बुझ्ने प्रयत्न मात्र हो ।)

समाजमा राजनीतिक बहसहरू तीव्र हुँदा “परिवर्तन” भन्ने शब्द सबैभन्दा धेरै प्रयोग हुने शब्दमध्ये पर्छ । तर, परिवर्तनका स्वरूप एउटै हुँदैनन् । विशेषगरी व्यवस्था परिवर्तनसत्ता परिवर्तन लाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । कुनै सरकार परिवर्तन भयो, केही नेताहरू हटे वा नयाँ अनुहार सत्तामा पुगे भने त्यसलाई क्रान्तिकारी उपलब्धिका रूपमा चित्रण गर्ने प्रवृत्ति पनि छ । तर, यी दुई विषयबिचको भिन्नता नबुझ्दा राजनीतिक चेतनामा भ्रम पैदा हुन्छ । जुन अहिले भइरहेको छ ।

२०८२ भदौ २३ र २४ मा भएका विध्वंसात्मक गतिविधिलाई लिएर पनि यस्तै प्रश्न उठेको छ । के त्यो परिवर्तनका लागि भएको आन्दोलन थियो वा सञ्चित असन्तुष्टि र निराशाको विस्फोट मात्र ? यसलाई गहिराइमा बुझ्न आवश्यक छ ।

भदौ २३ गते भएको राज्य दमन होस् वा भदौ २४ गतेका विध्वंसात्मक गतिविधि, यी दुवै घटनालाई कुनै पनि कोणबाट उचित ठहर गर्न सकिँदैन । राज्यको दायित्व नागरिकको सुरक्षा, अधिकारको संरक्षण र कानुनी शासनको सुनिश्चितता गर्नु हो, त्यसैले राज्य शक्तिको प्रयोग संयमित, उत्तरदायी र कानुनी सीमाभित्र हुनुपर्छ । त्यसैगरी असन्तुष्टि, विरोध वा परिवर्तनको मागका नाममा सार्वजनिक सम्पत्ति होस् वा व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यक्ति हत्या, आक्रमण, हिंसा र विध्वंसलाई पनि वैध राजनीतिक अभिव्यक्तिका रूपमा स्वीकार गर्न सकिँदैन । हिंसा राज्यबाट होस् वा भीडबाट, त्यसले अन्ततः समाजमा अविश्वास, विभाजन र अस्थिरता मात्र बढाउँछ ।

आज आवश्यक कुरा दोषलाई आफ्नो अनुकूलताअनुसार व्याख्या गर्ने होइन, आत्मसमीक्षा र जिम्मेवारीबोध हो । कुनै पक्षको अन्धसमर्थन गर्दै एउटा गलतलाई अर्को गलतसँग तुलना गरेर सही प्रमाणित गर्ने प्रयासले समस्या समाधान गर्दैन । “यो वा त्यो” पक्षको बचाउमा उभिनुभन्दा देश निर्माणको साझा जिम्मेवारीतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । राजनीतिक आग्रहभन्दा माथि उठेर विधिको शासन, संवाद, सहिष्णुता र उत्तरदायी नागरिक संस्कृतिको विकासमार्फत मात्र समृद्ध र स्थिर नेपाल निर्माण सम्भव हुन्छ ।

व्यवस्था परिवर्तन भनेको कुनै समाजको राजनीतिक, आर्थिक र सामाजिक संरचनामा आधारभूत परिवर्तन आउनु हो । यो केवल शासक फेरिने प्रक्रिया होइन । शासनको चरित्र, राज्य सञ्चालनको विधि, नागरिक अधिकारको संरचना र शक्ति वितरणको प्रणालीमा परिवर्तन आउँदा व्यवस्था परिवर्तन हुन्छ । नेपालमा राणा शासनको अन्त्य, बहुदलीय व्यवस्थाको स्थापना, राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण जस्ता घटनालाई व्यवस्था परिवर्तनका उदाहरणका रूपमा लिन सकिन्छ । यस्ता परिवर्तनले राज्यको आधारभूत स्वरूप बदल्छन् । यिनलाई भनिन्छ क्रान्ति ।

तर, सत्ता परिवर्तन भनेको राज्यको संरचना उस्तै रहँदा त्यसलाई चलाउने पात्र मात्र फेरिनु हो । एउटा दल हटेर अर्को दल आउनु, एउटा प्रधानमन्त्रीको ठाउँमा अर्को आउनु वा सत्ता गठबन्धन बदलिनु सत्ता परिवर्तन हो । यसले राज्यको मूल संरचनालाई स्पर्श गर्दैन । त्यसैले सत्ता परिवर्तन तत्कालीन राजनीतिक समीकरणको परिणाम हुन सक्छ, तर त्यसलाई स्वतः क्रान्ति भन्न मिल्दैन । अहिले समस्या के देखिन्छ भने, कुनै असन्तुष्टि वा विरोधका गतिविधिलाई पनि “क्रान्ति” को नाम दिने हतारो भइरहेको छ । क्रान्ति एउटा गम्भीर राजनीतिक र ऐतिहासिक प्रक्रिया हो । त्यसको पछाडि स्पष्ट विचार, लक्ष्य, सङ्गठन र वैकल्पिक दिशा हुन्छ । केवल आक्रोश, असन्तुष्टि वा विध्वंसात्मक गतिविधि मात्रै क्रान्ति बन्न सक्दैन ।

२०८२ भदौ २३ र २४ का घटनालाई यही सन्दर्भमा हेर्नुपर्छ । यदि ती गतिविधि परिवर्तनको स्पष्ट दृष्टि, नयाँ संरचनाको परिकल्पना र समाज रूपान्तरणको उद्देश्यसहित आएका हुन्थे भने त्यसलाई परिवर्तनको आन्दोलन भन्न सकिन्थ्यो । तर, जब गतिविधिहरूमा विध्वंस, आक्रोश र तत्कालीन असन्तुष्टिको विस्फोट मात्र बढी देखिन्छ, त्यसलाई क्रान्तिको संज्ञा दिन कठिन हुन्छ ।

समाजमा बेरोजगारी, आर्थिक असमानता, राजनीतिक अस्थिरता र नेतृत्वप्रतिको अविश्वास बढ्दा मानिसहरूमा फ्रस्ट्रेशन पैदा हुनु स्वाभाविक हो । त्यो फ्रस्ट्रेशन कुनै समय विस्फोटका रूपमा बाहिर आउन सक्छ । तर, फ्रस्ट्रेशनको विस्फोट र क्रान्ति एउटै कुरा होइनन् । क्रान्ति दिशा भएको परिवर्तन हो, जबकि अनियन्त्रित विस्फोट दिशा हराएको असन्तुष्टि पनि हुन सक्छ ।

इतिहासले देखाएको छ-धेरै आन्दोलनहरू असन्तुष्टिबाट सुरु भए पनि सबै आन्दोलन क्रान्तिमा रूपान्तरण भएका छैनन् । क्रान्तिले समाजलाई नयाँ बाटो देखाउँछ, जबकि आक्रोशले कहिलेकाहीँ समाजलाई थप अन्योलमा धकेल्न सक्छ । वास्तविक चिन्ताको विषय अर्को पनि छ । यदि हरेक हिंसात्मक वा विध्वंसात्मक गतिविधिलाई “क्रान्ति” भनियो भने वास्तविक क्रान्तिको मूल्य नै घट्दै जान्छ । त्याग, विचार, सङ्गठन र दीर्घकालीन सङ्घर्षबाट प्राप्त परिवर्तनलाई क्षणिक आवेगसँग तुलना गर्नु इतिहासप्रति अन्याय हुन्छ ।

त्यसैले आज आवश्यकता भावनात्मक नारा भन्दा पनि राजनीतिक स्पष्टताको हो । व्यवस्था परिवर्तन र सत्ता परिवर्तनलाई एउटै आँखाले हेर्नु हुँदैन । त्यसैगरी फ्रस्ट्रेशन र क्रान्तिबिच पनि स्पष्ट रेखा कोर्नुपर्छ । समाज परिवर्तनको बहस तथ्य, विचार र दूरदृष्टिमा आधारित हुनुपर्छ, केवल आक्रोशमा होइन । परिवर्तनको नाममा हुने हरेक गतिविधि क्रान्ति हुँदैन । र, क्रान्तिको नाममा हुने हरेक गतिविधिले समाजलाई सही दिशा पनि दिँदैन । इतिहासले नामभन्दा पनि परिणामलाई स्मरण गर्छ ।

The post फ्रस्ट्रेशनलाई क्रान्तिको नाम दिनु इतिहासप्रति अन्याय ! appeared first on मानव आवाज.

]]>
आजको एमाले : आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता https://www.manavaawaj.com/todays-uml-challenges-introspection-and-the-need-for-transformation/ Tue, 19 May 2026 05:20:10 +0000 https://www.manavaawaj.com/?p=12116 नेपालको राजनीतिमा नेकपा एमाले लामो इतिहास, जनआधार र वैचारिक प्रभाव भएको दल हो । तर, समयसँगै कुनै पनि राजनीतिक सङ्गठनले आफूलाई बदलिँदो समाज, नयाँ पुस्ता र जनअपेक्षाअनुसार रूपान्तरण गर्न सक्नुपर्छ । एमालेभित्र देखिएका साङ्गठनिक कमजोरी, जनसम्बन्धमा आएको ह्रास, नेतृत्व शैलीका समस्या तथा भविष्यका सम्भावित सुधारका दिशाहरूलाई गम्भीर रूपमा विमर्श र विश्लेषण गरिनु पर्दछ । पार्टीभित्र ... Read more

The post आजको एमाले : आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता appeared first on मानव आवाज.

]]>
नेपालको राजनीतिमा नेकपा एमाले लामो इतिहास, जनआधार र वैचारिक प्रभाव भएको दल हो । तर, समयसँगै कुनै पनि राजनीतिक सङ्गठनले आफूलाई बदलिँदो समाज, नयाँ पुस्ता र जनअपेक्षाअनुसार रूपान्तरण गर्न सक्नुपर्छ । एमालेभित्र देखिएका साङ्गठनिक कमजोरी, जनसम्बन्धमा आएको ह्रास, नेतृत्व शैलीका समस्या तथा भविष्यका सम्भावित सुधारका दिशाहरूलाई गम्भीर रूपमा विमर्श र विश्लेषण गरिनु पर्दछ ।

पार्टीभित्र खुला बहस र विचार विमर्शको परम्परा कमजोर बन्दै गएको छ । संवादको सङ्कुचन, हुकुमवादी कार्यशैली र जनसङ्गठनहरूको स्वायत्ततामाथिको हस्तक्षेपले कार्यकर्तामा उत्साह घटाएको देखिन्छ । पार्टीभित्र सहकार्यको संस्कृति कमजोर हुँदा आदेशमुखी संरचनाले लोकतान्त्रिक अभ्यासलाई सीमित बनाएको छ । यसले सङ्गठनभित्र असन्तुष्टि बढाउने र जनतासँगको सम्बन्ध कमजोर बनाउने खतरा पैदा गरेको छ ।

जनसम्बन्धमा उल्लेख्य ह्रास आएको छ । जिल्ला कमिटीहरू “मन जित्ने” भन्दा “मत जित्ने” राजनीतिमा केन्द्रित भएको टिप्पणी गरिएको छ । जनतासँग निरन्तर संवाद गर्ने, उनीहरूको समस्या सुन्ने र समाधानमा अग्रसर हुने चरित्र कमजोर बन्दै जाँदा राजनीतिक सङ्गठन केवल निर्वाचन केन्द्रित संरचनामा सीमित हुने जोखिम देखिन्छ । नागरिकसँगको भावनात्मक सम्बन्ध कमजोर भए राजनीतिक शक्ति दीर्घकालीन रूपमा टिक्न सक्दैन भन्ने सन्देश दस्तावेजले दिन खोजेको छ ।

यद्यपि विगत दशकका विकास उपलब्धिहरूलाई पनि सकारात्मक रूपमा लिनु पर्दछ । आर्थिक तथा भौतिक पूर्वाधार क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । उदाहरणका रूपमा प्रतिव्यक्ति आय वृद्धि, विद्युत् उत्पादनमा विस्तार, सडक सञ्जालको वृद्धि, साक्षरता दरमा सुधार तथा गरिबी दरमा कमी आएको तथ्याङ्क प्रस्तुत गरिएको छ । साथै ९९ प्रतिशत विद्युत् पहुँच, पूर्वाधार निर्माण र सामाजिक सुरक्षामा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भनिएको छ ।

“संरचनामुखी विकास मात्र होइन, मान्छे चिन्ने र मान्छे बनाउने उन्नति आवश्यक छ” भन्ने विचारलाई विशेष स्मरण गर्नु आवश्यक छ । यसको अर्थ केवल सडक, भवन र भौतिक संरचना निर्माणले मात्र समाज समृद्ध हुँदैन । नागरिकको चेतना, उत्पादन क्षमता, नैतिकता र आत्मसम्मानको विकास पनि समान रूपमा आवश्यक हुन्छ । वास्तविक समाजवादको आधार उत्पादनशील नागरिक र सामाजिक उत्तरदायित्व भएको राज्य व्यवस्था हुनुपर्ने दस्तावेजको मूल सन्देश देखिन्छ ।

भविष्यका लागि गर्नुपर्ने सुधारका कार्यक्रम अगाडि सार्नु र विगतका कमजोरीलाई आत्मसाथ गर्नु सबैभन्दा महत्वपूर्ण मानिन्छ । नेतृत्वमा कार्यकाल सीमा, जनसङ्गठनको स्वायत्तता, निर्वाचनमा हारको जिम्मेवारी, विज्ञ र सक्षम व्यक्तिलाई प्रत्यक्ष अवसर, वैज्ञानिक मूल्याङ्कन प्रणाली, प्राथमिक निर्वाचन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता जस्ता प्रस्तावहरू छन् । यस्ता सुधारहरूले पार्टीलाई बढी लोकतान्त्रिक, उत्तरदायी र आधुनिक बनाउन सहयोग पुग्न सक्छ ।

त्यसैगरी “शून्य पूर्णकालीन कार्यकर्ता” को अवधारणाले राजनीतिलाई श्रम, उत्पादन र पेशासँग जोड्ने प्रयास गर्दछ । यसले राजनीतिलाई पेशागत निर्भरता होइन, सामाजिक जिम्मेवारीका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्छ । अनुसन्धानमा आधारित नीति निर्माण र विज्ञतामा आधारित जिम्मेवारी बाँडफाँडले सङ्गठनलाई व्यावसायिक र प्रभावकारी बनाउन सक्छ ।

नयाँ पुस्ताको आगमनलाई केवल उमेर परिवर्तनको रूपमा नभई विचार र कार्यशैलीको रूपान्तरणका रूपमा लिनु पर्दछ । अनुभव, इतिहास र कार्यदक्षताको संयोजनमार्फत भविष्यको एमाले निर्माण गर्नुपर्ने आवश्यकता छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबिच सन्तुलन आवश्यक छ । यसलाई स्वीकार गर्नै पर्दछ ।

आत्मसमीक्षा र पुनर्गठन नै अहिलेको प्रमुख मार्गचित्र हो । एमालेलाई जनतासँग पुनः जोडिने, लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने र आधुनिक राजनीतिक सङ्गठनमा रूपान्तरण हुने अवसरका रूपमा हेरिनु पर्दछ । कुनै पनि राजनीतिक दलको शक्ति केवल चुनावी जितमा होइन, जनविश्वास, वैचारिक स्पष्टता र सङ्गठनात्मक संस्कृतिमा आधारित हुन्छ । यदि प्रस्तुत सुधारहरू व्यवहारमा लागू गर्न सकियो भने एमालेले पुनः जनआधारित, उत्तरदायी र प्रभावकारी राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न सक्ने सम्भावना देखिन्छ । पार्टीपङ्क्ति यही काममा दत्तचित्त भएर लागोस् ।

The post आजको एमाले : आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता appeared first on मानव आवाज.

]]>
गोदावरीका सुकुमबासी बस्तीमाथि डोजर चलाउनु जायज हो ? https://www.manavaawaj.com/is-it-justified-to-use-a-bulldozer-on-a-squatter-settlement-in-godawari/ Mon, 18 May 2026 23:33:06 +0000 https://www.manavaawaj.com/?p=12105 सनोज महत गोदावरी नगरपालिका वडा नम्बर ३ को नहर क्षेत्र अहिले केवल एउटा बस्ती होइन, एउटा बहस बनेको छ-कानुन र करुणाबिचको बहस । राज्य र नागरिकबिचको बहस । अधिकार र अतिक्रमणबिचको बहस । काठमाडौँ महानगरले बागमती, विष्णुमती र हनुमन्ते किनारका बस्तीमा डोजर चलाएपछि देशभर सुकुमबासी बस्तीमाथि राज्यको व्यवहारलाई लिएर नयाँ प्रश्न उठेका छन् । सार्वजनिक, ... Read more

The post गोदावरीका सुकुमबासी बस्तीमाथि डोजर चलाउनु जायज हो ? appeared first on मानव आवाज.

]]>
सनोज महत

गोदावरी नगरपालिका वडा नम्बर ३ को नहर क्षेत्र अहिले केवल एउटा बस्ती होइन, एउटा बहस बनेको छ-कानुन र करुणाबिचको बहस । राज्य र नागरिकबिचको बहस । अधिकार र अतिक्रमणबिचको बहस । काठमाडौँ महानगरले बागमती, विष्णुमती र हनुमन्ते किनारका बस्तीमा डोजर चलाएपछि देशभर सुकुमबासी बस्तीमाथि राज्यको व्यवहारलाई लिएर नयाँ प्रश्न उठेका छन् । सार्वजनिक, ऐलानी र सरकारी जमीनमा बसेकाहरूलाई हटाउने र लगत सङ्कलन गर्ने सरकारी अभियान चलिरहँदा गोदावरी नगरले भने फरक स्वर निकाल्यो । “सुकुमबासी बस्तीमा डोजर चल्न दिँदैनौँ” भन्ने मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र वडा अध्यक्ष सानुराजा घिमिरेको सार्वजनिक प्रतिबद्धताले गोदावरीलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो । वडा अध्यक्ष घिमिरेले त “सुकुमबासीको हितका लागि मर्न तयार छु, तर डोजर चल्न दिन्न” सम्म भन्नुभयो । प्रश्न उठ्छ-यो केवल राजनीति हो कि इतिहास, यथार्थ र मानवीय संवेदनाको स्वीकारोक्ति ?

२०७९ असार ९ गते राष्ट्रिय भूमि आयोग ललितपुर र गोदावरी नगरपालिकाबिच भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन, वर्गीकरण र व्यवस्थापनका लागि सम्झौता भयो । गोदावरी नगरपालिकाका १४ वडामध्ये ६ ओटा वडाले मात्र प्रक्रियामा भाग लिए । प्रारम्भिक चरणमा ९ सय ४२ घरपरिवारको निवेदन पर्‍यो । त्यसमा ८१ दलित भूमिहीन, ३ सय ८४ गैरदलित भूमिहीन र ४ सय ६७ अव्यवस्थित बसोबासी थिए । तर, प्रमाणीकरणपछि २ सय १३ परिवारलाई मात्रै वास्तविक सुकुमबासीको रूपमा चिनियो । तीमध्ये १ सय ५५ घरधुरी वडा नम्बर ३ को नहर क्षेत्रमा छन् । यही तथ्याङ्कले नहरलाई गोदावरीको सुकुमबासी “इपिसेन्टर” बनाउँछ । भूमि आयोग, वडा कार्यालय, नापी र मालपोत कार्यालयको संलग्नतामा जारी गरिएका अस्थायी निस्साले ती परिवारलाई कानुनी स्वामित्व त दिएको छैन, तर कम्तीमा राज्यले उनीहरूको अस्तित्व स्वीकार गरेको प्रमाण भने दिएको छ ।

नहरको कथा आजको होइन । यसको जरा धेरै गहिरो छ । २०२८ सालमा राष्ट्रिय वनस्पति उद्यान विस्तार गर्दा तत्कालीन वन सचिव ईश्वरीमान श्रेष्ठको नाममा रहेको करिब ४० रोपनी जमीन सरकारले अधिग्रहण गर्‍यो । जमीनमा जोतभोग गर्दै आएका मोहीहरूले मुआब्जा पाए, तर स्थायी पुनर्वास पाएनन् । घरबार गुमाएका ती परिवारले “पाल टाँग्ने चौर” मा अस्थायी बसोबास सुरु गरे । पछि तत्कालीन गोदावरी गाउँपञ्चायतका प्रधानपञ्च दलबहादुर सिलवालले उनीहरूलाई अहिलेको नहर क्षेत्रमा सारिएको स्थानीयहरू बताउँछन् । यसरी १५-२० घरधुरीबाट सुरु भएको बस्ती पाँच दशकको अन्तरालमा सयौँ घरपरिवारसम्म फैलियो ।

डोजरले टहरा भत्काउन सक्छ, तर इतिहास मेटाउन सक्दैन । गरिबी हटाउन सक्दैन । विस्थापनको पीडा समाप्त गर्न सक्दैन । त्यसैले समाधान डोजर मात्र हुन सक्दैन । पुनर्वास, वैकल्पिक व्यवस्थापन, सामाजिक सम्वाद र दीर्घकालीन शहरी योजना बिना गरिएको विस्थापनले समस्या समाधान गर्दैन, केवल अर्को ठाउँमा सार्छ ।

यो विस्तार केवल “अतिक्रमण” का कारण भएको होइन । समयसँगै तिनका परिवार बिस्तार भए,  आफन्त आए, मजदुर आए, गाउँबाट रोजगारी खोज्दै आएका मानिस आए । गोदावरी मार्बल उद्योग, हिमालयन ब्रुअरी लगायतका उद्योगहरूले हजारौँ मजदुर ताने । २०३३ देखि २०६५ सम्म चलेको गोदावरी मार्बल उद्योगमा नियमित ५ सय र मौसमी गरी २ हजारसम्म मजदुर काम गर्थे । तीमध्ये धेरैलाई शहरमा बस्ने ठाउँ थिएन । सस्तो, पहुँचयोग्य र काम नजिकको ठाउँका रूपमा नहर बिस्तार हुँदै गयो । बस्ती बस्यो, बाटो पुग्यो, बिजुली पुग्यो, पानी पुग्यो । समाज निर्माण भयो । त्यहाँ बच्चाहरू जन्मिए, हुर्किए, विद्यालय गए । जसले जीवनको आधा शताब्दी त्यहीँ बितायो, उसका लागि त्यो “अतिक्रमित जमीन” भन्दा पहिले “घर” हो ।

नहर क्षेत्र आज मिनी नेपालजस्तै बनेको छ । हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्मका मानिस त्यहाँ भेटिन्छन् । त्यहाँ बस्ने प्रत्येक परिवारसँग सङ्घर्षको आफ्नै कथा छ । उदयपुरबाट आएका रत्नबहादुर विकको कथा त्यसमध्ये एउटा हो । पुर्ख्यौली सम्पत्ति बेचेर ल्याएको पैसाले तीन आना लालपुर्जा भएको जमीन किने । ऋण लाग्दै गयो । सयकडा पाँचको मकै ब्याजमा ऋण लिए । तिर्न सकेनन् । साहुले जमीन खायो । अन्ततः उनी पनि नहरमै आइपुगे । यस्ता कथा त्यहाँ सयौँ छन् । कतिपय स्थानीयले पनि भिरपाखो छाडेर सहज पहुँचका कारण नहर रोजे । मानिसलाई त्यहाँ केवल गरिबीले होइन, जीवन सहज बनाउने आधारभूत आवश्यकताले पनि तानेको हो ।

यतिबेला नहरको बहस केवल मानवीय छैन, राजनीतिक पनि छ । नहर क्षेत्रको मतदाता सङ्ख्या वडा नम्बर ३ को स्थानीय राजनीतिमा निर्णायक मानिन्छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरूको चर्को प्रतिरोधलाई कतिपयले “भोटको राजनीति” भन्छन् । भूमि आयोग राजनीतिक नियुक्तिबाट बनेको संस्था भएकाले अस्थायी निस्सा वितरणलाई लिएर पनि प्रश्न उठाइएको छ । आयोगका पदाधिकारी र स्थानीय सत्ता गठबन्धनको राजनीतिक निकटतामाथि आरोप छन् । तर, राजनीति छ भन्दैमा मानवीय यथार्थ मेटिँदैन । गरिबी, विस्थापन, ऋण, रोजगारी र अवसरको खोजीले मानिसलाई त्यहाँ पुर्‍याएको हो ।

निश्चय नै सार्वजनिक जमीनमाथिको अनियन्त्रित बसोबास दीर्घकालीन समाधान होइन । नहर, खोला र सार्वजनिक संरचनामाथिको अतिक्रमणले शहरी जोखिम बढाउँछ । राज्यसँग व्यवस्थापन गर्ने अधिकार छ । तर, प्रश्न व्यवस्थापनको शैलीमा छ । राज्यले दशकौँसम्म आँखा चिम्लेर बस्ने, मतदाता सूचीमा राख्ने, बिजुली-पानी पुर्‍याउने, अस्थायी निस्सा दिने अनि एक दिन अचानक डोजर लिएर पुग्ने ?  यदि राज्यले वर्षौंसम्म बस्न दियो भने त्यो केवल व्यक्तिको अतिक्रमण होइन, राज्यको नीतिगत असफलता पनि हो ।

डोजरले टहरा भत्काउन सक्छ, तर इतिहास मेटाउन सक्दैन । गरिबी हटाउन सक्दैन । विस्थापनको पीडा समाप्त गर्न सक्दैन । त्यसैले समाधान डोजर मात्र हुन सक्दैन । पुनर्वास, वैकल्पिक व्यवस्थापन, सामाजिक सम्वाद र दीर्घकालीन शहरी योजना बिना गरिएको विस्थापनले समस्या समाधान गर्दैन, केवल अर्को ठाउँमा सार्छ ।

अन्ततः प्रश्न फेरि त्यहीँ आएर अडिन्छ-जो मानिस पाँच दशकदेखि त्यहीँ छन्, जसका छोराछोरी त्यहीँ जन्मिए, जसको श्रमले शहर बन्यो, उनीहरूलाई “अतिक्रमणकारी” भनेर परिभाषित गर्न मिल्छ ?  कानुन आवश्यक छ, तर कानुन मान्छेका लागि हो, मान्छे कानुनका लागि होइन । त्यसैले नहरको प्रश्न जमीनको मात्र होइन, राज्यको नैतिकताको पनि प्रश्न हो । अनि त्यो प्रश्न अझै खुल्लै छ-के यिनहरूमाथि डोजर चलाइनु साँच्चै जायज हो ?

सिफारिस-आवासको अधिकार र राज्य संवेदनशीलताको परीक्षा !

The post गोदावरीका सुकुमबासी बस्तीमाथि डोजर चलाउनु जायज हो ? appeared first on मानव आवाज.

]]>
मुक्त आकाशमुनि ! https://www.manavaawaj.com/under-the-open-sky/ https://www.manavaawaj.com/under-the-open-sky/#comments Sat, 16 May 2026 01:25:45 +0000 https://www.manavaawaj.com/?p=12048 हामी बारीको खुला फाँटमा थियौँ । पहिलो गरो खेतलाई कुहिनाले टेकेर पार गरेपछि म तल्लो गरोमा झरें। तर अझै ढुक्क हुन सकिने स्थिति थिएन । त्यसैले म फेरि कुहिनाले टेकेर घसिँदै अगाडि बढें । मैले अर्को गरो पनि काटें । “अब भने उभिन सकिन्छ” मेरो मनले आँटी भएर भन्यो । म बिस्तारै चाल सुन्दै उठे। ... Read more

The post मुक्त आकाशमुनि ! appeared first on मानव आवाज.

]]>
हामी बारीको खुला फाँटमा थियौँ । पहिलो गरो खेतलाई कुहिनाले टेकेर पार गरेपछि म तल्लो गरोमा झरें। तर अझै ढुक्क हुन सकिने स्थिति थिएन । त्यसैले म फेरि कुहिनाले टेकेर घसिँदै अगाडि बढें । मैले अर्को गरो पनि काटें ।

“अब भने उभिन सकिन्छ” मेरो मनले आँटी भएर भन्यो । म बिस्तारै चाल सुन्दै उठे। संसार निस्पट्ट अन्धकारमा डुबेको थियो । माथि आकाशका ताराहरू झिमझिम आँखा झिस्क्याउँदै हामीलाई हेरिरहेको थिए । तर ताराहरूसँग हामीले डराउनु पर्ने कुनै कारण थिएन । ती त अब अनन्त यात्राका स्थायी मार्गदर्शक पो बन्दै थिए ।

मैले अँध्यारोलाई छिचोलेर वरपर चियाउने प्रयत्न गरें । मभन्दा दुई-हात अगाडि एक जना साथी टुक्रुक्क बसेर आफ्नो साहसलाई बलियो पार्ने प्रयत्न गरिरहनु भएको थियो । मैले उभिएको पहिलो पाइलो चालेँ र सासको स्वरमा भनेँ-“उठौं ।”

सुरुङबाट बाहिर निस्केपछि मेरो मुखबाट निस्केको पहिलो शब्द त्यही थियो । साथी जुरूक्क उठ्नु भयो । मैले नियालेर हेरेँ भिष्म धिमाल हुनुहुँदोरहेछ । उहाँको ठूलो ज्यानले मेरो सानो शरीरलाई ढपक्कै ढाक्यो । मैले बिस्तारै भनेँ-“हिँड्नोस् अघि बढौँ, नक्खु र बागमतीको दोभान हामी सबैको भेट्ने ठाउँ हो ।”

अगाडि पाइला चाल्नुभन्दा पहिले मलाई पछिल्तिर फर्केर हेर्न मन लाग्यो । सारा नक्खु क्षेत्र अन्धकारको भुँवरीमा डुबेको थियो । अँध्यारो स्वाँ-स्वाँ गरेर कराइरहेको थियो । बत्तीको पिलपिले उज्यालो कतै थिएन । हामीलाई जिन्दगीभर थुनेर राख्ने मनसाय बोकेर अग्लिएको भ्यालखानाको पर्खाल त्यो अन्धकारभित्र कालो राक्षस जसरी लमतन्न परेर सुतेको थियो ।

“खबरदार…!” दक्षिण-पश्चिम चोसोको बुर्जामा बसेको पुलिस बेस्सरी करायो । म नजानिँदो पाराले मुस्कुराएँ ।

“तिम्रो खबरदार, शब्दको भुँवरीमा रूमल्ली रहोस् । हामीलाई जेलमै सडाएर मार्ने तिम्रो पर्खाल यसरी नै भूत जसरी सुतिरहोस् । नमस्ते भाइ, हामी मुक्त मन लिएर विचरण गर्न गइरहेका छौँ ।”

भिष्म दुई चार पाइला अघि बढिसक्नु भएको थियो । भावुक भएर पर्खाल र पुलिसको बारेमा सोचिरहने फुर्सद मसँग थिएन । म हतार हतार उहाँको पछि लागेँ ।

अँध्यारोले हाम्रा पाइलालाई अप्ठेरोमा पारे पनि तिनले हाम्रो बाटोलाई थुन्न सकेका थिएनन् । डिल र आलुका बुटाहरूबाट जोगिँदै हामी बिस्तारै पश्चिमतिर लाग्यौँ । पहिलो पल्ट गराबाट तल ओर्लदा म र भिष्म दुवै जना डङ्ग्रङ्ग लड्यौँ । रातको एक्लो सन्नाटामा हाम्रो पछराइ ढप्प गरेर थर्कियो । आफू पछारिएको आवाजले आफैँलाई एक पल्ट नराम्ररी तर्सायो । म बिस्तारै उठेँ र होशियार भएर अगाडि बढेँ। मेरा आँखाहरू अलि अलि गर्दै अँध्यारोमा अभ्यस्त हुँदै थिए । अर्को डिलले मलाई लडाउन सकेन । म बिस्तारै डिल नाघेर तल ओर्लिएँ । तर, खै के भएछ कुन्नि मेरो अघि अघि हिँड्नुभएको भिष्म कतै हराउनु भयो ।

एक्लोपनको त्रासले मलाई कचक्क समात्यो । अहिलेसम्म छेउछाउमा नआएको डरले मेरो मन र मस्तिष्कलाई फनक्क बेर्‍यो । हिँड्दै गरेका मेरा पाइलाहरू एक्कासी रोकिए । मैले आफू अगाडिको अँध्यारोलाई निक्कै परसम्म छिचोल्ने प्रयास गरेँ । अहँ, अगाडि कुनै मान्छेको छायाँ थिएन । मैले दाहिने र देब्रेतिर अनुहार घुमाएँ : अहँ त्यता पनि कुनै आकृतिको नामोनिशान थिएन ।

“एक्लै भए पनि दोभानमा त पुग्नैपर्छ ।” मैले मनमनै भनेँ । बिस्तारै मेरा पाइलाहरू अगाडि बढे । मैले अरू दई तीन ‌ओटा गराहरू नाघेँ । झ्वाम्म अगाडि आएको आकृतिले मेरो बाटो छेक्यो । मेरा हात गोडाहरू एकैचोटी चिसा भए । आफ्नोभन्दा झण्डै दुई गुणा ठूलो शरीर मेरो बाटो छेकेर उभिएको थियो । मेरा नौनारी गले । त्यो आकृतिले मलाई च्याप्प समात्यो ।

“म त दोभान पुग्नै सकिनँ, कता पर्छ ?” बोली सुनेपछि मात्र मेरो चेतना फर्कियो । हर्क खडकाको ठूलो शरीरले मेरो बाटो छेकेको थियो । आफूलाई समातिरहेको उहाँका हातहरू हटाउँदै भनेँ, “हामी देब्रेतिर लम्किनुपर्छ, अलिकति हिँडेपछि दोभान भेटिन्छ ।”

मोडिनै आँटेको बेला पश्चिमतिरबाट अर्को आकृति फेरि हामीतिरै आयो । “बाटो नचिनेर साथीहरू भौंतारिँदै छन् ।” मेरा मनले भन्यो । मेरो मनबाट शत्रुको भय हराइसकेको थियो । त्यसैले त त्यो आकृतिलाई पर्खेर बसिरहेँ । आउने अशोक न्यौपाने हुनुहुँदोरहेछ । उहाँ पनि एकपल्ट झसङ्ग हुनुभयो । नियालेर हाम्रो अनुहारमा हेरेपछि उहाँले भन्नुभयो “मैले त बाटो हराएँ, साथीहरू पनि छुट्नुभो, अब कता जाने ?”

सुरुङबाट निक्किएका हामी सबै बरालिएका थियौँ । साथीहरू भेटिन्थे अनि फेरि छुट्टिन्थे। । फेरि भेटिन्थे अनि फेरि हराउँथे । अन्यौल र आश‌ङ्काले मनलाई स्थीर हुन दिइरहेको थिएन र गोडालाई पनि सही दिशातिर तन्किन दिइरहेको थिएन ।

“नआत्तिनोस् हामी दोभानको नजिकै छौँ” मैले बिस्तारै भनेँ । “यहाँबाट दाहिने हुँदै अलिकति पश्चिम गएपछि दोभान भेटिन्छ । बरू हामी नछुटौँ । एकले अर्कालाई समातेर हिँडौँ । त्यसो हुँदा राम्रो हुन्छ ।”

हामी तीनै जना बाटो लाग्यौँ । दुई-तीन मिनेट नबित्दै हामी नक्खु र बागमतीको बलौटे बगरमा पुग्यौँ ।

गर्मीको याम भए पनि काठमाडौँको रात चिसै थियो । तर, उत्तेजनाले हाम्रो शरीरलाई गर्माइरहेको थियो । खोलाको किनारमा काला आकृतिहरू ढुङ्गा जसरी ठस्स बसेका थिए । हामी टक्क अडियौँ । त्यसै बेला खोलाको डिलबाट टक्-टक् गरेर तीनचोटि जिब्रो पड्काएको आवाज आयो । त्यो सम्पर्कको सङ्केत थियो । हामीले पनि त्यसै गरी जिब्रो पड्कायौँ । फेरि उताबाट जिब्रो पड्काएको आवाज आयो । हामी बिस्तारै अघि बढ्यौँ ।

त्यहाँ बीरबहादुर, सीपी, राजेन, शेखर र नरेश हुनुहुन्थ्यो ।

नक्खु खोलाको सानो पानीको कुल कुल आवाज हाम्रो कानैबाट बगिरहेको थियो । बागमती भने ख्यार-ख्यार आवाज निकालेर सुतिरहेको दमको बिरामी जस्तै लाग्यो । आफ्नो आवाजलाई सकेसम्म सानो पार्न सकियोस् र एक अर्काका कुराहरू प्रस्टै सुनियोस् भनेर हामी नजिक नजिक टाँसिएर बस्यौF ।

“अरू साथीहरू खै ?” यो प्रश्न कसले सोध्यो थाहा भएन तर यसको उत्तर कसैसँग थिएन । “हामी एकछिन पर्खौँ, आउनु होला ।” हामी नबोली पर्खिन थाल्यौँ । अरू बेला प्रतीक्षाको समयमा घडीको सुई पनि अल्छि लाग्दो पाराले ढिलो ढिलो घुमे जस्तो लाग्थ्यो । त्यति बेला त त्यो सधैँभन्दा झन् झन् छिटो कुदे जस्तो लाग्न थाल्यो । पाँच मिनेट बित्यो । अहँ सात जना साथीको अत्तोपत्तो नै पाइएन ।

“सिरोज र बीरबहादुर खोज्न जानोस् । तपाईंहरूलाई यहाँको भूगोलको जानकारी छ । हामी पर्खेर बस्छौँ । भेटिएका साथीलाई यही पठाइदिनु होला” सीपीले भन्नुभयो ।

माधवलाई भेट्न सकिन्छ भन्ने हामीलाई लागेकै थिएन । किनभने उहाँ एक्लै, एक डेढ घण्टा अगाडि नै निस्कनु भएको थियो र यतिञ्जेल उहाँ त्यतै पर्खेर बस्ने कुनै सम्भावना थिएन । ‘गोपाल त नहराउनु पर्ने ! काठमाडौँको बारेमा उहाँ हामीभन्दा बढी जानकारी राख्नुहुन्थ्यो र नक्खुको दोभान, सुरुङको मुखबाट कता पर्छ भन्ने उहाँलाई राम्रै थाहा थियो ।’ साथीहरूलाई खोज्न जानु अघि मैले मनमनै हिसाब लगाएँ। तर, यो हिसाबलाई जोड घटाउ गरेर त्यहाँ बस्ने बेला थिएन । जति सक्दो चाँडो हामीले साथीहरूलाई खोजेर त्यहाँ भेला पार्नुपर्ने थियो । त्यसैले म र बीरबहादुर जुरुक्क उठेर खेततिर लाग्यौँ ।

हामी अलिकति हिँड्थ्यौँ र गराको आडमा उभिएर आँखा च्याती-च्याती वरिपरि हेर्थ्यौँ । फेरि हामी अलिकति हिँड्थ्यौँ र आलीमा टुसुक्क बसेर वरिपरि नियाल्थ्यौँ । हामी फेरि दुई-चार पाइला चाल्थ्यौँ र सानो स्वरमा जिब्रो टक्-टक् पारेर सङ्केत गर्थ्यौँ, अनि प्रतिसङ्केत सुन्न एकछिन अड्किन्थ्यौँ ।

हामीलाई आफैँ पनि छुटौँला कि भन्ने त्रासले अलिकति समातेकै थियो । त्यसैले हामी सकेसम्म सँगसँगै हिँड्ने कोसिस गरिरहेका थियौँ । त्यस्तै, भ्यालखानामा अकस्मात बत्ती आउला, हाम्रो खोजी होला र पुलिसहरू बटारिँदै यतै हान्निएलान् भन्ने त्रासले पनि हामीलाई समातेकै थियो । त्यसैले हामी घरिघरि भ्यालखानातिर पनि नियाल्दै थियौँ ।

झण्डै १० मिनेटपछि हामीले आफ्नो टकटकको जबाफ पायौँ । त्यो आवाजको दिशा पहिल्याउँदै र सतर्कताका पाइला चाल्दै हामी अँध्यारोलाई नियाल्दै अघि बढ्यौँ । परमेश्वर र भिष्म एउटा आलीको आडमा उभिएर हामीतिरै हेरिरहनुभएको रहेछ ।

“हामी त हरायौँ” भिष्मले मेरो अनुहारमा नियालेर हेरपछि भन्नुभयो-“तपाईँले मलाई कता छोडनु भो ? म त हिँड्दाहिँड्दै पर खोलामा पुगेँ । त्यहाँबाट कता जाने थाहै भएन । फेरि फर्किंदा कमरेडसँग भेट भो ।”

भिष्मको कुराले मलाई हँसायो तर मैले तर्क नगरी भनेँ, “अब यहाँ छलफल नगरौँ । जाउँ, ढिला भइसक्यो ।”

दुई जनालाई लिएर हामी दोभानमा पुग्यौँ । अरू कोही साथी थपिनु भएको थिएन । हामी सुरुङबाट निस्केको आधी घण्टा भइसकेको थियो ।

“भरखरै माथि जावलाखेलतिरबाट एउटा गाडी आयो” त्यहाँ बसेको कसैले भन्नुभयो । “अब यहाँ धेरै बेर अलमलिनु हुँदैन। बत्ती बल्ने बित्तिकै हामो खोजी सुरु भइहाल्छ ।”

म र बीरबहादुर नबोली फर्कियौँ । फेरि पहिलकै जस्तै खोजी सुरु भयो । पाँच मिनेट पनि नबित्दै हामीले धर्म घिमिरे र जीवन मगरलाई भेट्यौँ । धर्म एउटा गराको डिलमा उभिएर अल्मलिएको ढङ्गले यताउता हेर्दै हुनुहन्थ्यो। जीवन चाहिँ त्यहाँभन्दा एक गरा तलतिर आलीको आडमा उभिएर साथीभाइ खोजिरहेका थिए ।

दुवैलाई लिएर हामी फेरि दोभानमा आयौँ । अहँ गोपाल, नारद र माधवको कुनै अत्तो-पत्तो नै थिएन । “गोपाल त नहराउनु पर्ने, के भएछ ?” कसैले सानो स्वरमा भन्यो । तर, सबैको मनमा त्यही प्रश्न भएको कसैले त्यसको जबाफ दिन सकेन । हामी फेरि खोजीमा निस्कियौँ ।

पन्ध्र मिनेट भौँतारिदा पनि हामीले दुवै जनालाई भेट्न सकेनौँ । तै दोभानतिरै पुग्नुभयो कि ! एकातिर त्रास र अर्कोतिर दिक्दारीले थलिएको हाम्रो मनले भन्यो, बरू जाउँ उतै । हामी फर्केर बगरमा पुग्यौँ । गोपाल र नारदको कुनै अत्तो पत्तो थिएन तर माधव भने कतैबाट भरखर आइपुग्नु भएको रहेछ ।

“कस्तो आपत पार्नुभो तपाईंले ? कता पुग्नु भाथ्यो ?,” उहाँलाई देख्ने बित्तिकै खुशी मनले मैले सोधेँ । “म त पहिले नै निस्किहालें तर यो खोलो पनि काट्न नपाउँदै बत्ती झलमल्ल बल्यो” उहाँ सके हामी आइपग्नु अघि यहीँ कुरा सुनाइरहनु भएको थियो । त्यसैले अड्कली अड्कली उहाँले भन्नुभयो- “बत्ती बलेपछि मेरो त सातो पुत्लो नै गयो । बुर्जाको बत्ती सिधै सुरुङको मुखमा पर्थ्यो र पुलिसको आँखा अलिकति मात्रै गाडियो भने पनि उसले त्यो भ्वाङ परेको ओडार देखिहाल्थ्यो । सातो गएको मनले म, फेरि बत्ती जाला कि भनी एकछिन पर्खेर बसेँ तर अहँ बत्ती निभ्दै निभेन । त्यसपछि यहाँ बसेर कुनै उपाय हुँदैन भनेर म खोला पारीबाट सडकमा निस्किएँ । सडकमा त्यस्तो बत्ती निभाउने ठाउँ कुनै छ कि भनी म नक्खु बजारसम्म गएँ । त्यस्तो कतै देखिनँ । त्यसपछि फर्केर म गाउँतिरै लागेँ । एक ठाउँमा बिजुलीको तार धेरै होचोमा रहेछ । त्यो दुई वटा लाइनको कनेक्सान मिलाइदिन सके तार पड्किने थियो भन्ने मलाई थाहा थियो । त्यसैले म, कतै फलामको छड् पाइन्छ कि भन्दै खोजीमा लागेँ । त्यसै बेला यहाँ फ्याट्ट बत्ती निभ्यो । एकछिन त हो कि होइन भनेर म पर्खेर बसिरहेँ । तर, बत्ती निभेकै थियो । धेरै बेरसम्म बत्ती नआएपछि कमरेडहरू निस्क्नु भयो भन्ने खुशी बोकेर म यतै फर्किएँ । यहाँ कसैलाई नदेखेपछि म घस्रिँदै सुरुङको मुखसम्म पुगेँ । तरऽ त्यहाँभित्र पनि मान्छेको चालचुल थिएन । सुरुङको मुखका आलुका बोटहरू नराम्ररी माडिएका थिए । त्यसैले मलाई साथीहरू पक्कै निस्कनु भयो भन्ने विश्वास भयो र म तपाईंहरूलाई खोज्दै यहाँसम्म आइपुगेँ ।”

“अब उहाँहरूलाई नपर्खौँ” माधवको कुरा सकिसकेपछि सीपीले भन्नुभयो, “गोपाललाई यताको सबै थाहा छ । हामी गएतिरै आउन सक्नुहुन्छ ।”

सीपीको यो प्रस्तावलाई कसैले काटेन । १३ जनाको हाम्रो टोली बसेको ठाउँबाट जर्याक-जुरूक उठ्यो । हामीले जुत्ता-मोजा खोल्यौँ र पेन्टलाई अलिक माथिसम्म सार्‍यौँ । नक्खु खोलाको पातलो पानीले हाम्रो गोडालाई मात्र पनि राम्ररी भिजाउन सकेन । हामीले खोलाको पारिपट्टि पुगेर जुत्ता मोजा लगायौँ । हाम्रो टोलीको अगुवा बीरबहादुर हुनुहुन्थ्यो । त्यो रातभर हामीले उहाँकै निर्देशनमा हिँड्नु पर्ने थियो । त्यो सम्पूर्ण क्षेत्रको बारेमा सबैभन्दा राम्रो जानकारी राख्ने उहाँ नै हुनुहन्थ्यो ।

खोला तरेर हामी दक्षिण-पश्चिम दिशातिर उकालो लाग्यौँ । मध्य रातको फेरोमा सारा संसार मस्त निदाइरहेको छ जस्तो लाग्थ्यो । माथि पाखामा बलिरहेको पिलपिले बत्तीले सन्नाटालाई चिर्न बल गरिरहेको थियो ।

हामी गाउँको किनारमा आएपछि दाहिनेतिर मोडियौँ । अगाडि हिडिरहनु भएका बीरबहादुरलाई त्यताको बाटोघाटोको राम्रो जानकारी थियो । उहाँका पाइलाहरू नअलमलिइ तन्किरहेका थिए र हामी सबै अँध्यारोलाई छिचोल्दै ती पाइलाको अनुसरण गरिरहेका थियौँ ।

झण्डै पन्ध्र मिनेट पश्चिम हिँडेपछि हामी एउटा चौतारीको डिलमा आएर उभियौँ ।

“अब हामी ओरालो लाग्छौँ” बीरबहादुरले फुसफुसाएर भन्नुभयो । “अलिकति ओरालो झरेपछि हामी पुलमा पुग्नेछौँ । पुल अप्ठेरो र अग्लो छ । यो पुल चोभार गल्छीको पुल हो । अलिक होशियार भएर हिँड्नु होला ।”

नजानिँदो डरले हामी सबैलाई समात्यो । बाटो सजिलै भए पनि हामी झण्डै झण्डै हातपाउ टेकेर ओरालो झर्न थाल्यौँ । अँध्यारोको मध्यमा पुल कालो खाडीमाथि तेर्सिएर बसेको कोक्रो जस्तो लाग्दथ्यो ।

दुवै हातले पुलको बारलाई बेस्सरी समातेर हामीले बागमती पार गर्‍यौँ । अगाडि अप्ठ्यारो र ढुङ्ग्यानो बाटो थियो । फेरि हातले भित्ताको आड लिएर हामी देब्रेतिर करैचे ओरालो बाटो हिँड्न थाल्यौँ । झण्डै पाँच मिनेट हिँडेपछि हाम्रा गोडाहरू घाँसे मैदानमा रमाउन थाले । घाँसे मैदानलाई हामीले एकैछिनमा पार गर्‍यौँ ।

हाम्रो अगाडि लमतन्न बटारिएका सर्प जस्तो अलकत्रे बाटो थियो । मैले थाहा पाएँ-हामी चोभारको गहिरो भागमा थियौँ र हाम्रो अगाडि तेर्सिएको बाटो दक्षिणकालीतिर हान्निएको थियो ।

“अब वैरीका बाघे पन्जाबाट हामी मुक्त भयौँ” अलकत्रे सडकमा पाइलो हालेपछि मेरो मनले भन्यो । त्यतिबेला मलाई लागेको थियो हामीले सुरुका, तर सबभन्दा अप्ठेरा बाधाहरूलाई पन्छाइरहेका छौँ र अब आउने अवरोधहरूलाई त भाँचभुँच पारेर पनि मिल्काउन सकिन्छ ।

एउटै लाइन बनाएर हामी दक्षिणकाली सडकको दाहिने किनारबाट पश्चिमतिर लाग्यौँ । त्यो खस्रो र मोटो सडकमा हाम्रा पाइलाहरू ढप ढप बज्दथे र घरिघरि हामी आफ्नै पाइलाका आवाजसँग डराउँथ्यौँ ।

तल कता बागमती खोलो सुसाएको हो कि, माथिको वन सुसाएको हो, केही ठम्याउन सकिन्नथ्यो । तर, एक खालको निरन्तर आवाजले हाम्रो यात्रालाई स्वागत गरिरहेको छ जस्तो लाग्दथ्यो । मुक्त मनले झण्डै दुई घण्टा खुला जमीनमा टेकिसकेकाले होला हामी सबैको आत्मविश्वास बढेको थियो र हाम्रो मन क्रमशः चङ्गा हुर्दै थियो। हामी अब पहिलेभन्दा अलिक ढुक्कले खास खास खुस खुस पनि गर्न थालेका थियौँ ।

आधा घण्टापछि हाम्रो यात्रा रोकियो । हामी एउटा खोल्सी जस्तो कोप्चोमा गुजमुज्ज भेला भयौँ र एक-अर्काले अनुहारमा हेराहेर गर्न थाल्यौँ । सीपीले अगाडि सरेर भन्नुभयो-“यसरी सडकै सडक हिँड्दा नोक्सान हुन्छ । अहिलेसम्म जेलमा बत्ती आइसक्यो होला । शायद हाम्रो खोजी पनि सुरु भयो होला । पुलिसहरू सडकको बाटो चारैतिर छरिन सक्छन् । त्यसैले हामीले सडक छोड्नुपर्छ र गोरेटो समात्नु पर्छ ।”

गोरेटो हिँडाउने जिम्मा पनि बीरबहादुरकै काँधमा थियो । अब त बाटो र त्यो क्षेत्रको जानकार उहाँ मात्रै हुनुहुन्थ्यो । हामी सबैको। हामी सबैको अनुहार उहाँतिरै फर्कियो । उहाँले चिउँडोमा औँलो ठड्याएर एकछिन् केही सोचेपछि भन्नुभयो-“ठिक छ, हामी देब्रेतिरको पाखामा लागौँ । पाखैपाखा हामी दक्षिणकाली काटेर सुरक्षित स्थानमा जान सक्नेछौँ ।”

सडकै सडक अलिकति अगाडि एउटा गोरेटो समातेर हामी उकालो लाग्यौँ । त्यति बेलासम्म हाम्रा आखाँहरू अँध्यारोसँग राम्ररी नै अभ्यस्त भइसकेका थिए । अब हामी ताराहरूको उज्यालोको भरमा आफू अगाडिको सोतो जस्तो गोरेटोलाई राम्ररी ठम्याउन सक्ने भएका थियौँ ।

हामी सबै चुपचाप थियौँ । त्यो शून्यतामा खोलाको आवाज पहिलोभन्दा प्रष्ट ढङ्गले हाम्रो कानमा परिरहेको छ जस्तो हामीलाई लाग्थ्यो । म र मेरो अघिपछि हिँड्नु भएका साथीलाई लागिरहेको थियो, हामी क्रमशः उकालो गइरहेका छौं र बाटालाई हामीले धेरै तल छोडिसकेका छौँ ।

हामी झण्डै अर्को दुई घण्टाहिँडिसकेका थियौँ र त्यस अवधिमा हामीले काँडे झाडी, अप्ठ्यारो खोल्सी खसेर लडिने पो हो कि जस्तो अप्ठ्यारो बाटो पार परेका थियौँ ।

हाम्रो देब्रेतिर निकै तल एउटा सेतो सेतो हामीलाई लगातार पच्छ्‌याउँदै आइरहेको थियो । मभन्दा अगाडिको साथीले टक्क उभिएर सोध्नुभयो “तल देखिएको सोतो सेतो बागमती खोला हो ?”

रातको अन्योलमा मैले यसै भन्न सकिनँ । त्यसैले मैले पनि रोकिएर आफूभन्दा पछाडिको साथीसँग त्यही कुरा सोधेँ । उहाँले पनि जबाफ दिन सक्नुभएन । उहाँले अझै पछाडिको साथीसँग त्यही कुरा सोध्नुभयो । यसरी सोध्ने क्रममा हामी सबैको हिँडाई एकछिनको लागि रोकियो । हामी अलिकति चउर जस्तो ठाउँमा फेरि गुजुमुज्ज भयौँ । त्यहाँ कसैले “यो तल देखिएको खोलो होइन ?”  भनेर सोध्यो हामी सबैले अनुमोदनमा टाउको हल्लाए ‘हो’ को सङ्केतमा जबाफ दियौँ । त्यसैले एकपल्ट सबैले अनुमोदनमा टाउको हल्लाए जस्तो लाग्यो । सायद साढे तीन घण्टाभन्दा लामो निरन्तर यात्राबाट थाकेर हो कि ! हामी सबैले धेरैबेर सोचेनौँ र एकै मनले त्यसलाई खोलो भनेर अघि बढ्‌यौँ ।

झण्डै १० मिनेट लगातार हिँडेपछि मेरो पछाडिको साथीले मलाई भन्नुभयो-“यो त खोलो होइन सडक जस्तो पो छ, एकपल्ट बीरबहादुरलाई सोध्नुहोस् न ।”

म पनि अलमल्ल परेँ । सडकै हो त ! यति लामो समयदेखि खोलो भनेर सुरक्षा महसुस गरिरहेको मेरो मन सडक भनेको सुन्ने बित्तिकै आत्तियो । म अगाडि हिँडिरहेका साथीहरूलाई पार गर्दै सबभन्दा अगाडि पुगेँ र बीरबहादुरका पाइलासँग पाइला मिलाउँदै मैले भनेँ-“होइन, कमरेड, त्यो त दक्षिणकाली सडक जस्तो पो छ त ।”

“कल्ले भन्यो ?”

“सबै साथीहरू त्यसै भन्दै हुनुहुन्छ ।”

फेरि हाम्रो यात्रा रोकियो । हामी सबै पाखामा ढेप्पिएर बस्यौँ । हाम्रो बसाइले पनि दर्शाउँथ्यो त्यति बेला हाम्रो मन फेरि आतिएको थियो । हामी सबैको भरोसा बीरबहादुर मात्र हुनुहुन्थ्यो । त्यसैले सबैका आँखा उहाँमाथि नै टाँसिएका थिए ।

“हो जस्तो छ” भनेर उहाँ बसेको ठाउँबाट जुरूक्क उठ्नुभयो र हातगोडाको भर लिएर घस्रिँदै घस्रिँदै तल झर्नुभयो । अँध्यारोमा पनि उहाँको कालो छायाँ हामी छर्लङ्गै देखिरहेका थियौँ । उहाँ पुछारमै पुग्नुभयो । त्यहाँ एकछिन बस्नु भयो र पहिलेकै जसरी घस्रिँदै माथि आउनु भयो । हामी सबै उहाँको बोली सुन्न आतुर थियौँ र उहाँले त्यो बाटो होइन, खोलो हो भनिदिए हुन्थ्यो भनेर हाम्रो मन जमजमाइरहेको थियो । तर हाम्रो मनलाई निराश पार्दै उहाँले भन्नुभयो, “त्यो त बाटो रहेछ ।”

“अब त बाटो छोड्‌नै पर्छ हामी सबैको एउटै अठोट थियो । हामीले अझै उकालो लाग्ने विचार गर्‍यौँ । पाँच मिनेट उकालो चढेर हामी एउटा ढिस्कोमा पुग्यौँ । ढिस्कोको उतापट्टिको झिलीमिली उज्यालोले हाम्रो आँखा खायो । झसङ्ग भएर हामी ठिङ्ग उभियौँ। अँध्यारोसँग अभ्यस्त हाम्रा आँखाहरूले झिमझिम गरेर आफूलाई सन्तुलित बनाए । तर, हाम्रा पाइलाहरू अघि सर्नै माननेन् ।

“त्यो फर्पिङ बजार हो” बीरबहादुरले गुजमुज्ज पारेर हामी सबैलाई सुनाउने गरी अलिकति स्वर उचालेर भन्नुभयो “त्यहाँ एउटा पुलिस चौकी छ, हामी बजारबाट जान सक्दैनौँ । बजारमाथिबाट पनि बाटो काट्न सकिन्न । बाटै छैन । हामीले तलबाट बजार काट्नुपर्छ ।”

बीरबहादुरको सल्लाह मानेर हामी फेरि तलतिर ओरालो लाग्यौँ । बाटोमा नपुग्दै बजारमा कोही मान्छेका ख्वाक्क आवाज आयो । हाम्रा पाइलाहरू ठिङ्ग रोकिए । हामीमध्ये केहीले टाउको घुमाएर बजारलाई नियाल्यौं । तर, हाम्रो अगुवा हुनुभएको बीरबहादुरले खोकीको वास्तै गर्नुभएन । उहाँ होशियार भएर तलतिर ओर्लिरहनु भएको थियो । हामी पनि उहाँलाई पछ्याउँदै ओरालो लाग्यौँ ।

हामी बाटोमा झर्‍यौँ, तर बाटोमा हिँडेनौँ । पाँच-छ पाइला पिचमा हिँडेपछि हामी एउटा सानो गोरेटोबाट तलतिर झर्‍यौँ । बाटोको तलतिर खेत थियो । खेत सुक्खा थिएन । सायद नजिकै कतै कुलो थियो र कुलोको पानी बगेको आवाजले रातको सुनसानभित्र सङ्गीतको आवाज दिइरहेको थियो ।

खेतको आलीमा होशियार भएर हिँड्दा पनि हाम्रा जुत्ताहरू छप छप गर्दै पानीमा र हिलोमा डुब्ने गर्थे । जुत्ता डुब्दा आउने छाप आवाजले हामी सबैलाई झसङ्ग पार्थ्यो र त्यस्तो बेलामा हामी फर्पिङ बजारको उज्यालोतिर नियाल्न पुग्थ्यौँ । मनभित्र मान्छेले थाहा पाउलान् कि भन्ने त्रास र अनुहारको मोहोडा घरि घरि बजारतिर घुम्ने गर्नाले हामी धेरैजसो कुठाउँमा पाइलो टेक्न पुग्थ्यौँ र लडौँला लडौँला जसरी लर्बरिन्थ्यौँ । हुँदाहुँदै जीवन त एउटा आलीबाट तल्लो गरामा ब्ल्याङ्गै पछारिइहाले ।

‘धप्प’ गरेर हामी वरपरको वातावरणलाई नै झस्काउँदै आएको आवाजले हाम्रो सातो नै लग्यो । बीरबहादुर जीवनलाई सम्हाल्न तल्लो गरामा झर्नुभयो । धन्न तल्लो गरो सुख्खा रहेछ। जीवनलाई केही भएको थिएन । हाम्रो यात्रा नरोकिइ अगाडि बढ्यो ।

फर्पिङ बजार बिस्तारै पछाडि छुट्‌यो । हामी धेरै पर पुगिसकेका थियौँ । उज्यालोले हामीलाई तर्साउन पनि छोडिसकेको थियो। एउटा कुइनेटाले त्यो उज्यालोलाई पनि छोपिदियो ।

अब हामी फेरि उकालो लाग्यौँ ।

गाउँ ब्यूँझन थालिसकेको थियो । मान्छेहरूको खाक खाक खुक खुक बिस्तारै बढ्दै थियो । बीरबहादुर जबरजस्ती यात्रालाई तन्काउन खोजिरहनु भएको थियो । हामीले भुइँमा उज्यालो खस्नु अघि नै जङ्गल पुगिसक्नु पर्ने थियो ।

उज्यालो खस्न लागेको बेलामा पाँच-सात जना दाउरेनीहरूले हामीलाई भेटे हाम्रो लामो लस्कर देखेर उनीहरू छक्क परे र ठिङ्ग उभिएर हामीलाई टुलु टुलु हेर्न थाले ।

अब मूल बाटोबाट हिँड्न बिलकुलै सम्भव थिएन । छ्याङ उज्यालो हुनै लागेको बेलामा एउटा निर्जन स्थानमा हामी बाटो छाडेर चन्द्रागिरिको जङ्गलतिर लाग्यौं ।

‘नक्खु जेलमा यति बेला के भइरहेको होला ?’ मैले मनमनै भनेँ ।

(क्रमश… अर्को भाग २०८३ जेठ ९ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post मुक्त आकाशमुनि ! appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/under-the-open-sky/feed/ 2
खै ! नर्सहरूको मानव अधिकार ? https://www.manavaawaj.com/what-human-rights-of-nurses/ Fri, 15 May 2026 04:08:28 +0000 https://www.manavaawaj.com/?p=12025 अभिषेक अधिकारी जब कुनै व्यक्ति बिरामी भेट्न अस्पताल जान्छ, उसले बिरामीको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्छ । कतिले बिरामीका आफन्तको अवस्थाबारे पनि चासो राख्छन् । तर, त्यही अस्पतालमा दिनरात बिरामीको सेवा गरिरहेका नर्सहरूको अवस्थाबारे भने सायद थोरैले मात्र सोच्ने गर्छन् । समाजमा चिकित्सकलाई ‘भगवानको अर्को रूप’ भनिन्छ भने नर्सहरूलाई ‘एन्जल’ को संज्ञा दिइन्छ । किंवदन्तीअनुसार एन्जलहरू ... Read more

The post खै ! नर्सहरूको मानव अधिकार ? appeared first on मानव आवाज.

]]>
अभिषेक अधिकारी

जब कुनै व्यक्ति बिरामी भेट्न अस्पताल जान्छ, उसले बिरामीको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्छ । कतिले बिरामीका आफन्तको अवस्थाबारे पनि चासो राख्छन् । तर, त्यही अस्पतालमा दिनरात बिरामीको सेवा गरिरहेका नर्सहरूको अवस्थाबारे भने सायद थोरैले मात्र सोच्ने गर्छन् । समाजमा चिकित्सकलाई ‘भगवानको अर्को रूप’ भनिन्छ भने नर्सहरूलाई ‘एन्जल’ को संज्ञा दिइन्छ । किंवदन्तीअनुसार एन्जलहरू सेतो पोशाकमा मानिसहरूको रक्षा गर्छन् । ठीक त्यसैगरी नर्सहरू पनि सेतो पोशाकमा दिनरात बिरामीको सेवामा खटिरहेका हुन्छन् । तर, प्रश्न उठ्छ–के ती ‘एन्जल’ हरूको आफ्नै जीवन पनि सुरक्षित, सम्मानित र पीडामुक्त छ त ?

स्वास्थ्य सेवा मानव अधिकारभित्र पर्ने आधारभूत अधिकार हो । तर, यही सेवा क्षेत्रमा कार्यरत नर्सहरूको मानव अधिकारबारे भने अपेक्षाकृत कम चर्चा हुने गरेको छ । सन् २०२२ मा प्रकाशित जर्नल अफ पाटन एकाडेमी अफ हेल्थ साइन्समा साधना पौडेलद्वारा लिखित वर्कप्लेस भोइलेन्स एमङ नर्सेस अफ अ टिचिङ हस्पिटल शीर्षकको अध्ययनले गम्भीर वास्तविकता उजागर गरेको छ । ललितपुरस्थित एक शिक्षण अस्पतालमा गरिएको उक्त अध्ययनमा ४ सय २ जना नर्स सहभागी थिए । अध्ययनअनुसार ५६.४७ प्रतिशत नर्सहरूले कार्यस्थलमा विभिन्न प्रकारका हिंसा भोगेको बताएका छन् । त्यसमध्ये ९४.५ प्रतिशतले मौखिक हिंसा, १७.६ प्रतिशतले शारीरिक हिंसा र ४ प्रतिशतले यौन दुव्र्यवहारको सामना गरेको तथ्य सार्वजनिक गरिएको छ । अध्ययनले बिरामीका आफन्त, सहकर्मी तथा कार्यस्थलकै वातावरणलाई हिंसाको मुख्य स्रोत मानेको छ ।

आजभोलि सामाजिक सञ्जालमा बेलाबेलामा सार्वजनिक हुने भिडियोहरूले पनि नर्सहरूले दैनिक रूपमा भोग्ने मौखिक दुव्र्यवहारलाई थप पुष्टि गर्छन् । यो एउटा अस्पतालको मात्र अध्ययन हो । यो अध्ययनलाई पुरै पढिसकेपछि देशभरका अन्य अस्पतालहरूको अवस्था झन् कति जटिल होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । कोभिड–१९ महामारीका बेला पनि नर्सहरूले ठूलो पीडा भोगे । सङ्क्रमित बिरामीको उपचार गरेर घर फर्किँदा कतिपयले आफ्नै समाजबाट बहिष्कार र अपमान सहनुप¥यो । स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्ने समयमा उनीहरू नै सामाजिक विभेदबाट पीडित भए ।

सन् २०२५ को अक्टोबरमा नर्सहरू फेरि आन्दोलनमा उत्रिए । कारण थियो–अत्यन्त न्यून र शोषणपूर्ण पारिश्रमिक ! आन्दोलन विस्तारै गण्डकी प्रदेश हुँदै देशका विभिन्न अस्पतालसम्म फैलियो । नर्सहरूले उचित तलब र श्रमको सम्मानको माग गर्दै प्रदर्शन गरे । पछि खुल्दै गयो कि धेरै नर्सहरूले पाउने तलब सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा थोरै मात्र बढी थियो । नोभेम्बर २०२५ मा सरकार, निजी अस्पताल सञ्चालक र नेपाल नर्सिङ सङ्घबिच २३ बुँदे सम्झौता भयो । सम्झौतामा निजी मेडिकल कलेज र अस्पतालमा कार्यरत नर्सलाई कम्तीमा पाँचौँ तहसरहको सरकारी तलब उपलब्ध गराउने उल्लेख गरिएको थियो । तर, सम्झौता भएको केही समयमै त्यसको विरोध सुरु भयो । धेरै नर्सहरूले आफ्नो सहमति बिना सम्झौता गरिएको भन्दै विरोध जनाए । उनीहरूले नर्सिङ एसोसिएसनको कार्यालय घेराउ गर्दै दबाब सिर्जना गरे । त्यसपछि एसोसिएसनले सरकारलाई ४८ घण्टाभित्र सम्झौताका बुँदा कार्यान्वयन गर्न अल्टिमेटम दियो । अन्यथा आकस्मिक बाहेक सबै नर्सिङ सेवा ठप्प पारिने चेतावनीसमेत दिइयो ।

स्वास्थ्य सेवा मानव अधिकारको आधारभूत स्तम्भ हो । त्यसैले यो क्षेत्रमा कार्यरत नर्सहरूको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो । सुरक्षित कार्यस्थल, सम्मानजनक व्यवहार र उचित पारिश्रमिक नर्सहरूको आधारभूत अधिकार हो । यदि नर्सहरू नै असुरक्षित, मानसिक दबाबमा र शोषणमा परिरहे भने त्यसको प्रत्यक्ष असर बिरामीको सेवामा पर्छ । त्यसैले राज्य, निजी अस्पताल सञ्चालक र सम्बन्धित निकायहरूले नर्सहरूको सुरक्षा, सम्मान र श्रम अधिकार सुनिश्चित गर्न ठोस तथा दीर्घकालीन कदम चाल्न आवश्यक छ ।

The post खै ! नर्सहरूको मानव अधिकार ? appeared first on मानव आवाज.

]]>
डोजरको त्रासमा बालअधिकार ! https://www.manavaawaj.com/child-rights-in-the-face-of-dozer-threats/ https://www.manavaawaj.com/child-rights-in-the-face-of-dozer-threats/#comments Sun, 10 May 2026 13:56:11 +0000 https://www.manavaawaj.com/?p=11941 अभिषेक अधिकारी नेपालमा नयाँ सरकार गठन भएको केही समयपछि देशभरिका भूमिहीन सुकुमबासी बस्तीहरूमा स्थानान्तरणको नाममा सरकारले डोजर चलाएर बासस्थान भत्काउने काम गर्दै आइरहेको छ । यसबिच सुकुमबासी बस्तीमा बस्दै आएका भूमिहीन परिवारहरूको बिचल्ली भएका विभिन्न तस्वीर र भिडियोहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यत्रतत्र देख्न सकिन्छ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएर बस्ती नष्ट मात्र गरेको ... Read more

The post डोजरको त्रासमा बालअधिकार ! appeared first on मानव आवाज.

]]>
अभिषेक अधिकारी

नेपालमा नयाँ सरकार गठन भएको केही समयपछि देशभरिका भूमिहीन सुकुमबासी बस्तीहरूमा स्थानान्तरणको नाममा सरकारले डोजर चलाएर बासस्थान भत्काउने काम गर्दै आइरहेको छ । यसबिच सुकुमबासी बस्तीमा बस्दै आएका भूमिहीन परिवारहरूको बिचल्ली भएका विभिन्न तस्वीर र भिडियोहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यत्रतत्र देख्न सकिन्छ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएर बस्ती नष्ट मात्र गरेको होइन, सुकुमबासीहरूको व्यवस्थापन गर्ने र देशभरिका सुकुमबासीलाई गाँस, बास र कपासको व्यवस्थापन २०८३ सालको चैत मसान्तसम्म गरिसक्ने भन्दै सरकार तथा सरकारमा आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेको छ । तर, यस्तो घोषणा भइरहँदा पनि सुकुमबासी बस्तीमा डोजर चल्दा देखिएका दृश्यहरूले मानवअधिकार र मानवतामाथि नै विभिन्न प्रश्न खडा गरेका छन् ।

विशेषगरी सुकुमबासी बस्तीमा बस्ने बालबालिकाको अधिकार र मनोविज्ञानमा यसले गम्भीर असर पारेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्वीरमा सुकुमबासी बस्तीकी एक बालिका भत्किएको घरअगाडि किताब समातेर उभिएकी देखिन्छिन् । त्यो तस्वीरले केवल एउटा गरिब परिवारको पीडा मात्र देखाएको थिएन, सरकारले गरेको गतिविधिले बालअधिकार र बालमनोविज्ञानमा कस्तो नकारात्मक असर पारेको छ भन्ने पनि स्पष्ट पारेको थियो । त्यसैगरी २०८३ वैशाख २७ गते विभिन्न अनलाइन समाचारमा बाँकेको कोहलपुर नगरपालिका-११, शान्तिनगरस्थित सुकुमबासी बस्तीमा डोजर चलाउँदा घाइते भएकी आमाको वरिपरि रुँदै गरेका बालबालिकाको भिडियो पनि सार्वजनिक भएको थियो ।

यसरी सुकुमबासी बस्तीमा डोजर चल्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने खालका विभिन्न भिडियो तथा तस्वीरहरू सामाजिक सञ्जालमा भेटिन्छन् । यी दृश्यहरूबाट प्रष्ट हुन्छ कि-सरकारको गतिविधि बालअधिकार र बालमनोविज्ञानमा नकारात्मक असर पारेको छ । यही क्रममा काठमाडौं उपत्यकाका सरकारी जग्गामा बनेका विभिन्न सामुदायिक विद्यालयहरूमा पनि डोजर चलेको छ, जसले विद्यालयका भौतिक संरचना क्षतविक्षत बनाएको छ ।

क्षतिग्रस्त हुने विद्यालयहरूमा मध्यपुरस्थित सरस्वती आधारभूत विद्यालय, बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय र बालाजुस्थित बालकल्याण आधारभूत विद्यालय परेका छन् । यी सामुदायिक विद्यालयहरूमा डोजर चल्दा प्रत्यक्ष रूपमा ५ सय भन्दा बढी विद्यार्थीहरूको पठनपाठन  प्रभावित भएको छ । मनोविज्ञानमा गम्भीर असर परेको छ । ती विद्यालयका प्राध्यापकहरूका अनुसार शैक्षिक सत्रको सुरुवातमै डोजर चलेपछि शिक्षक, विद्यार्थी र अभिभावक सबै अन्योलमा परेका छन् । उनीहरूका अनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना भए पनि कक्षा कहाँ सञ्चालन गर्ने भन्ने विषयमै विद्यालय अन्योलमा छन् ।

यसले बालबालिकाले पाउनुपर्ने आधारभूत अधिकारमाथि नै राज्यले हस्तक्षेप गरेको देखिन्छ । सरकारको यस कदमप्रति विभिन्न बालअधिकारकर्मी र अभियन्ताहरूले खेद व्यक्त गर्दै शिक्षाको अधिकारमाथि अवरोध सिर्जना गरेको बताएका छन् । सरकारले यस विषयमा कुनै ठोस कदम चालेको देखिँदैन । यो अवस्थाले बालअधिकार मात्र होइन, बालमनोविज्ञानमा पनि गम्भीर असर पारेको छ । अहिले सुकुमबासी बस्तीमा डोजर चल्दा त्यहाँ बस्ने बालबालिकाको मनोविज्ञानमा के कस्तो असर परेको छ भन्ने ठोस तथ्य सार्वजनिक भएको छैन । तर, आफू सधैँ बस्दै आएको घर, खेल्ने ठाउँ, छिमेक, पढ्ने कक्षाकोठा र परिवारमाथि डोजर चल्दा त्यसले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पार्ने मनोविज्ञहरू बताउँछन् ।

२०८३ साल वैशाख ११ गते सुकुमबासी बस्तीमा सरकारले चलाएको डोजरविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । गोपाल रनपहेली, माजिद अन्सारीसहितले दायर रिटमाथि सुनुवाइ गर्दै २०८३ वैशाख २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यामणि पाण्डेको इजलासबाट तत्कालका लागि सुकुमबासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको थियो । सुनुवाइका क्रममा इजलासले सुकुमबासीहरूको आधारभूत आवश्यकताको संरक्षणबारे राष्ट्रिय मानवअधिकार आयोगले व्यक्त गरेको चिन्तालाई पनि उल्लेख गरेको थियो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको “गरिबको चमेली” बोलको र्‍याप गीत चर्चामा थियो । उक्त गीतमा शाहले “यो रामराज्य होइन, राम्रो नै रमाउँदैन” भन्ने पङ्क्ति गाउनु भएको छ । रामराज्य भन्नाले यस्तो राज्य बुझिन्छ, जहाँ शासकले सबै जनता/नागरिकलाई सुखी जीवन दिन सक्छन्, जहाँ जनता शासकको कामप्रति सन्तुष्ट हुन्छन् र जहाँ गाँस, बास र कपासको अभाव हुँदैन । उहाँले गीत सार्वजनिक गर्दा तत्कालीन शासकहरूले जनतालाई त्यस्तो रामराज्य दिन नसकेको भन्दै आलोचना गर्नुभएको थियो । जनताले पनि उहाँले त्यस्तो व्यवस्था दिन सक्ने अपेक्षासहित उहाँलाई काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित गरे । त्यसको तीन वर्ष नबित्दै उहाँ देशकै प्रधानमन्त्री बन्नुभयो । उहाँको नेतृत्वमा सरकार गठन भएयता भूमिहीन सुकुमबासी बस्तीमाथि चलेको डोजरले के उहाँले भनेजस्तै रामराज्यको उदाहरण दिन्छ त ?  के उहाँले परिकल्पना गरेको रामराज्यमा साना बालबालिकाको अधिकार हनन् हुन्छ ?  के त्यस्तो राज्यमा शासकका गतिविधिले बालमनोविज्ञानमा नकारात्मक असर पार्छ ?  अवश्य पनि प्रधानमन्त्रीले परिकल्पना गरेको रामराज्य यस्तो थिएन होला । तर, भइरहेको छ यस्तै !

The post डोजरको त्रासमा बालअधिकार ! appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/child-rights-in-the-face-of-dozer-threats/feed/ 1
मुक्ति प्रयास https://www.manavaawaj.com/liberation-efforts/ https://www.manavaawaj.com/liberation-efforts/#comments Fri, 08 May 2026 22:36:00 +0000 https://www.manavaawaj.com/?p=11880 २०४७ वैशाखदेखि खुला रूपमा घुमफिर गर्दा तथा साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्दा मैले के पाएँ भने आफ्नो सोचाइले सामान्य ठानिरहेको एउटा काम राजनीतिक र गैरराजनीतिक दुवै हिसावले एउटा गाथा र रहस्यको विषय बनिसकेको रहेछ । २०२६ सालदेखि विभिन्न ढङ्गले राजनीतिक फाँटमा सक्रिय रहे यता मैले जिन्दगीका अनौठाअनौठा मोडहरूलाई पार गरिसकेको छु । नक्खु जेल विद्रोह र ... Read more

The post मुक्ति प्रयास appeared first on मानव आवाज.

]]>
२०४७ वैशाखदेखि खुला रूपमा घुमफिर गर्दा तथा साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्दा मैले के पाएँ भने आफ्नो सोचाइले सामान्य ठानिरहेको एउटा काम राजनीतिक र गैरराजनीतिक दुवै हिसावले एउटा गाथा र रहस्यको विषय बनिसकेको रहेछ । २०२६ सालदेखि विभिन्न ढङ्गले राजनीतिक फाँटमा सक्रिय रहे यता मैले जिन्दगीका अनौठाअनौठा मोडहरूलाई पार गरिसकेको छु । नक्खु जेल विद्रोह र त्यसपछिको सक्रिय भूमिगत राजनीतिक जीवन तिनै मोडहरूमध्येका एउटा हो र त्यो मान्छेको माला जस्तो शृङ्खलाबद्ध जीवनमा उनिने एउटा सामान्य फूलको थुँगा मात्र हो भन्ने मलाई लागेको थियो । तर, २०४७ सालले मलाई एउटा ज्ञान दियो-नक्खु जेल विद्रोह एउटा ठुलै ऐतिहासिक घटना रहेछ ।

८३ औं मई दिवस मनाउन मुस्लो परिवारको तर्फबाट आह्वान गरिएको एउटा पर्चा मस्यौदा गरेको, छापेको र वितरण गरेको गम्भीर अपराध मा तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले म, गोपाल शाक्य र माधव पौडेललाई १० वर्ष कैद र १० हजार रुपियाँ जरिबाना तोकेका थिए । हामीसँग वीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलगायत केही साथीहरू पनि पर्नुभएको थियो । सुरुमा हामीले कानुनी प्रतिकारको बाटो लियौं तर सरकारले हामी तीन जना ‘नाइके’ लाई नछोड्ने निर्णय गरेको रहेछ । एक वर्ष वित्दा पनि हाम्रो मुद्दाको कुनै सुनुवाइ नभएपछि अन्यायको प्रतिकार गर्न हामीले पुनः गैरकानुनी बाटो समात्ने अठोट गर्‍यौँ ।

त्यति बेला नक्खु जेलमा हामीसहित नेमुसिंह राजवंशी, चन्द्रप्रकाश मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, हर्क खड्‌का, नारद वाग्ले, भिष्म धिमाल, धर्म घिमिरे, मोहन उप्रेती जस्ता झापा सङ्घर्षका बन्दीहरू सूर्य कन्दङ्वा वा अशोक न्यौपाने जस्ता स्वतन्त्र कम्युनिस्ट बन्दीहरू हुनुहुन्थ्यो । खास गरेर झापाली साथीहरू जिउँदै जेलबाट निस्कन पाइन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्न थियो र बाहिरबाट सघाउने पार्टी पनि नाम मात्रको शक्ति च्यापेर बसेको हुनाले आन्दोलनले छुटाउँछ भन्ने विश्वास पनि उहाँहरूमा थिएन । तर, जेलमा बसेर आफ्नो चाहना अनुरूप जनताको सेवा गर्ने र निरङ्कुश सत्ताको निर्णायक सङ्घर्ष गर्ने काम गर्न पनि सकिँदैनथ्यो । त्यसैले जेलमा बसेका हामी, कम्युनिस्टहरूले, जेलबाट सुरुङ खनेर बाहिर निस्कने र राजनीतिक काममा संलग्न हुने निर्णय गर्‍यौँ । सूर्य कन्दङ्वा सुरक्षा कानुनको बन्दी हुनुहुन्थ्यो । त्यसैले उहाँ र मोहन उप्रेती (उप्रेतीप्रति प्रशासनको आँखा नरम थियो) सुरुङबाट ननिस्कने निर्णय गर्नु भयो । हामी निस्केपछि उहाँहरूप्रति प्रशासनको आँखा नरम हुन्छ र उहाँहरू छुट्न पाउनु हुनेछ भन्ने सानो सोचाइ उहाँहरूमा थियो ।

सुरुङ खन्नु सजिलो थिएन । पुलिसहरू जेलभित्रै, त्यो पनि हामी बसेको जेलको पश्चिमी हिस्सामा नै सुत्थे । जेलभित्र र बाहिर चारैतिर रमन घुम्थ्यो । चारैतिरका बुर्जामा बस्ने पुलिसहरू रातभर खबरदारको फेरि लगाउँथे । त्यस बाहेक जेलको आन्तरिक प्रशासन पनि हामीप्रति कुदृष्टि राख्थ्यो । चौकीदार अलिक भलाद्मी थिए र हामीमाथि विश्वास राख्थे । तर, उनी बाहेकका सम्पूर्ण व्यक्तिहरू हामीसित चर्को शत्रुता राख्थे र तत्कालीन कांग्रेसी बन्दी कृष्णप्रसाद भट्टराईलाई रिझाउने प्रयत्न गर्थे । यस्तो स्थितिमा हामी जस्ता निहत्था मानिसले सुरुङ खनेर जेलको घेरा नाघ्नु त्यति सजिलो थिएन ।

सुरुङ खन्ने पूर्वाधारका रूपमा सबभन्दा पहिले हामीले जेलका बन्दी र आन्तरिक प्रशासनका कर्मचारीहरूसँगको सम्बन्धलाई अझै गाढा बनायौँ । सामान्य बन्दीहरूसँगको घनिष्ठता र बारीमा लगाएको फलफूल स्याहार्न हामीले गरेको मेहनतलाई हेर्दा मान्छेहरू, हामी जेलबाट भाग्छौं कि भनेर कल्पनासम्म गर्दैनथे । तर, त्यतिबेला जेलमा परेका नेपाली कांग्रेसका छुस्के भाइहरू भने हामी भाग्छौँ भन्दै जेल प्रशासनलाई चुक्ली पनि लगाउँथे । त्यसलाई पनि मत्थर पार्न हामीले कांग्रेसी नेताहरूसँगको भेटघाट र छलफलको कार्यक्रमलाई नियमित बनायौं। हामी खेलकुदमा पनि बढी व्यस्त हुन थाल्यौँ र हामी नाचगान पनि गर्न थाल्यौँ ।

हामी १७ जनाले कार्य विभाजनको टिम निर्माण गर्‍यौँ । ६ टिममा विभाजित हामीहरू पालैपालो जेल र आन्तरिक प्रशासनसँग सम्बन्ध राख्ने, काङ्ग्रेससँग कुराकानी गर्ने, तरकारी वारीको गोडमेल गर्ने, खरायोको हेरविचार गर्ने (हामीले २ सय जति खरायो जेलको भुइँतलाको एउटा कोठामा पालेका थियौँ), जेलको सरसफाइ गर्ने जस्ता कामहरू गर्न थाल्यौँ। हाम्रो यो विभाजित दायित्व परिवर्तित भइरहन्थ्यो। यसले गर्दा सुरुङ खन्न हराउने मानिसप्रति मान्छेको ध्यान जानै पाउँदैनथ्यो। आज सुरुङ खन्ने भोलि तरकारी बारीमा भेटिन्थ्यो भने भोलि खन्ने पर्सि बन्दीहरूको बिचमा बसेर गफ चुटिरहेको हुन्थ्यो ।

पहिलो चरणको तयारी सकिएपछि २०३३ साल फागुन १० गते दिउँसोबाट हामीले सुरुङ खन्ने काम थाल्यौँ । हामी जेलको सबभन्दा पश्चिमको वार्डमा बस्थ्यौँ । पहिलो दिन हामी त्यही खरायोको खोर मर्मत गर्ने निहुँमा कोठामा पस्थ्यौँ र प्वाल पार्ने, इँटाको मुनि घोप्टे जस्तो वरपर सर्ने घर्रा लगाउने र घर्रामुनि एक जना मान्छे बसेर माटो खन्न सकिने खाडल बनायौँ ।

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

त्यो दिन हामी सबैको लागि अत्यधिक रोमान्चको दिन थियो। हामी सबैको मुटु ढुक्ढुक् गरिरहेको थियो र यो सुरुङ खन्ने कुरा खुल्यो भने हामीमध्ये कोही मारिन पर्ने करा निश्चित छ भनेर हामी खासखास-खुसखुस पनि गर्दै थियौँ । त्यो पहिलो दिन, म अन्य दुई जना साथीसहित तरकारी बारीको ड्युटीमा खटिएको थिएँ । हामी बारीको गोडमेल र मलजलबाट समय निक्लने बित्तिकै पल्याक्-पुलुक् गर्दै कोठातिर चियाउन पुग्थ्यौँ । खेलकुदमा मान्छे अलमल्याउने जिम्मा लिएका साथीहरू पनि बेला मौकामा झ्यालतिर आँखा डुलाउनु हुन्थ्यो । कोठाभित्रै कामको जिम्मा लिएका साथीहरू पनि आफ्नो उत्तेजनालाई ढाकछोप गर्दै बाहिर निस्किएर सुसेली हाल्ने काम गर्नुहुन्थ्यो ।

हामीले अनुमान गरेभन्दा सहज ढङ्गले हाम्रो प्रारम्भिक कार्य सम्पन्न भयो । उत्साहको लहरमा बग्नुभएका साथीहरूले पहिलो दिनमै ३ फिटभन्दा गहिरो खाडल खन्नु भयो । खाडल तयार भएपछि माथिबाट घोप्टे लगाएर, घोप्टेलाई माटो र इँटाले पुरेर साथीहरू बाहिर निस्केपछि हामी सबैले एकै मनले भन्यौँ, ‘हामीले आधा विजय प्राप्त गरिसकेका छौँ र अब चाँडै नै हामी जनताको काखमा जानेछौँ ।’

तर, पहिलो दिनको उत्साहलाई दुई-तीन दिनको कामले ठण्डा बनाइ हाल्यो । हाम्रो बाहिरको गतिविधिमा कुनै अप्ठ्यारो थिएन । तर, सुरुङ खन्दा निस्केको माटो लुकाउने समस्या र खन्ने औजारहरू प्राप्त गर्ने कठिनाइले हामीमाथि विपत्तिको पहाडै खन्यायो । खन्ने औजारको नाममा हामीसित एउटा फलामको पन्यू, एउटा भाँचिएको छाताको डण्डी र एउटा डाडु मात्र थियो । यति चिजले डेढ मिटरको व्यास भएको सुरुङको एक बित्ता माटो खन्न पनि पसिना निस्कन्थ्यो । त्यसपछि खनिएर थुप्रिएको त्यो माटोलाई तह लगाउन हामीलाई अर्को पर्लय पर्थ्यो ।

चौथो दिन हामीले कामै रोकेर छलफल गर्‍यौँ । खन्ने औजारको अवस्था सुधार्ने त हामीसँग कुनै उपाय थिएन तर माटो लुकाउन भने हामीले धेरै उपायहरू निकाल्यौँ । खनेको माटोलाई हामी पेन्ट र ज्याकेटको गोजीमा हालेर बाहिर निस्कन्थ्यौँ । त्यो माटोलाई पातलो गरेर तरकारी बारीमा छथ्यौँ र फेरि माटो लिनभित्र जान्थ्यौँ । यो काम धेरै अप्ठ्यारो र खतराले भरिएको थियो तर त्यो अप्ठ्यारो र खतरालाई हामीले केही जस्तो ठानेका थिएनौँ ।

सुरुङ १५ दिनसम्म खास कठिनाइ बिना तन्कियो । पन्ध्रौँ दिनको रात पर्खालभित्र घुम्ने कैदी कर्मचारीले हामी सुत्ने कोठैमुनि आएर भने “हैन यी मोरा कम्युनिस्टहरू कतै सुरुङ खनेर त भाग्दैनन् ?”

हाम्रो निधार चिसो भयो र हाम्रो शरीरका रौँहरू ठाडा ठाडा भए । ‘यिनीहरूले हाम्रो कार्य त थाहा पाएनन् ?’ हामी सबैको मनमा एउटै प्रश्न खेल्यो । त्यो रात सुरुङमा दुई जना साथीहरू पस्नु भएको थियो र बिहान चार नबजी उहाँहरूको बाहिर निस्कने सम्भावना थिएन । भर्खरै सुरुङको चर्चा गर्ने कामदारहरू श‌ङ्काकै भरमा हामी सुत्ने कोठामा मान्छे हेर्न आए भने ? यो शङ्काको भँवरीमा परेर हामी सबैको आँखाले निन्द्रालाई बिदाइको सलामी दियो । त्यो रात हामीले छटपटीमै बितायौँ ।

तर, यो सङ्कट पनि टार्नुपथ्यर्थ्यो र टर्यो। कैदी कामदारले आफ्नै लहडमा त्यस्तो टिप्पणी गरेका रहेछन् भन्ने कुरा भोलि पल्टका उनीहरूका गतिविधिले प्रस्ट पारे । उनीहरूले हामीमाथि कुनै श‌ङ्का गरेका थिएनन् ।

त्यसको दुई तीन दिनपछि हाम्रो सामु अर्को सङ्कट तेर्सियो । हामी पर्खालको जगमा पुगेका थियौँ र यामानका ढुङ्गाहरूले हाम्रो बाटो छेकेका थिए । हामी ती ढुङ्गाहरू बोकेर बाहिर ल्याउन सक्दैनथ्यौँ र ती ढुङ्गाहरू फुटाउने कुनै औजार पनि हामीसित थिएनन् । त्यसैले हामीले ढुङ्गाले ढुङ्गै फुटाउने आदिम प्रविधि अपनायौँ । जगमा भेटिएका राणाकालीन इँटाहरूको जोडन सिमेन्टभन्दा कडा थियो । त्यो त फुट्दै फुटेन र त्यसलाई लुकाउन हामीलाई झनै हम्मे पर्‍यो । आठ फिट चौडाइको त्यो ढुङ्गे जग पार गर्न हामीलाई सबभन्दा अप्ठ्यारो पर्‍यो । टुक्र्याएर साना पारिएका ढुङ्गाहरूलाई भने हामीले बाटोमा लगाउने र तरकारी बारीको ड्याङ बनाउने काममा प्रयोग गर्‍थ्यौँ ।

जग नाघेर माटोमा पुगेपछि हामीले ढुक्कले सास तान्यौँ । त्यो साँझ हामीले गीतार बजाएर ठुल्ठुलो स्वरमा गीत गायौँ । चौरमा वरिपरि घेरा लाएर नाच्यौँ र थपडी पनि बजायौँ । हाम्रो विश्वासले बलियो आधार भेट्टाएको थियो । अब हामीलाई कुनै पनि शक्तिले जेलको बन्धनमा बाँधेर राख्न नसक्ने भएको थियो ।

हामीले सुरुङलाई उकालोतिर लग्यौँ । अब हरेक पल हाम्रो लागि खतराको क्षण थियो । कुनै बेला पनि भ्वाक्क प्वाल पर्न सक्दथ्यो र हाम्रो एक महिनाको परिश्रम स्वाहा हुनसक्थ्यो । “कतै हामी जमीनको सतहमै त पुगेनौँ ?” हरेक पटकको माटो परीक्षणमा हामीले यो प्रश्नको उत्तर खोज्नुपर्थ्यो ।

हाम्रो आतुरताको समाप्ति आइपुगेको रहेछ । चैत १२ गतेको साँझ सुरुङ खन्ने ड्युटीमा रहनु भएका साथी माधव पौडेल र गोपाल शाक्यले आलुका जराहरू भेटिएको समाचार पठाउनु भयो । हामी सतहमा आइसकेका थियौँ । अब कुनै पनि बेला सुरुङको मुख ह्वाङ्ग हुन सक्थ्यो । आलु गोड्ने किसान, घाँस काट्‌ने दिदी वा रमन घुम्ने पुलिसले पनि बारीबाट प्वाल ठुलो पारिदिन सक्थे ।

हामीले त्यही रात निक्कने अठोट गर्‍यौँ । निस्कनु अगाडि हामीले थुप्रै काम गर्नुपर्थ्यो । सबभन्दा ठुलो काम त जेलको चार दिशामा चर्को उज्यालो फ्याँकिरहेका हजार वाटको बत्तीहरूलाई निभाउनु थियो ।

पहिलो पल्ट हामीले सजिलै तार जुधाएर बत्तीको फ्युज उडाइदियौँ । जेल अन्धकारको कोलाहलभित्र डुब्यो । ‘बत्ती के भो ?’ को आवाजले जेलभित्र हल्लीखल्ली मच्चायो । त्यसै बिचमा प्वालको मुख भत्काएर हाम्रो साथी माधव पौडेल बाहिरको खुला संसारमा निस्कनु भयो । हामी सबै लाइन लाग्यौँ ।

तर, त्यसै बेला बत्ती झलमल्ल बल्यो । मेन स्विचको फ्युज उडेको थिएन । त्यसैले तुरुन्त बत्ती बल्यो । हामीहरूको आङ जिरिङ्ग भयो । बाहिरको रमाइलो संसारमा निस्कने सपना सँगालेका हामी सबैलाई एउटा ठुलो पहिरोले थिचे जस्तो भयो । हामी एकचोटि आत्तियौँ ।

तर, आत्तिएर काम चल्नेवाला थिएन । हामीले फेरि बत्ती निभाउनै पर्थ्यो र बाहिर निस्कनै पर्थ्यो । जेलमा अब हामी कसैको जीवन सुरक्षित थिएन तर पहिलेको ठाउँमा बत्ती निभाएर हामीले उपलब्धि पाउने सम्भावना पनि थिएन । त्यो बत्ती तुरून्त बल्न सक्थ्यो । हामी ठुला तारहरूको खोजीमा लाग्यौँ ।

‘भड्याक्क’ एउटा ठुलो आवाज सहित फेरि बत्ती निभ्यो । गोपाल शाक्य र नारद वाग्लेले पाइखानाको मोटो तार जुधाउनासाथ एक पल्ट उज्यालो झिल्को निकालेर, ट्रान्सफरमै विस्फोट गराए जस्तै आवाज आयो र जेल अन्धकारको भुवँरीमा डुब्यो । हामी हतारहतार सुरुङको मुखमा भेला भयौँ ।

म १२ औं नम्बरमा थिएँ । सुरुङ पहिले जस्तो ओसिलो र गर्मिलो थिएन । खुला संसारको चिसो हावा खाँदै म सुरुङमा घस्रिन थालेँ । तीन मिनेटपछि म ताराहरू रिमरिमाइरहेको खुला आकाशमुनि निस्किएँ । (क्रमश… २०८३ जेठ २ गते मानव आवाज अनलाइनमा)

The post मुक्ति प्रयास appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/liberation-efforts/feed/ 3