बगैंचा Archives - मानव आवाज https://www.manavaawaj.com/category/future-generation-and-children/ तथ्य, तर्क र परिबर्तनको आवाज Tue, 21 Apr 2026 00:34:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://www.manavaawaj.com/wp-content/uploads/2025/07/cropped-Manavaawajko-Logopng-32x32.png बगैंचा Archives - मानव आवाज https://www.manavaawaj.com/category/future-generation-and-children/ 32 32 बागमती स्कुललाई ईलाइब्रेरी, डिजिटल शिक्षामा पहुँच https://www.manavaawaj.com/bagmati-school-gets-access-to-e-library-digital-education/ Tue, 21 Apr 2026 00:34:43 +0000 https://www.manavaawaj.com/?p=11474 ललितपुर । बागमती गाउँपालिका-४, प्युटारस्थित श्री बाग्मती आधारभूत विद्यालयमा ईलाइब्रेरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लबग्रीन नेपाल र चौतारी जापानको पहलमा, एल्साराइन जापानका प्रतिनिधिहरूको आर्थिक सहयोग तथा बागमती गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको ईलाइब्रेरी भवन विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। करिब २४ लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त परियोजनाअन्तर्गत विद्यालयमा आधुनिक सुविधासहितको ईलाइब्रेरी स्थापना गरिएको ... Read more

The post बागमती स्कुललाई ईलाइब्रेरी, डिजिटल शिक्षामा पहुँच appeared first on मानव आवाज.

]]>
ललितपुर । बागमती गाउँपालिका-४, प्युटारस्थित श्री बाग्मती आधारभूत विद्यालयमा ईलाइब्रेरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

लबग्रीन नेपाल र चौतारी जापानको पहलमा, एल्साराइन जापानका प्रतिनिधिहरूको आर्थिक सहयोग तथा बागमती गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको ईलाइब्रेरी भवन विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

करिब २४ लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त परियोजनाअन्तर्गत विद्यालयमा आधुनिक सुविधासहितको ईलाइब्रेरी स्थापना गरिएको छ ।

यसअन्तर्गत आठ सेट कम्प्युटर, ईचौतारी सर्भर, ब्याकअप प्रणाली, खेलकुद सामग्री तथा विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न यस्ता पहल महत्वपूर्ण हुने बताएका छन् ।

ईलाइब्रेरी स्थापना भएसँगै विद्यालयका विद्यार्थीहरूले आधुनिक प्रविधिमार्फत अध्ययनअध्यापनमा थप सहजता पाउने विश्वास गरिएको छ ।

The post बागमती स्कुललाई ईलाइब्रेरी, डिजिटल शिक्षामा पहुँच appeared first on मानव आवाज.

]]>
पाँच वर्षीय बालकको मौन संसारमा आवाज भर्न सहयोगका लागि भावुक अपिल https://www.manavaawaj.com/five-year-old-boys-emotional-appeal-for-help-to-add-voice-to-a-silent-world/ Sun, 12 Apr 2026 02:23:48 +0000 https://www.manavaawaj.com/?p=11331 ललितपुर । बागमती गाउँपालिका-६, आश्राङ निवासी सिर्जना घिमिरेले आफ्ना पाँच वर्षीय छोरा सौहार्द सञ्जेलको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । हाल गम्भीर स्वास्थ्य समस्याबाट पीडित सौहार्दको त्रिविवि शिक्षण अस्पतालको निगरानीमा नियमित उपचार भइरहेको छ । सिर्जनाका अनुसार अप्रेसनका बेला अस्पताल भर्ना हुनुपर्ने भएपनि अहिले नियमित फलोअपमा आउजाउ भइरहेको छ । चिकित्सक तथा अस्पतालको ... Read more

The post पाँच वर्षीय बालकको मौन संसारमा आवाज भर्न सहयोगका लागि भावुक अपिल appeared first on मानव आवाज.

]]>
ललितपुर । बागमती गाउँपालिका-६, आश्राङ निवासी सिर्जना घिमिरेले आफ्ना पाँच वर्षीय छोरा सौहार्द सञ्जेलको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

हाल गम्भीर स्वास्थ्य समस्याबाट पीडित सौहार्दको त्रिविवि शिक्षण अस्पतालको निगरानीमा नियमित उपचार भइरहेको छ ।

सिर्जनाका अनुसार अप्रेसनका बेला अस्पताल भर्ना हुनुपर्ने भएपनि अहिले नियमित फलोअपमा आउजाउ भइरहेको छ ।

चिकित्सक तथा अस्पतालको सल्लाहअनुसार सौहार्द जन्मजात दुबै कान नसुन्ने (श्रवणशक्ति गुमेको) अवस्थामा रहेको सिर्जनाले बताउनु भयो ।

सुनाइ सक्षम बनाउनका लागि ‘हियरिङ एड’ जडान गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । उक्त उपचार तथा उपकरण जडानका लागि करिब १२ देखि १४ लाख रुपियाँसम्म खर्च लाग्ने जानकारी प्राप्त भएको छ, जुन रकम जुटाउन परिवारको आर्थिक अवस्था कमजोर भएकोले कठिनाइ भइरहेको छ ।

त्यसैले स्वदेश तथा विदेशमा रहनुभएका सहयोगीहरूमा बालक सौहार्दको जीवनमा आशाको किरण जगाउन सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गरिएको छ । तपाइँको सानो सहयोगले पनि एउटा बालकको भविष्य उज्यालो बनाउन सक्छ ।

The post पाँच वर्षीय बालकको मौन संसारमा आवाज भर्न सहयोगका लागि भावुक अपिल appeared first on मानव आवाज.

]]>
शिक्षा प्रणालीले नबुझेका बालबालिकाहरू https://www.manavaawaj.com/children-who-are-not-understood-by-the-education-system/ Fri, 10 Apr 2026 05:37:23 +0000 https://www.manavaawaj.com/?p=11288 सरू लम्साल नयाँ शैक्षिक सत्रको सुरुवातसँगै पोखराको आकाश निर्मल थियो । हिमालबाट बग्दै आएको बिहानको चिसो हावा घामका कोमल किरणसँग मिसिएर वातावरणलाई उज्यालो बनाइरहेको थियो । त्यही उज्यालोभित्र सानो हातमा नयाँ झोला बोकेको बालक र छेउमै उभिएकी आमा-उनका आँखामा एउटा सानो तर गहिरो सपना झिल्किएको थियो । “मेरो बच्चा अघि बढोस् ।”  यही मिठो कल्पनामा ... Read more

The post शिक्षा प्रणालीले नबुझेका बालबालिकाहरू appeared first on मानव आवाज.

]]>
सरू लम्साल

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै पोखराको आकाश निर्मल थियो । हिमालबाट बग्दै आएको बिहानको चिसो हावा घामका कोमल किरणसँग मिसिएर वातावरणलाई उज्यालो बनाइरहेको थियो । त्यही उज्यालोभित्र सानो हातमा नयाँ झोला बोकेको बालक र छेउमै उभिएकी आमा-उनका आँखामा एउटा सानो तर गहिरो सपना झिल्किएको थियो । मेरो बच्चा अघि बढोस् ।  यही मिठो कल्पनामा हराउँदै उनी कतिबेला विद्यालयको गेटसम्म आइपुगिन्, थाहै पाइनन् । बच्चालाई स्कुल छाडेर फर्किँदा उनको मन आशाले भरिएको थियो । अब विस्तारै उसको भविष्य उज्यालो बन्दै जानेछ भन्ने अटल विश्वाससहित ।

तर, केही हप्तामै त्यो विश्वासलाई झस्काउने गरी विद्यालयबाट फोन आयो-म्याम, एकपटक विद्यालय आउनुहोस् न ।  यति सुन्नासाथ उनका मनमा अनगिन्ती प्रश्नहरू तरङ्गित हुन थाले । अज्ञात डरले मन चिसियो । विद्यालय पुग्दा अफिस कोठाको वातावरण अस्वाभाविक रूपमा गम्भीर थियो । टेबलको अर्को छेउमा बसेका शिक्षकहरूको अनुहारमा मुस्कानको साटो कठोरता देखिन्थ्यो ।

त्यो दृश्यले नै उनको मन भारी बनाइसकेको थियो । केही क्षणको मौनतापछि कक्षा शिक्षकले विस्तारै शब्द उच्चारण गरे-हामी तपाईंको बच्चालाई यहाँ राख्न सक्दैनौँ… त्यसपछि एकपछि अर्को तर्कहरू थपिँदै आए-उसलाई  माथिल्लो कक्षामा उकाल्न गाह्रो हुन्छ… अरू बच्चाको पनि ध्यान बिगार्छ … ठूलो कक्षामा यस्तो पढाइले पुग्दैन…। प्रत्येक वाक्य उनका लागि केवल शब्द थिएनन् । ती त उनका सपनाहरूमा हानेका चोटहरू थिए । जसले उनलाई भित्रैदेखि विस्तारै भत्काइरहेका थिए ।

यी शब्दहरू सुन्दै जाँदा, आमा बाहिरबाट शान्त देखिछिन्-“ठिक छ म्याम भन्दै मुन्टो हल्लाएर अफिस कोठाबाट बहिर निस्किन्छन् तर उनी भित्र भित्रै टुटिरहेकी हुन्छिन् । घर फर्किने बाटो लामो लाग्छ फेरि देखेका सपनाहरू केहिदिनमै टुटे जस्तो लाग्छ । छेउमै उभिएको बच्चा खुसी हुँदै भन्छ “मम्मी आज मैले चित्र राम्रो बनाएको ! आमाले मुस्कान दिॅंदै भन्छिन्-“मेरो बच्चा त धेरै राम्रो छ नि “! यो मुस्कानभित्र एउटा गहिरो पीडा लुकेको हुन्छ । किनभने उनलाइ थाहा छ उनको बच्चा फरक तरिकाले सिक्छ । ऊ अरु जस्तो छिटो लेख्न सक्दैन । समयमै कपी डाउन गर्न सक्दैन तर उसले बुझ्छ, उसँग ज्ञान छ ।


त्यसपछि सुरु हुन्छ अर्को नयाँ सङ्घर्ष अब कहाँ जाने ? घर फर्किएर पोखराका नाम चलेका विद्यालयहरू खोज्न थाल्छिन् तर हरेक ढोकामा एउटै नियम हुन्छ । “नपढे कक्षा उक्लन पाइँदैन ।” “इन्ट्रान्स पास नगरे भर्ना हुँदैन ।” परीक्षाको दिन बच्चा कागजमा हेरेर बस्छ । उसले प्रश्न बुझ्छ अनी उत्तर पनि थाहा हुन्छ तर समयले साथ दिँदैन । उसको हात छिटो चल्दैन । बाहिर आमा डरडरका बिचमा आशा पालेर उभिएकी हुन्छिन् । यतिकौमा नतिजा आउछ “नट सेलेक्टेड” फेरि एउटा सपना चुपचाप मर्छ । विद्यालयबाट फर्किएपछि, आमा बच्चालाई सुताउँदै थिइन् । बच्चा निदाइसकेको थियो, तर उनी भने छततिर हेरेर बसिरहिन । सोच्दिन भन्दा पनि मनमा फेरि तिनै प्रश्नहरु दोहोरिन थाले-“के मेरो बच्चा साँचै कमजोर हो ?” “कि हाम्रो शिक्षा प्रणालीले उसलाई बुझ्न सकेन ? ” के मेरो बच्चाले नघोकेकाले मात्र उ पछाडि परेको हो ? “के कक्षा उकाल्नु केवल परीक्षामा पास हुनुमा मात्र निर्भर हुनुपर्छ ?”


उनले सम्झिन् हामी अझै पनि त्यही “घोकन्ते शिक्षा ” मा अड्‌किएका छौँ । नपढे, नघोके कक्षा उक्लन पाइँदैन भन्ने सोच ! तर, के यही नै साँचो शिक्षा हो ? अर्को दिन बच्चा आफ्नो कापी लिएर आयो । उसले केही लेखेको थियो अलि अपुरो । उसले भन्यो-“मम्मी मैले बुझेको हो है…”. कापी हेर्दै सोचिन्-“ऊसले त बुझ्छ तर किन प्रणालीले बुझ्दैन ?” उनलाई सम्झना आयो विश्वका धेरै देशहरूले यो सोच धेरै अगाडि छोडिसकेका छन् । जस्तै जापानले जहाँ साना कक्षाहरुमा बच्चालाई फेल गराइँदैन किनभने त्यहाँ विश्वास गरिन्छ । बच्चाको आत्मविश्वास नटुटोस् । उस‌को मनोविज्ञान सुरक्षित रहोस् । त्यहाँ कसैले सोध्दैन “कति नम्बर आयो ? बरु सोधिन्छ “ऊ कति खुसी छ ?” उसले कति सिकिरहेको छ आफ्नै तरिकाले तर यहाँ अझै पनि एउटै मापदण्ड छ ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि क्याम्ब्रिज एसिस्मेन्ट इन्टरनेसनल एजुकेसनअन्तर्गतका विद्यालयहरुले यस्ता बच्चाहरूका लागि फरक तरिका अपनाएका छन् । आमाका मनमा फेरि प्रश्न आयो “यादि अरु देशहरुले सक्छन् भने, हामी किन सक्दैनौँ ?” उनी केही दिनपछि अर्को स्कुलमा गइन् । फेरि उही कुरा ” हामीले व्यवस्थापन गर्न सक्दैनौँ । यो शब्द अब उनको लागि नयाँ थिएन तर पीडा भने हरेकपटक नयाँ जस्तै लाग्थ्यो । उनी बाहिर निस्किइन् बच्चा उनको हात समाएर हिँडिरहेको थियो । एकछिन पछि बच्चाले सोध्यो “मम्मी मैले किन यहाँ पढ्न नपाएको ?” आमा रोकिइन् । जबाफ थिएन । सन्नाटा छायो । संसार नै टक्क अडिए झैँ भयो । सानो बाबुका अगाडि आमा नाजबाफ हुनु पर्‍यो ।


त्यो रात पनि उनी धेरै बेर निदाउन सकिनन् । छततिर टोलाउँदै बसिरहँदा उनका मनमा प्रश्नहरूको आँधी चलिरह्यो-के विद्यालयमा प्रशिक्षित शिक्षक हुनु आवश्यक छैन ?” के शिक्षकले मेरो बच्चाको मन बुझ्न सक्दैनन् ?” किन हरेक बच्चालाई एउटै ढाँचामा अटाउन खोजिन्छ ?” उनलाई भित्रैदेखि थाहा थियो-उनको बच्चा कमजोर होइन, ऊ केवल फरक तरिकाले सिक्ने बच्चा हो । यो सङ्घर्ष उनको मात्र थिएन । समाज अझै बुझ्न तयार थिएन । आफन्तहरू पनि प्रश्न गर्थे-अझै किन यस्तो समस्या ?” के गरिरहनुभएको छ ?” यस्ता प्रश्नहरूले उनको मनमा बारम्बार गहिरो घाउ बनाइरहन्थे । विद्यालयले अस्वीकार गर्थ्यो, समाजले औँला उठाउँथ्यो र उनी भित्रभित्रै थाक्दै जान्थिन् । सबैभन्दा पीडादायी कुरा त के थियो भने-यी सबैबिच कसैले पनि उनलाई एकपटक पनि सोधेन, तपाईं ठिक हुनुहुन्छ ?”

यति धेरै सङ्घर्षका बिचनेपाल सरकारले कक्षा ५ सम्म आन्तरिक परीक्षा हटाउने र मनोवैज्ञानिक दबाब नपर्ने मूल्याङ्कन प्रणाली ल्याउने तयारी गरेको खबर सुन्दा उनको मनमा सानो आशा पलायो-सायद अब केही बदलिन्छ ।उनले मनमनै सोचिन्-यदि यो व्यवस्था पहिले नै लागू भएको भए, सायद उनको बच्चाले “नट सेलेक्टेड” भन्ने शब्द सुन्नुपर्दैनथ्यो । सायद उसले आफूलाई कमजोर ठान्ने थिएन । यो आशासँगै नयाँ प्रश्नहरू पनि जन्मिए-के यो निर्णयले मात्रै पुग्छ ?” “के फरक तरिकाले सिक्ने बच्चाहरूका लागि विशेष व्यवस्था आउँछ ?” छततिर हेरेर टोलाउँदै उनी फेरि सोचमा डुबिन्-यदि सरकार साँच्चै मनोवैज्ञानिक असर नपर्ने शिक्षा चाहन्छ भने, के विद्यालयहरू तयार छन् ?” अनि सबैभन्दा महत्वपूर्ण प्रश्न-के शिक्षकहरू तयार छन् ?”

साँझ पर्छ । आमा आफ्नो बच्चालाई सुताउँदै बिस्तारै भन्छिन्-बाबु, तिमी ठूलो मान्छे बन्छौ है ?” बच्चा मुस्कुराउँदै सहज उत्तर दिन्छ-म त पहिल्यै राम्रो छु नि, मम्मी ।”  त्यो सानो वाक्यले आमाको मनलाई गहिरोसम्म छोयो । उनका आँखाबाट आँसु झरे । दुःखका होइनन्, एउटा कठोर सत्यका । बच्चाले आफूलाई स्वीकारिसकेको थियो ।  समाजले अझै स्वीकार्न बाँकी थियो ।

अन्ततः प्रश्न एउटै बाँकी रहन्छ-हामी कहिले बुझ्नेछौँ कि हरेक बच्चा एउटै हुँदैनन् ?” घोकन्ते शिक्षाभन्दा मानसिक स्वास्थ्य ठूलो हो । अङ्कभन्दा आत्मविश्वास मूल्यवान् हो । अब समय आएको छ-नपढे कक्षा उक्लँदैन भन्ने सोच बदल्ने र हरेक बच्चा आफ्नै तरिकाले अघि बढ्छ भन्ने सत्यलाई स्वीकार्ने । तर अन्तिम प्रश्न सरकार र समाज दुवैका लागि-हामी अझै कति बच्चाको आत्मविश्वास तोडिएपछि मात्र शिक्षा प्रणाली बदल्न तयार हुन्छौँ ?”

(पोखराकी सरू लम्साल अहिले जापान बस्नुहुन्छ ।)

The post शिक्षा प्रणालीले नबुझेका बालबालिकाहरू appeared first on मानव आवाज.

]]>
बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री वितरण, २२ जना लाभान्वित https://www.manavaawaj.com/distribution-of-sports-and-educational-materials-to-children-22-people-benefited/ Tue, 24 Mar 2026 12:31:20 +0000 https://www.manavaawaj.com/?p=10977 पोखरा । स्वर्गीय आरुष सुवेदीको ४५औँ दिनको पुण्यतिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकालाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) तथा खाद्य सामग्री वितरण गरिएको छ । पोखरा महानगरपालिका-६, बैदामस्थित रेन्वो चिल्ड्रेन होममा आश्रित २२ जना बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको हो । १० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका ... Read more

The post बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री वितरण, २२ जना लाभान्वित appeared first on मानव आवाज.

]]>
पोखरा । स्वर्गीय आरुष सुवेदीको ४५औँ दिनको पुण्यतिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकालाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) तथा खाद्य सामग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिका-६, बैदामस्थित रेन्वो चिल्ड्रेन होममा आश्रित २२ जना बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको हो ।

१० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको सम्झनामा उनको परिवारद्वारा स्थापित ‘आरुष स्मृति सहयोग फाउण्डेसन’ मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

आरुषकी आमा सपना रेग्मी सुवेदीले छोराको सम्झनामा समाजमा रहेका विपन्न तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

चिल्ड्रेन होमकी मुख्य सञ्चालिका गोमा ढकालले फाउण्डेसनले गरेको सहयोगले बालबालिकाको शिक्षामा ठूलो राहत पुगेको उल्लेख गर्दै आश्रममा परिवारबाट विमुख भएका ७ महिनादेखि २१ वर्षसम्मका २२ जना बालबालिका आश्रित रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापा, पृथ्वी यातायात सहकारी संस्थाका सचिव पुष्पराज पौडेल, लायन्स डिस्ट्रिक्ट ३२५ केका डिस्ट्रिक्ट संयोजक राधिका थापा, पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीका पूर्व सञ्चालक रमेशकुमार श्रेष्ठ, रामचन्द्र गिरी र अनिल थापा, लायन्स क्लब अफ पोखरा गोल्डेन फिस्टेल सिटीका सचिव अर्जुन अर्याल तथा चिल्ड्रेन होमका सञ्चालक कुसुम ढकाललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहयोग वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्यहरू, बालबालिका तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

The post बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री वितरण, २२ जना लाभान्वित appeared first on मानव आवाज.

]]>
सिन्धुलीमा एसइई परीक्षार्थी सङ्ख्या घट्यो, ५६९ ले कमी https://www.manavaawaj.com/number-of-see-examinees-in-sindhuli-drops-by-569/ Mon, 23 Mar 2026 00:47:51 +0000 https://www.manavaawaj.com/?p=10955 रुद्रबहादुर खड्का, सिन्धुली । सिन्धुली जिल्लाभर २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सिन्धुलीका अनुसार यस वर्ष ५ सय ६९ जना परीक्षार्थी कम भएका छन् । यस वर्ष एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । जिल्लाभरका ... Read more

The post सिन्धुलीमा एसइई परीक्षार्थी सङ्ख्या घट्यो, ५६९ ले कमी appeared first on मानव आवाज.

]]>
रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली जिल्लाभर २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सिन्धुलीका अनुसार यस वर्ष ५ सय ६९ जना परीक्षार्थी कम भएका छन् ।

यस वर्ष एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । जिल्लाभरका १ सय २६ सामुदायिक र २६ संस्थागत गरी कुल १ सय ५२ विद्यालयबाट ५ हजार २ सय ३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । गत वर्ष भने ५ हजार ७ सय ७२ जना परीक्षार्थी सहभागी भएका थिए ।

इकाई प्रमुख मोहनबहादुर सुनुवारका अनुसार विद्यार्थीबिच बढ्दो कक्षा छाड्ने प्रवृत्ति, न्यून भर्ना दर लगायतका कारण परीक्षार्थी सङ्ख्या घटेको हो । विशेषगरी दुधौली नगरपालिकामा सबैभन्दा बढी २ सय ११ जना परीक्षार्थी घटेका छन् ।

यस वर्ष सहभागीमध्ये साधारण नियमिततर्फ ४ हजार ४ सय ६१ जना, प्राविधिक धारतर्फ २ सय ३१ जना, नयाँ ग्रेडवृद्धिका ५ सय ८ जना र २०७९ सालअघिका पुराना ग्रेडवृद्धितर्फ तीन जना रहेका छन् । कुल परीक्षार्थीमध्ये २ हजार ५ सय ६ जना छात्र र २ हजार ६ सय ९७ जना छात्रा छन् ।

गत वर्षको तथ्याङ्कअनुसार नियमिततर्फ ४ हजार ७ सय ६६ जना, प्राविधिकतर्फ १ सय ७६ जना, नयाँ ग्रेडवृद्धिका ८ सय ४ जना र पुराना ग्रेडवृद्धिका १७ जना सहभागी भएका थिए ।

यस वर्ष जिल्लाभर २७ ओटा परीक्षा केन्द्र तोकिएका छन् । प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि सदरमुकामस्थित कमला मावि, ढुङ्ग्रेबासलाई केन्द्र निर्धारण गरिएको छ । हाल जिल्लामा सात ओटा विद्यालयमा प्राविधिक धारको अध्ययन सञ्चालनमा रहेको छ ।

गत वर्षको नतिजाअनुसार साधारणतर्फ ७४.६२ प्रतिशत र प्राविधिकतर्फ ९६.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने समग्र उत्तीर्ण दर ७५.३८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

The post सिन्धुलीमा एसइई परीक्षार्थी सङ्ख्या घट्यो, ५६९ ले कमी appeared first on मानव आवाज.

]]>
कथा लेखन कार्यशाला-२०८२ सम्पन्न https://www.manavaawaj.com/story-writing-workshop-2082-completed/ Sun, 15 Mar 2026 07:24:06 +0000 https://www.manavaawaj.com/?p=10821 ललितपुर । चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजनामा सञ्चालन गरिएको तीन दिने कथा लेखन कार्यशाला-२०८२ उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ । कार्यक्रम संस्थाका सभापति तथा संस्थापक प्रिन्सिपल मिलन शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्याब्सन महालक्ष्मी नगर कार्यसमितिका प्रमुख सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य कैलाशकुमार मल्ल, पत्रकार प्रकाश लामा तथा कार्यशालाका प्रशिक्षक, बाल साहित्यकार एवम् लेखक ... Read more

The post कथा लेखन कार्यशाला-२०८२ सम्पन्न appeared first on मानव आवाज.

]]>
ललितपुर । चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजनामा सञ्चालन गरिएको तीन दिने कथा लेखन कार्यशाला-२०८२ उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका सभापति तथा संस्थापक प्रिन्सिपल मिलन शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्याब्सन महालक्ष्मी नगर कार्यसमितिका प्रमुख सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य कैलाशकुमार मल्ल, पत्रकार प्रकाश लामा तथा कार्यशालाका प्रशिक्षक, बाल साहित्यकार एवम् लेखक विजयराज आचार्यको विशेष उपस्थिति रहेको थियो ।

साथै शिक्षकशिक्षिका, विद्यालयका कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

कार्यशालाको पहिलो दिन उद्घाटन सत्रसँगै कथा लेखनको महत्वबारे परिचर्चा गरिएको थियो । प्रशिक्षक विजयराज आचार्यले कथा के हो, कथाका आधारभूत तत्व, कथाको संरचना, पात्र निर्माण तथा कथामा सन्देश प्रस्तुत गर्ने तरिकाबारे विद्यार्थीहरूलाई सरल र रोचक शैलीमा प्रशिक्षण दिनु भएको थियो।

यस क्रममा विद्यार्थीहरूले कथा लेखनसम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्दै आफ्ना कल्पनालाई शब्दमा उतार्ने अभ्यास सुरु गरेका थिए ।

दोस्रो दिन सहभागी विद्यार्थीहरूले आफ्नै कल्पना, अनुभव तथा समाजसँग सम्बन्धित विषयवस्तु समेटेर तयार पारेका कथाहरू वाचन गरेका थिए ।

कथा वाचनका क्रममा बालमैत्री सोच, सामाजिक सन्देश र सिर्जनशील अभिव्यक्तिले भरिएका विविध कथाहरू प्रस्तुत गरिएका थिए ।

अन्य विद्यार्थी तथा सहभागीहरूले कथामाथि प्रतिक्रिया तथा सुझाव दिँदै सिर्जनात्मक वातावरण निर्माण गरेका थिए ।

तेस्रो दिन विद्यार्थीहरूले कार्यशालामा सिकेका सीपलाई परिष्कृत गर्दै कथा लेखनलाई अन्तिम रूप दिएका थिए ।

समापन कार्यक्रममा उत्कृष्ट कथाहरूको प्रशंसा गर्दै विद्यार्थीहरूलाई निरन्तर लेखन अभ्यास गर्न प्रेरित गरिएको थियो ।

वक्ताहरूले यस्ता सिर्जनात्मक गतिविधिले बालबालिकाको कल्पनाशक्ति, भाषिक विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

आयोजकका अनुसार यस्ता कार्यशालाले बालबालिकामा अध्ययनसँगै सिर्जनात्मक लेखनप्रति रुचि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

साथै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।

The post कथा लेखन कार्यशाला-२०८२ सम्पन्न appeared first on मानव आवाज.

]]>
‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ https://www.manavaawaj.com/deepfake-abuse-is-abuse/ Fri, 06 Feb 2026 05:56:01 +0000 https://www.manavaawaj.com/?p=10208 ललितपुर । संयुक्त राष्ट्रसङ्घीय बाल सङ्गठन (युनिसेफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व तथा वितरणलाई कानुनी रूपमा अपराध घोषणा गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेको छ । युनिसेफले २०८२ माघ २१ गते सार्वजनिक गरिएको ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथि यौन हिंसा ... Read more

The post ‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ appeared first on मानव आवाज.

]]>
ललितपुर । संयुक्त राष्ट्रसङ्घीय बाल सङ्गठन (युनिसेफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व तथा वितरणलाई कानुनी रूपमा अपराध घोषणा गर्न विश्वभरका सरकारहरूलाई आह्वान गरेको छ ।

युनिसेफले २०८२ माघ २१ गते सार्वजनिक गरिएको ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथि यौन हिंसा र दुरुपयोगका घटना बढ्दै गएको जनाएको छ ।

प्रविधिको दुरुपयोगले बाल संरक्षण अधिकारमा नयाँ खालका जोखिम सिर्जना गरेको संस्थाको चेतावनी छ ।

एआईमार्फत तयार पारिएका यौनजन्य सामग्री तीव्र रूपमा फैलिँदै गएको र विद्यमान कानुनहरूले त्यसलाई नियन्त्रण गर्न नसकिरहेको उल्लेख गर्दै युनिसेफले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

युनिसेफ, इन्टरपोल तथा बाल अधिकार संस्था ‘इसीप्याट’द्वारा गरिएको अध्ययनअनुसार ११ देशका कम्तीमा १२ लाख बालबालिका यौनजन्य ‘डिपफेक’ सामग्रीबाट पीडित भइसकेका छन् ।

यस्ता तस्बिर र भिडियोहरू वास्तविक नभए पनि त्यसले निम्त्याउने असर अत्यन्तै वास्तविक र गम्भीर हुने युनिसेफले स्पष्ट पारेको छ ।

पीडित बालबालिकाले गहिरो मानसिक आघात, सामाजिक अपहेलना र दीर्घकालीन तनाव भोग्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ ।

हाल नियमनकारी निकाय तथा कानुन कार्यान्वयन गर्ने संस्थाहरूले एआईबाट निर्मित बाल यौन दुरुपयोग सामग्री तीव्र रूपमा बढिरहेको जनाउँदै आएका छन् ।

ब्लुमबर्गले इन्टरनेट सुरक्षा संस्थाहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको विश्लेषणअनुसार सन् २०२५ को पहिलो छ महिनामै यस्ता ‘सिन्थेटिक’ सामग्री समेटिएका वेबपेजहरूको सङ्ख्या झण्डै ४ सय प्रतिशतले वृद्धि भएको छ ।

The post ‘डिपफेक अब्युज इज अब्युज’-युनिसेफ appeared first on मानव आवाज.

]]>
बालअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाद्वारा राजनीतिक दलको ध्यानाकर्षण https://www.manavaawaj.com/organizations-working-in-the-field-of-child-rights-draw-attention-of-political-parties/ Thu, 05 Feb 2026 07:09:36 +0000 https://www.manavaawaj.com/?p=10173 पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा लामो समयदेखि बालअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्था तथा सञ्जालहरूले कास्की जिल्लास्थित प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को प्रचारप्रसारमा विद्यालय क्षेत्र र बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी अध्यक्ष इन्दिरा पौडेलको नेतृत्वमा बालअधिकार क्षेत्रमा क्रियाशील २५ ओटा सङ्घसंस्था तथा ... Read more

The post बालअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाद्वारा राजनीतिक दलको ध्यानाकर्षण appeared first on मानव आवाज.

]]>
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा लामो समयदेखि बालअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्था तथा सञ्जालहरूले कास्की जिल्लास्थित प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को प्रचारप्रसारमा विद्यालय क्षेत्र र बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी अध्यक्ष इन्दिरा पौडेलको नेतृत्वमा बालअधिकार क्षेत्रमा क्रियाशील २५ ओटा सङ्घसंस्था तथा सञ्जालका प्रमुख तथा प्रतिनिधिहरूको संयुक्त टोलीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालयमा पुगेर २५ बुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा बालबालिकासम्बन्धी ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता–२०८२ अनुसार बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्न निषेध गरिएको स्मरण गराउँदै उक्त कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न अनुरोध गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

कन्सोर्टियम नेपालका केन्द्रीय सदस्य तथा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माका अनुसार राजनीतिक दलका घोषणापत्रमा बालअधिकारको संरक्षण, सम्मान, संबर्द्धन र प्रवर्धनसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गरिएको छ ।

साथै बालबालिका र नवयुवाका सवाललाई संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने संस्थाहरूमा गैरसरकारी संस्था महासङ्घ नेपाल कास्की, इन्सेक, असल छिमेकी सहयोग सङ्घ (गोनेसा), कोपिला नेपाल, चिल्ड्रेन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, आमा मिलन केन्द्र, सिविन, बहिनी एडुकेयर फाउन्डेसन, शक्ति समूह, पोखरा उद्योग वाणिज्य सङ्घ सामाजिक विकास केन्द्रलगायत २५ ओटा सङ्घसंस्था रहेका छन् ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले पछिल्लो समय दलहरू बालबालिकाका सवालमा सचेत र संवेदनशील बन्दै आएको उल्लेख गर्दै सङ्घसंस्थाहरूको सकारात्मक खबरदारीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

साथै निर्वाचनका क्रममा विद्यालयको नियमित सञ्चालन सुनिश्चित गर्ने, बालबालिकाको प्रयोग नगर्ने र बालअधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घसंस्थाहरूले सबै राजनीतिक दल र सरोकारवालालाई जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै भनेका छन्-“बालबालिका कुनै आन्दोलन वा निर्वाचनका साधन होइनन् । उनीहरू सुरक्षित बाल्यकाल र गुणस्तरीय शिक्षाका हकदार हुन् ।”

The post बालअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाद्वारा राजनीतिक दलको ध्यानाकर्षण appeared first on मानव आवाज.

]]>
निर्वाचनका कार्यक्रममा बालबालिका प्रयोग नगर्न आग्रह https://www.manavaawaj.com/appeal-not-to-use-children-in-election-programs/ Tue, 27 Jan 2026 10:21:52 +0000 https://www.manavaawaj.com/?p=9988 पोखरा । विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको आयोजनामा “विद्यालय र बालबालिका निर्वाचनमा प्रयोग हुन नदिन तथा बालअधिकारको संरक्षण र सम्बर्धनमा नागरिक समाजको भूमिका” विषयक पैरवी बैठक २०८२ माघ १२ गते पोखरामा ... Read more

The post निर्वाचनका कार्यक्रममा बालबालिका प्रयोग नगर्न आग्रह appeared first on मानव आवाज.

]]>
पोखरा । विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको आयोजनामा “विद्यालय र बालबालिका निर्वाचनमा प्रयोग हुन नदिन तथा बालअधिकारको संरक्षण र सम्बर्धनमा नागरिक समाजको भूमिका” विषयक पैरवी बैठक २०८२ माघ १२ गते पोखरामा सम्पन्न भयो ।

कार्यक्रममा सिजपका केन्द्रीय अध्यक्ष तिलोतम पौडेलले निर्वाचनका सन्दर्भमा भइरहेका तथा हुने गतिविधिमा बालबालिकाको प्रयोग वा दुरुपयोग हुन नदिन सबै पक्ष सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक दल, तिनका उम्मेदवार, निर्वाचन कार्यालय, प्रशासन तथा अन्य सरोकारवालाको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमार्फत हुने बालबालिकाको दुरुपयोग रोक्न सचेतना र पैरवीमा नागरिक समाजका अगुवाहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।

छलफल कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका मानवअधिकार अधिकृत कृष्णप्रसाद अधिकारी, गैसस गण्डकीका अध्यक्ष पदमराज पहारी, जिल्ला उपाध्यक्ष सरोज बराल, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, पत्रकार कमल पौडेल अथक, गोनेसाका कार्यक्रम संयोजक कमलबहादुर पुन, शक्ति समूहकी संयोजक सरिता पौडेल, अधिकारकर्मी मधु पन्थी, कोपिला नेपालका निरज अधिकारीलगायतले बालअधिकारको संरक्षण र सम्बर्द्धन सबैको साझा दायित्व भएको बताउनु भयो ।

वक्ताहरूले बालअधिकार कुनै व्यक्ति वा संस्थामात्रको विषय नभई समाजका सबै पक्षको जिम्मेवारी भएको उल्लेख गर्दै निर्वाचन केन्द्रीत कार्यक्रममा विद्यालय र बालबालिका प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

साथै यस विषयमा अभिभावक, प्याब्सन, एन–प्याब्सन तथा विद्यालयहरू पनि जवाफदेही र जिम्मेवार हुनुपर्नेमा जोड दिइयो ।

सिजप केन्द्रीय अध्यक्ष तिलोतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य केशव पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशमा बालअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था, सामाजिक अभियान्ता तथा विभिन्न सञ्जालमा आबद्ध १९ जनाको सहभागिता रहेको थियो ।

The post निर्वाचनका कार्यक्रममा बालबालिका प्रयोग नगर्न आग्रह appeared first on मानव आवाज.

]]>
एसईई चैत १९ गतेबाट चैत २९ गतेसम्म (तालिकासहित) https://www.manavaawaj.com/see-from-chaitra-19-to-chaitra-29/ Thu, 22 Jan 2026 01:45:44 +0000 https://www.manavaawaj.com/?p=9876 भक्तपुर । कक्षा १० को परीक्षा (एसईई) २०८२ चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । कुन दिन कुन परीक्षा हेर्नुहोस् तालिका

The post एसईई चैत १९ गतेबाट चैत २९ गतेसम्म (तालिकासहित) appeared first on मानव आवाज.

]]>
भक्तपुर । कक्षा १० को परीक्षा (एसईई) २०८२ चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

कुन दिन कुन परीक्षा हेर्नुहोस् तालिका

The post एसईई चैत १९ गतेबाट चैत २९ गतेसम्म (तालिकासहित) appeared first on मानव आवाज.

]]>