चिटिक्क Archives - मानव आवाज https://www.manavaawaj.com/category/environment-blog/ तथ्य, तर्क र परिवर्तनको आवाज Tue, 08 Apr 2025 08:02:59 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png चिटिक्क Archives - मानव आवाज https://www.manavaawaj.com/category/environment-blog/ 32 32 वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान https://www.manavaawaj.com/call-to-take-necessary-steps-to-control-air-pollution/ https://www.manavaawaj.com/call-to-take-necessary-steps-to-control-air-pollution/#respond Sun, 06 Apr 2025 14:10:43 +0000 https://janchaso.com/?p=2698 ललितपुर । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण पत्रकार समूहका ... Read more

The post वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान appeared first on मानव आवाज.

]]>

ललितपुर । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ ।

वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गर्नुभएको हो ।

उहाँहरूले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्नेलगायत सुझाव दिनुभएको छ ।

प्रदूषणमापन केन्द्रहरूले देखाएको आँकडा अनुसार काठमाडौँको हावा सास फेर्नका लागि अस्वथ्य छ । हाल काठमाडौँको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरू (पिएम दुई दशमलव पाँच) को मात्रा धेरै रहेको छ ।

सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १ सय हुँदा मध्यम, १ सय १ देखि १ सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १ सय ५१ देखि २ सय अस्वस्थ, २ सय १ देखि ३ सय निकै अस्वस्थ तथा ३ सय १ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । आजको तथ्याङ्कअनुसार काठमाडौँको हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स, एक्युआई) १ सय ७९ देखिएको छ

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार विगत ९० दिनमा ७५ दिन काठमाडौँको वायु गुणस्तर हानिकारक देखिएको छ । कचौरा आकारको काठमाडौँ उपत्यका विश्वमै वायु प्रदूषणको जोखिममा रहेका प्रमुख सहरहरूमध्ये पर्दछ ।

यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले विगत केही दिनदेखि मुलुकका विभिन्न क्षेत्रहरूमा लागेको डढेलोलगायत कारणले वायु प्रदूषण बढेको जनाएको छ । यसबाहेक उद्योग कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धुवाँ, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो पनि वायु प्रदूषणका कारक रहेका छन् ।

विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक एवम् श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

विभागले वन डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएकाले यस्तो कार्य नगर्न, घरायसी ठोस फोहोर, प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको छ । राससबाट

The post वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/call-to-take-necessary-steps-to-control-air-pollution/feed/ 0