पोडकास्ट Archives - मानव आवाज https://www.manavaawaj.com/category/audio/ तथ्य, तर्क र परिवर्तनको आवाज Mon, 02 Feb 2026 01:26:36 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1.3 https://www.manavaawaj.com/wp-content/uploads/2025/03/cropped-New-Logo-32x32.png पोडकास्ट Archives - मानव आवाज https://www.manavaawaj.com/category/audio/ 32 32 मन र मत सँगै दिनु होलाः महत https://www.manavaawaj.com/give-your-heart-and-vote-together-mahat/ Sun, 01 Feb 2026 10:24:42 +0000 https://www.manavaawaj.com/?p=10082 ललितपुर । आगामी फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत, ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार सनोज महतसँग हाम्रो टोलीले विस्तृत अन्तर्वार्ता गरेको छ । लेलेका स्थायी बासिन्दा महत नेपाली राजनीतिमा २५ वर्षदेखि सक्रिय हुनुहुन्छ । नीति तथा विधि क्षेत्रमा वकालत गर्दै आउनु भएका महत सामाजिक मुद्दाहरूमा निरन्तर पैरवीकर्ताको रुपमा परिचित हुनुहुन्छ । ... Read more

The post मन र मत सँगै दिनु होलाः महत appeared first on मानव आवाज.

]]>
ललितपुर । आगामी फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत, ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार सनोज महतसँग हाम्रो टोलीले विस्तृत अन्तर्वार्ता गरेको छ ।

लेलेका स्थायी बासिन्दा महत नेपाली राजनीतिमा २५ वर्षदेखि सक्रिय हुनुहुन्छ । नीति तथा विधि क्षेत्रमा वकालत गर्दै आउनु भएका महत सामाजिक मुद्दाहरूमा निरन्तर पैरवीकर्ताको रुपमा परिचित हुनुहुन्छ ।

अन्तर्वार्तामा सनोज महतले आफ्नो पार्टी पिपुल्स फर्स्ट पार्टीको दृष्टिकोण र आगामी योजना प्रस्तुत गर्दै भन्नु भयो-“हामी आम जनताको आवाज संसदसम्म पुर्‍याउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छौँ । हाम्रो प्राथमिकता सामाजिक न्याय, शिक्षा र स्वास्थ्य सुधारमा केन्द्रित रहनेछ ।”

उहाँले आफ्नो चुनाव चिन्ह “विजय प्रतीक: दुई औँला खुलेको, तीन औँला बन्द हातको आकृति” र त्यसले जनताको बिचमा सन्देश पुर्‍याउने तरिका पनि स्पष्ट पार्नु भयो ।

महतले क्षेत्रीय विकास, रोजगारी सिर्जना र कानुनी सुधारका विषयमा आफ्नो स्पष्ट नीति र योजना प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउने प्रयास गर्नु भएको छ ।

उहाँसँग भएको अन्तर्वार्ता राजनीतिक दृष्टिकोण मात्र नभई सामाजिक मुद्दाहरूमा उहाँको सक्रियता र आगामी संसदमा प्रतिनिधित्व गर्ने योजना बारे विस्तृत रहेको छ ।

सनोज महतको यस अन्तर्वार्ताले आगामी चुनावमा ललितपुर क्षेत्र नं १ का मतदाताहरूलाई उहाँबारे थप जानकारी लिन अवसर दिएको छ ।

The post मन र मत सँगै दिनु होलाः महत appeared first on मानव आवाज.

]]>