मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

मरिण गाउँपालिकामा गलैंचा बुनाई तालिम सुरु

रुद्रबहादुर खड्का, सिन्धुली ।

मरिण गाउँपालिका वडा नम्बर ३ अन्तर्गत बरूणमा गलैंचा बुनाई तालिम सुरु भएको छ । महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भरता हासिल गराउने उद्धेश्यले तालिम सुरु गरिएको हो। तालिम मरिण गाउँपालिकाको सहयोगमा अर्पण गरिबी निवारण काठमाडौँको आयोजनामा सञ्चालन भइरहेको छ ।

कुल ३ सय ९० घण्टा सञ्चालन हुने यो तालिमको उद्घाटन मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष बिमला माझीले संयुक्त रूपमा गर्नुभएको हो ।

तालिममा वडा नम्बर ३ अन्तर्गतका भालुमारा र बरूण क्षेत्रका ३४ जना गृहिणी महिलाहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले सीपमूलक तालिमले महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो-“महिलाहरूले अब आफ्नै घरमै बसेर उत्पादन गर्न सक्छन्। यस्तो किसिमको सीप सिकेपछि आत्मनिर्भर बन्ने छन् ।”

गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले तालिम महिलाहरुको क्षमता विकासका लागि महत्वपूर्ण अवसर भएको बताउँदै तालिमपछि महिलाहरू स्वरोजगारमा लाग्न सक्ने सम्भावना औँल्याउनु भयो ।

तालिममार्फत सहभागी महिलाहरूलाई गलैंचा बुनाईका सम्पूर्ण आधारभूत सीप प्रदान गरिने आयोजकले जनाएको छ । तालिममा स्थानीय स्रोत साधनको प्रयोग, परम्परागत तथा आधुनिक ढाँचामा गलैंचा उत्पादन, र बजार व्यवस्थापनसम्बन्धी जानकारीसमेत समावेश गरिएको छ ।

Author

Share the News

Recent News

Related News