मानव आवाज

२०८३ असोज ९ गते
00: 00: 00
२०८३ असोज ९ गते

सिन्धुलीको मासु फ्याक्ट्रीमा कार्यरत ८८ विदेशीको व्यवसायिक भिसा रद्द

सिन्धुली । सिन्धुलीको मरिणमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा कार्यरत ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ ।

नेपालमा व्यापारिक तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने अनुमति लिएर आएका उनीहरूले भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि भिसा रद्द गरिएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार नियम तथा कानुनविपरीत गतिविधिमा संलग्न भएको पाइएपछि ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो ।

भिसा रद्द गरिएकाहरूलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।

भिसा रद्द हुनेमा सिन्धुलीको मरिणमा निर्माणाधीन जियान फुड्स प्रालिमा कार्यरत विदेशी नागरिकसमेत रहेका छन् ।

उक्त उद्योग छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको र ‘नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट’ अन्तर्गत सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।

विभागका अनुसार ती विदेशी नागरिकले एउटा कम्पनीको नाममा व्यवसायिक भिसा लिएर भिसाको उद्देश्यअनुसारको काम नगरी अन्यत्र काम गरेको पाइएको छ । सोही आधारमा उनीहरूको भिसा रद्द गरिएको हो ।

अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गर्ने विदेशी नागरिकमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार