पोखरा । “जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” भन्ने नारासहित दलित महिला सङ्घ (फेडो) कास्कीले रूपा गाउँपालिका–६ मा व्यवसायिक विकास तथा वित्तीय साक्षरतासम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ ।
रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरूङले उद्घाटन गर्दै तालिमले स्थानीय समुदायलाई सचेत र सक्षम बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले तालिम वा सीप सिक्नु सामान्य भए पनि सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र वास्तविक उपलब्धि हासिल हुनेमा जोड दिनु भयो ।

तीन दिनसम्म चलेको तालिममा प्रशिक्षक नवराज अधिकारी र सुभाष मल्लले व्यवसायिक विकासमा महिला, उद्यमी र उद्यमशीलता, उत्पादन र सञ्चालन योजना, उत्पादनको बजारीकरण, आर्थिक योजना, लगानी, घाटा–फाइदा व्यवस्थापनलगायत विषयमा सहजीकरण गर्नु भयो ।
फेडो कास्कीकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा सम्पन्न तालिम २०८२ भदौ १ देखि ३ गतेसम्म सञ्चालन गरिएको थियो ।
कार्यक्रमबाट २५ जना सहभागी लाभान्वित भएको कार्यक्रम संयोजक इश्वरी बिकले जानकारी दिनु भयो ।