पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौँ आन्तरिक फुटसल प्रतियोगिता २०८३ बैशाख २६ गते आयोजना गरेको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका-४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले खेल खेल्नु मनोरञ्जन मात्र नभएर स्वास्थलाई पनि राम्रो हुने भएकोले दिनमा केही समय खेलकुदको लागि समय व्यवस्थापन मिलाउन व्यवसायी साथीहरूलाई अनुरोध गर्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनलाई पोखरा महानगरपालिका ४ कार्यालयले गर्नुपर्ने सयोगको लागि आफू प्रतिवद्व रहेको बताउनु भयो ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउँदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायीबिच आत्मीयता बढोस भनेर बिगतका वर्षहरूमा झैँ यो वर्ष पनि फुटसल प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा राजेश खाडको टिम प्रथमलाई नगद १७ हजार ५ सय नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थियो भने विशाल श्रेष्ठको टिम द्वितीय हुँदै नगद ९ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
एशोसियसनका अध्यक्ष बुद्विबहादुर कुँवरको अध्यक्षतामा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश उपाध्यक्ष मनोहरि पौडेलले गर्नु भएको थियो भने सञ्चालन एशोसियसनका महासचिव थमनसिह गुरूङले गर्नु भएको थियो ।