मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सिन्धुलीमा रगत अभाव: बिरामीको चाप बढ्दा रक्तदान कमीको चुनौती

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली जिल्लामा पछिल्लो समय बिरामीको चाप र रगतको माग दुवै तीव्र रूपमा बढेको छ । तर, रगत दाताको सङ्ख्या पर्याप्त नबढ्दा जिल्लामा रगतको अभाव गम्भीर बन्दै आएको नेपाल रेडक्रस सोसाइटी, सिन्धुलीले जनाएको छ ।

विशेष गरी नेगेटिभ ग्रुपको रगत पाउन अत्यधिक कठिनाइ आइरहेको रेडक्रसको भनाइ छ । रेडक्रसका अनुसार विगत आर्थिक वर्षमा जिल्लामा मासिक ४०-५० पाउण्ड रगतको माग रहँदै आएकोमा हाल त्यसको माग अत्यधिक बढेको छ ।

सिन्धुली अस्पतालमा शल्यक्रिया, प्रसूति शल्यक्रिया र डायलासिस सेवा विस्तारसँगै रगतको आवश्यकता झनै बढेको हो ।

चालु आर्थिक वर्षमा मात्र

  • साउनमा १ सय ३० पाउण्ड,
  • भदौमा १ सय ४० पाउण्ड,
  • असोजमा ९० पाउण्ड

रगत सिन्धुली अस्पतालमा प्रयोग भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार पछिल्लो समय फ्रेस ब्लडको माग असामान्य रूपमा बढ्दो छ ।

रक्तदान कार्यक्रम विस्तार आवश्यक

रक्त अभाव रोक्न रेडक्रसले रक्तदाताको सङ्ख्या बढाउने तथा रगत सङ्कलन प्रक्रियालाई प्रभावकारी बनाउने आवश्यकता औंल्याएको छ ।

हाल सञ्चालनमा रहेको आकस्मिक रक्तसञ्चार सेवा केन्द्रमा पछिल्ला तीन महिनामा माग तीव्र बढेपछि रेडक्रसले अबको दिनमा महिनामा दुई पटकको रक्तदान कार्यक्रम पर्याप्त नहुने र हप्तामा कम्तीमा एक पटक रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

यससँगै आवश्यकता अनुसार रगत दिन सक्ने सक्रिय रक्तदाताको सङ्ख्या जिल्लामा कम रहेको रेडक्रसको भनाइ छ ।

दैनिक ३५ पाउण्ड रगतको आवश्यकता

सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ३ देखि ५ पाउण्ड रगत केवल अस्पतालका बिरामीहरूलाई मात्र आवश्यक भइरहेको छ ।  

विशेषगरी अप्रेसनका बिरामी र रगत कमी भएका बिरामी बढ्दा माग अझै तीव्र बनेको उहाँले बताउनु भएको छ ।

Author

Related News