मानव आवाज

२०८३ भदौ ३१ गते
00: 00: 00
२०८३ भदौ ३१ गते

बेलघारीमा पहिलोपटक खुला रक्तदान, ३० जनाले गरे रक्तदान

सिन्धुली । तीनपाटन गाउँपालिका-१ बेलघारीमा पहिलोपटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भिमस्थान र बेलघारी उपशाखाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय समुदाय, युवा तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

सभापति श्रेष्ठले बेलघारीमा पहिलोपटक रक्तदानजस्तो मानवीय तथा सेवामूलक कार्यक्रम आयोजना हुनु महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँका अनुसार रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्‍याउनुका साथै समुदायमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नसमेत योगदान पुर्‍याउँछ ।

स्थानीय स्तरमै आयोजना हुने यस्ता कार्यक्रमले सामाजिक सेवाप्रति नागरिकको सहभागिता बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने सभापति श्रेष्ठले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्न सके आवश्यक परेको समयमा रगतको अभाव कम गर्न तथा स्थानीयस्तरमै मानवीय सेवाको भावना विकास गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार