मानव आवाज

२०८३ असार ६ गते
00: 00: 00
२०८३ असार ६ गते

विराटनगरलाई तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि

निशान्त ढुङ्गाना, विराटनगर ।

विराटनगरले तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा बेलबारीलाई पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा २०८३ असार ६ गते सम्पन्न फाइनल खेलमा बेलबारीलाई ५-३ को अन्तरले पराजित गर्दै विराटनगरले उपाधिमा आफ्नो नाम लेखाएको हो ।

मोरङ जिल्लाका ६ टिम सहभागी एक दिने प्रतियोगितामा विराटनगरले उपाधिसँगै मेडल, ट्रफी र २५ हजार रुपियाँ नगद प्राप्त गरेको छ भने बेलबारीले उपाधिसँगै मेडल, ट्रफी र १५ हजार रुपियाँ नगद प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारलगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

Author

Share the News

Recent News

Related News