मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र’ जारी

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी दुई दिने अन्तरक्रिया र छलफल कार्यक्रममा कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विराटनगरमा दुई दिन खेलकुद सरोकारवाला, निजी क्षेत्र, स्थानीय तहसँग अन्तरक्रिया र छलफल कार्यक्रम गरेर २०८२ असार २१ गते २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

बोर्डले जारी गरेको घोषणापत्रमा सङ्घीय सरकार, कोशी प्रदेश सरकार र सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा निर्माण हुने कोशी प्रदेश खेलकुद ग्रामको निर्माणलाई तीव्रता दिन पहलकदमी लिने, खेलाडीलाई नियमित प्रशिक्षणलाई अनिवार्य गर्ने साथै रिफ्रेस कोर्स तालिमहरू सञ्चालन गर्ने, खेलाडी अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बाट उल्लेख गरिएको छ।

त्यस्तै, घोषणापत्रमा खेलकुदको विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गरि खेलकुद क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीको अभिलेखीकरण गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको सहयोग खेलकुद क्षेत्रमा लगानी गर्ने कानुनी व्यवस्था निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रदेश सरकार समक्ष खेल क्षेत्रमा प्राथिमिकता तय गर्न आवश्यक सल्लाह र सुझाव पेश गर्ने जनाइएको छ।

प्रदेशमा खेल पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारी अवधारणालाई अघि बढाउन प्रदेश सरकार समक्ष सुझाव पेश गर्ने, प्रदेशमा साहसिक खेलकुद पर्यटनको अवधारणा अघि बढाउन पहल गर्ने कुरा समेत उल्लेख गरिएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले अन्तरक्रिया र छलफल कार्यक्रमबाट आएको कुरा समेटेर घोषणापत्र जारी गरिएको जानकारी दिनु भयो।

अन्तरक्रिया र छलफल कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरू, खेलाडी-प्रशिक्षक, खेल सङ्घका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Author

Related News