मानव आवाज

२०८३ श्रावण ६ गते
00: 00: 00
२०८३ श्रावण ६ गते

सिन्धुलीका नौ ओटै स्थानीय तहमा बेरुजुको चाङ

सिन्धुली जिल्लाका नौ ओटै स्थानीय तहमा आर्थिक अनुशासनसम्बन्धी प्रश्न उठाउने गरी बेरुजु देखिएको छ । स्थानीय तहले एक आर्थिक वर्षमा गरेको आम्दानी र खर्च कानुन तथा प्रचलित मापदण्डअनुसार भए–नभएको परीक्षण महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष गर्ने गर्दछ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण सम्पन्न गरी गत वैशाख ३१ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सोही प्रतिवेदनअनुसार सिन्धुलीका नौ ओटै स्थानीय तहमा बेरुजु कायम रहेको देखिएको छ । तीमध्ये तीनपाटन गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको छ ।

तीनपाटन गाउँपालिका

तीनपाटन गाउँपालिकाको रु. १ अर्ब ९३ करोड ५३ लाख २ हजार आय–व्ययको लेखापरीक्षण गर्दा रु. ९ करोड ६५ लाख ५ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियापछि रु. ४५ लाख १४ हजार फर्स्यौट भई रु. ९ करोड १९ लाख ९१ हजार बेरुजु कायम भएको छ ।

कायम बेरुजुमध्ये असुल गर्नुपर्ने रु. १ करोड ३२ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ६ करोड ४८ लाख ३० हजार, नियमित गर्नुपर्ने रु. १ करोड ३१ लाख ४ हजार तथा पेश्की बाँकी रु. ८ लाख ४२ हजार रहेको छ ।

गत वर्षसम्म रु. ३६ करोड ९ लाख ४७ हजार बेरुजु रहेकोमा चालु वर्षको बेरुजु थपिएपछि गाउँपालिकाको अद्यावधिक बेरुजु रु. ४५ करोड २९ लाख ३७ हजार पुगेको छ ।

हरिहरपुरगढी गाउँपालिका

हरिहरपुरगढी गाउँपालिकाको रु. १ अर्ब ४४ करोड ४६ लाख ६३ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. ६ करोड ८५ लाख ६३ हजार बेरुजु देखिएको थियो ।

प्रतिक्रियाबाट रु. ४६ लाख ७ हजार फर्स्यौट भएको तथा रु. २५ लाख ४ हजार थप बेरुजु समावेश भएपछि कुल रु. ६ करोड ६४ लाख ६० हजार बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

यसमा असुल गर्नुपर्ने रु. २० लाख १९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड १८ लाख १ हजार, नियमित गर्नुपर्ने रु. ५ करोड २१ लाख ५२ हजार तथा पेश्की बाँकी रु. ४ लाख ८७ हजार रहेको छ ।

गत वर्षसम्म रु. ८ करोड ९६ लाख २० हजार बेरुजु रहेकोमा यस वर्ष थपिएपछि अद्यावधिक बेरुजु करिब रु. १५ करोड पुगेको छ ।

गोलञ्जोर गाउँपालिका

गोलञ्जोर गाउँपालिकाको रु. १ अर्ब ३४ करोड ९२ लाख ९८ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. ४ करोड ८१ लाख ८० हजार बेरुजु देखिएको थियो । प्रतिक्रियापछि रु. ४ लाख २५ हजार सम्परीक्षण भई रु. ४ करोड ७७ लाख ५५ हजार बेरुजु बाँकी रहेको छ ।

यसमा असुल गर्नुपर्ने रु. ८ लाख ३० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. २ करोड ३ लाख ५० हजार, नियमित गर्नुपर्ने रु. २ करोड ४२ लाख ९६ हजार तथा पेश्की बाँकी रु. २२ लाख ७९ हजार रहेको छ ।

गत वर्षसम्म रु. ८ करोड ७४ लाख ७६ हजार बेरुजु रहेकोमा यस वर्षको थप बेरुजुसहित अद्यावधिक बेरुजु रु. १३ करोड ५२ लाख ३१ हजार पुगेको छ ।

मरिण गाउँपालिका

मरिण गाउँपालिकाको रु. १ अर्ब ३४ करोड ७० लाख ४६ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. ३ करोड ८५ लाख २६ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियापछि रु. २ लाख फर्स्यौट भई रु. ३ करोड ८३ लाख २६ हजार बेरुजु कायम भएको छ ।

यसमा असुल गर्नुपर्ने रु. १७ लाख २२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड ४८ लाख ८६ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ४२ लाख ८० हजार तथा पेश्की बाँकी रु. ७४ लाख ३८ हजार रहेको छ ।

गत वर्षसम्म रु. १० करोड ६५ लाख ७९ हजार बेरुजु रहेकोमा चालु वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रु. १४ करोड ४९ लाख ५ हजार पुगेको छ ।

कमलामाई नगरपालिका

कमलामाई नगरपालिकाको रु. ३ अर्ब २२ करोड १२ लाख ३३ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. २ करोड ५३ लाख ९२ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियाबाट रु. ३ लाख ७१ हजार सम्परीक्षण भई रु. २ करोड ५२ लाख २८ हजार बेरुजु कायम भएको छ ।

यसमा असुल गर्नुपर्ने रु. १५ लाख २१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १८ लाख ५२ हजार, नियमित गर्नुपर्ने रु. २ करोड १७ लाख ५ हजार तथा पेश्की बाँकी रु. १ लाख ५० हजार रहेको छ ।

गत वर्षसम्म कायम रु. ९ करोड ६३ लाख ३ हजार बेरुजुमध्ये रु. १४ लाख ५० हजार सम्परीक्षण भई यस वर्षको बेरुजु थपिएपछि अद्यावधिक बेरुजु रु. १२ करोड ८२ हजार पुगेको छ ।

सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिकाको रु. १ अर्ब ४५ करोड १५ लाख ८० हजार आय–व्ययको लेखापरीक्षणबाट रु. २ करोड १९ लाख २७ हजार बेरुजु देखिएको छ । कुनै प्रतिक्रिया प्राप्त नभएकाले सोही रकम कायम गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसमा असुल गर्नुपर्ने रु. २३ लाख ३२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड ४ लाख ५९ हजार, नियमित गर्नुपर्ने रु. ७८ लाख ३६ हजार तथा पेश्की बाँकी रु. १३ लाख रहेको छ ।

गत वर्षसम्म रु. २२ करोड ९० लाख ६७ हजार बेरुजु रहेकोमा रु. २ लाख १३ हजार सम्परीक्षण भई यस वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रु. २४ करोड ७ लाख ८१ हजार पुगेको छ ।

दुधौली नगरपालिका

दुधौली नगरपालिकाको रु. २ अर्ब ५६ करोड ४१ लाख ४६ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. २ करोड ४६ लाख ३७ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियापछि रु. ३४ लाख ६८ हजार सम्परीक्षण भई रु. २ करोड ११ लाख ६८ हजार बेरुजु बाँकी रहेको छ ।

यसमा प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड ८४ लाख ८१ हजार तथा नियमित गर्नुपर्ने रु. २६ लाख ८७ हजार रहेको छ ।

गत वर्षसम्म रु. ६ करोड ८ लाख ६६ हजार बेरुजु रहेकोमा सम्परीक्षणपछि यस वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रु. ७ करोड ८६ लाख ७८ हजार पुगेको छ ।

फिक्कल गाउँपालिका

फिक्कल गाउँपालिकाको रु. १ अर्ब १७ करोड ३१ लाख ३९ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. १ करोड ९८ लाख ७८ हजार बेरुजु देखिएको थियो ।

प्रतिक्रियाबाट रु. ४८ लाख ३० हजार सम्परीक्षण भई रु. १ करोड ५० लाख ४८ हजार बेरुजु कायम भएको छ । यसमा नियमित गर्नुपर्ने रु. १ करोड ४३ लाख ९८ हजार तथा पेश्की बाँकी रु. ६ लाख ५० हजार रहेको छ ।

गत वर्षसम्म रु. ८ करोड ३९ लाख ५३ हजार बेरुजु रहेकोमा सम्परीक्षण र यस वर्षको थप बेरुजुसहित अद्यावधिक बेरुजु रु. ५ करोड ८० लाख ७६ हजार कायम भएको छ ।

घ्याङलेख गाउँपालिका

घ्याङलेख गाउँपालिकाको रु. ९० करोड ५९ लाख ४६ हजार आय–व्ययको लेखापरीक्षणबाट रु. १ करोड २९ लाख ७६ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियापछि रु. ५० लाख ९९ हजार सम्परीक्षण भई रु. ७८ लाख ७७ हजार बेरुजु बाँकी रहेको छ ।

प्रतिवेदनअनुसार असुल गर्नुपर्ने रु. ७ लाख ५८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १० लाख ४२ हजार तथा नियमित गर्नुपर्ने रु. ६० लाख ७७ हजार रहेको छ ।

गत वर्षसम्म रु. १४ करोड २७ लाख १३ हजार बेरुजु रहेकोमा सम्परीक्षणपछि यस वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रु. १४ करोड ९० लाख ६८ हजार पुगेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

(स्पष्टीकरणः तथ्याङ्कलाई सकेसम्म शुद्ध बनाउने प्रयास गरिएको छ । यदि तथ्याङ्कमा फरक परेमा प्रतिवेदनकै तथ्याङ्क आधिकारिक हुनेछ ।)

Author

Share the News

Recent News

Related News