मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मुद्रण उद्योग सङ्घ कास्कीको अध्यक्षमा बास्तोला चयन

पोखरा । मुद्रण उद्योग सङ्घ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशन २०८२ पुस १२ गते पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीले मुद्रण पेशालाई राज्यले अझै स्पष्ट रूपमा नचिन्नु दुःखद् विषय भएको उल्लेख गर्नु भयो ।

उहाँले मुद्रण व्यवसायीको हक–हित संरक्षणका लागि महासंघ निरन्तर सङ्घर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले महासङ्घको केन्द्रीय परिपत्रअनुसार यसपटक तीन वर्षे कार्यकाल घटाएर दुई वर्षमै निर्वाचन गरिएको जानकारी दिनु भयो ।

साधारणसभामा महासङ्घका पूर्व अध्यक्ष माधव केसी, वरिष्ठ उपाध्यक्ष गोपाल ढकाल, निवर्तमान महासचिव कमल पोखरेल, केन्द्रीय सदस्यहरू कोपिला श्रेष्ठ र बसन्त बास्तोला, गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहाल, पोखरा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महासचिव पदम श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अनन्त प्रधानाङ्गले आर्थिक प्रतिवेदन तथा प्रथम उपाध्यक्ष रामप्रसाद भुर्तेलले विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत गरिएका तीन ओटै प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रूपमा पारित भएको मुल आयोजक उपसमितिका संयोजक बसन्त बास्तोलाले जानकारी दिनु भयो ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारायण) तथा सह–कोषाध्यक्षमा मनोज बास्तोला चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ चयन भएको निर्वाचन संयोजक पदमलाल श्रेष्ठले जानकारी दिनु भयो ।

नवनिर्वाचित अध्यक्ष दिनेशचन्द्र बास्तोलाले सङ्घको गरिमा र मुद्रण व्यवसायको व्यावसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने निर्वाचन मण्डल तथा सम्पूर्ण सदस्यप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यसैगरी निर्वाचन संयोजक पदमलाल श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफू सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रम सङ्घका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव पदम श्रेष्ठ र सचिव राजन कुमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसैबिच, २०८२ पुस ११ गते नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशको साधारणसभा तथा ‘लेले भेन्चर बी–टु–बी समिट २०८२’ आयोजना गरिएको थियो । सो अवसरमा नीति, प्रविधि र योजना विषयक “मुद्रण सम्वाद” कार्यक्रम पनि सम्पन्न भएको छ ।

मुद्रण सम्वाद कार्यक्रममा गण्डकी प्रदेश सरकार नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछाने, महासङ्घका अध्यक्ष विष्णुप्रसाद तिवारी, एक्स रोल्याण्डका प्रमुख दिनेश अर्याल तथा साउथ एसिया बिजनेस हाउसका प्रमुख आर.पी. महतोले आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गर्नुभएको थियो ।

Author

Related News