मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जनप्रिय क्याम्पस अध्यक्ष पदका लागि बरालको उम्मेदवारी दर्ता

पोखरा । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको आगामी कार्यकालका लागि विष्णुप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

बरालले ३४ वर्षभन्दा बढी समयदेखि क्याम्पसको सभासद्, कार्यसमिति सदस्य र सल्लाहकारको रूपमा योगदान दिँदै आउनु भएको छ ।

उहाँले आफ्नो उम्मेदवारी पदको रहरले नभई क्याम्पसले भोगिरहेको गम्भीर नीतिगत विचलन र सामुदायिक दायित्वबाट विमुख हुने खतरालाई रोक्न नेतृत्व गर्ने उद्देश्यका साथ दर्ता गरेको बताउनु भएको छ ।

बरालले क्याम्पसको बन्द भएको ३४ वर्ष पुरानो मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनः स्थापना गर्ने र आधुनिक आवश्यकताअनुसार विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँले प्राध्यापक र कर्मचारीको पेशागत सुरक्षा र आत्मसम्मानमा आँच नआओस् भनेर प्रशासनलाई चुस्त र नतिजामुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

बरालले विद्यार्थीको भविष्यलाई विश्व बजारअनुकूल बनाउन सिर्जनशील, नैतिकवान् र उद्यमी नागरिक तयार पार्ने शिक्षा मोडल लागू गर्ने योजना अघि सार्नु भएको छ ।

उहाँले सिनेटर, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सञ्चारकर्मीहरूलाई अपिल गर्दै भन्नु भएको छ-‘आगामी निर्वाचनमा उनीहरूले आफ्नो विवेकपूर्ण मत प्रयोग गरेर क्याम्पसलाई नाफामुखी व्यापारिक केन्द्र होइन, गरिबका छोराछोरीले पढ्न पाउने सामुदायिक मन्दिरको रूपमा जोगाउन निर्णय लिनुपर्ने छ ।’

उहाँले मतदातालाई क्याम्पसको दीर्घकालीन भविष्य सुनिश्चित गर्न विवेकपूर्ण मत प्रयोग गर्न आह्वान गरेका छन् ।

बरालले सिनेटरसमक्ष कवितामार्फत पनि सन्देश प्रवाह गर्नु भएको छ ।

“न नाफा, न व्यापार मात्र सेवा र संस्कार,
जनप्रियको गरिमा फर्काउन, विष्णुप्रसाद बराल ।”

“नैतिकताको जगमा सुशासनको आधार,
जनप्रिय जोगाउने अब विष्णुप्रसाद बराल ।”

“प्राज्ञिक उन्नयन, नीतिगत स्पष्टता,
सुशासन र समावेशी शिक्षा– विष्णु बरालको प्रतिबद्धता ।”

“शिक्षामा व्यापार होइन, विवेकको शासन,
विष्णुप्रसाद बरालको नेतृत्व: जनप्रियको पुनर्जागरण।”

“इतिहास जोगाऔँ, मानविकी ब्युँताऔँ,
सर्वसुलभ शिक्षाका लागि विष्णु बराल रोजौँ ।”

“सुशासनको प्रत्याभूति, गुणस्तरको सवाल,
सामुदायिक शिक्षाका रक्षक– विष्णुप्रसाद बराल ।”

“जनप्रियको सान, सुशासन र सम्मान: विष्णुप्रसाद बराल”

“भित्र शान्ति, बाहिर समृद्धि: जनप्रियमा अब नैतिक नेतृत्व !”

“सर्वसुलभ शिक्षा, सुशासन र संस्कार,
जनप्रियको पुनरुत्थान: विष्णुप्रसाद बराल ।”

Author

Related News