ललितपुर । कास्कीको अन्नपूर्ण गाउँपालिका–३, मराम्चेका अगुवा कृषक बलराम पौडेलको ‘ईको भिलेज’ निर्माण गर्ने सपना अझै अधुरै रहेको छ ।
५८ वर्षीय पौडेलले गाउँमै रोजगारी सिर्जना गर्ने, बाँझो जमिनलाई उत्पादनको केन्द्र बनाउने र रैथाने कृषि प्रणालीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ विभिन्न योजना अघि सारे पनि आवश्यक सहयोग र लगानी नपाउँदा आफ्नो अभियानले अपेक्षित गति लिन नसकेको बताउनुभएको छ ।
व्यवसायिक योजनासहित विभिन्न बैङ्क तथा वित्तीय संस्थामा प्रस्ताव पेस गरे पनि कुनै ठोस प्रतिक्रिया नपाएपछि उहाँ सहयोग र सहकार्यको खोजीमा पोखराबाट काठमाडौंसम्म धाइरहनुभएको छ ।
यही क्रममा उहाँ मानव आवाजको कार्यालय पुगेर नेपालको कृषि क्षेत्रमा देखिएको चुनौतीबारे आफ्ना अनुभव र धारणा शेयर गर्नुभएको हो ।
उहाँका अनुसार ठिमाहा लगायतका कारण रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने वैदेशिक रोजगारीको आकर्षणका कारण गाउँका युवाहरू निरन्तर पलायन भइरहेका छन् ।
यसले कृषि उत्पादन मात्र होइन, दीर्घकालीन रूपमा नेपालको खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र सामाजिक संरचनामा समेत नकारात्मक प्रभाव पारिरहेको उहाँको भनाइ छ ।
यिनै विषयमा केन्द्रित रहेर मानव आवाज पोडकास्टको ‘कृषि आवाज’ कार्यक्रममा अगुवा कृषक बलराम पौडेलसँग गरिएको विस्तृत कुराकानी २०८३ साउन २२ गते साँझ ८ बजे YouTube मा @manavaawaj तथा Facebook मा Manavaawaj मार्फत प्रस्तुत हुँदैछ ।