मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बैङ्क लुटपाट घटनाका आरोपित कारागार चलान

रुद्रबहादुर खड्का, सिन्धुली ।

घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबीआई बैङ्कमा २०८२ पुस २९ गते भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानमा रहेका व्यक्तिहरूलाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार पठाइएको छ ।

सिन्धुली जिल्ला अदालतको २०८२ माघ २७ गतेको आदेशअनुसार, छविलाल स्याङतान (४३), चतुरमान बजु (४३), ज्ञानबहादुर भ्लोन तामाङ (५३), शशाङ्क श्रेष्ठ (२२), विवेक मगर (२२), र मिलन गिरी (२३) गरी ६ जनालाई सिन्धुली कारागारमा राख्ने आदेश आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

त्यसैगरी, अदालतको आदेशअनुसार एक बालकलाई बाल सुधार गृहमा राख्न निर्देशन समेत दिइएको छ ।

सिन्धुली प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको पनि जनाएको छ।

Author

Related News