मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बालेनलाई फेरि स्पष्टीकरण ! तीन दिनभित्र जबाफ माग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेनसहित अन्य उम्मेदवारहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई तीव्र बनाएको छ । आयोगले २०८२ माघ १८ र १९ गते थप ९ जनासँग स्पष्टीकरण सोध्दै कुल सङ्ख्या ३० पुर्‍याएको छ ।

यसै क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ का रास्वपा उम्मेदवार बालेन्द्र (बालेन) शाहलाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार शाहको चुनावी प्रचारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै हिँडेको भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण मागिएको हो ।

आयोगले शाहसँग“निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको हो वा होइन ? यदि हो भने त्यो कुन कानुनी आधारमा भएको हो ?” भन्ने स्पष्ट प्रश्न गर्दै तीन दिनभित्र जबाफ दिन निर्देशन दिएको छ ।

Author

Related News