मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

समयको सदुपयोग गर्दै कौसीखेतीमा महिला आकर्षित

पोखरा । पोखरा महानगरपालिकाको पहलमा महानगरका ३३ ओटै वडामा कौसीखेती प्रवर्धन कार्यक्रम मार्फत शहरी फोहोर व्यवस्थापन, हरियाली निर्माण, स्वस्थ्य उत्पादन एवम् स्रोतको उपयोगजस्ता उद्देश्य राखि वडास्तरीय कृषि सञ्जालका माध्यमबाट  कौसीखेती अभियानलाई अघि बढाइएको वडास्तरीय कृषि सञ्जाल वडा नं ८ का संयोजक साबित्री घिमिरेले बताउनु भयो। यो समितिको पुनर्गठन दुईदुई वर्षमा हुने गर्दछ ।

पोखरा महानगरपालिका-८ नागढुङा निवासी  घिमिरेले घरको कौसीमा मिटर बोडि, चिचिनो, घिरउला, लौका, भिन्डी, भान्टा, करेला, कुरिलो, कर्कलो (गाभा), साग, लसुन, प्याज लगायतका तरकारी र जडिबुटी जन्य बिरूवाहरू तर्फ लेवन ग्रास, पुदिना, रोजमेरी, तुलसी, मरउटी लगायतका रहेका छन् । 

हिउँदे तथा वर्षे खेती  मुख्य रहेका छन् यो सँगसँगै  विभिन्न प्रकारका सिजनेवल  फूलहरूपनि विगत १०/१२ बर्षदेखी शुरू गरेको बताउनु भयो ।

यो अभियानलाई  पोखरा महानगरपालिकाले २०७४ सालदेखि वैधानिक रूपमै  महानगरको कृषि विकास महाशाखा मातहत रहने गरी  यो अभियानलाई निरन्तरता दिएकोमा महानगरको मुक्तकन्ठले प्रशंसनीय काम भएको  बताउनु भयो ।  

घिमिरे जस्तै पछिल्ला वर्षमा पोखराका बजारमा क्षेत्रमा स्थानीयहरूको कौसी खेतीप्रतिको आकर्षण बढिरहेको छ ।

पोखरा मनपा-८ नागढुङाबाट करिव १० प्रतिशत फोहोर मात्र डम्पिङ साइट्मा पठाउने नागढुङाबासीले फोहोर लाई यसै मोहोर बनाउने भनिएको होइन रहेछ घिमिरेले भन्नू भयो । फोहोर व्यवस्थापन सहित कौशिखेत‍ीको प्रशिक्षण दिदै आएको बताउनु भयो ।

पोखरा महानगरपालिका-८ मा करिब ३ हजारको हाराहारीमा कौसिखेती गर्दै आएका छन् ।

पोखरा महानगरको कृषि विकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा क्षेत्रमा स्थानीय कौसीखेतीतर्फ आकर्षित बनिरहेका उल्लेख गर्दै पोखरा  महानगरले पोखराका मुख्य बजार क्षेत्रलाई लक्षित गरी प्रवर्नधन कार्यक्रममा जोड दिएको बताउनु भयो ।

प्रत्येक वडामा कौसीखेती प्रवर्धन कार्यक्रमका लागि रू १ लाख ५० हजारका दरले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिँदै आइएको उहाँको भनाइ छ ।

प्रमुख कडरियाले सबै वडामा कौसीखेतीका लागि वडामार्फत बीउबिजन उपलब्ध गराइएको जनाउँदै प्रवर्धन कार्यक्रममार्फत कम्पोष्टमा ५० प्रतिशत र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदानसमेत उपलब्ध गराइएको बताउनु भयो ।

महानगरपालिका वडा नं ८ का  वडाअध्यक्ष रूद्रनाथ बरालले पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई लक्षित गरी कौसीखेती प्रवर्द्धन कार्यक्रम समेत सञ्चालन गरिरहेको पोखरा स्थित  सहरी क्षेत्रका प्रत्येक घरमा कौसीखेतीलाई अभियानका रूपमा अघि बढाउनु जरुरी रहेको उहाँको धारणा रहेको छ ।

पोखरा मनपा-८ निवासी लक्ष्मी बरालले नागढुङामा कौसीखेतीमा उत्कृष्ट त छदैछ आय आर्जन पनि शुरु गर्दैछौ स्थानीय खुशि हुनुहुन्छ  ।

कुहिने फोहोरबाट मल बनाइ कौसी हराभरा र नकुहिने प्लास्टिक जन्य फोहोरबाट आम्दानी गर्न शुरु भएको बरालको भनाइ छ।

स‍ोही वडाकी रिना थापाको अनुभवमा शहरमा बस्नेले यो अभियानमा लाग्दा सुरुका दिनमा  नौलो लागेपनि पछिल्लो समयले  महानगरबाट सहयोग गरेकोमा हरियाली  हुन थालेपछि उहाँ दङ्ग हुनुहुन्छ  ।

तरकारीका कारण कौसीमा हरियाली छाएको भन्दै फल्दै गरेका बोट हेर्दा पनि आनन्दको अनुभूति हुने गरेको उहाँको भनाइ रहेको छ ।

स्थानीय सुशीला शर्माले आफ्नो श्रमबाहेक लगानी पनि कम लाग्ने  जनाउँदै उहाँले घरमा ल्याउने गरिएका बजारका विषादीयुक्त तरकारीको प्रयोग कम गर्नका लागि पनि विशेषतः बजार क्षेत्रमा कौसीखेती महत्त्वपूर्ण विकल्प हुने बताउनु भयो ।

पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी निवासी मीना पन्थीले “बजार क्षेत्रमा आफ्नो घरको छतको समेत अधिक उपयोग गर्न कौसीखेती उपयुक्त विकल्प रहेको बताउनु भयो” । 

बजारमा पाइने तरकारी तथा फलफूलमा विषादीको बढ्दो प्रयोगका कारण हाम्रो स्वास्थ्य दिनानुदिन जटिल बन्दै गएका अवस्थामा विकल्पका रूपमा कौसीखेती गर्न सकिने पन्थी भनाइ रहेको छ।

पन्थीका अनुसार कौसीमा दैनिक भान्छामा अत्यावश्यक पर्ने गोलभेँडा,साग, धनियाँ, खुर्सानी, घिरउला लगायत अन्य तरकारी फलाउन सकिने बताउँदै  घरमा बिहान–साँझ फालिने तरकारी तथा अन्य वस्तुहरूलाई जैविक मलका रूपमा उपयोग गर्न सकिने अनुभव सुनाउदै आफूले कुनै पनि अनुदान सहयोग बिना व्यक्तिगत रूपमा कौसीखेती सुरू गरेको बताउनु भयो ।

Author

Related News