मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह, सेना परिचालित

ललितपुर । प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गर्नु भएको छ ।

सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गर्नु भएको हो ।

आन्दोलन क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले सार्वजनिक सम्पत्ति संरक्षण निम्ति पनि अपिल गर्नु भएको छ ।

यसैबिच नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै २०८२ भदौ २४ गते राति १० बजेदेखि परिचालित हुने जनाएको छ ।

सरकारले गरेको निर्मम दमनपछि जेन-जी आन्दोलन हिंसात्मक हुँदै जाँदा नेपाली सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो ।

प्रदर्शनमा बल प्रयोग नगरेको सेनाले परिचालित भएपछि आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरूमाथि कारबाही थाल्नेछ ।

सेनाले आफू लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने जानकारी पनि दिएको छ ।

Author

Related News