मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरका रामशरण घिमिरे अस्पतालको बेडमा, उपचारका लागि सहयोगको अपिल

ललितपुर । महाङ्काल गाउँपालिका-६ का स्थानीय रामशरण घिमिरे रुखबाट लडेर गम्भीर घाइते भएपछि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा जीवनमरणको सङ्घर्ष गरिरहनु भएको छ ।


मङ्सिर ६ गते घाँस काट्ने क्रममा रुखबाट अचानक लडेपछि उहाँको टाउकोमा गम्भीर चोट, मेरुदण्ड र दुवै कम्मर भाँचिएको, साथै शरीरका भित्री अङ्गमा गम्भीर असर परेको परिवारले जनाएको छ ।

हालैमात्र गरिएको शल्यक्रियापछि चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहे पनि थप उपचारका लागि ठूलो रकम आवश्यक परेको परिवारले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिन भइरहेकाले परिवार गहिरो पीडामा छ ।

यो दुखद् घटनाले शरीरको भरपर्दो अङ्ग नै गुमाउने जोखिममा पुग्नु भएका रामशरणलाई समयमै उपचार आवश्यक भएकाले परिवारजनले दयालु मन भएका सबैमा आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।


सामूहिक सहयोग र सहानुभूति जुट्ने हो भने रामशरणलाई नयाँ जीवन दिलाउन सकिने विश्वास परिवारको छ ।

जो जसरी सकिन्छ, सकेको सहयोग प्रदान गरी एक ज्यान बचाउन सबैलाई आग्रह गरिएको छ ।

Author

Related News