रुद्रबहादुर खड्का, सिन्धुली ।
जिल्ला समन्वय समितिको आयोजनामा यही २०८२ साल श्रावण २६ गतेदेखि पुजीगत योजनाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सकिएको छ ।
सिन्धुली जिल्लाका नौ ओटै स्थानीय तह र जिल्लास्थित विभिन्न प्रदेश र सङ्घीय कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरुले आर्थिक वर्ष २०८१/२०८२ मा आफ्नो मातहतका कार्यालयहरुबाट सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको प्रगतिको समीक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले बताउनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रगति समिक्षा कार्यक्रमको समापनको अवसरमा प्रमुख लामाले नेपाली जातको मौलिक हक सम्बन्धी संविधानमा उल्लेख गरेका अधिकारलाई कार्यान्वयन गर्न सङ्घीयताको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
जिल्ला समन्वय समितिकी उप-प्रमुख शान्ता कार्कीले नेपाली जनताको लामो सङ्घर्ष र वलिदानको उपलब्धिबाट नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सहितको नेपालको संविधान, २०७२ जानरी भएको कुरा उल्लेख गर्दै यस संविधानमा नेपालको शासकीय स्वरुप सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा व्यवस्था गरेको चर्चा गर्नुभयो ।
उहाँले जिल्ला समन्वय समितिको भूमिकालाई संविधान, ऐन, कानुनको दायरा भित्र रहेर प्रभावकारी बनाउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग वहस पैरवी गर्न अपरिहार्य रहेको जानकारी दिनु भयो ।
उपप्रमुख कार्कीले जिल्ला समन्वय समितिलाई सवल, सक्षम र सबलीकरण गर्न आवश्यक बहस पैरवी गरिरहने भएमा उपलब्धिहरु हासिल हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।