मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था जोखिमपूर्ण हुने आहुतिको भनाइ

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ ले नेपालमा प्रत्यक्ष रूपमा कार्यकारी प्रमुख छान्ने प्रणाली लागू गर्नु देशको सन्दर्भमा जोखिमपूर्ण हुने टिप्पणी गर्नु भएको छ ।

काठमाडौंमा २०८२ मङ्सिर ८ गते आयोजित कार्यक्रममा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उहाँले भौगोलिक बनावटदेखि सांस्कृतिक विविधतासम्मका कारण यस्तो प्रणाली नेपालजस्तो बहुवर्णीय समाजमा प्रभावकारी हुन नसक्ने बताउनु भएको हो ।

आहुतिका अनुसार देशमा लामो समयपछि कडा सङ्घर्ष र बलिदानमार्फत प्राप्त राजनीतिक संरचना नेपाली सामाजिक वास्तविकताअनुसार विकास हुन नपाएर एउटा सानो वर्गको हिततर्फ झुकेको छ ।

बहसमा कार्यकारी प्रणालीः प्रणाली होइन, नेतृत्व फेरौँ

प्रतिनिधिसभाबाट बन्ने सरकारहरूले जनताका प्रमुख समस्या समाधान गर्न नसकिरहेको उल्लेख गर्दै उहाँले संसदमा पराजित र असफल ठहरिएका व्यक्तिहरू फेरि–फेरि सत्तामा प्रवेश गर्ने प्रवृत्ति रोकिनुपर्नेमा भने जोड दिनु भयो ।

उहाँले विगतका सबै राजनीतिक प्रणालीहरू अपेक्षित रूपमा सफल नहुँदा अब ‘नेपालीपन’ झल्काउने वैकल्पिक कार्यक्रम ल्याउनुपरेको बताउनु भयो ।

अहिलेको व्यवस्थाले श्रमिक, किसान, महिला, आदिवासी–जनजाति तथा दीर्घकालीन रूपमा उपेक्षित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उहाँको भनाइ छ ।

Author

Related News