ललितपुर । डेष्टिनेशन माझखण्ड प्रा.लि. र चन्द्रागिरी इन्भेष्टमेण्ट होल्डिङ्ग्स लिमिटेडबिच माझखण्ड केबलकार परियोजनजाका लागि स्वपूँजी लगानी गर्ने बारेमा सम्झौता भएको छ ।
सातदोबाटोस्थित डेष्टिनेशन माझखण्ड प्रा.लि.को कार्यालयमा २०८२ साउन ३० गते यो सम्झौता भएको प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताउनु भयो ।
चन्द्रागिरी इन्भेष्टमेण्ट होल्डिङ्ग्सका अध्यक्ष राजन श्रेष्ठले स्वपूँजी लगानी गर्न र थप लगानी जुटाउनसमेत अवसर पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
परियोजना सञ्चालन गर्न स्वपूँजिको अनुपात पुर्याएर ऋणका लागि बैङ्किङ प्रक्रिया अघि बढेको पनि कम्पनीले जनाएको छ ।