मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लायन्स ३२५ एम क्लस्टर–२ अन्तर्गत क्लबहरूबिच आत्मीयता पुनर्मिलन कार्यक्रम

पोखरा । लायन वर्ष २०२५–२६ को थिम “खुशीका लागि सेवा” भन्ने मुख्य नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर–२ का लायन्स क्लबहरूबिच आत्मीयता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले क्लब–क्लबबिच आत्मीयता पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ ।

क्लस्टर–२ अन्तर्गत रिजन ४, ५ र ६ तथा जोन ७ देखि १२ सम्मका लायन्स क्लबहरूको संयुक्त आयोजनामा कार्यक्रम २०८२ पुस ४ र ५ गते स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका–१, रामकोटमा सम्पन्न भएको हो ।

कार्यक्रममा डिस्ट्रिक ३२५ एमका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर (सेकेन्ड भिडिजी) किशोर बरालले आत्मीयता मिलन कार्यक्रमहरू सकारात्मक र आवश्यक भएको उल्लेख गर्नु भयो ।

यस्ता कार्यक्रम समय–समयमा आयोजना गरी समीक्षा गर्नु क्लब र सदस्यहरूबिच सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

सेकेन्ड भिडिजी बरालले लायन्स क्लबका तीन ओटा महत्त्वपूर्ण अङ्गहरूमध्ये फेलोशिप अन्तर्गत आयोजना गरिने यस्ता कार्यक्रमहरूले भाइचाराको सम्बन्ध विकास गर्नुका साथै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा निरन्तर योगदान पुर्‍याउन प्रेरित गर्ने बताउनु भयो ।

सामाजिक क्षेत्रको विकासमा लायन्स क्लबहरूले खेलेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा डिस्ट्रिक ३२५ एमका सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, डिस्ट्रिक्ट प्रोटोकल चिफ लायन दिनबन्धु पौडेल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन इन्द्रमान चौहान, लायन्स क्लब अफ स्काई टाउनका निर्वतमान अध्यक्ष तथा जोन–१२ का जोन चियरपर्सन लायन नेत्रप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउन र मानव सेवामा निरन्तर योगदान पुर्‍याउन सबै सदस्यहरू थप सक्रिय हुनुपर्ने विश्वास व्यक्त गर्नु भयो ।

लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्यान्ड्सका अध्यक्ष तथा कार्यक्रम संयोजक लायन यज्ञ नेपालीले कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न हुनुमा सम्पूर्ण सहयोगी, सहभागी र नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अथक प्रयास, लगनशीलता र सामूहिक नेतृत्वकै कारण कार्यक्रम सफल भएको बताउनुभयो।

क्लस्टर–२ का क्लस्टर चिफ लायन लक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जोन–८ की जोन चियरपर्सन लायन कविता गुरुङले प्रकाश पार्नुभएको थियो। धन्यवाद ज्ञापन कार्यक्रम सह–संयोजक रामजी पोखरेलले गर्नुभएको थियो भने सञ्चालन जोन–९ का जोन चियरपर्सन लायन प्रेम क्षेत्रीले गर्नुभएको थियो।

कार्यक्रमले लायन्स क्लबहरूबिच आपसी सम्बन्ध, सहकार्य र सामाजिक सेवाप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको सहभागीहरूको भनाइ थियो।

Author

Related News