हाम्रो बारेमा
तथ्य, तर्क र परिवर्तनको आवाज भन्ने नारा बोकेर, भुइँमान्छेको आवाजलाई मुखरित गर्ने उद्देश्यसहित मास नेपालले सुरु गरेको मानवआवाज डट कम तपाईँ हाम्रो साझा मञ्च हो । यो मञ्चबाट हामी ससाना व्यक्तिगत आवाजहरूलाई एकीकृत गर्दै ठूलो र सबल आवाज बनाउन चाहन्छौँ-जसले समाजमा सकारात्मक सोच, जिम्मेवारीपूर्ण सम्वाद र परिवर्तनको बाटो खोलोस् । तर, यो प्रयास केवल हाम्रो मात्र होइन, तपाईँको सक्रिय साथ, विचार र योगदानले मात्र यसलाई साँच्चै अर्थपूर्ण बनाउन सक्छ । मानवआवाज डट कम–तपाईँको आवाज, हाम्रो शक्ति।