ललितपुर । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।
सोवितकुमार थापाको साढे दुई तले घर २०८३ असोज १२ गते बिहान साढे ६ बजे ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।
अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको प्रारम्भिक अनुमान छ । (फोटोः ललितपुर प्रहरी)