मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरमा २५ जनाको विशेष उद्धार टोली तयारी अवस्थामा

ललितपुर । अविरल वर्षासँगै बढेको नदी-खोलाको पानीको बहावले जोखिम बढेपछि ललितपुर प्रहरीले विशेष उद्धार टोली तयारी अवस्थामा राखेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार मनोहरा, कर्मनाशा, नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

२०८२ असोज १७ गते शुक्रबार रातिदेखि लगातार परेको वर्षाले खोला-नदीको जलस्तर बढेपछि जोखिम क्षेत्रका बासिन्दाको उद्धार गरिएको हो ।

सम्भावित विपद् न्यूनीकरणका लागि नेपाल पर्वतारोहण सङ्घ, नारा र एनएनएमजीएससँग सहकार्यमा २५ जनाको विशेष उद्धार टोली तयार गरिएको बोगटीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार उद्धार टोलीलाई तत्काल घटनास्थलमा परिचालन गर्न जावलाखेलमा तयारी अवस्थामा राखिएको छ ।

लगातारको वर्षाले काठमाडौँ उपत्यकासहितका नदी-खोला किनारमा बाढी र पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

(फाइल फोटोः गत वर्ष (२०८१ असोज १२ पछि)को टिकाभैरवस्थित अस्पताल परिसरको फोटो ।)

Author

Related News