मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

गण्डकीको स्वास्थ्य रूपान्तरणतर्फ १० महिनामा ठूलो फड्को: मन्त्री पाठकको नेतृत्व स्वास्थ्य क्षेत्रमा प्रभावकारी

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पदभार ग्रहण गरेको १० महिनामा प्रदेशको स्वास्थ्य प्रणालीलाई सबल र प्रभावकारी बनाउन उल्लेखनीय प्रगति भएको छ।

मन्त्री पाठकको नेतृत्वमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका समस्या र चुनौतीहरूलाई प्राथमिकतामा राख्दै ४० ओटा अल्पकालीन, ५० ओटा मध्यकालीन र १० ओटा दीर्घकालीन कार्ययोजना तयार पारेको थियो।

तीमध्ये अल्पकालीन योजना हुबहु सम्पन्न भएका छन् भने बाँकी मध्यकालीन तथा दीर्घकालीन योजनाहरु कार्यान्वयन अन्तिम चरणमा पुगेको मन्त्री पाठकले जानकारी दिनुभयो।

बाँकी अल्पकालीन तथा मध्यकालीन र दीर्घकालीन योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार मन्त्रालयले आम नागरिकको स्वास्थ्य पहुँच, सेवा गुणस्तर, पूर्वाधार विस्तार र स्रोत व्यवस्थापनमा ध्यान दिँदै नीति तथा कार्यक्रम अघि बढाएको छ।

यस अवधिमा मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच ग्रामीण–शहरी क्षेत्रमा विस्तार गर्दै, अस्पताल तथा स्वास्थ्य संस्था सुदृढीकरण, मानव संसाधन व्यवस्थापन र औषधि आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने जस्ता बहुआयामिक सुधार कार्यहरू अघि बढाएको छ।

स्वास्थ्य सुधार अभियान अन्तर्गत ल्याइएका प्रमुख उपलब्धिहरूमध्ये जिल्लास्तरीय अस्पतालमा विशेषज्ञ सेवा विस्तार, मोबाइल स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, तथा डिजिटाइजेशन प्रणालीको सुरुवात उल्लेखनीय छन्।

स्वास्थ्य मन्त्रालयको सक्रियता र प्रभावकारी कार्यान्वयनले प्रदेशवासीमा स्वास्थ्यप्रति सकारात्मक अनुभूति बढेको छ। मन्त्री पाठकले बाँकी योजनाहरू निर्धारित समयमै पूरा गरी गण्डकीलाई स्वास्थ्य समृद्ध प्रदेश बनाउने अठोट व्यक्त गर्नुभएको छ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार