मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

टाटा सुमोको ठक्करबाट एक बालकको मृत्यु

रुद्रबहादुर खड्का, सिन्धुली।

सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-३, लामासोतीमा एक जना बालकलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

दुर्घटनामा आठ वर्षीय अभिग बयलकोटी गम्भीर घाइते भई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टार क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ भने सवारी चालकलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ ।

स्थानीयले दुर्घटनापछि सडक सुरक्षाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रहरीले वार्ता तथा समन्वयमार्फत सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

Author

Related News