मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपाल अन्तर्राष्ट्रिय चलचित्र नवौँ महोत्सव चैत १९ गतेबाट

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६ सन् २०२६)सम्म हुने भएको छ ।

‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो ।

यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरु चयन गरिएको निफले जनाएको छ ।

यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रहरुले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ ।

Author

Related News