मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा सडक महोत्सवमा डुङ्गा दौड प्रतियोगिता सम्पन्न

पोखरा । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा सञ्चालित २७औँ पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

२०८२ पुस १५ गते फेवातालमा आयोजित प्रतियोगितामा खुला र संस्थागत गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो ।

खुला समूहअन्तर्गत हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले पहिलो स्थान हासिल गरेको छ ।

त्यस्तै सजेस कङ्साजु, राज तामाङ र राजकुमार तामाङको टोली दोस्रो तथा कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोली तेस्रो भएको छ ।

संस्थागत समूहतर्फ रूद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी सङ्गठनको टोली पहिलो भएको छ ।

त्यसैगरी कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोली दोस्रो तथा विकास कडेल, रविप्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको टोली तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई खसी, दोस्रो हुने टोलीलाई बोका तथा तेस्रो हुने टोलीलाई भाले पुरस्कार प्रदान गरिएको थियो ।

महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारस्वरूप नगद रु ५ हजार प्रदान गरिएको छ ।

विजयी टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम र खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईले एक समारोहबिच पुरस्कार वितरण गर्नुभएको थियो ।

ल्होसार पर्वसमेत परेकाले प्रतियोगितामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Author

Related News