मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सडक महोत्सव सभ्य र सुरक्षित बनाउन कास्की प्रशासनको अनुरोध

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले २७ औँ पोखरा सडक महोत्सवलाई सभ्य, मर्यादित र सुरक्षित ढङ्गले सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

कार्यालयले २०८२ पुस १२ गते एक सूचना जारी गर्दै महोत्सवका क्रममा अनुशासन र कानुनी मर्यादाको पालना गर्न अनुरोध गरेको हो ।

२०८२ पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुन गइरहेको २७ औँ पोखरा सडक महोत्सव आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै पर्यटन प्रवर्धन र सांस्कृतिक विविधताको जगेर्ना गर्ने उद्देश्यले सञ्चालन हुन लागेको प्रशासनले जनाएको छ ।

खाना, सङ्गीत र उत्सवसँगै आयोजना हुने महोत्सवलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न देहायबमोजिमका कार्यहरू गर्न–गराउन सम्बन्धित सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिनु भयो ।

प्रशासनद्वारा जारी सूचनामा महोत्सवका क्रममा सर्वसाधारणलाई दुःख–हैरानी दिने, असभ्य तथा उच्छृङ्खल गतिविधि गर्ने, झैँझगडा गर्ने, अभद्र व्यवहार देखाउने, खाद्य सुरक्षाको पालना नगर्ने, अनुचित लाभ लिने तथा प्रचलित कानूनद्वारा निषेधित कुनै पनि गतिविधि गर्ने व्यक्तिमाथि तत्काल कानूनी कारबाही अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ ।

प्रशासनले महोत्सवलाई सबैका लागि सुरक्षित, रमाइलो र मर्यादित बनाउन आयोजक, व्यवसायी, सहभागी तथा आम नागरिकको सहयोग अपरिहार्य रहेकोसमेत जनाएको छ ।

Author

Related News