मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति (कुन् कुन् हुन् हेर्नुहोस्)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न २७ ओटा राष्ट्रिय र चार ओटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेका संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिएको आयोगले जनाएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट १५ दिनको समयसीमा तोकी निवेदन आह्वान गरिएकोमा ४४ ओटा राष्ट्रिय र पाँच ओटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार तीमध्ये निर्देशिकामा तोकिएका मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र अनुमति दिइएको हो ।

निर्देशिकाअनुसार आवश्यक कागजात पूरा गरी पेश नगरेका संस्थालाई भने पाँच दिनभित्र थप कागजात पेश गर्न पत्राचार गरिएको छ । मागबमोजिमका कागजात प्राप्त भएपछि थप निर्णय गरिने आयोगले जनाएको छ ।

Author

Related News