मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको १० औँ स्थापना दिवस सम्पन्न

पोखरा । सन् २०२५/२६ को “खुशीका लागि सेवा” भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको १० औँ स्थापना दिवस तथा डिजी टु क्लब भिजिट कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर धनीराम बरालले क्लबले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा निरन्तर योगदान पुर्‍याउँदै सामाजिक सेवामा आफूलाई अब्बल सावित गरेको बताउनु भयो ।

उहाँले सामाजिक क्षेत्रको विकासमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै लायन्स क्लबको यात्रालाई गर्विलो इतिहासका रूपमा स्थापित हुने गरी कार्य भइरहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट भाइस गभर्नर विष्णु बराल अर्याल, डिस्ट्रिक्ट ३२५ एमका इमिडिएट पास्ट गभर्नर लायन चण्डीप्रसाद अर्याल, डिस्ट्रिक्ट सेकेन्ड भाइस गभर्नर किशोर बराल, डिस्ट्रिक्ट सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, चिफ एडभाइजर किशोर बराल, जीएसटी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, चिफ एडमिनिस्ट्रेटर शिवराज आचार्य, चिफ एडभाइजर डा. टेकनारायण पौडेल, जीएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना, डिस्ट्रिक्ट एडभाइजर डा. अमर नागिला, डिस्ट्रिक्ट चिफ डिजी–क्लब भिजिट कोअर्डिनेटर भानुभक्त अधिकारी, क्लस्टर–१ का चिफ देवी तिमिल्सिना, रिजन चेयरपर्सन जगत मोहन गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्लबका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना र सन्तोष शर्मा तिमिल्सिनालगायतको पनि कार्यक्रममा उपस्थिति तथा सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका सन् २०२५/२६ का अध्यक्ष लायन राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सामाजिक सेवामा समर्पित हुने उद्देश्यका साथ २८ जना सदस्यद्वारा क्लब स्थापना गरिएको जानकारी क्लबका पूर्व अध्यक्ष तथा जीएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिनाले दिनु भयो ।

Author

Related News