मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लायन्सको जोन कार्यशाला सम्पन्न

काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालको आयोजनामा जोन कार्यशाला २०८२ मङ्सिर २७ गते काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व डिस्ट्रिक गभर्नर महेन्द्र पौडेलले लायन्सका प्रमुख कार्यक्षेत्रमध्ये नेतृत्व विकासको लक्ष्य हासिल गर्न यस प्रकारका कार्यशाला अत्यन्त सहयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले लायन्सका सेवा कार्यहरू केवल देखावटी नभई वास्तविक सहयोगमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा मल्टिपल डिस्ट्रिक जीएलटी कोअर्डिनेटर उत्तमप्रसाद झा, मल्टिपल डिस्ट्रिक जीएमटी कोअर्डिनेटर मणिश्री रत्न बज्राचार्य, डिस्ट्रिक ३२५ एम नेपालका निवर्तमान गभर्नर चण्डीप्रसाद अर्याल तथा क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिनाले जोन चेयरपर्सनको भूमिका र जिम्मेवारी, कार्यक्षेत्रमा आइपर्ने समस्या समाधानका सीप, लक्ष्य निर्धारण तथा योजना निर्माणलगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

डिस्ट्रिक जीएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिनाले उक्त कार्यशालाबारे मानव आवाजलाई जानकारी दिनु भयो ।

लायन्स क्लबको गभर्नर बन्न कम्तीमा एक कार्यकाल जोन वा रिजन चेयरपर्सनका रूपमा सेवा गर्नुपर्ने व्यवस्था रहेको र जोन चेयरपर्सन अन्तर्राष्ट्रिय तहबाट तोकिएको पद भएकाले लायन्समा यसको भूमिका महत्वपूर्ण मानिने उहाँको भनाइ थियो ।

कार्यक्रममा डिस्ट्रिक फर्स्ट भाइस गभर्नर रत्नप्रसाद पराजुली, डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर किशोर बराल, पास्ट डिस्ट्रिक मल्टिपल चेयरपर्सन गिरिधारी शर्मा, चिफ एडभाइजर बलराम सुबेदी, सेक्रेटेरियट चिफ डा. विष्णु गौतम, जोन सल्लाहकार शिवराज आचार्य, चिफ अफ पीआरओ गीता शर्मा चापागाईं, डिस्ट्रिक जीएमटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना, जीइटी कोअर्डिनेटर देवेन्द्र सारु, क्लस्टर चिफ दीपक आचार्यलगायतको उपस्थिति रहेको थियो ।

डिस्ट्रिक ३२५ एम नेपालका गभर्नर धनीराम बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालअन्तर्गत लायन वर्ष २०२५/२०२६ का लागि जोन चेयरपर्सनका रूपमा सेवा गरिरहेका ३१ जना जोन चेयरपर्सनको सहभागिता रहेको थियो ।

Author

Related News