ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पूर्व केन्द्रीय समिति सदस्य तथा ललितपुरका कम्युनिष्ट नेता गोदावरी नगरपालिका-१३ निवासी पुरुषोत्तम विष्ट ‘उत्तम’ को निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित विष्टको उपचारकै क्रममा २०८२ मङ्सिर २३ गते निधन भएको परिवारले जनाएको छ ।
नेता विष्टको निधनले ललितपुर जिल्लाको कम्युनिष्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानमा अपूरणीय क्षति पुगेको भन्दै नेकपा (माओवादी) ललितपुर जिल्ला समितिले शोक वक्तव्य जारी गरी गहिरो दुःख व्यक्त गरेको छ।
जिल्ला इन्चार्ज विपिन सीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ- “उहाँको निधनबाट ललितपुर जिल्लाको कम्युनिष्ट तथा सामाजिक रूपान्तरणको आन्दोलनले एक असल, इमानदार र समर्पित नेता गुमाएको छ । पार्टी दिवंगत कमरेड उत्तमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना प्रकट गर्दछ।”
पछिल्लो समय अमेरिका र नेपालमा बरोबर बसोबास गर्दै आउनु भएका विष्ट रोगका कारण राजनीतिक रुपमा निष्क्रिय हुनुहुन्थ्यो ।
