मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरमा निर्वाचनबाट एमाले महाधिवेशन प्रतिनिधि चयन (नामावलीसहित)

ललितपुर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि ललितपुरका तीनै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् ।

निर्वाचन परिणामबारे जानकारी दिँदै जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले विजयी सबै प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट खुल्लातर्फ मधुसूदन पौडेल र चेतनाथ सञ्जेल विजयी हुनुभएको छ । महिलातर्फ कमला तामाङ र तारा सञ्जेल तथा युवा प्रतिनिधिमा बिक्रम घिमिरे चयन हुनुभएको छ ।

त्यसैगरी, क्षेत्र नं. २ मा महिला तर्फ देबिका राई विजयी हुनुभएको छ । खुल्लातर्फ रामहरी बजगाईं र अष्टबिर ब्यन्जनकार चयन हुनु भएको छ । युवा कोटामा सुजित बस्नेत निर्विरोध हुनु भएको छ ।

क्षेत्र नं. ३ मा महिलातर्फ सुकुमाया लामा, खुल्लातर्फ प्रेमभक्त महर्जन र रघुनाथ महर्जन तथा युवातर्फ ज्ञानभक्त डङ्गोल विजयी हुनुभएको ।

दलित कोटामा यसअघि नै प्रदिप रम्तेल निर्विरोध भइसक्नु भएको थियो ।

जिल्ला अध्यक्ष आचार्यका अनुसार महाधिवेशन प्रतिनिधि चयन शान्तिपूर्वक र उत्साहपूर्वक सम्पन्न भएको छ ।

उहाँले विजयी प्रतिनिधिहरूले सङ्गठन सुदृढीकरण र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उम्मेदवार भएका प्रदेश सांसद निर्वाचित

महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं १ बाट प्रदेश सांसद एवम् मन्त्री मधुसुदन पौडेल निर्वाचित हुनुभएको छ । उहाँसँगै प्रदेशका पूर्व सांसद चेतनाथ सञ्जेल पनि निर्वाचित हुनुभएको छ ।

त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेश सांसद रघुनाथ महर्जन र प्रेमभक्त महर्जन निर्वाचित हुनुभएको छ । प्रेमभक्त पूर्व मन्त्री हुनुहुन्छ ।

कोञ्ज्योसोम गाउँपालिकाका बहालवाला अध्यक्ष कृष्णमान लामा भने विजयी हुन सक्नु भएन । उहाँले फेसबुक वालमार्फत आफ्नो कार्य ब्यस्तताले स्वयम् उपस्थित भइ आवश्यक प्रकृयामा सहभागी हुन नसक्दा पनि अहोरात्र खटेर सहयोग गर्नु हुने सहयोद्धाहरूप्रति आभार व्यक्त गर्नु भएको छ ।

Author

Related News