सन्तोष दहाल, ललितपुर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ महाधिवेशनको लागि बुधबार देशैभर प्रतिनिधि चयनको काम भइरहेको छ ।
जिल्ला निर्वाचन क्षेत्र(दलित) क्लस्टरमा भने प्रदीप रम्तेल एकजनाको मात्र उम्मेदवारी परेको छ ।
यसैबिच ललितपुर जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको लागि कोटाभन्दा धेरै आकाङ्क्षीहरु मैदानमा देखिएपछि मतदान हुने देखिएको छ ।
एमाले जिल्ला पार्टी कार्यालय सातदोबाटोमा २०८२ मङ्सिर १० गते प्रतिनिधिका आकाङ्क्षीहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने महाधिवेशनको लागि ललितपुर क्षेत्र नं १ बाट खुल्लातर्फ दुई जना, महिलातर्फ दुई जना र युवा क्लस्टरबाट एक जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
जसमध्ये खुल्लामा आठ जना, महिलातर्फ पाँच जना र युवातर्फ तीन जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
खुल्लातर्फ पुरुषोत्तम आचार्य, रमेशचन्द्र घिमिरे, मिठाराम केसी, चेतनाथ सञ्जेल, मधुसूदन पौडेल, कृष्णप्रसाद सापकोटा, ईश्वरीप्रसाद घिमिरे र कृष्णमान लामाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।
यसैगरी क्षेत्र नम्बर १ बाटै महिलातर्फमा तारा सन्जेल, कमला लामा, भवानी बजगाई, गोमा घिमिरे र गमला बिष्ट उम्मेदवार हुनु भएको छ भने युवा कोटातर्फ राजेन्द्र न्यौपाने, विक्रम घिमिरे र रोहन लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं २ बाट खुल्लातर्फ दुई जना तथा महिला र युवा कोटामा एक/एक जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
जसमा खुल्ला र महिलातर्फ ६/६ जना र युवातर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेमा खुल्लातर्फ नवीन तण्डुकार, चिरञ्जीवी आचार्य, रामहरि बजगाइँ, श्याम व्यञ्जनकार, समिरमर्दन केसी र अष्टवीर व्यञ्जनकार रहनु भएको छ ।
महिला उम्मेदवारमा २ नं क्षेत्रबाट पृथविन्दु महर्जन, देवीका राई, कला भण्डारी, पार्वती बन्जारा, विष्णु राई र तारा केसी हुनुहुन्छ ।
यसैगरी युवा क्लस्टरमा सुजित बस्नेत, विक्रान्त केसी सुवेदी र सुजिन महर्जन उम्मेदवार रहनु भएको छ । क्षेत्र नं ३ बाट खुल्लातर्फ दुई तथा महिला र युवातर्फ एक/एक जना प्रतिनिधि सहभागी हुनेमा खुल्लामा १२, महिलामा पाँच र युवा क्लस्टरमा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्लातर्फ उम्मेदवारी दर्ता गर्नेमा रघुनाथ महर्जन,बाबुकाजी प्रधान, मोहनविक्रम सिलवाल, विभोर लामा, रत्न महर्जन, कुलरत्न ब्रह्मचार्य, केशवराज सापकोटा, राजेन्द्र श्रेष्ठ, पुरुषोत्तम ढुङ्गाना, दिलिपकुमार शर्मा (राजु), प्रेमभक्त महर्जन र सन्दन थापामगर रहनु भएको छ ।
यस्तै महिलातर्फ सरस्वती खड्का,कमला थापा,चन्द्रकला घिमिरे,शशिकला सुवेदी र सुकुमाया लामा रहनु भएको छ भने युवातर्फ प्रवेश दाहाल,कृष्णहरि थापा, ज्ञानभक्त डङ्गोल, सुबोध खड्का,सुव्रतमणि दिक्षित, सरोज महर्जन,सङ्गीता अछामी,दिनेश महर्जन र विक्रम थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
मनोनयन गरेका सबै उम्मेदवारबिच छलफल गरी सर्वसम्मत निर्णय गरी पठाउने भनिए तापनि धेरै आकाङ्क्षी भएकाले सहमतिको सम्भावना न्यून रहेको जिल्ला तहका नेताहरु बताउँछन् ।
सहमति नभए तीनै क्षेत्रमा २०८२ मङ्सिर १३ गते शनिबार निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिने कार्यतालिका रहेको एमालेले जनाएको छ ।




